को बन्ला राजाको नयाँ प्रधानमन्त्री ?
देश तथा विदेश चारैतिरबाट कर्नर’ मा पर्दै गएपछि श्री ५ बाट आफ्नो अध्यक्षतामा गठित मन्त्रिपरिषद्लाई पुनर्गठन गरेर आफूमाथिको संकटलाई र्टार्न खोजिएको जानकारी दरबारनिकट स्रोतहरुले दिएका छन् । पोखराको फेवातालको आडैमा रहेको रत्नमन्दिरमा रहेर श्री ५ बाट नया“ मन्त्रिमण्डलमा राख्ने नयाँ अनुहारको खोजी हुदैछ । तर, मन्त्रिपरिषद् अध्यक्षको ठाउमा कसैलाई प्रधानमन्त्री बनाउँदैमा श्री ५ ले सोचेजस्तो, दरबारका निम्ति परिस्थिति अनुकूल भइहाल्ने स्थिति तत्कालका लागि देखिन्न । यद्यपी, माघ १९ पछि चालिएको कदमपछि क्रुद्ध अन्तर्रर्ााट्रय जगतलाई आफ्नो पक्षमा पार्न सक्ने स्थिति अनुकूल भैहाल्छ भन्ने विश्लेषण दरबारको छ । त्यसैले, राष्ट्रिय स्थिति अनुकूल नभईकन, अन्तर्रर्ााट्रय परिस्थिति आफ्नो पक्षमा भए पनि संकट र्टर्दैन भन्ने कुरा बुझ्न दरबारलाई अरु केही दिन लाग्ने देखिएको छ । जानकारीअनुसार, जतिसुकैपटक मन्त्रिमण्डलको पुनर्गठन भए पनि बद्नाम र भ्रष्ट मानिसहरु नपरुन् भन्ने कतिपय विदेशीहरुको सुझावअनुरुप राजाबाट नया“ मन्त्रीहरुको खोजी शुरु भएको हो । यसै क्रममा दरबारका तर्फाट छनौटमा परेका कतिपय व्यक्तिहरुलाई जिम्मेवारी लिनेगरी मानसिक रुपमा तयार भएर बस्नसमेत भनिएको जानकारी स्रोतहरुले दिएका छन् ।
बुझिनसक्नुका संकेतहरु
प्रजातन्त्र दिवसका अवसरमा श्री ५ बाट दिइएको सन्देशपछि दरबारियाहरुले अब बल दलहरुको कोर्टमा रहेको बताए पनि राजाबाट आफूनिकटका मानिसहरुस“ग भेटमा व्यक्त विचारले दलहरुप्रति राजाको धारणा फेरिएको देखिन्न । बरु, आफूमाथिको संकट र्टार्नका लागि मात्र राजाबाट त्यस्तो सन्देश आएको मान्नेहरुको कमी छैन । स्थिति पनि ठ्याक्कै त्यस्तै देखिन्छ ।
राजालाई भेटेर र्फकनेहरुमध्ये कतिले राजा अझै डेग नचल्ने मुडमा रहेको बताउने गरेका छन् भने कतिपयले ‘राजा आफैं आफ्नो कामप्रति असन्तुष्ट होइबक्सेको’ भन्ने सन्देश ल्याउने गरेका छन् । श्री ५ बाट आफूनिकटका व्यक्तिहरुलाई यसरी आफ्ना फरक-फरक अनुभवहरु बताउने गरिएको छ । जानकारी अनुसार, श्री ५ बाट यसबीचमा भेट्न जानेहरुलाई आफ्नो ०६२ माघ १९ को भाषणप्रति टिप्पणी गर्न लगाइएको थियो । टिप्पणी गर्नेमध्ये अधिकांशले श्री ५ को भाषणप्रति असन्तुष्टि जाहेर गरेका थिए । त्यसपछि राजाबाट सो भाषणप्रति आफू पनि असन्तुष्ट रहेको आभास दिइएको थियो । सम्भवतः सकारात्मक टिप्पणी गर्नेहरुलाई भने गत सालको माघ १९ को कदमप्रति आफू प्रतिबद्ध रहेको बताइयो होला, त्यसैले उनीहरुले राजा अझै डेग नचल्ने मनस्थितिमा रहेको संकेत दिने गरेका छन् । र्दर्शनभेटको क्रममा कतिपयले राजाको माघ १९ को संबोधनमा ‘परराष्ट्र मामिलामा सफलता प्राप्त भएको र शान्ति सुरक्षाको सर्न्दर्भमा माओवादी आतंकवाद छिटफुट अपराधमा सीमित भएको’ भन्ने भनाइ यथार्थअनुरुप नभएको टिप्पणी उनीहरुले गरेका थिए । ‘श्री ५ ले बोल्दा यथार्थताको धरातलमा रहेर बोल्नर्ुपर्छ’ केही दर्शनभेट पाउनेहरुको भनाइ थियो- ‘तर यथार्थ त्यो नहुँदा त्यो संबोधनले कुनै उपलब्धि दिएन ।’ स्रोत भन्छ, ‘यस्तो टिप्पणी गर्ने कतिपयलाई राजाबाट भनियो- म त दिनमा १८ घण्टा काम गरिरहेकै छु । तर, तिमीहरुले काम गरेनांै त्यसैले उपलब्धि ननिस्किएको होला ।’ त्यसैले राजा यतिबेला मन्त्रिमण्डललाई पुनर्गठन गरेर ‘उपलब्धि खोज्ने प्रयासमा रहिबक्सेको’ भन्ने दाबी समाचार स्रोतको छ । त्यो स्रोत भन्छ- ‘श्री ५ अध्यक्ष पद छाड्ने मनस्थितिमा होइबक्सन्छ । त्यसैले यतिबेला श्री ५ बाट प्रधानमन्त्री बन्ने व्यक्तिको खोजी समेत हुन थालेको छ । यसका लागि गैर राजनीतिक पृष्ठभूमिका व्यूरोक्र्याट्स मानिसहरु श्री ५ को छनौटमा पर्नसक्छन् ।’
गिरी असन्तुष्ट ?
यसैबीच, मन्त्रिपरिषद्का उपाध्यक्ष डा. तुलसी गिरीले श्री ५ सँग आफ्नो समेत असन्तुष्टि रहेको आफ्ना नातेदारहरुलाई बताउन थालेका छन् । स्रोतका अनुसार, आफूलाई अरुहरुले ‘रिजिट’ प्रवृत्तिको मान्छे बताउने गरेपनि दरबारमा आफूभन्दा अझ बढी ‘रिजिट’ प्रवृत्तिका मानिसहरु देखिएको बताउँदै यही कारण आफ्नो असन्तुष्टि रहेको बताउने गरेका छन् । यो स्थितिमा मन्त्रिमण्डलको पुनर्गठन गरिएपनि र आफूलाई प्रधानमन्त्री बनाउने भनिएपनि आफू त्यसका लागि तयार नरहेको डा. गिरीको भनाइ रहने गरेको छ । यो स्थितिमा आफू पहिलेजस्तो ‘पिटर गिरी’ नबन्ने, बरु राजाको सल्लाहकारको भूमिकामा रहने कुरा डा. गिरीले आफन्तहरुलाई बताउने गरेका छन् । संयोग पनि कस्तो परेको छ भने, यही बेला राजपरिषद् स्थायी समितिका सभापति डा. केशरजङ्ग रायमाझीले राजाले मन्त्रिपरिषद्को अध्यक्ष पद छाड्नुपर्ने र्सार्वजनिक सुझाव दिएका छन् । यी सबै कुराहरुका संकेत के हुन् - संभवतः दरबार संकटको यो घडीमा यस्ता विरोधाभाषपर्ूण्ा सन्देशहरु प्रवाहित गरेर आन्दोलनरत दलहरुलाई कुहिरोको कागजस्तै बनाउन चाहन्छ, ताकि दलहरु आ-आफै अब कसरी अगाडि बढ्ने भनेर अल्मलियुन् । फागुन ७ को श्री ५ को सन्देशमा सबै दलहरुलाई संवादका लागि आह्वान गर्नुको सट्टा इच्छुक दलहरुलाई मात्र यस्तो आग्रह गरिनुले यही कुराको संकेत गरेको छ । अमेरिकी राजदूतको ‘दल माओवादी मिल्ने हैन, राजा र दल मिल्नर्ुपर्छ’ भन्ने पछिल्लो अभिव्यक्ति पछि दरबारले थोरै राहत महसूस गरेपनि दरबारको लागि प्रतिकूलता अझै घटेको छैन । मुलुकको राजनीतिमा यतिबेला विदेशीहरु हैन, आन्तरिक शक्तिहरु नै प्रभावी छन् । के अमेरिका र भारतले चाहँदैमा दरबारको लागि राजनीतिक स्थिति प्रतिकूल भैहाल्छ त - स्थिति त्यस्तो देखिन्न । उदाहरण खोज्न टाढा जानु पर्दैन, नजिकैको बर्मालाई हेरे पुग्छ । ‘प्रजातन्त्र स्थापना गरिदिनु पर्यो’ भनेर अमेरिका र भारत कराएका करायै छन्, तर पनि उनीहरुले त्यहा“ प्रजातन्त्र ल्याइदिन सकेका छैनन् । यस्तो स्थितिमा अमेरिकाजस्तै भारत पनि दरबारको लागि दाहिने भइहालेछ भने पनि दरबारको लागि संकट र्टर्ने स्थिति देखिएको छैन । अहिलेसम्म अमेरिकाबाहेक भारत, बेलायतलगायत यूरोपेली युनियन, जापानहरुको भूमिका लोकतन्त्रवादीकै लागि उत्साहजनक छ, दरबारका लागि होइन । कतिसम्म भने परम्परागत रुपले नै राजावादी भनेर चिनिएका राप्रपा, जनशक्ति पार्टर्ीीसमेत अझै राजाको कदमको विपक्षमा छन् । यो स्थितिमा मन्त्रिमण्डलको पुनर्गठन हुनसक्छ, तर पुनर्गठनले पनि चालू द्वन्द्वलाई समाप्त पार्ने स्थिति देखिन्न । जनआस्था


गएका महिनाहरु:
