प्रहरीहरुपनि लोकतन्त्रको पक्षमा
पूर्ण लोकतन्त्रको माग गर्दै आन्दोलनको मैदानमान उत्रिएका जनताहरुले पुलीस पनि हाम्रै हो, शेना पनि हाम्रै हो,लोकतन्त्र जिन्दाबाद ,हुकुमी सरकार मुदाबाद भन्दै पुलीस र शेनालाइ पनि लोकतन्त्रको पक्षमा उभीन आब्ह्वान गरेपछी केहि स्थानबाट पुलीसले पनि लोकतन्त्रको पक्षमा आफुहरु रहेको जानकारी बिज्ञप्ती मार्फ जनाएका छन । इन्सेक अनलाइनका अनुसार पूर्वाञ्चलमा कार्यरत प्रहरी नायब निरीक्षकदेखि तल्लो दर्जाका प्रहरी अधिकृत तथा जवानहरुले ०६२ चैत ३० गते एक अपिल जारी गरी लोकतन्त्र बहाली गर्न सम्पूर्ण प्रजातन्त्रवादीलाई सहयोग गरौं भन्दै सात राजनीतिक दलको आहृवानमा जारी संयुक्त जनआन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेका छन् । हाम्रो अपील नाम दिई टाइपराइटरमा टाइप गरिएको सो अपिलमा २१ औं शताब्दीमा लोकतन्त्रको चाहनामा सबै एक ढिक्का भई अघि बढ्न अर्थात तानाशाही परिपाटी एवं हुकुमी शासन पद्धतिको अन्य गर्न संयुक्त सुरक्षाफौजका अधिकृत तथा जवानहरुके ऐक्यबद्धता रहेको उल्लेख गरिएको छ । नेपाल प्रहरीभित्र शोषक, सामन्ती र हैकमवादले धमिरा लगाइसकेको जनाउँदै तल्लो तहका कर्मचारी जागिर जाने, कारवाही गरी दुर्गम जिल्लामा सरुवा गरिदिने परम्परा, डर तथा हकहित र सेवासुविधाको विषयमा बोल्दा गुटबन्दी र राज्यविरोधीको संज्ञा दिई विषेश अदालत गठन गरी पहुँचवालाको मनोमान्य हुने हुँदा राज्यभित्र प्रभुत्व जमाउनेको डरधाकले गर्दा खुलेर लोकतन्त्र बहालीमा लाग्न सकेकोतर्फध्यानाकर्षा गराइएको छ । अपिलमा जनपद प्रहरी, शाही नेपाली सेना तथा सशस्त्र प्रहरीमा कार्यरत सम्पूर्ण अधिकृत र जवानहरु आफ्नो हक तथा पाउने सेवासुविधाको जगेर्ना तथा रक्षाका लागि लोकतन्त्र बहाल गर्न आ-आफ्नो बुद्धि र विवेकले भ्याएसम्म सम्पूर्ण प्रजातन्त्रवादी पार्टीमाथी दलहरुलाई सहयोग गर्न र आफू ड्युटीमा जाँदा मर्यादित ढंगले संगठनको छवि नधमिल्याई स्वच्छ, पारदर्शी र जिम्मेवार बनी त्रुटीरहित ड्युटी गर्न भनिएको छ । अपिलको अन्तमा प्रहरी जनताका सेवक हुन् भन्ने मूलमन्त्र नबिर्सी जनता कुट्ने, मार्ने कार्यमा कदापि संलग्न र सहभागी नबन्न र सत्य सेवा सुरक्षणको मूलमन्त्रलाई शिरोधार्य गर्न आहृवान गरिएको छ ।


गएका महिनाहरु:
