.... ....UCC

22,March , 2006

प्रधान कार्यालयमा प्रहरीलाई चारपाटा मुडी कुटपिट

काठमाडौं, चैत ८ - जीउभरि नीलडाम लिएर आएका उनी युद्ध क्षेत्रबाट फर्केका सिपाहीजस्ता देखिएका छन् । टाउको अर्धमुण्डन गरेको देख्दा लाग्छ उनले कुनै मध्ययुगीन शासकहरूबाट सजाय पाएका हुन् । केन्द्रीय प्रहरी बैन्ड गुल्मका सई होमबहादुर बगाले आफूलाई प्रहरी प्रधान कार्यालयमा सजाय दिई यो रूप पारिएको बताउँदै मंगलबार अपराह्न कान्तिपुर कम्प्लेक्समा शरण माग्दै आइपुगेका थिए । आफ्नो परिचय दिंदै उनले संवाददाताहरूसँग भने- मलाई प्रहरी प्रधान कार्यालयमा कुटपिट र दुव्र्यवहार गरियो । प्रहरी हाकिमहरूको हातबाट मर्न नपरोस् भनेर म यहाँ भागेर आएको हुँ । युनिर्फममा रहेका उनका लुगामा पूरै हिलो र धूलो लागेको थियो ।मैले मेरा हाकिमहरूको भ्रष्टाचारविरुद्ध बोलेका कारण हैरानी र यातना पाउँदै आएको छु उनले भने- त्यसपछि मैले राजीनामा दिएँ । त्यसको स्वीकृतिपत्र लिन प्रधान कार्यालय जाँदा संगठनको बदनाम गरेको भन्दै पिट्न थाले । उनी धुरुधुरु रोइरहेका थिए । उनका अनुसार प्रहरीले यातना दिँदा ुमाओवादीु र गद्दारु भनेर गाली गरेका थिए । उनले संवाददाताहरूसँग कुरा गरिरहेकै बेला नाटकीय रूपमा वडा प्रहरी वानेश्वरबाट इन्सपेक्टरको नेतृत्वमा एक टोली आएर कठालोमा समातेर लग्यो । पक्राउपछि उनलाई भ्यानमा कोच्दै जवानहरूले अभद्र व्यवहार गरेका थिए । त्यो व्यवहारको प्रतिवाद गर्दै बगालेले भने- यसरी नहान्नुस् न, म पनि तपाईंहरूजस्तै हो । कान्तिपुरको गेटबाट निकालिँदा उनी भनिरहेका थिए- मलाई यिनीहरूले मार्छन् । २३ वर्ष सेवा गरेका बगाले भन्दै थिए- अरूले अन्याय सहेर बसेका छन् । मैले त्यहाँ हुने गलत क्रियाकलापको विरोध गरेको हुँ ।
पदीय आचरण नगरी अनुशासनहीन काम गरेको भनी उनलाई प्रधान कार्यालयले मंगलबार भविष्यमा सरकारी नोकरीमा अयोग्य ठहरिने गरी बर्खास्त दियो । प्रधान कार्यालयले बगालेलाई पूर्वडीएसपी खड्गसिंह गुरुङले ब्रुनाईबाट ल्याएको २९ तोला सुन बदनियतपूर्वक लिई नदिएको लगायतका अभियोगमा बर्खास्त गरिएको बताएको छ । यी सब झूटा आरोप हुन् । मलाई त्यहाँभित्रका पोल खोलेको भनेर यस्तो कारबाही गरेका हुन् । मसँग सबै प्रमाण छन्, उनले भने । यसैबीच प्रहरी प्रवक्ता रमेशचन्द ठकुरीले कान्तिपुरलाई पत्र लेख्दै बगाले प्रधान कार्यालयमा रहँदा कोही कसैबाट कुनै अभद्र अपमानजनक तथा अमानवीय व्यवहार नभएको, अवकाशपत्र बुझाई ट्याक्सीमा पठाउँदाको अवस्थासम्मको भिडियोसमेत प्रधान कार्यालयमा सुरक्षित रहेको जनाएका छन् । सामान्य अवकाश दिइएका व्यक्तिको किन त्यसरी भिडियो खिचियो भन्नेबारे पत्रमा उल्लेख नगरिए पनि ठकुरीले बगालेबाट विगतमा जस्तै पुनः नौटंकी हुन सक्ने भएकाले भिडियोसमेत खिचिएको बताउनुभयो । बगालेले उपल्लो तहकाविरुद्ध हालेको मुद्दा अदालतमा विचाराधीन छ । उनका वकिल माधव बस्नेतका अनुसार, करिब ४ वर्षअघि केन्द्रीय प्रहरी ब्यान्ड महाराजगन्जका प्रमुख खड्गसिंह गुरुङले विमानस्थलमा ३५ तोला सुन लिन जानु भनेका थिए । उनले म यस्तो काम गर्दिनँ भनेर नमानेपछि पख् भनेर चेतावनी दिए । त्यसको पाँच दिनपछि एक्कासि उनलाई हनुमानढोका जानु भनियो । त्यहाँका प्रहरी अधिकृतले पिटेर हिरासतमा लिए । उनकी श्रीमतीले पाटन पुनरावेदन अदालतमा मुद्दा हालेपछि उनी अदालतको आदेशले रिहा भएका थिए । त्यसपछि उनले यातनाविरुद्ध जिल्ला अदालतमा प्रहरी अधिकृतहरू कुवेरसिंह राना, गंगा पन्त, यज्ञविनोद पोखरेल र खड्गसिंह गुरुङविरुद्ध क्षतिपूर्तिको मुद्दा हालेका थिए । यही फागुन २९ गते उनले राजीनामा दिएका थिए । केन्द्रीय प्रहरी ब्यान्डले राजीनामाको विवरण मनासिब भएको भनेर प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज र प्रतिष्ठानले प्रहरी प्रधान कार्यालयलाई पत्र पठायो । उनले चैत ४ गतेसम्म हाजिरसमेत गरेका थिए । ५ गते शनिबार परेको र ६ गते कार्यालय जाँदा हाजिर गर्न दिइएन । सोमबार उनी प्रहरी हाकिमकहाँ जाँदा क्षतिपूर्ति मुद्दा फिर्ता ले भनिएको थियो ।
समाचार तथा फोटो — चितवन डट कम–

3 Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/03/22/prhari/trackback/

  1. जस्ले जे गरे पनि हुने देशमा राम्रो काम गर्ने को हालत यस्तै त हुन्छ नि, बहुलाहा राजाको गाइजात्रे सरकार छ ज साच्ची कुन युगमा छौ ह हामी

    Comment by Ma — 22,March , 2006 @ 6:14 pm

  2. p

    Comment by indra_p_bhatta — 25,March , 2006 @ 2:14 pm

  3. जस्ले जे गरे पनि हुने देशमा राम्रो काम गर्ने को हालत यस्तै त हुन्छ नि ho yeas tay chha nepal ko chalan raja ko seko garni parune raga la gagar ra gana tala pane taigar chha hai na ta ?

    Comment by indra_p_bhatta — 25,March , 2006 @ 2:23 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here