फेरी अर्को पुर्जी

नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाललाई ०६२ चैत १० गते सशस्त्र प्रहरीले गिरफ्तार गरेको छ । चैत १० गते दिउँसो साडे तीन बजे प्रहरी उपरीक्षक माधव थापाको नेतृत्त्वमा आएका सशस्त्र प्रहरीको टोलिले महासचिव नेपाललाई तीन महिने थुनुवा पूर्जी थमाएर सशस्त्र प्रहरी बल बेसक्याम्प ककनी लगेको छ । यसअघि ०६२ माघ ६ गतेदेखि गृह नजरबन्दमा राखिनु भएका महसचिव नेपालको घरमा चैत ९ गते अपराह्न प्रहरीले छापा मारी कम्प्युटर लगायतका सञ्चार सामाग्री कब्जा गरी लगेका थिए ।
महासचिव नेपालका भाइहरू विनोद र सरोजको घरमा सशस्त्र प्रहरीको एक टोलीले चैत १० गते बिहान छापा मारेको थियो । सशास्त्र प्रहरीको एस्पीको नेतृत्वमा करिब ५० जनाको समूहमा आएका प्रहरीले महासचिव माधवकुमार नेपालका माइला भाइ विनोदकुमार उपाध्यायको घरमा बिहान ७.०० बजे र कान्छा भाइ सरोजकुमार उपाध्यायको घरमा बिहान ९.०० बजे १५ जना प्रहरी जबरजस्ति प्रवेश गरी तीनओटा कम्प्यूटर र पाँचओटा टेलिफोन सेट जफत गरेका थिए । माथिबाट आदेश आएकाले छापा मारिएको हो भन्दै प्रहरीले सामान उठाएको मुचुल्कामा विनोद र सरोज दुवैजनालई हस्ताक्षर गर्न भने पनि उहाँहरूले हस्ताक्षर गर्न अस्विकार गर्न भएको थियो । उहाँहरूको घरको फोन लाईन चैत ९ गते बेलुका नै काटिएको थियो ।
यसैबीच नजर बन्दमा रहेका महासचिवलाई भेटन आईसिआरसी, ओएचसिएचआर र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिलाई छुट दिइए पनि इन्सेक लगायत आधा दर्जन मानवअधिकार संस्थालाई भने भेट गर्न दिइएन । महासचिव नेपालले आफ्ना सल्लाहाकार कमिटीको सदस्यलाई आफ्नो निवासको कौशीबाट सरकारी रवैयाको बिरुद्धमा अदालतमा मुद्दा हाल्न सुझाव पनि दिनु भएको छ । स्रोत=इन्सेक अनलाईन


गएका महिनाहरु:
