.... ....UCC

27,April , 2006

संविधानसभा घोषणा हुनेमा नेताहरुलाई शंका

काठमाडौंको रत्नपार्क वरिपरि परिक्रमा गर्ने गोलचक्कर आन्दोलन गर्दै आएका दलहरुले साढे तीन वर्षपछि आज पहिलो पटक खुलामञ्चमा आमसभा गरेका छन् । आमसभामा सहभागी हुन विभिन्न स्थानबाट आएको जुलुस मध्ये यो पंक्तिकार पनि पाटन मंगलबजारबाट प्रस्थान गरेको जुलुसमा शुरुदेखि नै सम्मिलित भई -बीचतिर आधा घण्टा बाहेक) सभाको अन्त्यसम्म उपस्थित थियो । यसले जुलुस र आमसभामा नेताहरुको जुन किसिमको भाषाशैली सुन्यो र भावभंगिमा देख्यो, त्यसले जनताको आकांक्षा र उत्साहमा चीसो पानी खन्याएको मात्र होइन दलका नेताहरुमा नै संविधानसभा घोषणा हुनेमा आशंका रहेको महसुस हुन्छ ।यो संयोग मात्र थियो अथवा नियोजित, पाटन मंगलबजारबाट प्रस्थान गरेको जुलुस थापाथली नपुग्दासम्म नारा लगाउने पार्टर्ीी अगुवा कार्यकर्ताहरुले जनताको उच्चतम माग र नारा बनेको गणतन्त्र-जिन्दावादको ‘ग’ र राजतन्त्र-मर्ुदावादको ‘र’ समेत उच्चारण गरेनन्, लोकतन्त्र-जिन्दावाद र निरंकुश राजतन्त्र-मर्ुदावादमै सिमित रहे । थापाथली पुगे पछि जुलुस भित्रैबाट गणतन्त्रको पक्षमा र राजतन्त्र विरोधी नारा घन्कन थाले पछि नारा भट्याउने पार्टर्ीीार्यकर्ताहरुले पनि मुसुमुसु हाँस्दै ती नाराहरु फलाक्न थाले । छयालीस सालको जनआन्दोलनमा निर्ण्ाायक भूमिका खेलेको भनिने पाटनेहरुको नारामा यस प्रकारको अन्तर आउनुको कारण के होला - म यस प्रश्नको उत्तर खोज्ने जिम्मा विद्वान पाठकहरुलाई नै जिम्मा लगाउन चाहन्छु ।
आमसभामा नेपाल बार एसोसियसनका अध्यक्ष शम्भु थापा, नेपाल पत्रकार महासंघका सभापति बिष्णु निष्ठुरी, संयुक्त वाममोर्चाका अध्यक्ष प्रभूनारायण चौधरी, नेपाल मजदुर किसान पार्टर्ीी अध्यक्ष नारायणमान विजुकछें, जनमोर्चा नेपालका अध्यक्ष अमिक सेरचन, नेपाल सदभावना पार्टर्ीीआनन्ददेवी) का उपाध्यक्ष भरतविमल यादव, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेपाली काँग्रेस -प्रजातान्त्रिक) का सभापति शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । जनआन्दोलनको कथित विजयसभामा जनताले पार्टर्ीीेताहरुबाट जस्तो किसिमको सम्बोधन अपेक्षा गरेका थिए र ती सम्बोधनमा जुन प्रकारको ओज हुनु पर्दथ्यो, दुबै हुन सकेको देखिएन । त्यस कमीलाई शम्भू थापा र विष्णु निष्ठुरीको सम्बोधनले भने धेरै हदसम्म पूरा गरेको थियो । तर पनि सभाको शुरुदेखि अन्तसम्म जनताले होहल्ला गर्दै आफ्नो असन्तुष्टी व्यक्त गर्दै रहे ।प्रभूनारायण चौधरी, नारायणमान बिजूकछे र भरतविमल यादवको भाषण केही सान्दर्भिक र केही तपसिलका कुराहरुको गनगनमै वित्यो । अमिक शेरचनको सम्बोधन संविधानसभाको घोषणा नभएमा हुनसक्ने दुस्परिणाम बारे धम्की दिनमै सिमित रहृयो । शेरबहादुर देउवाले त राम्ररी सम्बोधन नै गरेनन् । संविधानसभाको पक्षमै बोलेको भए तापनि उनले मच्चिई मच्चिईकन गरेको भाषण भाषण जस्तो नभएर डेउडा र द्यौसीको भाका मिसिएको चर्को नारावाजी जस्तो मात्र रहृयो । नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला अस्वस्थ भएको कारण दर्शाई आमसभामा अनुपस्थित रहे । जनसभामा ठूलो होहल्लाका बीच उपसभापति कोइरालाले सभापति कोइरालाको २ बूँदे सन्देश पढेर सुनाएका थिए । सन्देशको सारमा प्रतिनिधिसभाको पुनःस्थापना सम्पर्ूण्ा जनताको जीत हो, शहिदहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुप्रति सहानुभूति व्यक्त गरिएको थियो । माधवकुमार नेपालको भाषण केही सन्तुलित देखिए तापनि अन्तमा उनले पनि पुनःस्थापित संसदले संविधानसभा घोषणा नगरेमा त्यहाँ एक मिनेट पनि नबस्ने र फर्केर जनतामै आउने चेतावनी दिएर विदा भए ।प्रिय पाठकहरु, यो पंक्तिकारलाई यी हरफहरु कोर्दासम्म पनि अत्यन्त आर्श्चर्यका साथै असाध्य रमाइलो पनि लागिरहेको छ । रमाइलो यस कारण कि उक्त आमसभाका सम्पर्ूण्ा वक्ताहरुले संविधानसभाको घोषणा हुनै पर्छ भनी ठूलो गर्जनका साथ आफ्ना भनाईहरु राखेका थिए । सात दलको रोडम्याप थाहा नहुनेहरुलाई यस्ता गर्जनहरुले केही रोमाञ्चित पार्ला । तर थाहा हुनेहरुलाई यसले ठूलो आर्श्चर्यमा पारकेा छ । कुरा के भने सात दलले प्रतिनिधिसभाको पुनःस्थापनालाई प्रस्थान बिन्दू र संविधानसभालाई देशमा विद्यमान संकट समाधान गर्ने निकास मानेरै आन्दोलन शुरु गरेका हुन् भने पुनःस्थापित संसदले संविधानसभाको घोषणा गर्नै पर्छ भनी माग गर्ने कि संविधानसभाको घोषणा हुन्छ-हुन्छ भनी जनता समक्ष प्रतिवद्धता जाहेर गर्ने - आफैले गर्नु पर्ने घोषणालाई अरुले पूरा गरिदिनु पर्ने मागको रुपमा प्रस्तुत गरेर आखिर नेताहरुले के भन्न खोजेका हुन् - के गर्न खोजेका हुन् - के उनीहरुले आफ्नै रोडम्याप र गत साल बैशाख २५ गते र्सार्वजनिक गरेको प्रतिवद्धताहरुको घोषणा र मंसीर ७ गतेको समझदारीलाई नै बिर्सर्ेे त होइनन् - सचेत जनताले गंभीर भएर सोच्नु पर्ने भएको छ ।अर्को कुरा, सात पार्टर्ीी ती शर्ीष्ास्थ नेता वक्ताहरुले संविधानसभाको घोषणा नभएमा त्यस विरुद्ध यो वा त्यो गर्छु धम्की दिएर वा गंभीर दुस्परिणामको चेतावनी दिएर जनतालाई कस्तो गाईजात्रा देखाउन खोजका हुन्, बुझनै गार्‍हो भएको छ । कसलाई दिइएको हो यस्ता धम्की र चेतावनीहरु - राजालाई - कि आफ्नै सहयात्री दलहरुलाई - के सात दलभित्र विश्वासको संकट परिसकेको छ - के सात दलभित्र संविधानसभा विपरित जाने दल वा दलहरु पनि छन् - अथवा के नेताहरुलाई १५ महिनासम्म राजाको हुकुमी शासन र दमन विरुद्ध लड्दै आएका आफ्नै दलका सांसदहरु माथि विश्वास छैन -
यी यावत प्रश्नहरुले जनतालाई दलका नेताहरुलाई आफै बोक्सी आफै झाँक्री देख्न परिरहेको छ र त्यसले उनीहरुको दिमाग चाटिरहेको छ । सभामा एकजना सहभागीले प्वाक्क भनी पनि हाले, “संविधानसभा घोषणा नभए एमालेले संसद छोडेर सडकमा आउने भनेको संविधानसभा घोषणा हुन नदिन अरुलाई सघाउने र आफूलाई चोखो देखाउने धर्ूत साधू बिरालोको चाल हो । २०५७ सालमा नागरिकता विधेयक सम्बन्धी विवादमा एमालेले यसरि नै संसद बहिस्कार गरी सरकारलाई सो विेधेयक पारित गर्न ठ्याम्मै सघाएको र जनतालाई भने महामर्ूख बनाएको होइन र -” अर्कोले त्यसको र्समर्थन गर्दै थपे, “हो त नि । महाकाली सन्धि भएको ६ महिनाभित्र तयार हुनु पर्ने डिपिआर १० वर्षवितिसक्यो अत्तोपत्तो छैन । बर्षोनी एक खरब बीस अरब रुपिया बर्षछ भन्थे, ती रुपिया कहाँ बर्षो, कसले भेट्टाए - यो गिरिजा विरामी परेको भनेको पनि मलाई विश्वासै छैन । हुटिंग खानु पर्ला भनी पहिले संसदमा भाषण गर्दा गर्दै ढलेको जस्तो स्वाँग पारेको त हो नि ।”एक पटक विश्वास गुमाए पछि त्यसलाई पुनः प्राप्त गर्न कति गार्‍हो हुँदो रहेछ । वर्तमान नेपाली राजनीतिका वयोवृद्ध नेता र भोलीका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाप्रतिको उक्त हल्का टिप्पणी पक्कै पनि शोभनीय होइन । तर यसलाई दलहरुले बनाएको आफ्नै छवि नभनेर के भन्ने - एकातिर नेताहरुप्रति जनताको शंका कायमै छ भने अर्कोिितर संविधानसभाको घोषणा हुनेमा नेताहरुलाई नै शंका छ । यदि दुबै शंका सत्य सावित भएमा देशको हालत कस्तो होला - अनुमानै गर्न सकिन्न । नेपाली जनताले अझै पनि बलिदानी संर्घष्ा गर्न बाकि नै रहेछ ।

महेश्वर श्रेष्ठ

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/04/27/sambidhan/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here