देवदासलाइ ब्लगसमको अन्तिम चेतावनि
केही दिन देखी खै किन हो किन केही लेख्नपनि मन लागेको छैन । समयको अभाव त आफ्नै ठाँउमा छँदैछ त्यसमाथी केहि देवदासका शुभचिन्तकहरुले देवदासको रत्नपार्कलाइ कसरी बन्द गराउने भनेर विभिन्न चालहरु चालिरहेका छन । पहिला त इमेल बाट बारम्बार धम्की आउँथ्यो तर आज त शुभचिन्तकहरुले ब्लगसमको कार्यालायमा नै कम्प्लेन गरेर रत्नपार्कलाइ बन्द गराउने चाँजो पाँजो मिलाएछन । भर्खरै एउटा मेल ब्लगसम बाट आयो जसमा कपिराइटको विषयलाइ लिएर ब्लगसमले नै ब्लग बन्द गराउने अन्तिम चेतावनि दियो । दिनभरी काम गरेर बाँचेको थोरै समयलाइ किन यत्तिकै खेर फाल्नु भन्ने अभिप्रायले देवदासले यो निशुल्क प्राप्तभयको साइटमा आफ्नो खाता खोलेर रत्नपार्क सुरु गरेको हो । यो न त समाचारको साइट हो , न त मनोरन्जनको, न त ब्यापारीक साइट हो न त अफिसियल नै । बचेकुचेको समयलाइ सदुपयोग गर्दै आफुलाइ मन लागेका कुराहरु लेख्दै , नजानेको कुरा सिक्दै , एउटा विश्रामस्थल रत्नपार्कलाइ बनाएको थियो तर खै के कुरा मन परेन कुनि शुभचिन्तकहरुलाइ यती धेरै माय गर्न थालेका हुन कुन्नी ? आफुलाइ अमेरिका, जापान, जर्मनी , र स्पेन मा रहेको बताउने र आफुलाइ साह्रै ठुलो बिद्दान भएको घोषण गर्ने सुभ चिन्तकहरुलाइ खै के भनौ ? रत्नपार्कमा देवदासले केहि भीडीयो नराखेको त हैन राखेको हो तर त्यो देवदासका लागी त अबस्य थिएन , थियो त केबल तीनै नेपालीहरुको लागी थियो जो वर्तमान अबस्थामा आफ्नो जन्मभुमी बाट बिबिध कारणले बिछोडीन बाध्य भएका छन , आफ्नो देशबाट धेरै टाढा छन । नेपाली गीत संगीतको बारेमा रुचीराख्ने पारखीहरुको लागी इन्टरनेटमा भेट्टाएका यीनै नेपाली भिडीयोहरुको बारेमा थाहा नपाएकाहरुलाइ जानकारी दिने अभिप्रायले रत्नपार्क मार्फत मीलनको सेतु बन्ने काम मात्र देवदासले गरेको थियो । तर स्वघोसित बिद्दानहरुलाइ यो कुरा पाच्य भएनछ र बारम्बार ब्लगसममा कम्प्लेन गरेपछि ब्लगसम पनि चेतावनि दिन बाध्य भयो जसको फलस्वरुप देवदासलाइ नखाउँ भने दिनभरीको शीकार खाउँभने कान्छो बाउको अनुहार हुन गयो र रत्नपार्क बाट भिडीयोहरु हटाउननै पर्ने भयो । अर्काको ढाडमा चढेर हिंड्नुको बेफाइदा पनि सायद यही होला । गल्ती देवदासबाट पनि भएका होलान , रुल एण्ड रेगुलेसनको फलो गर्नु पनि कर्तब्य हुन आउँछ । केहि पाउन केहि गुमाउनु पर्छ भन्ने सिद्दान्तको पालक हो देवदासपनि तर्सथ रत्नपार्कलाइ माया गरेर कृपादृष्टी गर्ने र घँृणा गरेर गिद्दे दृष्टी गर्ने दुवै वक्षलाइ देवदास स्वागत गर्दछ । जहाँ माया हुन्छ त्यहाँ घँृणा पनि हुन्छ ,जहाँ फाइदाहरु हुन्छन त्यहाँ बेफाइदा पनि उत्तिकै हुन्छन तर्सथ गीतामा श्री कृष्णले भने जस्तै । जे भयो राम्रै भयो , जे हुँदैछ राम्रै हुँदैछ र जे हुन्छ त्यो पनि राम्रै हुन्छ । किन र्व्यर्थमा चिन्ता गर्र्छौ , के लिएर आएका थियौ र जो गुमायौ - जे जती पायौ यहीं पायौ । रित्तै आएको थियौ रित्तै जान्छौ .यिनै कुराहरुलाइ आत्मसाथ गर्दै ब्लगसमले बन्द नगरुनजेल सम्म देवदास रत्नपार्कमा आइरहने छ त्यसपछि भने भिन्नै रुपमा देवदास यो अनलाइनको दुनियाम प्रकट हुने जानकारी देवदास गराउँदछ ।


गएका महिनाहरु:

Dai
kag karaudai garcha pina sukdai garcha. please ratna parka lie chai banda na garnu hola hai yasle hami jasta bidesh basne nepali haru lie nepal sanga jode ko cha taskaran le hami jasto pathak ko bare pani sochi dinu hola banda garnu bhanda phile .
Comment by sujan — 3,March , 2006 @ 7:49 am