कमलको जवाफी पत्र आमालाई
केहि समय पहिले ब्लगर नेपालमा कमल थापालाइ उनकि आमाले पठाएको पत्र प्रकाशन भएको थियो र आज उक्त पत्रको जवाफ पठाएका छन कमल थापाले । हुन त यो पत्र ब्लगर नेपालमै प्रकाशन हुनुपर्ने थियो तर हामीसबैलाई थाहा छ यो नेपाल हो तर्सथ नेपालमा जे हुनु पर्ने हो त्यो हुदैन र जे नहुनु पर्ने हो त्यो भएरै छाड्छ । यदी आमाले पठाएको पत्र पढ्नु भएको छैन भने यहाँ क्लिक गरेर पहिला पढ्नुहोला त्यसपछी मात्रै कमलले पठाएको यो जवाफी पत्र पढ्दा राम्रो सँग बुझिन्छ ।
आदरणीय माता
दण्डवत सेवा ढोग छ ।
म याहाँ माइला दाइको कृपाले आजका मितीसम्म आरामै छु र त्यहाँ तपाँइ पनि माइली भाउजुको कृपाले आरामै हुनु हुन्छ भन्ने आशा गरेको छु । धेरै लामो समय पछाडी तपाँइको पत्र पढ्न पाउँदा साह्रै खुसी लाग्यो साथै अली कती दुखी पनि भएँ । दुखी यस अर्थमा कि तपाँइले मेरो काम गराइको शैलीलाइ राम्रो सँग बुझ्नु भएकै रहेनछ । सायद तपाँइलाइ छर छिमेकी हरुले भड्काए जस्तो लाग्यो । मेरो बारेमा भए नभएका कुराहरु सुनाए जस्तो लाग्यो । आमा सत्य त्यस्तो कदापी हैन । तपाइको नाम मा दाग लाग्ने काम मैले कदापी गरेको छैन र गर्ने पनि छैन । तपाई लाइ थाहा छँदैछ यो कलीयुग हो , कलीयुगमा पनि द्धापर र त्रेता युग जस्तो खोजेर त हुँदैन नि कि कसो ? मैले यत्रोवर्ष राजनिती गरेको आखीर गंगामा लगेर सेलाउन पनि त हैन नी । माइला दाइ ले देस हाँक्ने सुर कसेको देखेपछी मैले पनि धेरै सोचें के गर्ने ? कसो गर्ने भनेर । एक पटक त लोकतन्त्रको वकालत गर्दै सडकमा जाउँजस्तो पनि नलागेको हैन तर अन्य सबै पार्टी माइलादाइको बिरोधमा गएपछी मैले फेरी सोचें सबै कुकुर काँशी गए केले खाल गुहु भन्ठानेर अरुहरु सँग काँशी नजाने निधो गरें । यो राजनिती हो आमा , राजनितीमा हरेक कुरा जाएज हुन्छ । त्यसपछी माइलादाइको छत्र छाँया मा हुकने मौका राम्रैसँग पाएँ । आज हेनुस त तपाँइको छोरो कहाँ बाट कहाँ पुगिसक्यो ? पहिल हेटौंडाकै मान्छेले चिन्दैनथे तर आज तपाइको यो छोरोलाइ दुनियाले चिन्दछ । तपाँइको जमाना र यो जमानामा धेरै फरक भएको छ आमा । सँधैभरी पुराना कुरालाइ मात्र आत्मासाथ गरेर त हुँदैन नि । हेनुस अहिले तपाँइको छोरा को हैसियत कहाँ बाट कहाँ पुगेको छ ? पहिला त्यै हेटौंडा बाट काठमाण्डौ आउन लाइ पैदल आउनु पर्थ्यो , त्यसपछी साझा बसमा , त्यसपछी प्राइभेट कार मा हुँदा हुँदा अहिले त हेलिकप्टर मा आउन थालेको छु। यसैगरी माइला दाइको कृपादृष्टी भइरह्यो भने ब्यक्तिगत प्लेन मा पनि आउन सक्छु । तर्सथ तपाइले त माइला दाइको पुजा गरे हुन्छ । कुरा काट्ने हरुलाइ काट्न दिनुहोस । जो आफु केहि गर्न सक्दैनन उनिहरु अरुहरुले गरेको पनि देख्न सक्दैनन ।
सानो छँदा तपाँइले भन्नुहुन्थ्यो मलाइ “बाबु कमल, राजा भनेका देउता बराबर हुन्छन तर्सथ हाम्रो देशका राजालाइ हामीहरुले बिष्णु भगवान सम्झनु पर्छ र राजाको पुजा गर्नु पर्छ । तपाँइले भनेको कुरा त आज आएर पो मैले बुझें । सँच्चै हो रहेछ आम राजा भनेका विष्णु भगवान नै हुन रहेछन । तर्सथ आज अली बुझ्ने भएर म तपाँइको बिष्णु भगवानको पुजा पाठ गरें त के गल्ती गरें ? तपाँइले मलाइ रगतको खोलो बगाइस भनेर आरोप लगाउनु भएको देख्दा साह्रै दुख लागेर आयो । मैले कहाँ रगतको खोलो बगाएको छ र आमा ? तपाँइ पनि त कैले दिवाली , कैले दुगा पुजा भन्दै कुखुरा, बोका, पाठी, परेवा हरुलाइ काट्दै रगतको वली चढाउनु हुन्थ्यो नि हैन र ? रगत भनेको रगत हो आमा त्यो कुखुरा होस , वोका होस परेवा होस अथवा मान्छे नै किन नहोस । तपाँइको यिनै रगतको वली चढाउने कार्य बाट उत्साहीत भएर मैले पनि अली अली थालनी गरेको मात्रै हो । फेरी तपाँइको कुल देवता, दुर्गा ले सँधै बोका, पाठी, परेवाको रगत माग्थीन
त्यै भएर तपाँइ तिनीहरुको रगत चढाउनु हुन्थ्यो तर मेरा बिष्णु भगवानले त खाली मान्छेको रगत नै माग्ने भएको हुदा मान्छेको बली चढाउन विवश छु । मेरो बिष्णु भगवान लाइ मान्छेको रगत साह्रै मन पर्दो रहेछ त्यै भएर आजभोली हरेक दिन मान्छेको बली चढाउँदै छु र पहिलाको भन्दा आजभोली मेरो विष्णु भगवान साह्रै खुसी पनि हुनुभएको छ । राजनितीको कुरा गर्नु पर्दा पनि त्यस्तो नराम्रो राजनिती मैले गरें जस्तो त लाग्दैन । राजनिती भनेकै यस्तै हो कहिले कता कहिले कता । यो राजनिती गर्ने उक्साउने र सिकाउने पनि त आखीर तपाँइनै हो नि हैन र ? सानो छँदा हरेक दिन मलाइ महाभारतको कथा सुनाउने तपाँइनै त हो नि । पाण्डव , कौरव , धृतराष्ट, भिष्म पिताम्मह, गुरु द्रोण, कपटी सकुनि ,घमण्डी दुर्योधन, जाली कृष्ण, हस्तिनापुरको कुरुक्षेत्र को बारेमा सुन्दा सुन्दा म पनि राजनिती गर्न लागेको त हो नि । राजनितीमा गधालाइ पनि कहिले काँही बाउ भन्नु पर्दो रहेछ त्यै भएर आजभोली म पनि गधालाइ बाउ बनाइ रहेको छु । पावर हउन्जेल हो उफ्रने पाफ्रने त्यसपछी थेच्चारिन त छँदै छनि । सोझो औंलाले कहिल्यै घिउ आँउदैन भन्ने तपाँइनै त हो नि हैन र आमा ? सोझो भएर बस्ने हुँदा देउवाले त्यत्रो महिना जेलमा बसेको देख्नु भएन ? प्रधान मन्त्री हुने सपना बुन्दा बुन्दै “उडायो सपना सबै हुरीले” भन्दै ककनी तिर बसैं सराइ गरेका माधवलाइ देख्नुभएको छैन ? स्वच्छ छवी भएको भन्दै रातारात प्रधान मन्त्रि भएका हाम्रै बुढा नेताहरु कसरी केहि महिनामै स्वच्छ छविमा दाग लगाउन पुगे देख्नु भएन ? यो सत्य बोल्ने युधिष्टीरको युग हैन आमा, यहाँ हरेक पल सत्यको हार हुन्छ र असत्यको जित हुन्छ । मलाइ धर्मराज युधिष्टीर बन्नु छैन । जमाना गुलामीको हो , गुलामी गर्न देखी के को लाज ?हेर्नुस त गुलामी गरे पनि चप्पलनै चाटेपनि अहिले देशको हिरो म नै छु क्या रे ? भोली माइला दाइलाइ अरुहरुले लखेटेछन भनेपनि म त आखीर लोकतन्त्र बादी नै हो क्या रे । फेरी पार्टी झण्डा बोकेर लोकतन्त्रको वकालत गरिहाल्छु । लोक तान्त्रिक पर्टी छँदैछ अझै पनि । माइलादाइको शक्ति हउन्जेल यता मोज गरौंला त्यसपछी त फेरी उहि पुरानो घर छंदैछ । हद्दै गर्नुपरे विगतमा भएका गल्ती कमीकमजोरी हरु प्रती सबै सँग माफी माग्दछु भनेर एउटा विज्ञप्ती निकाले पछी त सुनपानी ले र्छर्किए जस्तै चोखो भै हालिन्छनी हैन त ? लौ त आमा धेरै कुरा के लेखौं । गाँउलेका कुराहरु सुनेर आफ्नो यो सोझो छोरा माथी नराम्रो नसोच्नु होला । विष्णु भगवान र म मिलेर यो देशलाइ एउटा मन्दिर बनाउने योजनाका साथ लागीपरेका छौं यो कार्यको लागी आशिर्वाद दिनुहोला । देशलाइ मन्दिर बनाउने यो महान कार्यमा कुखुरा , बोका , परेवा ,को बलीले मात्र क्यै नहुने भएको हुदा विष्णु भगवानको सल्लाह अनुसार हरेक दिन मान्छेको वली चढाउँदै छौं र अन्तिम समय सम्म चढाइरहने छौं । यदी सक्नुहुन्छ भने तपाँइ पनि आफ्नो पुजा कोठामा विष्णु भगवानको फोटो झुन्डाउनु होला र हरेक दिन पुजा गनु होला । लौ त आमा बाँकी अर्को पत्रमा । अहिलेलाइ आज्ञा दिनुहवस भन्दै यत्तिकैमा कलम बन्द गर्दर्छु ।
उहि तपाँइको छोरा
कमल
गृह मन्त्रालय ,
सिंहदरबार , काठमाण्डौ ।


गएका महिनाहरु:

Devdas Ji
Its a great satire to kamal thapa and musa prabriti. kamal isnt only the name of a minister of nepal, its the symbol of chakari and gulami. he is the symbolic khalapatra of nepali politics. he is the negative hero of nepal’s bright future. he should go ahead, more aggressively against people and people’s movement. as fast he goes, the fast the democracy will come in nepal. very good satire. i like it. keep it up.
bye
L N
USA
Comment by L N Gautam — 29,March , 2006 @ 3:29 pm
गिरी मुन्तिर(गृह मन्त्री)ले आमा लाइ लेखेको पत्र पढदा नै चित्त बुझ्यो र अरु भुपु मन्त्रीहरु पनि गृह मन्त्री ज्यु झै बिष्णु भगवनको पूजारी(समय-समयमा सत्ता हात पर्दा)बन्ने हुदा हर कुनै एकै हुन कि जस्तो लाग्छ होइनर??
Comment by prakash — 29,March , 2006 @ 3:53 pm