गणतन्त्र बहुमुखी क्याम्पस
आन्दोलनरत राजनैतिक दलका विद्यार्थी संगठनहरुले आज बिहानै दाङको घोराही भरतपुरस्थित महेन्द्र वहुमुखी क्याम्पसको वोर्ड परिवर्तन गरिदिएका छन । वोर्डमा लेखिएको महेन्द्र शब्द हर्टाई उनीहरुले ‘गणतन्त्र’ लेखेका छन । विद्यार्थीहरुले क्याम्पसको नाम गणतन्त्र वहुमुखी क्याम्पस घोषणागरे लगत्तै त्यसै क्याम्पसबाट प्राध्यापकहरुले दलहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउदै जुलुस निकालेका थिए । घोराहीका विभिन्न भागको परिक्रमा पछि जुलुस भानुचौकमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्ने वक्ताहरुले राजतन्त्रको अन्त्य विना जनता मुक्त हुदैनन् भन्ने इतिहासले पुष्टि गरिसकेको बताए । यसैबीच विद्यार्थीहरुले आजै बिहान दाङको सदरमुकाम घोराहीस्थित सडक कार्यालय र तथ्यांक कार्यालयको वोर्डवाट ‘श्री ५ को सरकार’ हर्टाई ‘नेपाल सरकार’ लेखेका छन ।विपुल पोख्रेल/स्वससे


गएका महिनाहरु:
