.... ....UCC

28,March , 2006

कमलको जवाफी पत्र आमालाई

केहि समय पहिले ब्लगर नेपालमा कमल थापालाइ उनकि आमाले पठाएको पत्र प्रकाशन भएको थियो र आज उक्त पत्रको जवाफ पठाएका छन कमल थापाले । हुन त यो पत्र ब्लगर नेपालमै प्रकाशन हुनुपर्ने थियो तर हामीसबैलाई थाहा छ यो नेपाल हो तर्सथ नेपालमा जे हुनु पर्ने हो त्यो हुदैन र जे नहुनु पर्ने हो त्यो भएरै छाड्छ । यदी आमाले पठाएको पत्र पढ्नु भएको छैन भने यहाँ क्लिक गरेर पहिला पढ्नुहोला त्यसपछी मात्रै कमलले पठाएको यो जवाफी पत्र पढ्दा राम्रो सँग बुझिन्छ ।

आदरणीय माता
दण्डवत सेवा ढोग छ ।

म याहाँ माइला दाइको कृपाले आजका मितीसम्म आरामै छु र त्यहाँ तपाँइ पनि माइली भाउजुको कृपाले आरामै हुनु हुन्छ भन्ने आशा गरेको छु । धेरै लामो समय पछाडी तपाँइको पत्र पढ्न पाउँदा साह्रै खुसी लाग्यो साथै अली कती दुखी पनि भएँ । दुखी यस अर्थमा कि तपाँइले मेरो काम गराइको शैलीलाइ राम्रो सँग बुझ्नु भएकै रहेनछ । सायद तपाँइलाइ छर छिमेकी हरुले भड्काए जस्तो लाग्यो । मेरो बारेमा भए नभएका कुराहरु सुनाए जस्तो लाग्यो । आमा सत्य त्यस्तो कदापी हैन । तपाइको नाम मा दाग लाग्ने काम मैले कदापी गरेको छैन र गर्ने पनि छैन । तपाई लाइ थाहा छँदैछ यो कलीयुग हो , कलीयुगमा पनि द्धापर र त्रेता युग जस्तो खोजेर त हुँदैन नि कि कसो ? मैले यत्रोवर्ष राजनिती गरेको आखीर गंगामा लगेर सेलाउन पनि त हैन नी । माइला दाइ ले देस हाँक्ने सुर कसेको देखेपछी मैले पनि धेरै सोचें के गर्ने ? कसो गर्ने भनेर । एक पटक त लोकतन्त्रको वकालत गर्दै सडकमा जाउँजस्तो पनि नलागेको हैन तर अन्य सबै पार्टी माइलादाइको बिरोधमा गएपछी मैले फेरी सोचें सबै कुकुर काँशी गए केले खाल गुहु भन्ठानेर अरुहरु सँग काँशी नजाने निधो गरें । यो राजनिती हो आमा , राजनितीमा हरेक कुरा जाएज हुन्छ । त्यसपछी माइलादाइको छत्र छाँया मा हुकने मौका राम्रैसँग पाएँ । आज हेनुस त तपाँइको छोरो कहाँ बाट कहाँ पुगिसक्यो ? पहिल हेटौंडाकै मान्छेले चिन्दैनथे तर आज तपाइको यो छोरोलाइ दुनियाले चिन्दछ । तपाँइको जमाना र यो जमानामा धेरै फरक भएको छ आमा । सँधैभरी पुराना कुरालाइ मात्र आत्मासाथ गरेर त हुँदैन नि । हेनुस अहिले तपाँइको छोरा को हैसियत कहाँ बाट कहाँ पुगेको छ ? पहिला त्यै हेटौंडा बाट काठमाण्डौ आउन लाइ पैदल आउनु पर्थ्यो , त्यसपछी साझा बसमा , त्यसपछी प्राइभेट कार मा हुँदा हुँदा अहिले त हेलिकप्टर मा आउन थालेको छु। यसैगरी माइला दाइको कृपादृष्टी भइरह्यो भने ब्यक्तिगत प्लेन मा पनि आउन सक्छु । तर्सथ तपाइले त माइला दाइको पुजा गरे हुन्छ । कुरा काट्ने हरुलाइ काट्न दिनुहोस । जो आफु केहि गर्न सक्दैनन उनिहरु अरुहरुले गरेको पनि देख्न सक्दैनन ।
सानो छँदा तपाँइले भन्नुहुन्थ्यो मलाइ “बाबु कमल, राजा भनेका देउता बराबर हुन्छन तर्सथ हाम्रो देशका राजालाइ हामीहरुले बिष्णु भगवान सम्झनु पर्छ र राजाको पुजा गर्नु पर्छ । तपाँइले भनेको कुरा त आज आएर पो मैले बुझें । सँच्चै हो रहेछ आम राजा भनेका विष्णु भगवान नै हुन रहेछन । तर्सथ आज अली बुझ्ने भएर म तपाँइको बिष्णु भगवानको पुजा पाठ गरें त के गल्ती गरें ? तपाँइले मलाइ रगतको खोलो बगाइस भनेर आरोप लगाउनु भएको देख्दा साह्रै दुख लागेर आयो । मैले कहाँ रगतको खोलो बगाएको छ र आमा ? तपाँइ पनि त कैले दिवाली , कैले दुगा पुजा भन्दै कुखुरा, बोका, पाठी, परेवा हरुलाइ काट्दै रगतको वली चढाउनु हुन्थ्यो नि हैन र ? रगत भनेको रगत हो आमा त्यो कुखुरा होस , वोका होस परेवा होस अथवा मान्छे नै किन नहोस । तपाँइको यिनै रगतको वली चढाउने कार्य बाट उत्साहीत भएर मैले पनि अली अली थालनी गरेको मात्रै हो । फेरी तपाँइको कुल देवता, दुर्गा ले सँधै बोका, पाठी, परेवाको रगत माग्थीन
त्यै भएर तपाँइ तिनीहरुको रगत चढाउनु हुन्थ्यो तर मेरा बिष्णु भगवानले त खाली मान्छेको रगत नै माग्ने भएको हुदा मान्छेको बली चढाउन विवश छु । मेरो बिष्णु भगवान लाइ मान्छेको रगत साह्रै मन पर्दो रहेछ त्यै भएर आजभोली हरेक दिन मान्छेको बली चढाउँदै छु र पहिलाको भन्दा आजभोली मेरो विष्णु भगवान साह्रै खुसी पनि हुनुभएको छ । राजनितीको कुरा गर्नु पर्दा पनि त्यस्तो नराम्रो राजनिती मैले गरें जस्तो त लाग्दैन । राजनिती भनेकै यस्तै हो कहिले कता कहिले कता । यो राजनिती गर्ने उक्साउने र सिकाउने पनि त आखीर तपाँइनै हो नि हैन र ? सानो छँदा हरेक दिन मलाइ महाभारतको कथा सुनाउने तपाँइनै त हो नि । पाण्डव , कौरव , धृतराष्ट, भिष्म पिताम्मह, गुरु द्रोण, कपटी सकुनि ,घमण्डी दुर्योधन, जाली कृष्ण, हस्तिनापुरको कुरुक्षेत्र को बारेमा सुन्दा सुन्दा म पनि राजनिती गर्न लागेको त हो नि । राजनितीमा गधालाइ पनि कहिले काँही बाउ भन्नु पर्दो रहेछ त्यै भएर आजभोली म पनि गधालाइ बाउ बनाइ रहेको छु । पावर हउन्जेल हो उफ्रने पाफ्रने त्यसपछी थेच्चारिन त छँदै छनि । सोझो औंलाले कहिल्यै घिउ आँउदैन भन्ने तपाँइनै त हो नि हैन र आमा ? सोझो भएर बस्ने हुँदा देउवाले त्यत्रो महिना जेलमा बसेको देख्नु भएन ? प्रधान मन्त्री हुने सपना बुन्दा बुन्दै “उडायो सपना सबै हुरीले” भन्दै ककनी तिर बसैं सराइ गरेका माधवलाइ देख्नुभएको छैन ? स्वच्छ छवी भएको भन्दै रातारात प्रधान मन्त्रि भएका हाम्रै बुढा नेताहरु कसरी केहि महिनामै स्वच्छ छविमा दाग लगाउन पुगे देख्नु भएन ? यो सत्य बोल्ने युधिष्टीरको युग हैन आमा, यहाँ हरेक पल सत्यको हार हुन्छ र असत्यको जित हुन्छ । मलाइ धर्मराज युधिष्टीर बन्नु छैन । जमाना गुलामीको हो , गुलामी गर्न देखी के को लाज ?हेर्नुस त गुलामी गरे पनि चप्पलनै चाटेपनि अहिले देशको हिरो म नै छु क्या रे ? भोली माइला दाइलाइ अरुहरुले लखेटेछन भनेपनि म त आखीर लोकतन्त्र बादी नै हो क्या रे । फेरी पार्टी झण्डा बोकेर लोकतन्त्रको वकालत गरिहाल्छु । लोक तान्त्रिक पर्टी छँदैछ अझै पनि । माइलादाइको शक्ति हउन्जेल यता मोज गरौंला त्यसपछी त फेरी उहि पुरानो घर छंदैछ । हद्दै गर्नुपरे विगतमा भएका गल्ती कमीकमजोरी हरु प्रती सबै सँग माफी माग्दछु भनेर एउटा विज्ञप्ती निकाले पछी त सुनपानी ले र्छर्किए जस्तै चोखो भै हालिन्छनी हैन त ? लौ त आमा धेरै कुरा के लेखौं । गाँउलेका कुराहरु सुनेर आफ्नो यो सोझो छोरा माथी नराम्रो नसोच्नु होला । विष्णु भगवान र म मिलेर यो देशलाइ एउटा मन्दिर बनाउने योजनाका साथ लागीपरेका छौं यो कार्यको लागी आशिर्वाद दिनुहोला । देशलाइ मन्दिर बनाउने यो महान कार्यमा कुखुरा , बोका , परेवा ,को बलीले मात्र क्यै नहुने भएको हुदा विष्णु भगवानको सल्लाह अनुसार हरेक दिन मान्छेको वली चढाउँदै छौं र अन्तिम समय सम्म चढाइरहने छौं । यदी सक्नुहुन्छ भने तपाँइ पनि आफ्नो पुजा कोठामा विष्णु भगवानको फोटो झुन्डाउनु होला र हरेक दिन पुजा गनु होला । लौ त आमा बाँकी अर्को पत्रमा । अहिलेलाइ आज्ञा दिनुहवस भन्दै यत्तिकैमा कलम बन्द गर्दर्छु ।
उहि तपाँइको छोरा
कमल
गृह मन्त्रालय ,
सिंहदरबार , काठमाण्डौ

26,March , 2006

यो हल्लै हल्लाको देश हो - भुपि

भुपि शेरचन

कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु
जहाँ संगीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन्
र जहाँ प्लाष्टर गरिएका हातहरुमा
सुरक्षाको सङ्गीन थमाइन्छ,
जहाँ बाटो र अट्टालिकाहरुका ढोकाअगाडि
डोकोका डोको,र्
खर्पनका खर्पन ,
ट्रकका ट्रक आत्माका मण्डी सजाइन्छ,
स्टक एक्सचेन्जका शेयरजस्तै
आत्मा क्रय-बिक्रय गर्न सक्नेहरु
जहाँ नेता हुन्छन्
र जहाँ निधारभरि कर्कटपाताजस्तै
चाउरी परिसकेकाहरु
तन्नेरीहरुका अगुवा हुन्छन्
जहाँ जतिसुकै व्यभिचारीको पनि
इज्जतको ‘वाश एन वियर क्रीज’ कहिल्यै बिग्रिन्न,
जहाँ जतिसुकै/पाप गरेको वेश्याको पनि
अनुहारको टेरेलिनको छाला कहिल्यै खुम्चिन्न,
जहाँ कृषि-मेलाहरुमा
दोब्बर उब्जनी हुने बीउहरुको प्रदर्शनी गरिन्छ
र जहाँ खडेरी र अनिकालका सम्चारले भरिन्छ,
जहाँ वाग्मती र विष्णुमतीका साटोमा
अब बीयर र हृविस्की बग्दछन्,
र जहाँ अब पशुपतिनाथ र स्वयम्भूनाथका मन्दिरको उपयोग
तिनका प्रसाद खानमा कम, र
तिनका पछाडिका बनहरुमा
आडम र इभको ‘वर्जित फल’ खानमा बर्ता गरिन्छ,
जहाँ चिनीको कार्खानाले
चिनी होइन, रक्सी मात्र बनाउँछ
र जहाँका स्वतन्त्र आमाहरुले
छोरा होइन लाहुरे मात्र जन्माउँछन्
जहाँ रिन तिर्नको लागि महाकविले
असमयमै मर्नुपर्दछ,
जहाँ स्वदेशको पीरले बहुलाएको कविले
विदेशी अस्पतालको शरण पर्नुपर्दछ,
र जहाँ सरस्वतीकी एक्ली छोरीले
बिनाउपचार बैसमै कुँजिएर जीवन बिताउनुपर्दछ,
जहाँ गाइडले टुरिष्टलाई
नेपालको बिदेशलाई देन सम्झाउँछ
र बिदाको बेलामा उससित उसको
विदेशी क्यामराको देन माग्दछ,
जहाँ तन्नेरीहरु
किल्ला काँगडा र नालापानीको गीत गाउँदै
अब कवाज खेल्छन्
र्टाई र कोटको कलरमा खुकुरी भिरेर
यो देशमा मलाई भन्न कर लाग्छ
आˆm्नो मुटु चिरेर
कि ए मेरो देशवासीहरु हो
ए मेरो देशका राष्ट्र-कविहरु हो
ए मेरा देशका सम्माननीय नेताहरु हो
भन्न मन लाग्छ भने भन मलाई
स्वदेशनिन्दक वा घृणाचिन्तक
तर यो देश त्रि्रो जत्तिकै मेरो पनि देश हो
अंशबण्डा गर्ने हो भने पनि यो देशका एक करोड
टुक्राहरुमध्ये एउटा टुक्रामाथि
मेरो पनि छाप्रो हुनेछ
यही भावनाले मलाई यो भन्न बाध्य गराउँछ र
आँट दिलाउँछ यो भन्न
कि ‘यो हल्लै हल्लाको देश हो’
खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरुका जगमा
त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ ।
त्यसैले यो हल्लै हल्लाको देश हो
यो हल्लै हल्लामाथि उभिएको देश हो
यो हल्लै हल्लामाथि उठेको देश हो
यो हल्लै हल्लाको देश हो ।

23,March , 2006

फेरी अर्को पुर्जी


नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाललाई ०६२ चैत १० गते सशस्त्र प्रहरीले गिरफ्तार गरेको छ । चैत १० गते दिउँसो साडे तीन बजे प्रहरी उपरीक्षक माधव थापाको नेतृत्त्वमा आएका सशस्त्र प्रहरीको टोलिले महासचिव नेपाललाई तीन महिने थुनुवा पूर्जी थमाएर सशस्त्र प्रहरी बल बेसक्याम्प ककनी लगेको छ । यसअघि ०६२ माघ ६ गतेदेखि गृह नजरबन्दमा राखिनु भएका महसचिव नेपालको घरमा चैत ९ गते अपराह्न प्रहरीले छापा मारी कम्प्युटर लगायतका सञ्चार सामाग्री कब्जा गरी लगेका थिए ।
महासचिव नेपालका भाइहरू विनोद र सरोजको घरमा सशस्त्र प्रहरीको एक टोलीले चैत १० गते बिहान छापा मारेको थियो । सशास्त्र प्रहरीको एस्पीको नेतृत्वमा करिब ५० जनाको समूहमा आएका प्रहरीले महासचिव माधवकुमार नेपालका माइला भाइ विनोदकुमार उपाध्यायको घरमा बिहान ७.०० बजे र कान्छा भाइ सरोजकुमार उपाध्यायको घरमा बिहान ९.०० बजे १५ जना प्रहरी जबरजस्ति प्रवेश गरी तीनओटा कम्प्यूटर र पाँचओटा टेलिफोन सेट जफत गरेका थिए । माथिबाट आदेश आएकाले छापा मारिएको हो भन्दै प्रहरीले सामान उठाएको मुचुल्कामा विनोद र सरोज दुवैजनालई हस्ताक्षर गर्न भने पनि उहाँहरूले हस्ताक्षर गर्न अस्विकार गर्न भएको थियो । उहाँहरूको घरको फोन लाईन चैत ९ गते बेलुका नै काटिएको थियो । (more…)

22,March , 2006

प्रधान कार्यालयमा प्रहरीलाई चारपाटा मुडी कुटपिट

काठमाडौं, चैत ८ - जीउभरि नीलडाम लिएर आएका उनी युद्ध क्षेत्रबाट फर्केका सिपाहीजस्ता देखिएका छन् । टाउको अर्धमुण्डन गरेको देख्दा लाग्छ उनले कुनै मध्ययुगीन शासकहरूबाट सजाय पाएका हुन् । केन्द्रीय प्रहरी बैन्ड गुल्मका सई होमबहादुर बगाले आफूलाई प्रहरी प्रधान कार्यालयमा सजाय दिई यो रूप पारिएको बताउँदै मंगलबार अपराह्न कान्तिपुर कम्प्लेक्समा शरण माग्दै आइपुगेका थिए । आफ्नो परिचय दिंदै उनले संवाददाताहरूसँग भने- मलाई प्रहरी प्रधान कार्यालयमा कुटपिट र दुव्र्यवहार गरियो । प्रहरी हाकिमहरूको हातबाट मर्न नपरोस् भनेर म यहाँ भागेर आएको हुँ । युनिर्फममा रहेका उनका लुगामा पूरै हिलो र धूलो लागेको थियो ।मैले मेरा हाकिमहरूको भ्रष्टाचारविरुद्ध बोलेका कारण हैरानी र यातना पाउँदै आएको छु उनले भने- त्यसपछि मैले राजीनामा दिएँ । त्यसको स्वीकृतिपत्र लिन प्रधान कार्यालय जाँदा संगठनको बदनाम गरेको भन्दै पिट्न थाले । उनी धुरुधुरु रोइरहेका थिए । उनका अनुसार प्रहरीले यातना दिँदा ुमाओवादीु र गद्दारु भनेर गाली गरेका थिए । उनले संवाददाताहरूसँग कुरा गरिरहेकै बेला नाटकीय रूपमा वडा प्रहरी वानेश्वरबाट इन्सपेक्टरको नेतृत्वमा एक टोली आएर कठालोमा समातेर लग्यो । पक्राउपछि उनलाई भ्यानमा कोच्दै जवानहरूले अभद्र व्यवहार गरेका थिए । त्यो व्यवहारको प्रतिवाद गर्दै बगालेले भने- यसरी नहान्नुस् न, म पनि तपाईंहरूजस्तै हो । कान्तिपुरको गेटबाट निकालिँदा उनी भनिरहेका थिए- मलाई यिनीहरूले मार्छन् । २३ वर्ष सेवा गरेका बगाले भन्दै थिए- अरूले अन्याय सहेर बसेका छन् । मैले त्यहाँ हुने गलत क्रियाकलापको विरोध गरेको हुँ ।
पदीय आचरण नगरी अनुशासनहीन काम गरेको भनी उनलाई प्रधान कार्यालयले मंगलबार भविष्यमा सरकारी नोकरीमा अयोग्य ठहरिने गरी बर्खास्त दियो । प्रधान कार्यालयले बगालेलाई पूर्वडीएसपी खड्गसिंह गुरुङले ब्रुनाईबाट ल्याएको २९ तोला सुन बदनियतपूर्वक लिई नदिएको लगायतका अभियोगमा बर्खास्त गरिएको बताएको छ । यी सब झूटा आरोप हुन् । मलाई त्यहाँभित्रका पोल खोलेको भनेर यस्तो कारबाही गरेका हुन् । मसँग सबै प्रमाण छन्, उनले भने । यसैबीच प्रहरी प्रवक्ता रमेशचन्द ठकुरीले कान्तिपुरलाई पत्र लेख्दै बगाले प्रधान कार्यालयमा रहँदा कोही कसैबाट कुनै अभद्र अपमानजनक तथा अमानवीय व्यवहार नभएको, अवकाशपत्र बुझाई ट्याक्सीमा पठाउँदाको अवस्थासम्मको भिडियोसमेत प्रधान कार्यालयमा सुरक्षित रहेको जनाएका छन् । सामान्य अवकाश दिइएका व्यक्तिको किन त्यसरी भिडियो खिचियो भन्नेबारे पत्रमा उल्लेख नगरिए पनि ठकुरीले बगालेबाट विगतमा जस्तै पुनः नौटंकी हुन सक्ने भएकाले भिडियोसमेत खिचिएको बताउनुभयो । बगालेले उपल्लो तहकाविरुद्ध हालेको मुद्दा अदालतमा विचाराधीन छ । उनका वकिल माधव बस्नेतका अनुसार, करिब ४ वर्षअघि केन्द्रीय प्रहरी ब्यान्ड महाराजगन्जका प्रमुख खड्गसिंह गुरुङले विमानस्थलमा ३५ तोला सुन लिन जानु भनेका थिए । उनले म यस्तो काम गर्दिनँ भनेर नमानेपछि पख् भनेर चेतावनी दिए । त्यसको पाँच दिनपछि एक्कासि उनलाई हनुमानढोका जानु भनियो । त्यहाँका प्रहरी अधिकृतले पिटेर हिरासतमा लिए । उनकी श्रीमतीले पाटन पुनरावेदन अदालतमा मुद्दा हालेपछि उनी अदालतको आदेशले रिहा भएका थिए । त्यसपछि उनले यातनाविरुद्ध जिल्ला अदालतमा प्रहरी अधिकृतहरू कुवेरसिंह राना, गंगा पन्त, यज्ञविनोद पोखरेल र खड्गसिंह गुरुङविरुद्ध क्षतिपूर्तिको मुद्दा हालेका थिए । यही फागुन २९ गते उनले राजीनामा दिएका थिए । (more…)

21,March , 2006

यस्तोपनि हुन सक्छ


फोटो सौजन्य - कुमार लामा-सम्बन्धित लेख याहाँ छ

20,March , 2006

तेह्रजना सुरक्षाकर्मी र एकजना माओवादीको मृत्यु

छत्रेबाँझ गाविस-६, दारेगौडामा ०६२ चैत ७ गते बिहान भएको दोहोरो भिडन्तमा १३ जना सुरक्षाकर्मी र एकजना माओवादीको मृत्यु भएको छ भने एकजना र्सवसाधारणसहित छजना घाइते भएका छन् । बिहान ५.४० बजेदेखि करिब डेढ घण्टासम्म चलेको दोहोरो भिडन्तका क्रममा मारिने सुरक्षाकर्मीहरूको नाम खुलेको छैन भने मारिने माओवादी सो पार्टिका सिन्धुपाल्चोकका बटालियन कमाण्डर २६ वर्षीय अनित तामाङ रहेका छन् । घाइते हुनेहरूमा एकजना र्सवसाधारण, तीनजना सुरक्षाकर्मी र दुईजना माओवादी रहेका छन् । हातमा गोली लागी घाइते भएका स्थानीय र्सवसाधारण २८ वर्षीय अर्जुन तिमल्सिनाको उपचार सेनाले गरिरहेको छ । तिमल्सिनाको गोठका भैंसी र बाख्रालाई समेत गोली लागेको छ । घाइते भएका माओवादी कार्यकर्तामध्ये मोहन र उषा भनिने रहेका छन् भने अन्यको नाम खुलेको छैन । माओवादीले सुरक्षाकर्मीको ११ थान हतियार लुटेेको दाबी गरेका छन् । शाही नेपाली सेनाको भकुण्डेबेसीस्थित ९ नम्बर वाहिनीमा ल्याइएको पानीको मुहान माओवादीले चैत ५ गते साँझदेखि थुनेको र उक्त मुहान खुला गर्न चैत ७ गते बिहान गएका ७० जना सुरक्षाकर्मीमाथि माओवादीले आक्रमण गरेपछि दोहोरो भिडन्त भएको जनाइएको छ । माओवादीले बाटोमा एम्बुस थापेर डाँडा र र्सवसाधारणको घरका बार्दलीबाट फायर गरेको र र्सवसाधारणलाई ढाल बनाएको सेनाका वाहिनीपतिले बताएका छन् । माओवादीले स्थानीय अर्जुन तिमल्सिना, हर्रि्रसाद तिमल्सिना र अर्जुन घिमिरेको घरबाट आक्रमण गरेका थिए । डेढसयजना माओवादीले तीन दिन अघिदेखि उनीहरूलाई नियन्त्रणमा लिएर कहिँ जान दिएका थिएनन् । माओवादीले केही घरमा सेल्टर जमाएर बसेका कारण अन्य केही व्यक्तिहरू भने भागेर काठमाण्डौ गई बसेका जनाइएको छ । उक्त घटनापछि स्थानीयबासी ज्ञानेन्द्र देवकोटाको मोबाइल र रु. १७ हजार हराएको थियो । भिडन्तका बेला सेना र माओवादीले गरेको विष्फोटको आवाजले स्थानीय हर्रि्रसादका १२ वर्षीय छोरा मदन तिमल्सिना एकोहोरो भएका छन् । (more…)

19,March , 2006

हेलो , म त बर्बाद भएँ नि


मस्त निन्द्रामा थिएँ अचानक मोबाइलको घण्टी बज्यो । रिसले चुर हुँदै मोबाइल उठाएको मात्र के थिंए उता बाट आवाज आयो ।
-हेलो देव , म त बर्बाद भएं नि
-तँ के को बर्बाद हुन्छस , बर्बाद त म पो भएँ , बल्ल बल्ल निदाएको मात्र थिंए तैले फेरी उठाइस । तँ किन सँधै कुबेलामा मात्र फोन गर्छस यार ?
-मेरो कुरा सुन न यार आज पीसाब फेर्दा फेर्दै चारहजार चुना लाग्यो यार
-मलाइ हाँसो उठ्यो र सोधें , पीसाब फेर्दा पकेट मार्यो कि के हो ?
-हैन पीसाब फेरेकै चार हजार तीर्नु पर्यो यार
मलाइ अचम्म लाग्यो र उत्सुक हँदै सोधें ” हैन तँ कुन देशमा छस हँ यतीबेला र एकपटक पीसाब फेरेको चारहजार तीरीस ? ”
-नजिस्की न यार आइ एम सिरीयस । साँच्चै हो क्या ।
के साँच्चै हो ? एक पटक पीसाब फेरेको चार हजार ?
हो क्या हो , भर्खरै त तीरेर आउँदै छु ।
अनि मलाइ साह्रै रिस उठ्यो उस्को कुरा सुनेर र भनें “तँ किन काम पाउँदैनस यार यो मध्यराती फोन गरेर किन डिर्स्र्टब गर्छस ? कहाँ जाँड पिएर बसेको छस ? जा कोठामा गएर सुत , म सुतें, म भोली फ्रेस मुडमा कुरा गर्छु । यती भन्दै रिसले मैले मोबाइलको स्विच अफ गरेर सुतें ।
यो देवदास सँग उस्को एक साथीले फोनमा गरेको संवाद थियो । र केहि दीन सम्म उक्त साथीसँग कुनै सर्म्पर्क भएन । आज देवदासको पोष्ट बक्समा एउटा पत्रिका आएको रहेछ र पठाउने पनि त्यहि साथी थियो जो पीसाब फेरेको चार हजार तिरें भन्दै फोन गर्ने । पत्रीका सरर्सर्ती हेरें केहि त्यस्तो देखीन र एउटा कुनाम फ्रयाँकिदिएँ । केहि बेर पछी देवदासकै अर्को साथीले उक्त पत्रीका हेरेर पेट मीची मीची हाँस्न थाल्यो र भन्यो एकपटक पिसाब फेरेको चार हजार ? साथीले उक्त समाचार त्यही पत्रीका बाट पढेर सुनायो र मैले पनि हेरें नभन्दै हो पो रहेछ । केहि दिन अघी साथीले फोनमा भनेको उक्त कुरा त साँचो पो रहेछ । मैले बिश्वास नगरेको भएर उस्ले त प्रमाणको रुपमा उक्त पत्रीका पठाएको रहेछ ।
कुरा के रहेछ भने खाडी मुलुक कतारको राजधानी दोहा मा जहाँपायो त्यहाँ पीसाब फेरेको देखेर दुइसय भन्दा बढी नेपालीलाइ पुलीसले समाएर कतारी पैसा (रियाल) दुइसय जरिवान तिराँउदै छोड्दै गरेछन । यही समुहमा उक्त साथी पनि परेछ । कतार बाट प्रकाशन हुने राजधानी साप्ताहीकमा यो समाचार छापीएको रहेछ । समाचारका अनुसार रेष्टुरेन्ट र पसलहरुमा प्राय ट्वाइलेट नहुने हुँदा र मस्जीद बाहेक अन्यत्र र्सार्वजनिक शौचालय नभएको हुँदा नेपालीहरुले एकान्त कुनाहरुमा पीसाब फेर्ने गर्दारहेछन । कट्टर मुस्लीम कानुन भएको देश कतारमा नियम तोड्नु भनेको पाप गर्नु जस्तै हो । जहाँ पायो त्यही फोहोर फाल्न, थुक्न, ट्ाफीक नियमहरु तोड्नु भनेको कतारको कानुन उल्लङघन गर्नु हो तर्सथ निसेधित स्थानमा थुकेमा अथवा फोहोर फालेमा एक सय रियाल (दूइ हजार नेपाली) , पीसाब फेरेको दुइ सए रियाल (चारहजार नेपाली) , र ट्राफीक सिङनल तोडेमा दुइ हजार रियाल (चालीस हजार नेपाली) तिर्नु पर्ने रहेछ । समाचार पढेपछी मैले उक्त साथीलाइ पुन फोन गरें र सोधें
-तैंले पोहोर साल गाउँमा शौचालय बनाएँ भन्थिस नि कती लागत लागेको थियो ?
-किन ? तलाइ किन चाहीयो जतीमा बनाएपनि ? लगभग दुइ हजार लागेको थियो ।
फेरी सोधें - “पुरा शौचालय बनाउन चाँही दुइ हजार खर्च गर्ने तर एक पटक पिसाब फेरेको चाँही चार हजार यो त हजम भएननि ? ”
उस्को जवाफ थियो , “तेरो जस्तो हो र रत्नपार्कमा पिसाब फेरेर एक रुपैंया पनि नतीरी लुसुक्क निस्किएर हिंड्ने ? ठुला मान्छेका ठुलै कुरा हुन्छन बुझिस् ?

मैले बुँझेँ पनि भनिन र बुझिन पनि भनिन किनकी अब भन्ने पालो उस्को थियो ।

17,March , 2006

बिचरा कुखुराको जिन्दगी खै के जिन्दगी ?

हामी नेपालीहरुलाइ सानातिना फ्लु हरुले छुँदैन । हामीहरुले सयौं यस्ता फ्लु हरुलाइ पचाएका छौ जो अरुहरुको लागी साह्रै घातक सिद्द भएका छन । नेपालीहरुसँग प्रतीगमनसँग भिड्ने क्षमता साह्रै कम भएपनि फ्लु सँग लड्ने क्षमता भने अत्यधिक छ । पछिल्लो समयमा नयाँ फ्लु सँग हाम्रो परिचय भएको छ त्यो हो बर्ड फ्लु । बिभिन्न देश हुँदै भारतमा भित्रिएको भनिएको बर्ड फ्लुले केहिसमय सम्म त भारतमा तहल्का नै मच्चायो । बर्ड फ्लु आएको हो हैन त्यत्तिकै हल्लै हल्लामा कुखुराहरुको दशा सुरुभयो । भारतमा बर्ड फ्लु ले आक्रमण गरेको आशंकामा रातारात समाचारका शिर्षहरुलाइ बर्ड फ्लुले नै कब्जामा लियो । हल्लै हल्लाको भरमा कुखुराको ब्यापार रातारात ओरालो लाग्यो । कतिले त कुखुराको मासुलाइ बहिस्कार गरे भने कतीले बर्ड फ्लुले संक्रमण गरेको छैन भन्ने प्रमाणीत गराउन शाकाहारी हरुले पनि कुखुराको मासु खाएर देखाए । ब्यापार ओरालो लागे पछि कुखुरा किन्नेलाइ अण्डा उपहारको पनि शुरुवात नभएको हैन । रातारात हजारौ कुखुरा हरु काटेर जमीनमा गाडीयो पनि । हुँदा हुँदा नेपालले पनि भारतबाट आयात गरिने कुखुरा र अण्डाहरुमा प्रतिबन्ध लगायो । प्रस्तुत तस्वीर त्यसैको राम्रो उदाहरण हो । एक पटक राम्रो सँग हेर्नुस त यो तस्वीर कती फरक छ पहीला र अहिलेमा ? बर्ड फ्लु लाग्नुभन्दा पहिले मान्छेहरु कुखुराको पछाडी दौडन्थे र कुखुरा आफ्नो ज्यान बजाउन भाग्थ्यो तर बर्ड फ्लुको आगमन पश्चात कुखुरा मान्छेको पछाडी दौडन्छ र मान्छे आफ्नो ज्यान जोगाउन भाग्छ । तर नेपालीमा एउटा भनाइ छ काँक्रो छुरीमाथी झरेपनि , छुरी काँक्रो माथी झरेपनि काटीने त आखीर काँक्रो नै हो तर्सथ यो भनाइ कुखुराहरुमाथी पनि जस्ताको तस्तै लागुहुन पुग्यो किनकी बर्ड फ्लु लागे पनि ,बबर्ड फ्लु नलागे पनि मर्ने त आखिर कुखुरानै हुन कि कसो ?
बर्ड फ्लुले जे जस्तो तहल्का मच्चाए पनि आज कुखुराको उत्सव हुँदै छ नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तरास्ट्रीय सम्मेलन केन्द्रमा नपत्याए समाचारपत्रको यो समाचार पढ्नुहो स त ।
समाचार भित्र छ । (more…)

14,March , 2006

रमाइलोसंग बितोस यसपालीको होली

HAPPY HOLI TO YOU

12,March , 2006

यो हल्लै हल्लाको देश हो

कवि भुपि शेरचनले यो देशलाइ हल्लै हल्लाको देश हो भनेर त धेरै पहिलेनै घोषण गरिसकेका हुन तथापी देश हल्लै हल्ला बाट पन्छिन अझै सकेको छैन । सतीले सरापेको देश भनेपनि हल्लै हल्लाको देश भने पनि , गरिब देश भनेपनि ,जलस्रोतको धनी तर लोडसेडिङको देश भनेपनि यही नेपाललाइ नै जनाउँछ । हरेक दिनको बिहानी एउटा हल्ला लिएर आउँदछ र अनेकौं हल्ला गर्दै रात पर्छ । हल्ला गर्न यहाँ कसैलाइ बन्देज छैन , हल्ला गरेको पैसापनि तिर्नु पर्दैन , । यहाँ हल्ला हरु पनि ब्यक्ती बिषेश , धर्म बिषेश ,राजनितीक बिषेश , व्यापार विषेश हुन्छन । बिषेशत हल्लाको खेती राजनितीक रुपमा बहुत फस्टाएको पाइन्छ र त्यसपछी धार्मीक रुपमा । राजनितीको कुरा गर्ने हो भने यो देशको राजनिती हल्लै हल्लाको भरमा मात्र चलेको छ । गिरीजा , माधब, बामदेब, हल्ला नगरी बाँच्न नसक्ने राजनितीज्ञहरु हुन । धेरैपटक देवदासले अनुभव गरेको छ यी नेताहरुले पहिलो हप्ता के बोले र पछील्लो हप्ता के बोले उनिहरुलाइनै भेउ छैन । वामदेवले आन्दोलनको आँधीबेहरी ल्याउने हल्ला बारम्बार गर्दथे तर उनि आँफैलाइ आँधीबेहरीले अहिले कता पुर्यायो अत्तोपत्तो छैन । माधब कुमारले आन्दोलनको सुनामी ल्याउने हल्ला पनि धेरै पहिले घोषणा गरेका हुन तर अहिले आफ्नै घरमा थुनिएर बसेका छन । जब जब आफुमाथी अप्ठेरो आइपर्छ तब तब गिरीजा दरवार हत्याकाण्डको ग्रयाण्डडीजाइनको पर्दाफास गर्ने हल्ला गर्छन । तर निस्कर्ष केहि निस्किंदैन बरु शुरु हुन्छ अर्को नयाँ हल्ला । हल्लाको राजनितीमा माओबादीहरु पनि साह्रै अगाडी छन । माओबादीले दुइ पटक एक हप्ता लामो नेपाल बन्दको घोषण गरेर हल्ला पिटे तर तिन चार दिन पछि पुन नेपाल बन्द फिर्ताको अर्को हल्ला गरे । अहिले आएर दुइ महिना पहिले देखीनै नाका बन्दी र अनिश्चितकालीन हडतालको घोषणा गरेका छन तर पिर मान्नु पर्दैन यो पनि चर्चामा आउने हल्ला मात्र हो हुनेवाला केहि छैन । बिभिन्न कारण देखाउँदै उनिहरुले यो हल्ला लाइ पनि फिर्ता लिएर अर्को हल्लाको शुरुवात गर्ने निश्चित छ । राजनितीक हल्लाहरु मान्छेलाइ उल्लु बनाउन मात्र गरिन्छ भने धार्मिक हल्ला हरुले चाँही पैशा कमाउन पनि सफल भएको अनेकौं उदाहरण हरु छन । केहि बर्षपहिले गणेशले दुध खाए भनेर ठुलै हल्ला पिटीएको थियो र मान्छेहरु गणेशको मुर्तीलाइ दुध खुवाउन मन्दिरमा घण्टौं लाम लाग्थे । त्यसपछी ललितपुरको एकान्तकुनामा भगवान भेटिए भनेर अर्को हल्ला मच्चाइयो मान्छेहरुको घुँइचो लाग्न थाल्यो र उक्त ठाँउमा खनेर भगवानको मुर्ति भेट्टाएको र त्यहाँ नागहरु आएर बसेको भनेर । मान्छेहरुको आगमनमा बृद्दी भएपछी र राम्रै पैशाको संकलन भएपछी त्यहाँ एउटा मन्दिर बनाइयो र यो हल्ला पनि सकियो ।कहिले भैसीले हात्तिजस्तो अनौठो पाडो पायो तर्सथ यो पक्कै गणेशभगवान हुन भनेर पुजा गरिन्छ । कहिले एउटा एघार बषिर्य युवकले पहिलो जन्मको सम्पूर्ण कुरा सम्झियो तर्सथ यो पक्कै भगवानको रुप हो भनिन्छ । कहिले पशुपतीमा नाग आएको हल्ला हुन्छ, हुँदा हुँदा कुनै ठाउँमा देवताको मुर्ति आकारको ढुंगो भेटियो भनेपनि त्यसलाइ हतार हतार भगवान घोषण गरिन्छ र पुजागर्न सुरु गरिन्छ । अहिलेसम्मको अन्तिम हल्लाको श्रोत बनेका छन रामवहादुर वोम्जोम । उनि लगभग दस महिना सम्म केहि नखाइ एउटा पिपलको रुखमुनि ध्यान गरिरहेका थिए । नेपालको मात्र हैन उनले संसारकै ध्यान आफुतिर तान्न सफल भएका थिए । बिभिन्न देशहरुबाट उनको बिषयमा अनुसन्धान पनि नभएको होइन तर निश्कर्षभने कतैबाट केहि आएको थिएन ।तर अस्ति राती बाट उनि पनि फरार भएका छन । आसपास सबैतीर खाजीयो कतै भेटीएनन् । उनले लगाएका कपडा त्यही नजिकै फालीएका छन । उनको सुरक्षार्थ खटिएका मान्छेहरु कहाँ थिए त्यसबेला जुनबेला रामबहादुर त्यहाँ बाट निस्किए ? अर्को कुरा दस महिना देखी केहि नखाइ बसेको मान्छे कसरी त्यहाँ बाट कसैको साथ नपाइ हिड्न सक्छ ? अब जसले उनलाइ देवता भन्ठान्थे उनिहरुसँग देवदासको प्रश्न छ खै त तपाँइहरुको देवता ? यदी उनि कतै छन भने पनि सम्भवत त्यहाँ आउनेवाला छैनन आइहाले पनि अर्कै एउटा नयाँ हल्लाको शुरुवात गर्दै आउने छन र ब्यबस्थित भएर मात्र बस्नेछन -किनकी अब त उनि पनि धनी भएका छन-

11,March , 2006

ओखलढुंगाको डाँडामा स्वाँ…स्वाँ…. गर्दै एक भारतीय ब्लगर

blogger sunil नेपाली भाषामा ब्लगिङ गर्ने ब्लगरहरु लगभग एक दर्जन पुगेका छन तर हिन्दी भाषामा ब्लगिङ गर्ने भारतीय ब्लगरहरु एक सयभन्दा बढीनै भएका छन । भारतीय ब्लगरहरु प्राय साहित्यिक लेख रचनाहरुले मात्र आफ्नो ब्लग चलाइरहेका छन र थोरै मात्रामा समाचार र आफ्नो यात्रा , भोगाइ, अनुभबहरु सम्बन्धि ब्लगिङ गर्दछन । नेपालीको तुलनामा भारतीय ब्लगहरु साह्रै कम मात्रामा अपडेट गरेको पाइन्छ । यिनै सयजना ब्लगरहरुभित्र पर्ने एक सुनिल नामका ब्लगर आफ्नो भ्रमणको क्रममा नेपालमा भोगेका र देखेका कुराहरुलाइ लिएर बारम्बार ब्लगिङ गर्दै आइरहेका छन । केहि समय पहिले एक महिला संगठनसँग आबद्द भएर नेपाल आएका सुनिलले एक दुगम जिल्ला ओखलढुंगामा आफुले बिताएका क्षणहरुलाइ संस्मरण गर्दै आफ्नो ब्लग जो ना केहे सके मा ब्लगिङ गरेका छन । नेपालको राजनिति सम्बन्धि जानकारी राख्ने यी ब्लगर कसैले उनको अनुहार माओबादीका अध्यक्ष प्रचण्ड सँग मिल्छ भनेपछी आफु केहि डराएको बताँउछन । सँधै कुनै न कुनै माध्यमबाट भारतीयहरुले नेपाललाइ नराम्रो देखाउँदै आइरहेका छन र सानो भन्दा सानो कुरामा पनि उनिहरु नेपालको धज्जी उडाउन पछी पर्दैनन तर यी ब्लगरले आफ्नो अनुभबमा नेपालको गाउँ बस्ती, खोलानाला , डाँडाकाँडालाइ आफ्नै शैलीमा बर्णन गर्दै नेपाललाइ राम्रो रुपमा प्रस्तुत गरेको देख्दा देवदासलाइ कता कता रमाइलो लाग्यो । अर्को कुरा देबदासको जन्मथलो पनि त्यहि ओखलढुङा भएको हँदा ओखलढुङा सम्बन्धि ब्लगिङमा उस्को आँखा पुग्यो । नेपालको बारेमा ब्लगिङ गर्ने यि भारतीयको ब्लग हेर्ने हो भने यहाँ क्लिक गर्नुहोस र हिन्दी भाषामा पनि ब्लगिङ गर्ने एक चर्चित नेपाली ब्लगरको हिन्दी ब्लग हेर्ने हो भने यहाँ क्लिक गर्नुस है त ? तस्वीर-सुनिल-

9,March , 2006

गृहमन्त्रीले टेकेको इलामलाई सुद्ध पार्न गउत र्छकने अभियान

गृहमन्त्री कमल थापाले टेक्दा इलाम बजारनै अपवित्र भएको ठहर गर्दै आज इलामका महीलाहरुले इलाम बजारमा गउत र्छर्के ।माओबादी आक्रमणबाट भएको क्षतिको अबलोकनका लागि गृहमन्त्री थापा इलाम पुगे लगत्तैदेखि इलामका महीलाहरुले नाराबाजी सहीत गउत र्छकर्न थालेका थिए । महीलाहरुले टुडिखेलदेखि प्रकासपथ, मालापथ हुदै चौक बजार सम्म गउत र्छर्केका हुन । अन्तराष्टिय नारी दिबस मुल आयोजक समितिले गउत र्छकन थाले पछि स्थानीय महीला संघ संगठन, स्ववियु लगायतका बिभिन्न संघ संस्थामा आबद्ध महीलाहरुले अभियानमा सहभागीता जनाएका थिए साढे दश बजेबाट सुरु भएको गउत र्छकने अभियानको अघुवाई महीला जागरण संघकी अध्यक्ष बिष्णु दाहालले गर्नु भएको थियो । गृहमन्त्री कमल थापा भने स्थानीय सुरक्षा निकायका प्रमुख संगको कुराकानी पछि परिबार नियोजन संघ इलामले आयोजना गरेको अर्न्तकृया कार्यक्रमको उद्घाटन गरेर खोटाङंको सुरक्षा स्थितीका बारेमा जानकारी लिन खोटाङंं जानु भयो । -स्वतन्त्र समाचार सेवा-

7,March , 2006

दिल्लीमा दल-माओवादी तेह्रौँ बुँदा बुन्दै

दल-माओवादी बाह्रबुँदे समझदारी र्सार्थक पार्न एक विशेष बुँदा थप्न भारतको राजधानी नयाँदिल्लीमा वार्ता भइरहेको थाहा भएको छ । थपिने भनिएको तेह्रौं बुँदाको सैद्धान्तिक सहमति अघिल्लो दिल्ली वार्तामै आएको थियो। तर त्यसलाई दुवै पक्षले र्सार्वजनिक गर्न चाहेनन् -स्रोत भन्छ । बाह्रबुँदे समझदारीले तीन महिना गुजार्ने क्रममा दुवै पक्षमा अन्यौल बढ्दै गएपछि पुनर्व्याख्या र परिमार्जनका लागि भनेर एमालेका दुइ र कांग्रेसका एक नेता माओवादीसँग वार्ताका लागि दिल्ली गएका हुन् ।
एमालेका झलनाथ खनाल र वामदेव गौतम एवम् कांग्रेसका कृष्ण सिटौला माओवादी हाइकमान्डसँग वार्तामा बसेर तेह्रौं बुँ दामाथि छलफलल गरिरहेको स्रोतले बतायो । स्रोत भन्छ- बाह्र बुँदे मात्रैले निरंकुशता अन्त्यका लागि दल र माओवादीको सङ्र्घष्ालाई समन्वय गर्न सकेन। त्यसैले तेह्रौं बुँदा ल्याउन लागिएको हो । सरकारलाई असफल तुल्याउने प्रमुख अस्त्रका रूपमा तेह्रौं बुँदा आउनेछ -स्रोतको दाबी छ- सरकारलाई कर नतिर्ने, देशभर सरकारी उपस्थिति हुन नदिने संयुक्त कार्यक्रम गर्नेलगायतका आधारभूत कार्यक्रम तेह्रौं बुँदाले ल्याउनेछ । स्रोत अगाडि दाबी गर्छ- तेह्रौं बुँदाले दल र माओवादीलाई समानान्तर सरकारको तयारीमा समेत अग्रसर गराउन सक्छ । दिल्ली वार्तापछि तेह्रौं बुँदा र्सार्वजनिक गर्दै दल-माओवादी समझदारीको आमपालना र त्यसप्रतिको द्विपक्षीय प्रतिबद्धतानिम्ति संयुक्त अपिल जारी गरिने पनि स्रोतको भनाइ छ ।
स्रोत - महानगर

5,March , 2006

सरकार बौलाएको सुचना

फागुन २१ गते आइतबार
समय : रातको ११:३० बजे
यतीबेला इलामको सदरमुकाममा माओबादी र शाहीसेनाको दोहोरो भिडन्त भइरहेको छ । के कती क्षती भयो या हुदैछ त्यस्को पूर्ण जानकारी भोली बिहान मात्र आइपुग्ने छ । विज्ञप्ती जस्तो आएपनि माओबादीले आफ्ना जनसेनाले सफलता प्राप्त गरेको घोषण गर्छ र सरकारले माओबादीको योजनालाइ असफल पार्न शाहीसेना सफल भएको जनाउने छ । माओबादीले बीस शाहीसेना मारें भनेर विजय जुलुस मनायो भने शाहीसेनाले दसजनाले विरगती प्राप्त गरेको समाचार फुक्दछ । अब हामीहरुले कस्को विज्ञप्तीलाइ सहि मान्ने त ? शाहीसेनाको आँखामा जता हेर्यो त्यतै माआबादी मात्र छन , प्रहरीहरुको आँखामा जता ततै जुलुस र आन्दोलन मात्र छ , नेताहरु लोकतन्त्र भन्दा केहि देख्दैनन , राजाको आँखामा नेपालमा प्रजातन्त्र फस्टाउँदै गरेको देखिन्छ हरपल , जनताको आँखामा जताततै भोक, अशिक्षा, गरीबी, बेरोजगारी, असुरक्षा, मात्र मडारीन्छ । जनताका अधिकारका कुरा गर्न पाँइदैन हिजो आज जनताका अधिकारका कुरा गर्ने कानुन सायद रद्द भइसकेको छ । अधिकारका कुरा गर्ने हो भने एउटै अधिकार मात्र छ त्यो हो जे गरेपनि पाउने अधिकार र यो अधिकार प्रयोग गर्न पाउने एकजना मात्रै छन ति उनै महेन्द्रका माइला छोरा हुन । काठमाण्डौमा हरदिन आन्दोलन , आमसभा, बिरोध, बन्द भएको भऐ भएर होला आजभोली प्रहरीको आँखामा जताततै जुलस मात्र देखिन्छ र जुन क्षेत्रपनि निसेधित क्षेत्र जस्तो मात्र लाग्छ क्यारे । जुलुस कस्ले निकालेको हो, किन निकालेको हो , कुन पक्षको सहभागीतामा निस्केको हो केहि नबुझी सिधै लाठी बषाउन पुग्छन । हुँदा हुँदा आज त दृष्टिविहीन बेरोजगार समूहद्वारा निकालिएको मैनबत्ती जुलुस माथी पनि हस्तक्षेप गरेर तिनीहरुलाइ लाठी बर्षाउन पुगेछन । अन्धाहरु जो आफु केहि देख्न सक्दैनन् , अर्काको भरमा बाँच्न विबस छन , तिनीहरुले आफुहरु पनि यो देशको नागरीक हौ , हामीहरुले पनि रोजगारी , शिक्षा पाउनु पर्छ , भनेर सडकमा आएर बिन्तीगर्दा उनिहरुको मागलाइ सम्बन्धित ठाँउसम्म पुर्यउनुको सट्टा सडकमानै टाउको फुट्नेगरी पिट्नु कहाँसम्मको बहादुरी हो ? कहाँ सम्मको नैतीकता हो ?। जो सँग हात हतीयार छन , जो युद्दको संखघोस गरेर घरबाट निस्केर हिँडेका छन उनिहरुसँग चाँही लड्न नसक्ने अनि अपाङ्ग अन्धा, लुला लगंडाहरुमाथी लाठी बर्षाएर कहाँ सम्मको बहादुरी देखाएको हो यो सरकारले ? गाँउ गाँउ बाट आफ्नो सुरक्षा समेत गर्न नसकेर सदरमुकाममा मात्र सिमीत भएर माहुरीको घारमा जम्माभएजसरी लुकेर बस्नेले अपाङ्गहरु माथी लाठी बर्षाउनु भनेको आफुहरुलाइ हिंजडा भएको घोषणा गर्नु हो जस्तो लाग्छ देवदासलाइ । यदी सरकार सँग अझैपनि त्यस्तो तागत छ भने अहिले यतीबेला इलाममा भइरहेको दोहोरो भिडन्तमा गएर आफ्ना शेनाहरुको उद्दार गरोस नत्र आकासमा नाइटभिजन उडाएर मात्र केहि हुनेवाला छैन ।
फोटो_इन्सेक अन लाइन

2,March , 2006

चिम्पान्जी र बुश

कुरा नेपालका ठुला भनाउँदाहरुको हैन , कुरा हो दुनीयाकै शक्तीसाली देशका शक्तीसाली व्यक्ती अर्थात अमेरीका का राष्ट्रपति जुनियर बुश अर्थात जर्ज डब्लु बुशको । यतीबेला बुशको तीन दीने भ्रमण हाम्रो छीमेकी देश ( मित्र नै हो भन्न चाँही भन्दिन ) भारतमा चल्दैछ । यो भ्रमण राजनितीज्ञहरुको लागी ठुलै महत्व राख्दछ । राजनितीक रुपमा हेर्ने हो भने यतीबेला बुशका हरेक पाइला पाइलामा दिपावली गर्न भारत तयार छ तर हरेक पाइला पाइलामा बहिस्कार गर्ने र घँृण गर्नेको ताँत पनि उत्तिकै छ । आतंकबाद विरोधीको नारा घन्काउँदै जब बुसले अफगानिस्तान लाइ धुँजा धुँजा पारे ,जब इराकलाइ ध्वस्त पारे तत्पश्चात उनलाइ मन नपराउनेहरुको संख्या दुनियामा बढेको बढ्यै छ । तर कसैले मन पराए पनि नपराए पनि उनको ताकत, प्रतिष्टा , र सम्मानमा केहि फरक पर्नेवाला छैन । काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भनेझैं दुनिया उनलाइ गाली गर्दै गर्छन तर उनि आफ्नो काम फत्ते गर्दै जान्छन । उनलाइ मन नपराउने हरुले उनको कसरी तुलना गर्छन भन्ने जिज्ञासा देवदासलाइ लग्यो र खोज्ने क्रममा उनका केहि तुलनात्मक तस्वीरहरु देवदासले भेट्टायो र त्यसलाइ रत्नपार्कमा राखेको छ ल हेर्नुस है त तुलना कत्तिको सही छ ।बाँकी तस्वीर भित्र छन (more…)

देवदासलाइ ब्लगसमको अन्तिम चेतावनि

केही दिन देखी खै किन हो किन केही लेख्नपनि मन लागेको छैन । समयको अभाव त आफ्नै ठाँउमा छँदैछ त्यसमाथी केहि देवदासका शुभचिन्तकहरुले देवदासको रत्नपार्कलाइ कसरी बन्द गराउने भनेर विभिन्न चालहरु चालिरहेका छन । पहिला त इमेल बाट बारम्बार धम्की आउँथ्यो तर आज त शुभचिन्तकहरुले ब्लगसमको कार्यालायमा नै कम्प्लेन गरेर रत्नपार्कलाइ बन्द गराउने चाँजो पाँजो मिलाएछन । भर्खरै एउटा मेल ब्लगसम बाट आयो जसमा कपिराइटको विषयलाइ लिएर ब्लगसमले नै ब्लग बन्द गराउने अन्तिम चेतावनि दियो । दिनभरी काम गरेर बाँचेको थोरै समयलाइ किन यत्तिकै खेर फाल्नु भन्ने अभिप्रायले देवदासले यो निशुल्क प्राप्तभयको साइटमा आफ्नो खाता खोलेर रत्नपार्क सुरु गरेको हो । यो न त समाचारको साइट हो , न त मनोरन्जनको, न त ब्यापारीक साइट हो न त अफिसियल नै । बचेकुचेको समयलाइ सदुपयोग गर्दै आफुलाइ मन लागेका कुराहरु लेख्दै , नजानेको कुरा सिक्दै , एउटा विश्रामस्थल रत्नपार्कलाइ बनाएको थियो तर खै के कुरा मन परेन कुनि शुभचिन्तकहरुलाइ यती धेरै माय गर्न थालेका हुन कुन्नी ? आफुलाइ अमेरिका, जापान, जर्मनी , र स्पेन मा रहेको बताउने र आफुलाइ साह्रै ठुलो बिद्दान भएको घोषण गर्ने सुभ चिन्तकहरुलाइ खै के भनौ ? रत्नपार्कमा देवदासले केहि भीडीयो नराखेको त हैन राखेको हो तर त्यो देवदासका लागी त अबस्य थिएन , थियो त केबल तीनै नेपालीहरुको लागी थियो जो वर्तमान अबस्थामा आफ्नो जन्मभुमी बाट बिबिध कारणले बिछोडीन बाध्य भएका छन , आफ्नो देशबाट धेरै टाढा छन । नेपाली गीत संगीतको बारेमा रुचीराख्ने पारखीहरुको लागी इन्टरनेटमा भेट्टाएका यीनै नेपाली भिडीयोहरुको बारेमा थाहा नपाएकाहरुलाइ जानकारी दिने अभिप्रायले रत्नपार्क मार्फत मीलनको सेतु बन्ने काम मात्र देवदासले गरेको थियो । तर स्वघोसित बिद्दानहरुलाइ यो कुरा पाच्य भएनछ र बारम्बार ब्लगसममा कम्प्लेन गरेपछि ब्लगसम पनि चेतावनि दिन बाध्य भयो जसको फलस्वरुप देवदासलाइ नखाउँ भने दिनभरीको शीकार खाउँभने कान्छो बाउको अनुहार हुन गयो र रत्नपार्क बाट भिडीयोहरु हटाउननै पर्ने भयो । अर्काको ढाडमा चढेर हिंड्नुको बेफाइदा पनि सायद यही होला । गल्ती देवदासबाट पनि भएका होलान , रुल एण्ड रेगुलेसनको फलो गर्नु पनि कर्तब्य हुन आउँछ । केहि पाउन केहि गुमाउनु पर्छ भन्ने सिद्दान्तको पालक हो देवदासपनि तर्सथ रत्नपार्कलाइ माया गरेर कृपादृष्टी गर्ने र घँृणा गरेर गिद्दे दृष्टी गर्ने दुवै वक्षलाइ देवदास स्वागत गर्दछ । जहाँ माया हुन्छ त्यहाँ घँृणा पनि हुन्छ ,जहाँ फाइदाहरु हुन्छन त्यहाँ बेफाइदा पनि उत्तिकै हुन्छन तर्सथ गीतामा श्री कृष्णले भने जस्तै । जे भयो राम्रै भयो , जे हुँदैछ राम्रै हुँदैछ र जे हुन्छ त्यो पनि राम्रै हुन्छ । किन र्व्यर्थमा चिन्ता गर्र्छौ , के लिएर आएका थियौ र जो गुमायौ - जे जती पायौ यहीं पायौ । रित्तै आएको थियौ रित्तै जान्छौ .यिनै कुराहरुलाइ आत्मसाथ गर्दै ब्लगसमले बन्द नगरुनजेल सम्म देवदास रत्नपार्कमा आइरहने छ त्यसपछि भने भिन्नै रुपमा देवदास यो अनलाइनको दुनियाम प्रकट हुने जानकारी देवदास गराउँदछ ।

आइ लभ यु

लेख्नुपर्ने कुराहरु त धेरै थियो तर आफ्नो व्यस्तताले र केहि शुभचिन्तकहरुले दिएको मानसीक यातनाको कारणले आजपनि केहि लेख्न सकिन । भोली त अवश्य केहि लेख्नेनै छु आजलाइ यही तस्विर मात्र । शाहरुखलाइ लादेनले आइ लभ यु भनेर फुल दिएको राम्रो छैन त ?
i love u

1,March , 2006

TALK ON ‘HUMAN RIGHTS CRISIS IN NEPAL’ IN PETESBURGH, USA

Speaking on the issue of ‘Human Rights crisis in Nepal ‘ Supreme Court Advocate of Nepal Dinesh Tripathi spoke that—There is worsening human rights crisis in Nepal. Nepal’s human rights problem is now reached in crisis stage. There is ongoing political repression, turtore and illegal detention in Nepal. Massive and systematic violation of human rights and humanitarian law is taking place in Nepal. There is total breakdown of rule of law in Nepal and all the basic rights including freedom of speech and rights to information has also denied. Political parties are not allowing to carryout their peaceful activities. There is ongoing repression and harassment on media and civil society. Common Article 3 of Geneva convention which is applicable in internal armed conflict (non-international armed conflict) is completely neglected by state institutions. War crime and crime against humanity is continuously taking place in a massive scale. (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here