.... ....UCC

9,April , 2006

त्यो छब्बीस र यो छब्बीस


आज भन्दा सोह् बर्ष अघी ठीक यही समय थियो देवदास एक बजे तिर पुतलि सडक को चोक बाट प्रजातन्त्र को घोषणा पस्चात निस्कियको बिजयि जुलुस हेरेर बसेको ।
जनताहरु फुलमाला अबिरमा सजीएर बिजयि जुलुस निकाली रहेका थिए । जताहेर्यो त्यतै मान्छेभन्दा केहि देखीदैनथ्यो । सडक , पेटी, बस, ट्रक , घरका छत, जताततै मान्छेका टाउकै टाउका थिए । समय फेरी त्यही मोडमा आइपुगेको झल्को लाग्यो देवदासलाइ हिजोको आन्दोलन देखेर । तर यसपाली चैत्र छब्बीसको साइत जुरेको रहेनछ ।त्यो समयमा पनि हिजो को दिनमा राजा बिरेन्द्रको बिरुद्दममा ‘बिरे चोर देश छोड ‘का नाराहरु घन्किएको थियो । त्यो बेला पनि आन्दोलन दवाउन राजा बिरेन्द्रले कुनै कसर बाँकी राखेका थिएनन् । त्यतीबेला पनि छब्बीस गते राती कर्फु लागेको थियो यसपाली पनि कर्फु लागेको थियो । त्यतीबेला ‘बिरे चोर देश छोड’ घन्किदै थियो हिजो ‘ज्ञाने चोर देश छोड’ भन्ने नारा घन्किएकै थियो तर त्यती बेला रातारात कर्फुको विचमा बहुदलीय प्रजातन्त्रको घोषणा गरे बिरेन्द्रले तर यसपाली दाइको जस्तो घोषणा भाइले गर्न सकेनन् । उल्टै आन्दोलनलाइ दवाएर जाने तयारीमा छन भाइ माइला । आन्दोलन यो उत्कर्षमा पुगेको जानकारी सायद भाइ माइलालाइ राम्रो सँग थाहा छैन जस्तो छ । गृहमन्त्री त भोली देखी झन कट्टर हुने,भोली देखी को कर्फु साँच्चैको कर्फु हुने भनेर फत्फताउँदै छन । कमल थापालाइ थाहा नभएर हो कि माइलादाइको चर्को नुनले बोल्न नदिएको हो ? जनताले चाहे भने यहाँ जे पनि हुन सक्छ । हातमा पावर भएर के गर्नु जनता बिरुद्दमा छन भने ? आफ्नो घर, पार्टीकार्यालय को त सुरक्षा गर्न नसक्ने गृहमन्त्री ले यो आन्दोलनलाइ दवाउने कोशिस गर्नु मुखपन मात्रै हो । जनताको सक्तीको अगाडी कस्ता कस्ता तानाशाही त घुँडा टेकेका छन भने यो शाही सरकार को फुर्तीपनि जनताले झार्नेनै छन । गएका दिनहरुमा नेताहरुबाट भएका कमी कमजोरीकै कारणले देश यो आन्दोलनको भुमरीमा हामफालेको हो । भोलीका दिनमा पनि कुर्सिको मोहमा परेर सानातीना कुराहरुमा राजासँग नेताहरुले सम्dmौता गरेर आन्दोलनलाइ बिस्तारै निस्तेज पार्ने काम गरेर भने नेपाली जनताको रगत , पसीना फेरी पानीमा बग्ने छ । हरेक समयमा नेपालीहरुको हार हुने छ र पुन आठ दस बर्षपछी हामीले फेरी पारस सँग यसैगरी लड्नु पर्ने छ र त्यस्को आठ दस बर्षछी फेरी पारसको छोरा सँग । अहीले सानातीना प्रलोभनमा फसेर नेताहरुले एउटा सानो गल्ती गरे
भने नेपाली जनताले जीबन भर यस्को भार बोकेर बाँच्नुपर्ने छ । तर्सथ यो आन्दोलनको गतीलाइ यसैगरी बढाउँदै लानुपर्छ , चाहे त्यसकालागी जतीनै ठुलो मुल्य चुकाउनु किन नपरोस । आन्दोलको क्रममा खीचीएका केही फोटाहरुलाइ देवदासले यहाँ भित्र राखेको छ । फोटो हेर्ने भए भित्र जानुहोला


श्रोत नखुलेका तस्वीरहरु चितवन डटकम, हिमाल खबर, र बी बी सी हिन्दी बाट पैंचो लीइएको हो । देवदास

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/04/09/yaspali-ko/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here