.... ....UCC

20,April , 2006

हत्यापछि शव खोस्न प्रहरी मोडेल अस्पतालमा

Filed under: समाचार

अपडेट : अन्तत प्रहरीहरुले मोडेल आस्पतालबाट मृतकको शवलाइ खोसेर लगेका छन
जनआन्दोलनको पन्ध्रौंदिन आज सरकारको अठारघण्टे कर्फ्यूलाइ लत्याएर जनताहरु सडकमा ओर्लिए । दमनलाइनै मुलमन्त्र मान्दैआएको कंलकित सरकारले दमनको सबै सीमाहरुलाइ तोड्दै आज उपत्यकामा गोलीको बर्षा गराएर नेपालीको रगतले नुहाएको छ । कहाँ कती मान्छेको बलीचढाएर रगत पियो यो सरकारले त्यस्को त सम्पूर्ण समाचार आइसकेको छैन तर कलंकीमा तिनजाना भन्दा बढी मान्छेमारेको प्रत्यक्षदर्शीहरुले बताएकाछन । फेलापरेका लासलाइ मोडेल अस्पतालमा पुर्याइएको छ भने केहि लासहरु प्रहरीलेनै बेपत्ता पारेको छ । मोडेल अस्पतालमा ल्याएको लासलाइ पनि खोस्नकोलागी प्रहरीहरु आएको र मोडेल अस्पताल घेरेको भन्ने समाचारमा आएको छ । परेवा डटकमका अनुसार कलंकीमा चलाएको गोलीबाट तीन र्सवसाधारणको हत्या गरेपछि उनीहरुको शव खोस्नका लागि प्रहरी यतिखेर काठमाडौं मोडेल अस्पताल पुगेको छ। तर मृतकहरुको शव भएको कोठामा ताला लगाएर प्रहरीलाई प्रवेश गर्न दिएको छैन। शवलाई कब्जामा लिनका लागि प्रहरीले अस्पताल परिसरमा प्रहरीले घेरा हालिरहेका छन्। सनाखत हुन नसकेका शवलाई प्रहरी आफैँले परिवारलाई बुझाछौं भनेर मागिरहेको अस्पताल स्रोतले परेवालाई बतायो।कर्फ्र्युका कारण अस्पतालमा मृतकका कुनै आफन्त पनि आएका छैनन्। दुईजना मानवअधिकारकर्मी त्यहाँ पुगे पनि उनीहरुलाई पनि शव हेर्न दिइएको छैन।एकजना डाक्टर अनिता कार्कीले खिचेको मृतकको भिडियोमा देखिए अनुसार हत्या गरिएकाहरुको ढाडमा, कञ्चटमा र छातीमा गोली लागेको छ।प्रत्यक्षदर्शीहरुले छतमा रहेकी एक महिलामाथि सुरक्षाकर्मीले ताकेर गोली हान्दा कञ्चटमा गोली लागेको बताउँदै आएका थिए। प्रहरीले शवको भिडियो खिच्नका लागि खोजिरहे पनि क्टरहरुले अनुमती दिएका छैनन्।कलंकीमा गोली लागी हत्या गरिएका तीनै जना कीर्तिपुरबासी भएको अनुमान गरिएको छ। गोली लागी घाइते भएका ५० मध्ये १७ को स्थिति चिन्ताजनक रहेको अस्पतालले बताएको छ।

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/04/20/hatya/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here