.... ....UCC

25,February , 2006

देवदासलाइ धम्की, रत्नपार्कमा किन भिडीयो राखीस ?

आज देवदासलाइ एउटा इमेल प्राप्त भयो जो आफ्नो नाम बताउन नचाहने एक व्यक्तीको थियो र त्यो देवदासका लागी अली दुखद पनि थियो । सँधै अज्ञात व्यक्तीले इमेल पठाउँदा केहि न केहि सुखद समाचार सुन्नलाइ मिल्थ्यो तर आजको अज्ञात व्यक्तीले देवदासलाइ नराम्रो सँग धम्कीदिएको छ । कुरा रत्नपार्कमा राखेको भिडीयोको विषयलाइ लिएर हो । महको भिडीयोलाइ किन रत्नपार्कमा राखेको भनेर धम्की प्राप्त भएको छ र चौविष घण्टाभित्र उक्त भिडीयो डिलेट गर्ने आदेश आएको छ । देवदासले पहिलेनै भनिसकेको छ कि उक्त भिडीयो कसैले अपलोड गराएर देवदासलाइ दिएको हो भनेर , र त्यस्को साँचो देवदासको हातमा पनि छैन । हो यदी उक्त भिडीयोले कसैलाइ अप्ठेरो पार्छ वा कपि राइटको नियमले उक्त भिडीयोलाइ प्रशारण गर्न मिल्दैन भने देवदासले उक्त भिडीयोलाइ रत्नपार्कबाट हटाउन सक्छ तर इन्टरनेटको जुन साइटमा उक्त भिडीयो राखीएको छ त्यसबाट देवदासले डिलेट गर्न सक्दैन । उक्त इमेल प्राप्त भएपछी देवदासले उक्त साइटमा गएर अन्य त्यस्तै भिडीयोहरु खोज्दै जाने क्रममा नेपाली फिल्म , टेलिफिल्म, म्युजीक भिडीयोहरु असंख्य मात्रामा भेट्टायो जुन कपिराइटलाइ ड्याम कियर गरेर राखीएको छ । रत्नपार्कमा राखीएको भिडीयोलाइ देवदासले मात्र हैन जस्लेपनि आफ्नो साइटमा राख्न मिल्छ तर उक्त साइटबाट हटाउन अधिकार र साँचो भने त्यही ब्यक्तीलाइ मात्र छ जस्ले उक्त साइटमा खाता खोलेर उक्त भिडीयो अपलोड गराएको हो तर्सथ देवदासलाइ यो विषयलाइ लिएर धम्क्याउनुको कुनै तुक छ जस्तो लाग्दैन । देवदासलाइ साह्रै मन परेका केहि गीतहरु आज घुम्ने क्रममा भेटि्टए जसमध्ये उदीत नारायणले गाएको कैले तिम्रो पछ्यौरीमा अल्झें र राजुलामाको भाइटिकामा भेट्न आउँला नरोइ जाउ चेली भन्ने गीत लाइ यहाँ राखेको छ । यो गीतलाइ जस्ले इन्टरनेटमा राख्यो उक्त व्यक्तीले असीभन्दा बढी नेपाली हिट गीतलाइ आफ्नो खातामा राखेको छ । नपत्याए तपाँइ पनि हेन सक्नुहुन्छ याहाँ क्लिक गरेर । अनी भन्नुस इन्टरनेटमा भेट्एको भिडीयोलाइ रत्नपार्कमा राख्नु गलत हो या कपिराइटलाइ ड्यामकियर गरेर इन्टरनेटमा आफ्ना मनपर्ने भिडीयोलाइ राख्नु गलत हो ?कुरा जती लम्ब्यायो त्यती लम्बीन सक्छ तर्सथ यी कुरा गरेर इन्टरनेटको महसुल बढाउनु भन्दा मनपर्छ भने उक्त भिडीयो हेर्नु नै फाइदाजनक हुनसक्छ ।लौ त आज भेट्टाएको मध्ये देवदासलाइ साह्रै मनपर्ने दुइ गीत हेर्नुहोस ।
कैले तिम्रो पछ्यौरीमा अल्झें
भाइटिकामा भेट्न आउँला नरोइ जाउ चेली

1 Comment »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/02/25/devdaslai/trackback/

  1. hi devdas ji,
    i thing u have done good job, keep on updating the videos of all nepali songs , films and hindi too, and can we download only songs avilavle in youtube or your webside.if can how ?

    sorry ,it is not avilable for download .
    DEVDAS

    Comment by ssbb — 27,February , 2006 @ 1:33 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here