.... ....UCC

12,March , 2006

यो हल्लै हल्लाको देश हो

कवि भुपि शेरचनले यो देशलाइ हल्लै हल्लाको देश हो भनेर त धेरै पहिलेनै घोषण गरिसकेका हुन तथापी देश हल्लै हल्ला बाट पन्छिन अझै सकेको छैन । सतीले सरापेको देश भनेपनि हल्लै हल्लाको देश भने पनि , गरिब देश भनेपनि ,जलस्रोतको धनी तर लोडसेडिङको देश भनेपनि यही नेपाललाइ नै जनाउँछ । हरेक दिनको बिहानी एउटा हल्ला लिएर आउँदछ र अनेकौं हल्ला गर्दै रात पर्छ । हल्ला गर्न यहाँ कसैलाइ बन्देज छैन , हल्ला गरेको पैसापनि तिर्नु पर्दैन , । यहाँ हल्ला हरु पनि ब्यक्ती बिषेश , धर्म बिषेश ,राजनितीक बिषेश , व्यापार विषेश हुन्छन । बिषेशत हल्लाको खेती राजनितीक रुपमा बहुत फस्टाएको पाइन्छ र त्यसपछी धार्मीक रुपमा । राजनितीको कुरा गर्ने हो भने यो देशको राजनिती हल्लै हल्लाको भरमा मात्र चलेको छ । गिरीजा , माधब, बामदेब, हल्ला नगरी बाँच्न नसक्ने राजनितीज्ञहरु हुन । धेरैपटक देवदासले अनुभव गरेको छ यी नेताहरुले पहिलो हप्ता के बोले र पछील्लो हप्ता के बोले उनिहरुलाइनै भेउ छैन । वामदेवले आन्दोलनको आँधीबेहरी ल्याउने हल्ला बारम्बार गर्दथे तर उनि आँफैलाइ आँधीबेहरीले अहिले कता पुर्यायो अत्तोपत्तो छैन । माधब कुमारले आन्दोलनको सुनामी ल्याउने हल्ला पनि धेरै पहिले घोषणा गरेका हुन तर अहिले आफ्नै घरमा थुनिएर बसेका छन । जब जब आफुमाथी अप्ठेरो आइपर्छ तब तब गिरीजा दरवार हत्याकाण्डको ग्रयाण्डडीजाइनको पर्दाफास गर्ने हल्ला गर्छन । तर निस्कर्ष केहि निस्किंदैन बरु शुरु हुन्छ अर्को नयाँ हल्ला । हल्लाको राजनितीमा माओबादीहरु पनि साह्रै अगाडी छन । माओबादीले दुइ पटक एक हप्ता लामो नेपाल बन्दको घोषण गरेर हल्ला पिटे तर तिन चार दिन पछि पुन नेपाल बन्द फिर्ताको अर्को हल्ला गरे । अहिले आएर दुइ महिना पहिले देखीनै नाका बन्दी र अनिश्चितकालीन हडतालको घोषणा गरेका छन तर पिर मान्नु पर्दैन यो पनि चर्चामा आउने हल्ला मात्र हो हुनेवाला केहि छैन । बिभिन्न कारण देखाउँदै उनिहरुले यो हल्ला लाइ पनि फिर्ता लिएर अर्को हल्लाको शुरुवात गर्ने निश्चित छ । राजनितीक हल्लाहरु मान्छेलाइ उल्लु बनाउन मात्र गरिन्छ भने धार्मिक हल्ला हरुले चाँही पैशा कमाउन पनि सफल भएको अनेकौं उदाहरण हरु छन । केहि बर्षपहिले गणेशले दुध खाए भनेर ठुलै हल्ला पिटीएको थियो र मान्छेहरु गणेशको मुर्तीलाइ दुध खुवाउन मन्दिरमा घण्टौं लाम लाग्थे । त्यसपछी ललितपुरको एकान्तकुनामा भगवान भेटिए भनेर अर्को हल्ला मच्चाइयो मान्छेहरुको घुँइचो लाग्न थाल्यो र उक्त ठाँउमा खनेर भगवानको मुर्ति भेट्टाएको र त्यहाँ नागहरु आएर बसेको भनेर । मान्छेहरुको आगमनमा बृद्दी भएपछी र राम्रै पैशाको संकलन भएपछी त्यहाँ एउटा मन्दिर बनाइयो र यो हल्ला पनि सकियो ।कहिले भैसीले हात्तिजस्तो अनौठो पाडो पायो तर्सथ यो पक्कै गणेशभगवान हुन भनेर पुजा गरिन्छ । कहिले एउटा एघार बषिर्य युवकले पहिलो जन्मको सम्पूर्ण कुरा सम्झियो तर्सथ यो पक्कै भगवानको रुप हो भनिन्छ । कहिले पशुपतीमा नाग आएको हल्ला हुन्छ, हुँदा हुँदा कुनै ठाउँमा देवताको मुर्ति आकारको ढुंगो भेटियो भनेपनि त्यसलाइ हतार हतार भगवान घोषण गरिन्छ र पुजागर्न सुरु गरिन्छ । अहिलेसम्मको अन्तिम हल्लाको श्रोत बनेका छन रामवहादुर वोम्जोम । उनि लगभग दस महिना सम्म केहि नखाइ एउटा पिपलको रुखमुनि ध्यान गरिरहेका थिए । नेपालको मात्र हैन उनले संसारकै ध्यान आफुतिर तान्न सफल भएका थिए । बिभिन्न देशहरुबाट उनको बिषयमा अनुसन्धान पनि नभएको होइन तर निश्कर्षभने कतैबाट केहि आएको थिएन ।तर अस्ति राती बाट उनि पनि फरार भएका छन । आसपास सबैतीर खाजीयो कतै भेटीएनन् । उनले लगाएका कपडा त्यही नजिकै फालीएका छन । उनको सुरक्षार्थ खटिएका मान्छेहरु कहाँ थिए त्यसबेला जुनबेला रामबहादुर त्यहाँ बाट निस्किए ? अर्को कुरा दस महिना देखी केहि नखाइ बसेको मान्छे कसरी त्यहाँ बाट कसैको साथ नपाइ हिड्न सक्छ ? अब जसले उनलाइ देवता भन्ठान्थे उनिहरुसँग देवदासको प्रश्न छ खै त तपाँइहरुको देवता ? यदी उनि कतै छन भने पनि सम्भवत त्यहाँ आउनेवाला छैनन आइहाले पनि अर्कै एउटा नयाँ हल्लाको शुरुवात गर्दै आउने छन र ब्यबस्थित भएर मात्र बस्नेछन -किनकी अब त उनि पनि धनी भएका छन-

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/03/12/%e0%a4%af%e0%a5%8b-%e0%a4%b9%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a5%88-%e0%a4%b9%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%b9%e0%a5%8b/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here