झापामा ठूलो मानविय क्षति
सातदलद्धारा घोषित जनआन्दोलनको क्रममा बुधवार झापाको सदरमुकाम चन्द्रगढीमा भएको प्रदर्शनमा प्रहरीले अन्धाधुन्द चलाएको गाली लागि ठूलो हताहती भएको छ। कम्तिमा चार प्रदर्शनकारीको ज्यान गएको र डेढ सयभन्दा बढी घाईते भएका छन्। स्थानिय पत्रकारहरुले मारिनेको संख्या सात हुनसक्ने बताएका छन्। झापामा भएको उक्त मानवीय क्षति २४ चैतदेखि शुरु भएको जनआन्दोलनको क्रममा भएको सबैभन्दा ठूलो हो।
यसअघि पोखरा, चितवन, काभ्रे, नवलपरासी, बारा र नेपालगञ्जमा एक–एकजना दर्शनकारीको मृत्यु भएको थियो। दशौ हजारको संख्यामा रहेका प्रदर्शनकारीविच ढुंगाहानाहान भएपछि प्रहरीले अश्रुग्याँस, लाठी प्रहार र अन्धाधुन्द गोली चलाएको थियो। घट्नापछि झापा निकै तनावग्रस्त र संत्रस्त रहेकोले हताहतीको यथार्थ विवरण पाउन गाह्रो भएको छ। बुधवार देशव्यापी प्रदर्शन जारी भएपनि अन्य जिल्लाहरुमा छिटपुट घट्ना बाहेक हिंसाका ठूला घट्ना भएनन्। विहानैदेखि स्थानिय प्रशासनले लगाएको कर्फ्युको अवज्ञा गर्दै पोखरामा प्रदर्शन भयो। त्यसक्रममा २ सयभन्दा बढीलाई गिरफ्तार गरिएको छ। राजधानी काठमाडौ लगायत अधिराज्यका अन्य जिल्लाहरुमा भएका शान्तिपुर्ण प्रदर्शनका क्रममा प्रहरीले लाठि प्रहार गर्नुका साथै कतिपय ठाउँमा दोहोरो ढुंगा हानाहान भएका छन्। ती ठाउँहरुबाट प्रहरीले दर्जनौलाई गिरफ्तार गरेको खबर छ।


गएका महिनाहरु:
