अमेरिकी सांसदहरूद्वारा राजालाई पत्र
सयुक्त अधिराज्य अमेरिका सातजना सांसदहरुले राजा ज्ञानेन्द्रलाई पत्रलेखी यस हप्ता गरिएको विपक्षी राजनीतिक नेता–कार्यकता र नागरिक समाजका प्रतिनिधिहरुको गिरफ्तारीको भर्त्सना गरेका छन्। उनीहरुलाई मुक्त गर्न सुझाव दिँदै पत्रमा सांसदहरुले ‘शान्तिपूर्ण आन्दोलन गर्न र ८ अप्रिल (२६ चैत) मा भेला हुने आधारभूत नागरिक हकको सम्मान गर्न’ भनेका छन्। “हामीले तपाईलाई आधारभूत स्वतन्त्रता र नागरिक हकको सम्मान गर्न आग्रह गर्दै पत्र लेखेका थियौ।” वर्षदिन अघि राजाले प्रत्यक्ष शासन थालेपछि नेपालको लोकतन्त्रको अवस्थाको बारेमा आफूहरुले पहिले पनि चिन्ता जनाएको स्मरण गराउँदै पत्रमा भनिएको छ, “तर, बुहुदलीय संसदीय प्रजातन्त्रमा फर्किने तपाईको मौखिक प्रतिवद्धता र तपाईको सरकारको क्रियाकलापहरु मेल खाँदैनन् भन्ने कुरा हामी प्रस्ट गर्न चाहन्छौ।” पत्रमा सांसदहरु बार्नी फ्रायाङ्क, टम ल्याण्टस, मार्क स्टिभन कर्क, इडोल फस टाउन्स, जेम्स टी वाल्स, क्रिस्टफोर एच स्मीथ र मार्क युडलले सरकारलाई ‘श्री ५ को सरकार’ सम्बोधन नगरी ‘शाही सरकार’ भनेका छन्। श्रोत:हिमाल खबर


गएका महिनाहरु:
