बिचरा कुखुराको जिन्दगी खै के जिन्दगी ?
हामी नेपालीहरुलाइ सानातिना फ्लु हरुले छुँदैन । हामीहरुले सयौं यस्ता फ्लु हरुलाइ पचाएका छौ जो अरुहरुको लागी साह्रै घातक सिद्द भएका छन । नेपालीहरुसँग प्रतीगमनसँग भिड्ने क्षमता साह्रै कम भएपनि फ्लु सँग लड्ने क्षमता भने अत्यधिक छ । पछिल्लो समयमा नयाँ फ्लु सँग हाम्रो परिचय भएको छ त्यो हो बर्ड फ्लु । बिभिन्न देश हुँदै भारतमा भित्रिएको भनिएको बर्ड फ्लुले केहिसमय सम्म त भारतमा तहल्का नै मच्चायो । बर्ड फ्लु आएको हो हैन त्यत्तिकै हल्लै हल्लामा कुखुराहरुको दशा सुरुभयो । भारतमा बर्ड फ्लु ले आक्रमण गरेको आशंकामा रातारात समाचारका शिर्षहरुलाइ बर्ड फ्लुले नै कब्जामा लियो । हल्लै हल्लाको भरमा कुखुराको ब्यापार रातारात ओरालो लाग्यो । कतिले त कुखुराको मासुलाइ बहिस्कार गरे भने कतीले बर्ड फ्लुले संक्रमण गरेको छैन भन्ने प्रमाणीत गराउन शाकाहारी हरुले पनि कुखुराको मासु खाएर देखाए । ब्यापार ओरालो लागे पछि कुखुरा किन्नेलाइ अण्डा उपहारको पनि शुरुवात नभएको हैन । रातारात हजारौ कुखुरा हरु काटेर जमीनमा गाडीयो पनि । हुँदा हुँदा नेपालले पनि भारतबाट आयात गरिने कुखुरा र अण्डाहरुमा प्रतिबन्ध लगायो । प्रस्तुत तस्वीर त्यसैको राम्रो उदाहरण हो । एक पटक राम्रो सँग हेर्नुस त यो तस्वीर कती फरक छ पहीला
र अहिलेमा ? बर्ड फ्लु लाग्नुभन्दा पहिले मान्छेहरु कुखुराको पछाडी दौडन्थे र कुखुरा आफ्नो ज्यान बजाउन भाग्थ्यो तर बर्ड फ्लुको आगमन पश्चात कुखुरा मान्छेको पछाडी दौडन्छ र मान्छे आफ्नो ज्यान जोगाउन भाग्छ । तर नेपालीमा एउटा भनाइ छ काँक्रो छुरीमाथी झरेपनि , छुरी काँक्रो माथी झरेपनि काटीने त आखीर काँक्रो नै हो तर्सथ यो भनाइ कुखुराहरुमाथी पनि जस्ताको तस्तै लागुहुन पुग्यो किनकी बर्ड फ्लु लागे पनि ,बबर्ड फ्लु नलागे पनि मर्ने त आखिर कुखुरानै हुन कि कसो ?
बर्ड फ्लुले जे जस्तो तहल्का मच्चाए पनि आज कुखुराको उत्सव हुँदै छ नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तरास्ट्रीय सम्मेलन केन्द्रमा नपत्याए समाचारपत्रको यो समाचार पढ्नुहो स त ।
समाचार भित्र छ ।
राजधानीमै चिकेन फेस्टीबल
कुखुरापालन व्यवसायको प्रवर्द्धन, विकास र विस्तारमा विशेष योगदान पुर्याउने उद्देश्यले भोलि शुक्रबार राजधानीमै ँचिकेन एन्ड एग फेस्टिब को आयोजना गरिने भएको छ। नया“ बानेश्वरस्थित वीरेन्द्र अन्तरास्ट्रीय सम्मेलन केन्द्रमा सा“स्कृतिक कार्यक्रमका साथ मनाइन लागिएको सो फेस्टिबलमा चर्चित कलाकारको प्रस्तुतिस“गै कुखुरा र अन्डाका विभिन्न परिकार उपभोक्तामाझ राखिनेछ। विभिन्न मुलुकका
कुखुरामा देखा परेको बल्ड फ्लु रोग, यसस“गै नेपालमा चलेको हल्ला र आशड्ढाले यहा“को पोल्ट्रीक्षेत्र धराशयी बन्दै गएको पर्रि्रेक्ष्यमा चितवन, बनेपालगायत अधिराज्यका विभिन्न भागमा चिकेन फेस्टिबलको आयोजना गरिएपछि ती क्षेत्रमा कुखुराको मासु तथा अन्डाको बिक्रीमा व्यापक सुधार आएको थियो। राजधानीमा आयोजना हुने फेस्टिबलबाट पनि अनावश्यक हल्लाभन्दा यथार्थ कुरा उपभोक्ताले थाहा पाउने र यसबाट कुखुरापालन व्यवसाय पुनः पहिलेकै रूपमा पुग्ने विश्वास आयोजकले लिएका छन्। फेस्टिबलमा अधिराज्यका विभिन्न क्षेत्रबाट किसान, व्यवसायी, उपभोक्ता एवम् नागरिक समाजका व्यक्तित्वहरूलाई सहभागी गराइनेछ। जानकारी दिन कुखुरा व्यवसायी
समूह संयुक्त कार्यदलद्वारा बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपालले पोल्ट्रीक्षेत्रमा हासिल गरेका उपलब्धि, सो क्षेत्रका उत्पादन, दाना, चल्ला, अन्डा र मासुका आकर्ष परिकार फेस्टिबलमा राखिने बताइयो। मेलामा कुखुराको मासु र अन्डाबाट मानव स्वास्थ्यमा पूर्ति हु“दै आएका पौष्टिक तत्त्वहरूका बारेमा जानकारी गराइनेछ। पोल्ट्री उद्योगको विकास र विस्तार गर्न केही समयअघि गठित संयुक्त कार्यदलमा नेपाल हयाचरी उद्योग संघ, नेपाल दाना उद्योग संघ, नेपाल पशुपक्षी औषधि व्यवसायी संघ, कुखुरा बिक्री व्यवसायी संघ तथा नेपाल कुखुरापालक किसान संघ आबद्ध छन्।
विगत दर्ुइ दशकमा व्यावसायिक रूप लिएको नेपालको कुखुरापालन व्यवसायले देशको कुल गार्हस्थ
उत्पादनमा ४ प्रतिशत योगदान दि“दै आएको छ भने छ५ हजारभन्दा बढी परिवारलाई प्रत्यक्ष तथा छ लाखभन्दा बढी व्यक्तिलाई अप्रत्यक्ष रूपमा रोजगारी दिइरहेको छ। कुखुराको मासु र अन्डामा राष्ट्रलाई आत्मनिर्भर बनाउन सक्षम यस व्यवसायमा १८ अर्ब रुपिया“भन्दा बढी लगानी भइसकेको छ। नेपालमा दैनिक डेढ लाख किलो कुखुराको मासु र १० लाख अन्डा उत्पादन हुने गरेको र खपत पनि त्यस्तै अवस्था रहेको बेला छिमेकी मुलुक भारतलगायत विश्वका विभिन्न मुलुकमा देखा परेको बल्ड फ्लु र यसबारेको हल्ला तथा आशड्ढाले पछिल्ला दिनमा सो खपत निकै घट्न पुगेको थियो। यसबारेमा उच्च र्सतर्कता अपनाउने, विदेशबाट कुखुरा तथा अन्डा आयात नगर्नेजस्ता प्रतिबद्धता जनाइसकिएको र नेपालमा त्यस्तो रोग नभेटिएको भन्दै सरकार, व्यवसायी तथा विज्ञहरूले कुखुराको मासु र अन्डा उपभोग गर्न आशड्ढा गर्नुनपर्ने बताउ“दै आएका छन्। पत्रकार सम्मेलनमा बल्ड फ्लु विज्ञ डा. होमबहादुर बस्नेतले पनि सञ्चारकर्मीहरूलाई बल्ड फ्लु बारेमा जानकारी दि“दै नेपालमा यसको कुनै सड्ढेत नदेखिएको उल्लेख गर्नुभयो। नेपालीहरूले कुखुराको मासु राम्रोस“ग पकाएर खाने गरेकाले यसबाट डराउनु नपर्ने बताउ“दै उहा“ले अहिलेसम्म यो रोगले महामारीको रूप लिने सड्ढेत नपाइएको, मानिसबाट मानिसमा नसरेको र नेपालमा व्यावसायिक रूपमा पालिने कुखुराहरू बढी सुरक्षित भएकाले ढुक्कस“ग कुखुराको मासु तथा अन्डा खान सकिने बताउनुभयो। उहा“ले भन्नुभयो- वास्तविकता नबुझी हल्लाकै पछि लागिरह“दा नेपालको अर्थतन्त्रमा ठूलो योगदान दिने पोल्ट्री उद्योग मात्र ध्वस्त हु“दैन, यस्तै भइरहे कुपोषणको समस्यासमेत देखा पर्न सक्छ।’


गएका महिनाहरु:
