दलहरुको एकता भाँड्न शाही घोषणाः
रातभरी रुँग्यो बुढी जिउँदै भनेजस्तो भयो आज राजाको सम्बोधन पनि । दिनदिनैको आन्दोलनबाट आँत्तिएका राजाले आज जनताको चाहना पुरा गर्छन भन्ने आशा सबैमा थियो तर राजाको लिंडेढिपी र घमण्डले त्यो हुन सकेन । दिनदिनै राजा भाग्ने सुरमा भन्ने हल्ला बजारमा चल्न थालेपछी भाग्नुभन्दा त जनताको चाहना अनुसार अगाढी बढ्नुनै उत्तम हो तर्सथ राजाले जनमतको कदर गर्लान जस्तो लागेको थियो तर अब त्यो नहुने निश्चित भएको छ । भोलीदेखी आन्दोलन झन चर्किने छ र राजाले पनि सकेसम्म यसलाइ दमन गर्ने निश्चित छ अब त राजालाइ पनि लगभग भारतको र्समर्थन मिल्नेछ किनकी भारतको निर्देशनमा राजाले यो चाल चालेका हुन । राजाको सम्बोधनको बारेमा सात पार्टी बैठक बसिसकेको छैन तर्सथ उनिहरुको सामुहिक प्रतिकृया आइसकेको छैन तर नेका का शुसील कोइरालाले यस्को बिरोध गरीसकेका छन र जनताले पनि राजाको यो प्रस्ताव अस्विकार्य भएको उदघोस गरीसकेका छन । परेवा डटकमका अनुसार सुशील कोइरालाले श्री ५ द्वारा शुक्रबार साँझ बक्स भएको शाही घोषणा सात दलको एकता भाँड्न आएको धारणा राख्नुभएको छ। सात दलको आन्दोलन उचाइमा पुगेको अवस्थामा षड्यन्त्रपूर्ण किसिमले शाही घोषणा आएको उहाँले बताउनुभयो।
शाही घोषणाका बाबजुद आन्दोलन जारी रहने बताउँदै बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा कोइरालाले सात दलले प्रधानमन्त्रीको नाम सिफारिश गर्ने सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ।
कांग्रेस प्रवक्ता कृष्ण सिटौलाले जनआन्दोलनको रोडम्यापलाई श्री ५ को घोषणाले सम्बोधन नगरेको प्रतिक्रिया दिनुभएको छ। परेवालाई प्रतिक्रिया दिँदै सिटौलाले ‘दलहरुको मागलाई सम्बोधनले सकारात्मक रुपमा लिइएको छैन’ भन्नुभयो।यसअघि नै एमालेका बामदेव गौतमले परेवालाई प्रारम्भिक प्रतिक्रिया दिँदै राजाको घोषणामा षड्यन्त्रको गन्ध आएको प्रतिक्रिया दिनुभएको थियो। उता नेकपा माओवादीले पनि वर्तमान आन्दोलन जारी राख्नुको विकल्प नरहेको धारणा अघि सारेको छ। बीबीसी नेपाली सेवालाई अन्तरवार्ता दिँदै माओवादी प्रवक्ता कृष्णबहादुर महराले ‘आन्दोलनको मुख्य एजेन्डा १२ बुँदे सहमतीलाई सम्बोधन गरेका छैन’- भन्नुभएको छ। जनताको आन्दोलनको उद्देश्य संविधान सभा हो भन्दै महराले राजाको सम्बोधनले आन्दोलनको मुख्य आत्मालाई छुन नसकेको प्रतिक्रिया दिनुभएको छ।


गएका महिनाहरु:
