ए माघमा आँखा फुटेको गोरु
कविता
असफल भए तिम्रा काँडाका बारहरु
ग्याँसका सिलिण्डरहरु,
बन्दुकका गोलीहरु
र घँघारुका लठ्ठीहरु
तिम्रा अथक प्रयसहरुलाई
असफल बनाउँदै
तिम्रा हरेक बाधाहरुलाई
निस्कृय तुल्याउँदै
सयौँ जँघार र भंगालो तर्दै
म शहरमा आएको छु
देख्न सक्छौ कि सक्दैनौ ?
चिन्न सक्छौ कि सक्दैनौ ?
ए माघमा आँखा फुटेको गोरु
लौ हेर,
म शहरमा आएको छु ।
म तिम्रो अगाडी उभिएको छु ।
पहिला जे जे ग-यौ सहेरै बसें
तिम्रा ताण्डव नृत्यहरु हेरेरै बसें
तर यसपाली,
आँधी भएर आएको छु,
तुफान भएर आएको छु
सुनामी भएर आएको छु
ज्वालामुखी भएर आएको छु
सक्दैनन् रोक्नलाई तिम्रा ढालहरुले
सक्दैनन छेक्नलाई तिम्रा पर्खालहरुले
आकाशमा ताक या जमिनमा
छातीमा ताक या टाउकोमा
तिम्रा बन्दुकका नालाहरु त्यती दह्रा छैनन्
जती मेरो विश्वास दरिलो छ ।
तिम्रा फलामका साङला त्यती दह्रा छैनन
जती मेरो रक्त नलिहरु छन ।
यसपाली म चट्टान भएर आएको छु
तिम्रा बन्दुकका गोलीहरुले
चिर्न सक्नेछैन मलाई
कति सम्म सक्छौ लडेर हेर,
देख्न सक्छौ कि सक्दैनौ मलाई ?
ए माघमा आँखा फुटेको गोरु
म शहरमा आएको छु
म तिम्रो अगाडी उभीएको छु ।
देख्नेहरुले मलाइ जहाँतही देख्छन,
जताततै देख्छन ।
कलङ्कीमा हेर या गोंगबुमा
चाबहीलमा हेर या किर्तीपुरमा
ठेचोमा हेर या कोटेश्वरमा
कहिले म रत्नपार्कमा हुन्छु
कहिले चुच्चेपाटीमा,
कहिले कपनमा हुन्छु त कहिले जोरपाटीमा
तिम्रा खिया लागेका आँखाहरुले
देख्न सकेनौ भने खिया सफा गरेर हेर
पावर भएको चस्मा लगाएर हेर
ए माघमा आँखा फुटेको गोरु
म शहरमा आएको छु
म तिम्रो अगाडी उभिएको छु ।
यदी अझै मलाई देखेको छैनै भने
त्यो तर्साउँने खण्डहर बाट निस्केएर हेर
बलीरहेका टाएरहरुमा
फुटीरहेका इटा र ढुंगाहरुमा
उडिरहेका अस्रुग्याँसहरुमा
बगीरहेको रगतमा
बर्सिरहेका लठ्ठीहरुमा
सडकमा ढलीरहेका निर्दोस मानीसहरुमा
चिच्याइरहेका आइमाइ र केटाकेटीहरुमा
सत्तरी बर्षो बृद्धको बेदनामा
सात बर्षो बालकको बगीरहेको रगतमा
नामर्दहरुले चलाइरहेको गोलीहरुमा
जलीरहेका सहीदका लासहरुमा
म सडक,गल्ली, चोक, अनी आँगनमा छु
हेर एकपटक बाहीर निस्कीएर
ए माघमा आँखा फुटेको गोरु
म शहरमा आएको छु
म तिम्रो अगाडी उभिएको छु ।
पहिला पनि मैले खोजेको थिएँ
तिम्रो यो बुढो रुख ढाल्नलाइ
तर त्यतीखेर हाँगा मात्र भाँचेको थिएँ
पात मात्र उडाएको थिएँ
जरा मात्र हल्लाएको थिएँ
तर यसपटक यो रुख ढाल्नेगरी आएको छु
जरा उखल्ने गरी आएको छु
सक्छौ भने रोकी हेर
सक्छौ भने छेकी हेर
यसपाली नयाँवर्षको सुरुवातसँगै
तिम्रो अन्त्य भएर आएको छु
नेपालीहरुको सुरुवात भएर आएको छु ।
बाहीर निस्कीएर हेर अनि चिन मलाई
ए माघमा आँखा फुटेको गोरु
म शहरमा आएको छु
म तिम्रो अगाडी उभिएको छु


गएका महिनाहरु:

Jaba Samma Maowadi atankari le hatiyar bu-jhaudaina taba samma kunai kisim ko samadhan huna sakdaina.Tyasale desh me santi su byabastha babauna ka lagi chaliye ka kadam ko sabai le aatma sath gari afu lai atma santusti hune karya gari desh nirman ma rachnatmak bhumika nivaune kaam garaun. Dwanda tyagau, mel milap ko niti apnau,
Comment by Santosh Gurung — 20,April , 2006 @ 3:13 am
wa wa debdash ji kabita ko jati tarif garepani pugdaina, loktantrako lagi yo kabitale ajha aagoma ghiu thapnechha ….
Comment by prakas — 20,April , 2006 @ 1:29 pm