.... ....UCC

20,March , 2006

तेह्रजना सुरक्षाकर्मी र एकजना माओवादीको मृत्यु

छत्रेबाँझ गाविस-६, दारेगौडामा ०६२ चैत ७ गते बिहान भएको दोहोरो भिडन्तमा १३ जना सुरक्षाकर्मी र एकजना माओवादीको मृत्यु भएको छ भने एकजना र्सवसाधारणसहित छजना घाइते भएका छन् । बिहान ५.४० बजेदेखि करिब डेढ घण्टासम्म चलेको दोहोरो भिडन्तका क्रममा मारिने सुरक्षाकर्मीहरूको नाम खुलेको छैन भने मारिने माओवादी सो पार्टिका सिन्धुपाल्चोकका बटालियन कमाण्डर २६ वर्षीय अनित तामाङ रहेका छन् । घाइते हुनेहरूमा एकजना र्सवसाधारण, तीनजना सुरक्षाकर्मी र दुईजना माओवादी रहेका छन् । हातमा गोली लागी घाइते भएका स्थानीय र्सवसाधारण २८ वर्षीय अर्जुन तिमल्सिनाको उपचार सेनाले गरिरहेको छ । तिमल्सिनाको गोठका भैंसी र बाख्रालाई समेत गोली लागेको छ । घाइते भएका माओवादी कार्यकर्तामध्ये मोहन र उषा भनिने रहेका छन् भने अन्यको नाम खुलेको छैन । माओवादीले सुरक्षाकर्मीको ११ थान हतियार लुटेेको दाबी गरेका छन् । शाही नेपाली सेनाको भकुण्डेबेसीस्थित ९ नम्बर वाहिनीमा ल्याइएको पानीको मुहान माओवादीले चैत ५ गते साँझदेखि थुनेको र उक्त मुहान खुला गर्न चैत ७ गते बिहान गएका ७० जना सुरक्षाकर्मीमाथि माओवादीले आक्रमण गरेपछि दोहोरो भिडन्त भएको जनाइएको छ । माओवादीले बाटोमा एम्बुस थापेर डाँडा र र्सवसाधारणको घरका बार्दलीबाट फायर गरेको र र्सवसाधारणलाई ढाल बनाएको सेनाका वाहिनीपतिले बताएका छन् । माओवादीले स्थानीय अर्जुन तिमल्सिना, हर्रि्रसाद तिमल्सिना र अर्जुन घिमिरेको घरबाट आक्रमण गरेका थिए । डेढसयजना माओवादीले तीन दिन अघिदेखि उनीहरूलाई नियन्त्रणमा लिएर कहिँ जान दिएका थिएनन् । माओवादीले केही घरमा सेल्टर जमाएर बसेका कारण अन्य केही व्यक्तिहरू भने भागेर काठमाण्डौ गई बसेका जनाइएको छ । उक्त घटनापछि स्थानीयबासी ज्ञानेन्द्र देवकोटाको मोबाइल र रु. १७ हजार हराएको थियो । भिडन्तका बेला सेना र माओवादीले गरेको विष्फोटको आवाजले स्थानीय हर्रि्रसादका १२ वर्षीय छोरा मदन तिमल्सिना एकोहोरो भएका छन् । घटनाका प्रत्यक्षदर्शी बालउज्ज्वल निमाविको कक्षा ७ मा पढ्ने उनी परीक्षा दिन जानसमेत सकेनन् । सोही स्थानको पञ्चकन्या प्राविमा कक्षा १ मा अध्ययनरत सुष्मिता तिमल्सिना र कक्षा ३ मा अध्ययनरत अस्मिता तिमल्सिना पनि घटनाकै कारण आत्तिएर परीक्षा दिन गएनन् । भिडन्तपछि घटनास्थल नजिक रहेका थुप्रै बेवारिसे बम सुरक्षाकर्मीले निस्त्रिmय पारेका छन् भने सुरक्षाफौजले हवाइ र पैदल दुवै गस्ती गरिरहेको छ । र्सवसाधारण त्रसित छन् । स्रोत-इन्सेक अनलाइन डेस्क

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/03/20/13/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here