लोकतान्त्रिक आन्दोलनलाई सहयोग गर्ने निर्णय
काठमाडौं, बैशाख १ । लोकतन्त्र प्राप्तीका लागि चालु जनआन्दोलनलाई सहयोग पुर्याउन जातीय समानताका लागि कृयाशील नेवार अगुवाहरुको आज भएको एक भेलाले विभिन्न कार्यक्रम गर्ने लोकतान्त्रिक आन्दोलनलाई सहयोग गर्ने निर्णय गर्यो । प्रमुख निर्णयक रुपमा निकट भविष्यमै
(१) नेवा राष्ट्रिय आन्दोलन गुथिको सकृयतामा विभिन्न नेवार संघ संगठनहरुको सहभागिता रहने गरी “चालु जनआन्दोलनमा नेवारहरुको दायित्व” विषयक अन्तरकृया गर्ने
(२) लिवि च्वसा दबूको सकृयतामा नेपालभाषाका विभिन्न कवि कलाकारहरु बीच “चालु जनआन्दोलनमा नेवारहरुको भूमिका” विषयक अन्तरकृया गर्ने,
(३) नेवा देय् गुथि नेपालमण्डल र नेपालभाषा मंकाखलः ललितपुरको अगुवाईमा चालु जनआन्दोलनको पक्षमा विविध कार्यक्रम गर्ने रहेका छन् ।
भेलाले चालु जनआन्दोलनमा काठमाडौं उपत्यकाका नेवारहरुको सहभागिता न्यून रहेको भनी विभिन्न कोणबाट आइरहेको भनाईलाई गंभीर अस्वीकार गर्दे विगतमा भएका कुनै पनि लोकतान्त्रिक आन्दोलनमा नेवारहरुको गंभीर भूमिका, अहम दायित्व र सकृय सहभागिता निर्वाह गर्दै आए जस्तै चालु आन्दोलनमा पनि विविध मोर्चामा रही नेवारहरुको ठूलो संख्या निरंकुस शासन विरुद्धको लर्डाईं लडिरहेको स्पष्ट गरेको छ । भेलाले चालु जनआन्दोलनको र्समर्थनमा नेपाल आदिवासी जनजाति महासंघको अगुवाईमा बैशाख ३ गते हुन लागेको जूलुस प्रदर्शनमा सकृय सहभागी हुन समेत देशभरका सम्पूर्ण नेवारहरुलाई आव्हान गरेको छ
भेलामा रा. मानन्धर, राजभाई जकःमी, सुरेश प्रधान, डा. महेशमान नेवाः, डा. पुष्पराज राजकणिर्कार, डा. केशवमान शाक्य, बसन्त रन्जितकार, बुद्ध सायमी, मदन महर्जन, महेश्वर श्रेष्ठ, भुवनेश्वर जोशी, किरण शाक्य, कुलाल डंगोल, शाक्य सुरेनको उपस्थिति रहेको थियो ।
समाचार प्रेशक :: महेश्वर श्रेष्ठ


गएका महिनाहरु:
