सरकार बौलाएको सुचना
फागुन २१ गते आइतबार
समय : रातको ११:३० बजे
यतीबेला इलामको सदरमुकाममा माओबादी र शाहीसेनाको दोहोरो भिडन्त
भइरहेको छ । के कती क्षती भयो या हुदैछ त्यस्को पूर्ण जानकारी भोली बिहान मात्र आइपुग्ने छ । विज्ञप्ती जस्तो आएपनि माओबादीले आफ्ना जनसेनाले सफलता प्राप्त गरेको घोषण गर्छ र सरकारले माओबादीको योजनालाइ असफल पार्न शाहीसेना सफल भएको जनाउने छ । माओबादीले बीस शाहीसेना मारें भनेर विजय जुलुस मनायो भने शाहीसेनाले दसजनाले विरगती प्राप्त गरेको समाचार फुक्दछ । अब हामीहरुले कस्को विज्ञप्तीलाइ सहि मान्ने त ? शाहीसेनाको आँखामा जता हेर्यो त्यतै माआबादी मात्र छन , प्रहरीहरुको आँखामा जता ततै जुलुस र आन्दोलन मात्र छ , नेताहरु लोकतन्त्र भन्दा केहि देख्दैनन , राजाको आँखामा नेपालमा प्रजातन्त्र फस्टाउँदै गरेको देखिन्छ हरपल , जनताको आँखामा जताततै भोक, अशिक्षा, गरीबी, बेरोजगारी, असुरक्षा, मात्र मडारीन्छ । जनताका अधिकारका कुरा गर्न पाँइदैन हिजो आज जनताका अधिकारका कुरा गर्ने कानुन सायद रद्द भइसकेको छ । अधिकारका कुरा गर्ने हो भने एउटै अधिकार मात्र छ त्यो हो जे गरेपनि पाउने अधिकार र यो अधिकार प्रयोग गर्न पाउने एकजना मात्रै छन ति उनै महेन्द्रका माइला छोरा हुन । काठमाण्डौमा हरदिन आन्दोलन , आमसभा, बिरोध, बन्द भएको भऐ भएर होला आजभोली प्रहरीको आँखामा जताततै जुलस मात्र देखिन्छ र जुन क्षेत्रपनि निसेधित क्षेत्र जस्तो मात्र लाग्छ क्यारे । जुलुस कस्ले निकालेको हो, किन निकालेको हो , कुन पक्षको सहभागीतामा निस्केको हो केहि नबुझी सिधै लाठी बषाउन पुग्छन । हुँदा हुँदा आज त दृष्टिविहीन बेरोजगार समूहद्वारा निकालिएको मैनबत्ती जुलुस माथी पनि हस्तक्षेप गरेर तिनीहरुलाइ लाठी बर्षाउन पुगेछन । अन्धाहरु जो आफु केहि देख्न सक्दैनन् , अर्काको भरमा बाँच्न विबस छन , तिनीहरुले आफुहरु पनि यो देशको नागरीक हौ , हामीहरुले पनि रोजगारी , शिक्षा पाउनु पर्छ , भनेर सडकमा आएर बिन्तीगर्दा उनिहरुको मागलाइ सम्बन्धित ठाँउसम्म पुर्यउनुको सट्टा सडकमानै टाउको फुट्नेगरी पिट्नु कहाँसम्मको बहादुरी हो ? कहाँ सम्मको नैतीकता हो ?। जो सँग हात हतीयार छन , जो युद्दको संखघोस गरेर घरबाट निस्केर हिँडेका छन उनिहरुसँग चाँही लड्न नसक्ने अनि अपाङ्ग अन्धा, लुला लगंडाहरुमाथी लाठी बर्षाएर कहाँ सम्मको बहादुरी देखाएको हो यो सरकारले ? गाँउ गाँउ बाट आफ्नो सुरक्षा समेत गर्न नसकेर सदरमुकाममा मात्र सिमीत भएर माहुरीको घारमा जम्माभएजसरी लुकेर बस्नेले अपाङ्गहरु माथी लाठी बर्षाउनु भनेको आफुहरुलाइ हिंजडा भएको घोषणा गर्नु हो जस्तो लाग्छ देवदासलाइ । यदी सरकार सँग अझैपनि त्यस्तो तागत छ भने अहिले यतीबेला इलाममा भइरहेको दोहोरो भिडन्तमा गएर आफ्ना शेनाहरुको उद्दार गरोस नत्र आकासमा नाइटभिजन उडाएर मात्र केहि हुनेवाला छैन ।
फोटो_इन्सेक अन लाइन


गएका महिनाहरु:

biswo lai raja gyanendra ra unko shasan satta kati jana birodhi, asahisnu, barbar ra damankari chha bhanne yo euta jwalanta udaharan ho.
Comment by Maheswor Shrestha — 7,March , 2006 @ 3:56 pm
hi, devdas ji maile tapai lai video haru kata bata download garna sakinchha bhanne sodheko tapaile jabaf nai dinu bhayena yaar…. yesso help garnus na..
Last time tapaile video internet ma bhetera yo site ma rakheko bhannu bha ko thiyo….. maile khojda ta bhetina….. yesso thegana dina mildaina bhaneko????
जोशी जी ,रत्नपार्कमा राखीएका भिडीयोहरुले केही साथीहरुलाइ चित्त दुखेको हँदा हाललाइ हटाएको छु । इन्टरनेटमा राखीएका नेपाली म्युजीक भिडीयोहरु प्राय डाउनलोड गर्न नमिल्ने गरी राखीएको छ । यदी नेपाली गीत संगीतका भिडीयोहरु हेन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर हेर्नुस । अनि यहाँ पनि क्लिक गर्नुस अन्य साइट फेरी दिंदै गरौंला है त -
रत्नपार्क बाट देवदास
Comment by joshi — 7,March , 2006 @ 5:45 pm