कमलको जवाफी पत्र आमालाई
केहि समय पहिले ब्लगर नेपालमा कमल थापालाइ उनकि आमाले पठाएको पत्र प्रकाशन भएको थियो र आज उक्त पत्रको जवाफ पठाएका छन कमल थापाले । हुन त यो पत्र ब्लगर नेपालमै प्रकाशन हुनुपर्ने थियो तर हामीसबैलाई थाहा छ यो नेपाल हो तर्सथ नेपालमा जे हुनु पर्ने हो त्यो हुदैन र जे नहुनु पर्ने हो त्यो भएरै छाड्छ । यदी आमाले पठाएको पत्र पढ्नु भएको छैन भने यहाँ क्लिक गरेर पहिला पढ्नुहोला त्यसपछी मात्रै कमलले पठाएको यो जवाफी पत्र पढ्दा राम्रो सँग बुझिन्छ ।
आदरणीय माता
दण्डवत सेवा ढोग छ ।
म याहाँ माइला दाइको कृपाले आजका मितीसम्म आरामै छु र त्यहाँ तपाँइ पनि माइली भाउजुको कृपाले आरामै हुनु हुन्छ भन्ने आशा गरेको छु । धेरै लामो समय पछाडी तपाँइको पत्र पढ्न पाउँदा साह्रै खुसी लाग्यो साथै अली कती दुखी पनि भएँ । दुखी यस अर्थमा कि तपाँइले मेरो काम गराइको शैलीलाइ राम्रो सँग बुझ्नु भएकै रहेनछ । सायद तपाँइलाइ छर छिमेकी हरुले भड्काए जस्तो लाग्यो । मेरो बारेमा भए नभएका कुराहरु सुनाए जस्तो लाग्यो । आमा सत्य त्यस्तो कदापी हैन । तपाइको नाम मा दाग लाग्ने काम मैले कदापी गरेको छैन र गर्ने पनि छैन । तपाई लाइ थाहा छँदैछ यो कलीयुग हो , कलीयुगमा पनि द्धापर र त्रेता युग जस्तो खोजेर त हुँदैन नि कि कसो ? मैले यत्रोवर्ष राजनिती गरेको आखीर गंगामा लगेर सेलाउन पनि त हैन नी । माइला दाइ ले देस हाँक्ने सुर कसेको देखेपछी मैले पनि धेरै सोचें के गर्ने ? कसो गर्ने भनेर । एक पटक त लोकतन्त्रको वकालत गर्दै सडकमा जाउँजस्तो पनि नलागेको हैन तर अन्य सबै पार्टी माइलादाइको बिरोधमा गएपछी मैले फेरी सोचें सबै कुकुर काँशी गए केले खाल गुहु भन्ठानेर अरुहरु सँग काँशी नजाने निधो गरें । यो राजनिती हो आमा , राजनितीमा हरेक कुरा जाएज हुन्छ । त्यसपछी माइलादाइको छत्र छाँया मा हुकने मौका राम्रैसँग पाएँ । आज हेनुस त तपाँइको छोरो कहाँ बाट कहाँ पुगिसक्यो ? पहिल हेटौंडाकै मान्छेले चिन्दैनथे तर आज तपाइको यो छोरोलाइ दुनियाले चिन्दछ । तपाँइको जमाना र यो जमानामा धेरै फरक भएको छ आमा । सँधैभरी पुराना कुरालाइ मात्र आत्मासाथ गरेर त हुँदैन नि । हेनुस अहिले तपाँइको छोरा को हैसियत कहाँ बाट कहाँ पुगेको छ ? पहिला त्यै हेटौंडा बाट काठमाण्डौ आउन लाइ पैदल आउनु पर्थ्यो , त्यसपछी साझा बसमा , त्यसपछी प्राइभेट कार मा हुँदा हुँदा अहिले त हेलिकप्टर मा आउन थालेको छु। यसैगरी माइला दाइको कृपादृष्टी भइरह्यो भने ब्यक्तिगत प्लेन मा पनि आउन सक्छु । तर्सथ तपाइले त माइला दाइको पुजा गरे हुन्छ । कुरा काट्ने हरुलाइ काट्न दिनुहोस । जो आफु केहि गर्न सक्दैनन उनिहरु अरुहरुले गरेको पनि देख्न सक्दैनन ।
सानो छँदा तपाँइले भन्नुहुन्थ्यो मलाइ “बाबु कमल, राजा भनेका देउता बराबर हुन्छन तर्सथ हाम्रो देशका राजालाइ हामीहरुले बिष्णु भगवान सम्झनु पर्छ र राजाको पुजा गर्नु पर्छ । तपाँइले भनेको कुरा त आज आएर पो मैले बुझें । सँच्चै हो रहेछ आम राजा भनेका विष्णु भगवान नै हुन रहेछन । तर्सथ आज अली बुझ्ने भएर म तपाँइको बिष्णु भगवानको पुजा पाठ गरें त के गल्ती गरें ? तपाँइले मलाइ रगतको खोलो बगाइस भनेर आरोप लगाउनु भएको देख्दा साह्रै दुख लागेर आयो । मैले कहाँ रगतको खोलो बगाएको छ र आमा ? तपाँइ पनि त कैले दिवाली , कैले दुगा पुजा भन्दै कुखुरा, बोका, पाठी, परेवा हरुलाइ काट्दै रगतको वली चढाउनु हुन्थ्यो नि हैन र ? रगत भनेको रगत हो आमा त्यो कुखुरा होस , वोका होस परेवा होस अथवा मान्छे नै किन नहोस । तपाँइको यिनै रगतको वली चढाउने कार्य बाट उत्साहीत भएर मैले पनि अली अली थालनी गरेको मात्रै हो । फेरी तपाँइको कुल देवता, दुर्गा ले सँधै बोका, पाठी, परेवाको रगत माग्थीन
त्यै भएर तपाँइ तिनीहरुको रगत चढाउनु हुन्थ्यो तर मेरा बिष्णु भगवानले त खाली मान्छेको रगत नै माग्ने भएको हुदा मान्छेको बली चढाउन विवश छु । मेरो बिष्णु भगवान लाइ मान्छेको रगत साह्रै मन पर्दो रहेछ त्यै भएर आजभोली हरेक दिन मान्छेको बली चढाउँदै छु र पहिलाको भन्दा आजभोली मेरो विष्णु भगवान साह्रै खुसी पनि हुनुभएको छ । राजनितीको कुरा गर्नु पर्दा पनि त्यस्तो नराम्रो राजनिती मैले गरें जस्तो त लाग्दैन । राजनिती भनेकै यस्तै हो कहिले कता कहिले कता । यो राजनिती गर्ने उक्साउने र सिकाउने पनि त आखीर तपाँइनै हो नि हैन र ? सानो छँदा हरेक दिन मलाइ महाभारतको कथा सुनाउने तपाँइनै त हो नि । पाण्डव , कौरव , धृतराष्ट, भिष्म पिताम्मह, गुरु द्रोण, कपटी सकुनि ,घमण्डी दुर्योधन, जाली कृष्ण, हस्तिनापुरको कुरुक्षेत्र को बारेमा सुन्दा सुन्दा म पनि राजनिती गर्न लागेको त हो नि । राजनितीमा गधालाइ पनि कहिले काँही बाउ भन्नु पर्दो रहेछ त्यै भएर आजभोली म पनि गधालाइ बाउ बनाइ रहेको छु । पावर हउन्जेल हो उफ्रने पाफ्रने त्यसपछी थेच्चारिन त छँदै छनि । सोझो औंलाले कहिल्यै घिउ आँउदैन भन्ने तपाँइनै त हो नि हैन र आमा ? सोझो भएर बस्ने हुँदा देउवाले त्यत्रो महिना जेलमा बसेको देख्नु भएन ? प्रधान मन्त्री हुने सपना बुन्दा बुन्दै “उडायो सपना सबै हुरीले” भन्दै ककनी तिर बसैं सराइ गरेका माधवलाइ देख्नुभएको छैन ? स्वच्छ छवी भएको भन्दै रातारात प्रधान मन्त्रि भएका हाम्रै बुढा नेताहरु कसरी केहि महिनामै स्वच्छ छविमा दाग लगाउन पुगे देख्नु भएन ? यो सत्य बोल्ने युधिष्टीरको युग हैन आमा, यहाँ हरेक पल सत्यको हार हुन्छ र असत्यको जित हुन्छ । मलाइ धर्मराज युधिष्टीर बन्नु छैन । जमाना गुलामीको हो , गुलामी गर्न देखी के को लाज ?हेर्नुस त गुलामी गरे पनि चप्पलनै चाटेपनि अहिले देशको हिरो म नै छु क्या रे ? भोली माइला दाइलाइ अरुहरुले लखेटेछन भनेपनि म त आखीर लोकतन्त्र बादी नै हो क्या रे । फेरी पार्टी झण्डा बोकेर लोकतन्त्रको वकालत गरिहाल्छु । लोक तान्त्रिक पर्टी छँदैछ अझै पनि । माइलादाइको शक्ति हउन्जेल यता मोज गरौंला त्यसपछी त फेरी उहि पुरानो घर छंदैछ । हद्दै गर्नुपरे विगतमा भएका गल्ती कमीकमजोरी हरु प्रती सबै सँग माफी माग्दछु भनेर एउटा विज्ञप्ती निकाले पछी त सुनपानी ले र्छर्किए जस्तै चोखो भै हालिन्छनी हैन त ? लौ त आमा धेरै कुरा के लेखौं । गाँउलेका कुराहरु सुनेर आफ्नो यो सोझो छोरा माथी नराम्रो नसोच्नु होला । विष्णु भगवान र म मिलेर यो देशलाइ एउटा मन्दिर बनाउने योजनाका साथ लागीपरेका छौं यो कार्यको लागी आशिर्वाद दिनुहोला । देशलाइ मन्दिर बनाउने यो महान कार्यमा कुखुरा , बोका , परेवा ,को बलीले मात्र क्यै नहुने भएको हुदा विष्णु भगवानको सल्लाह अनुसार हरेक दिन मान्छेको वली चढाउँदै छौं र अन्तिम समय सम्म चढाइरहने छौं । यदी सक्नुहुन्छ भने तपाँइ पनि आफ्नो पुजा कोठामा विष्णु भगवानको फोटो झुन्डाउनु होला र हरेक दिन पुजा गनु होला । लौ त आमा बाँकी अर्को पत्रमा । अहिलेलाइ आज्ञा दिनुहवस भन्दै यत्तिकैमा कलम बन्द गर्दर्छु ।
उहि तपाँइको छोरा
कमल
गृह मन्त्रालय ,
सिंहदरबार , काठमाण्डौ ।


काठमाडौं, चैत ८ - जीउभरि नीलडाम लिएर आएका उनी युद्ध क्षेत्रबाट फर्केका सिपाहीजस्ता देखिएका छन् । टाउको अर्धमुण्डन गरेको देख्दा लाग्छ उनले कुनै मध्ययुगीन शासकहरूबाट सजाय पाएका हुन् । केन्द्रीय प्रहरी बैन्ड गुल्मका सई होमबहादुर बगाले आफूलाई प्रहरी प्रधान कार्यालयमा सजाय दिई यो रूप पारिएको बताउँदै मंगलबार अपराह्न कान्तिपुर कम्प्लेक्समा शरण माग्दै आइपुगेका थिए । आफ्नो परिचय दिंदै उनले संवाददाताहरूसँग भने- मलाई प्रहरी प्रधान कार्यालयमा कुटपिट र दुव्र्यवहार गरियो । प्रहरी हाकिमहरूको हातबाट मर्न नपरोस् भनेर म यहाँ भागेर आएको हुँ । युनिर्फममा रहेका उनका लुगामा पूरै हिलो र धूलो लागेको थियो ।मैले मेरा हाकिमहरूको भ्रष्टाचारविरुद्ध बोलेका कारण हैरानी र यातना पाउँदै आएको छु उनले भने- त्यसपछि मैले राजीनामा दिएँ । त्यसको स्वीकृतिपत्र लिन प्रधान कार्यालय जाँदा संगठनको बदनाम गरेको भन्दै पिट्न थाले । उनी धुरुधुरु रोइरहेका थिए । उनका अनुसार प्रहरीले यातना दिँदा ुमाओवादीु र गद्दारु भनेर गाली गरेका थिए । उनले संवाददाताहरूसँग कुरा गरिरहेकै बेला नाटकीय रूपमा वडा प्रहरी वानेश्वरबाट इन्सपेक्टरको नेतृत्वमा एक टोली आएर कठालोमा समातेर लग्यो । पक्राउपछि उनलाई भ्यानमा कोच्दै जवानहरूले अभद्र व्यवहार गरेका थिए । त्यो व्यवहारको प्रतिवाद गर्दै बगालेले भने- यसरी नहान्नुस् न, म पनि तपाईंहरूजस्तै हो । कान्तिपुरको गेटबाट निकालिँदा उनी भनिरहेका थिए- मलाई यिनीहरूले मार्छन् । २३ वर्ष सेवा गरेका बगाले भन्दै थिए- अरूले अन्याय सहेर बसेका छन् । मैले त्यहाँ हुने गलत क्रियाकलापको विरोध गरेको हुँ ।
पदीय आचरण नगरी अनुशासनहीन काम गरेको भनी उनलाई प्रधान कार्यालयले मंगलबार भविष्यमा सरकारी नोकरीमा अयोग्य ठहरिने गरी बर्खास्त दियो । प्रधान कार्यालयले बगालेलाई पूर्वडीएसपी खड्गसिंह गुरुङले ब्रुनाईबाट ल्याएको २९ तोला सुन बदनियतपूर्वक लिई नदिएको लगायतका अभियोगमा बर्खास्त गरिएको बताएको छ । यी सब झूटा आरोप हुन् । मलाई त्यहाँभित्रका पोल खोलेको भनेर यस्तो कारबाही गरेका हुन् । मसँग सबै प्रमाण छन्, उनले भने । यसैबीच प्रहरी प्रवक्ता रमेशचन्द ठकुरीले कान्तिपुरलाई पत्र लेख्दै बगाले प्रधान कार्यालयमा रहँदा कोही कसैबाट कुनै अभद्र अपमानजनक तथा अमानवीय व्यवहार नभएको, अवकाशपत्र बुझाई ट्याक्सीमा पठाउँदाको अवस्थासम्मको भिडियोसमेत प्रधान कार्यालयमा सुरक्षित रहेको जनाएका छन् । सामान्य अवकाश दिइएका व्यक्तिको किन त्यसरी भिडियो खिचियो भन्नेबारे पत्रमा उल्लेख नगरिए पनि ठकुरीले बगालेबाट विगतमा जस्तै पुनः नौटंकी हुन सक्ने भएकाले भिडियोसमेत खिचिएको बताउनुभयो । बगालेले उपल्लो तहकाविरुद्ध हालेको मुद्दा अदालतमा विचाराधीन छ । उनका वकिल माधव बस्नेतका अनुसार, करिब ४ वर्षअघि केन्द्रीय प्रहरी ब्यान्ड महाराजगन्जका प्रमुख खड्गसिंह गुरुङले विमानस्थलमा ३५ तोला सुन लिन जानु भनेका थिए । उनले म यस्तो काम गर्दिनँ भनेर नमानेपछि पख् भनेर चेतावनी दिए । त्यसको पाँच दिनपछि एक्कासि उनलाई हनुमानढोका जानु भनियो । त्यहाँका प्रहरी अधिकृतले पिटेर हिरासतमा लिए । उनकी श्रीमतीले पाटन पुनरावेदन अदालतमा मुद्दा हालेपछि उनी अदालतको आदेशले रिहा भएका थिए । त्यसपछि उनले यातनाविरुद्ध जिल्ला अदालतमा प्रहरी अधिकृतहरू कुवेरसिंह राना, गंगा पन्त, यज्ञविनोद पोखरेल र खड्गसिंह गुरुङविरुद्ध क्षतिपूर्तिको मुद्दा हालेका थिए । यही फागुन २९ गते उनले राजीनामा दिएका थिए । 

पत्रीका सरर्सर्ती हेरें केहि त्यस्तो देखीन र एउटा कुनाम फ्रयाँकिदिएँ । केहि बेर पछी देवदासकै अर्को साथीले उक्त पत्रीका हेरेर पेट मीची मीची हाँस्न थाल्यो र भन्यो एकपटक पिसाब फेरेको चार हजार ? साथीले उक्त समाचार त्यही पत्रीका बाट पढेर सुनायो र मैले पनि हेरें नभन्दै हो पो रहेछ । केहि दिन अघी साथीले फोनमा भनेको उक्त कुरा त साँचो पो रहेछ । मैले बिश्वास नगरेको भएर उस्ले त प्रमाणको रुपमा उक्त पत्रीका पठाएको रहेछ ।
हामी नेपालीहरुलाइ सानातिना फ्लु हरुले छुँदैन । हामीहरुले सयौं यस्ता फ्लु हरुलाइ पचाएका छौ जो अरुहरुको लागी साह्रै घातक सिद्द भएका छन । नेपालीहरुसँग प्रतीगमनसँग भिड्ने क्षमता साह्रै कम भएपनि फ्लु सँग लड्ने क्षमता भने अत्यधिक छ । पछिल्लो समयमा नयाँ फ्लु सँग हाम्रो परिचय भएको छ त्यो हो बर्ड फ्लु । बिभिन्न देश हुँदै भारतमा भित्रिएको भनिएको बर्ड फ्लुले केहिसमय सम्म त भारतमा तहल्का नै मच्चायो । बर्ड फ्लु आएको हो हैन त्यत्तिकै हल्लै हल्लामा कुखुराहरुको दशा सुरुभयो । भारतमा बर्ड फ्लु ले आक्रमण गरेको आशंकामा रातारात समाचारका शिर्षहरुलाइ बर्ड फ्लुले नै कब्जामा लियो । हल्लै हल्लाको भरमा कुखुराको ब्यापार रातारात ओरालो लाग्यो । कतिले त कुखुराको मासुलाइ बहिस्कार गरे भने कतीले बर्ड फ्लुले संक्रमण गरेको छैन भन्ने प्रमाणीत गराउन शाकाहारी हरुले पनि कुखुराको मासु खाएर देखाए । ब्यापार ओरालो लागे पछि कुखुरा किन्नेलाइ अण्डा उपहारको पनि शुरुवात नभएको हैन । रातारात हजारौ कुखुरा हरु काटेर जमीनमा गाडीयो पनि । हुँदा हुँदा नेपालले पनि भारतबाट आयात गरिने कुखुरा र अण्डाहरुमा प्रतिबन्ध लगायो । प्रस्तुत तस्वीर त्यसैको राम्रो उदाहरण हो । एक पटक राम्रो सँग हेर्नुस त यो तस्वीर कती फरक छ पहीला
र अहिलेमा ? बर्ड फ्लु लाग्नुभन्दा पहिले मान्छेहरु कुखुराको पछाडी दौडन्थे र कुखुरा आफ्नो ज्यान बजाउन भाग्थ्यो तर बर्ड फ्लुको आगमन पश्चात कुखुरा मान्छेको पछाडी दौडन्छ र मान्छे आफ्नो ज्यान जोगाउन भाग्छ । तर नेपालीमा एउटा भनाइ छ काँक्रो छुरीमाथी झरेपनि , छुरी काँक्रो माथी झरेपनि काटीने त आखीर काँक्रो नै हो तर्सथ यो भनाइ कुखुराहरुमाथी पनि जस्ताको तस्तै लागुहुन पुग्यो किनकी बर्ड फ्लु लागे पनि ,बबर्ड फ्लु नलागे पनि मर्ने त आखिर कुखुरानै हुन कि कसो ?
नेपाली भाषामा ब्लगिङ गर्ने ब्लगरहरु लगभग एक दर्जन पुगेका छन तर हिन्दी भाषामा ब्लगिङ गर्ने भारतीय ब्लगरहरु एक सयभन्दा बढीनै भएका छन । भारतीय ब्लगरहरु प्राय साहित्यिक लेख रचनाहरुले मात्र आफ्नो ब्लग चलाइरहेका छन र थोरै मात्रामा समाचार र आफ्नो यात्रा , भोगाइ, अनुभबहरु सम्बन्धि ब्लगिङ गर्दछन । नेपालीको तुलनामा भारतीय ब्लगहरु साह्रै कम मात्रामा अपडेट गरेको पाइन्छ । यिनै सयजना ब्लगरहरुभित्र पर्ने एक सुनिल नामका ब्लगर आफ्नो भ्रमणको क्रममा नेपालमा भोगेका र देखेका कुराहरुलाइ लिएर बारम्बार ब्लगिङ गर्दै आइरहेका छन । केहि समय पहिले एक महिला संगठनसँग आबद्द भएर नेपाल आएका सुनिलले एक दुगम जिल्ला ओखलढुंगामा आफुले बिताएका क्षणहरुलाइ संस्मरण गर्दै आफ्नो ब्लग जो ना केहे सके मा ब्लगिङ गरेका छन । नेपालको राजनिति सम्बन्धि जानकारी राख्ने यी ब्लगर कसैले उनको अनुहार माओबादीका अध्यक्ष प्रचण्ड सँग मिल्छ भनेपछी आफु केहि डराएको बताँउछन । सँधै कुनै न कुनै माध्यमबाट भारतीयहरुले नेपाललाइ नराम्रो देखाउँदै आइरहेका छन र सानो भन्दा सानो कुरामा पनि उनिहरु नेपालको धज्जी उडाउन पछी पर्दैनन तर यी ब्लगरले आफ्नो अनुभबमा नेपालको
गाउँ बस्ती, खोलानाला , डाँडाकाँडालाइ आफ्नै शैलीमा बर्णन गर्दै नेपाललाइ राम्रो रुपमा प्रस्तुत गरेको देख्दा देवदासलाइ कता कता रमाइलो लाग्यो । अर्को कुरा देबदासको जन्मथलो पनि त्यहि ओखलढुङा भएको हँदा ओखलढुङा सम्बन्धि ब्लगिङमा उस्को आँखा पुग्यो । नेपालको बारेमा ब्लगिङ गर्ने यि भारतीयको
अबलोकनका लागि गृहमन्त्री थापा इलाम पुगे लगत्तैदेखि इलामका महीलाहरुले नाराबाजी सहीत गउत र्छकर्न थालेका थिए । महीलाहरुले टुडिखेलदेखि प्रकासपथ, मालापथ हुदै चौक बजार सम्म गउत र्छर्केका हुन । अन्तराष्टिय नारी दिबस मुल आयोजक समितिले गउत र्छकन थाले पछि स्थानीय महीला संघ संगठन, स्ववियु लगायतका बिभिन्न संघ संस्थामा आबद्ध महीलाहरुले अभियानमा सहभागीता जनाएका थिए साढे दश बजेबाट सुरु भएको गउत र्छकने अभियानको अघुवाई महीला जागरण संघकी अध्यक्ष बिष्णु दाहालले गर्नु भएको थियो । गृहमन्त्री कमल थापा भने स्थानीय सुरक्षा निकायका प्रमुख संगको कुराकानी पछि परिबार नियोजन संघ इलामले आयोजना गरेको अर्न्तकृया कार्यक्रमको उद्घाटन गरेर खोटाङंको सुरक्षा स्थितीका बारेमा जानकारी लिन खोटाङंं जानु भयो । -स्वतन्त्र समाचार सेवा-
भइरहेको छ । के कती क्षती भयो या हुदैछ त्यस्को पूर्ण जानकारी भोली बिहान मात्र आइपुग्ने छ । विज्ञप्ती जस्तो आएपनि माओबादीले आफ्ना जनसेनाले सफलता प्राप्त गरेको घोषण गर्छ र सरकारले माओबादीको योजनालाइ असफल पार्न शाहीसेना सफल भएको जनाउने छ । माओबादीले बीस शाहीसेना मारें भनेर विजय जुलुस मनायो भने शाहीसेनाले दसजनाले विरगती प्राप्त गरेको समाचार फुक्दछ । अब हामीहरुले कस्को विज्ञप्तीलाइ सहि मान्ने त ? शाहीसेनाको आँखामा जता हेर्यो त्यतै माआबादी मात्र छन , प्रहरीहरुको आँखामा जता ततै जुलुस र आन्दोलन मात्र छ , नेताहरु लोकतन्त्र भन्दा केहि देख्दैनन , राजाको आँखामा नेपालमा प्रजातन्त्र फस्टाउँदै गरेको देखिन्छ हरपल , जनताको आँखामा जताततै भोक, अशिक्षा, गरीबी, बेरोजगारी, असुरक्षा, मात्र मडारीन्छ । जनताका अधिकारका कुरा गर्न पाँइदैन हिजो आज जनताका अधिकारका कुरा गर्ने कानुन सायद रद्द भइसकेको छ । अधिकारका कुरा गर्ने हो भने एउटै अधिकार मात्र छ त्यो हो जे गरेपनि पाउने अधिकार र यो अधिकार प्रयोग गर्न पाउने एकजना मात्रै छन ति उनै महेन्द्रका माइला छोरा हुन । काठमाण्डौमा हरदिन आन्दोलन , आमसभा, बिरोध, बन्द भएको भऐ भएर होला आजभोली प्रहरीको आँखामा जताततै जुलस मात्र देखिन्छ र जुन क्षेत्रपनि निसेधित क्षेत्र जस्तो मात्र लाग्छ क्यारे । जुलुस कस्ले निकालेको हो, किन निकालेको हो , कुन पक्षको सहभागीतामा निस्केको हो केहि नबुझी सिधै लाठी बषाउन पुग्छन । हुँदा हुँदा आज त दृष्टिविहीन बेरोजगार समूहद्वारा निकालिएको मैनबत्ती जुलुस माथी पनि हस्तक्षेप गरेर तिनीहरुलाइ लाठी बर्षाउन पुगेछन । अन्धाहरु जो आफु केहि देख्न सक्दैनन् , अर्काको भरमा बाँच्न विबस छन , तिनीहरुले आफुहरु पनि यो देशको नागरीक हौ , हामीहरुले पनि रोजगारी , शिक्षा पाउनु पर्छ , भनेर सडकमा आएर बिन्तीगर्दा उनिहरुको मागलाइ सम्बन्धित ठाँउसम्म पुर्यउनुको सट्टा सडकमानै टाउको फुट्नेगरी पिट्नु कहाँसम्मको बहादुरी हो ? कहाँ सम्मको नैतीकता हो ?। जो सँग हात हतीयार छन , जो युद्दको संखघोस गरेर घरबाट निस्केर हिँडेका छन उनिहरुसँग चाँही लड्न नसक्ने अनि अपाङ्ग अन्धा, लुला लगंडाहरुमाथी लाठी बर्षाएर कहाँ सम्मको बहादुरी देखाएको हो यो सरकारले ? गाँउ गाँउ बाट आफ्नो सुरक्षा समेत गर्न नसकेर सदरमुकाममा मात्र सिमीत भएर माहुरीको घारमा जम्माभएजसरी लुकेर बस्नेले अपाङ्गहरु माथी लाठी बर्षाउनु भनेको आफुहरुलाइ हिंजडा भएको घोषणा गर्नु हो जस्तो लाग्छ देवदासलाइ । यदी सरकार सँग अझैपनि त्यस्तो तागत छ भने अहिले यतीबेला इलाममा भइरहेको दोहोरो भिडन्तमा गएर आफ्ना शेनाहरुको उद्दार गरोस नत्र आकासमा नाइटभिजन उडाएर मात्र केहि हुनेवाला छैन ।
कुरा नेपालका ठुला भनाउँदाहरुको हैन , कुरा हो दुनीयाकै शक्तीसाली देशका शक्तीसाली व्यक्ती अर्थात अमेरीका का राष्ट्रपति जुनियर बुश अर्थात जर्ज डब्लु बुशको । यतीबेला बुशको तीन दीने भ्रमण हाम्रो छीमेकी देश ( मित्र नै हो भन्न चाँही भन्दिन ) भारतमा चल्दैछ । यो भ्रमण राजनितीज्ञहरुको लागी ठुलै महत्व राख्दछ । राजनितीक रुपमा हेर्ने हो भने यतीबेला बुशका हरेक पाइला पाइलामा दिपावली गर्न भारत तयार छ तर हरेक पाइला पाइलामा बहिस्कार गर्ने र घँृण गर्नेको ताँत पनि उत्तिकै छ । आतंकबाद विरोधीको नारा घन्काउँदै जब बुसले अफगानिस्तान लाइ धुँजा धुँजा पारे ,जब इराकलाइ ध्वस्त पारे तत्पश्चात उनलाइ मन नपराउनेहरुको संख्या दुनियामा बढेको बढ्यै छ । तर कसैले मन पराए पनि नपराए पनि उनको ताकत, प्रतिष्टा , र सम्मानमा केहि फरक पर्नेवाला छैन । काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भनेझैं दुनिया उनलाइ गाली गर्दै गर्छन तर उनि आफ्नो काम फत्ते गर्दै जान्छन । उनलाइ मन नपराउने हरुले उनको कसरी तुलना गर्छन भन्ने जिज्ञासा देवदासलाइ लग्यो र खोज्ने क्रममा उनका केहि तुलनात्मक तस्वीरहरु देवदासले भेट्टायो र त्यसलाइ रत्नपार्कमा राखेको छ ल हेर्नुस है त तुलना कत्तिको सही छ ।बाँकी तस्वीर भित्र छन

गएका महिनाहरु:
