.... ....UCC

15,February , 2006

राजा कि त निर्वासनमा ,कि त जनअदालतमा ( भिडीयो ब्लग )

केही दिन अघीसम्म नेपाली राजनितिमा नगर चुनाव र नेपाल बन्दले सबैलाइ भुल्याएको थियो । जब नगर चुनाव सकियो त्यसपछी सम्पूर्ण ध्यान प्रचण्डले आफुतिर तानेका छन । कान्तिपुरलाइ अन्तर्वाता दिएर एकाएक गरम चर्चामा आएका प्रचण्डले भारतको हिन्दु पत्रिका र त्यसपछी बी बी सी लाइ अन्तर्वार्ता दिए । धेरै वर्षसम्म आफ्नो अनुहार लुकाएका प्रचण्डले पहिलो पल्ट आफ्नो अनुहार बी बी सी मार्फत सबैलाइ देखाएका हुन । अन्य वक्तब्य तथा अन्तर्वार्ता भन्दा एसपटकको अन्तर्वार्तामा उनले आफ्नो भाषालाइ अली खरो बनाएका छन । कान्तिपुर सँगको अन्तर्वार्तामा राजा सँग वार्ता हुनसक्ने संभावन दर्सायका प्रचण्डले त्यस्को दुइ तिन दिन पछी नै राजाले कित निर्वासनमा जानुपर्ने कि त जनताको अदालतमा मुद्दा चलाइने जस्ता कुरा गरेर फेरी राजनितीक बजार तताएका छन । यदी तपाँइहरुले प्रचण्डको अन्तवार्ता हेर्नुभएको छैन भने तल रहेको प्लेएरमा प्ले गरेर हेन सक्नुहून्छ । यदी यो प्लेएर प्ले भएन भने यहाँ क्लिक गरेर पनि हेन सक्नुहुन्छ अथवा बी बी सी मा पनि हेन सकिन्छ । प्रस्तुत भिडीयो उपलब्ध गराउनु हुने ब्लगर उमेश श्रेष्ठलाइ धन्यबाद ।

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/02/15/prachandas-inttervew/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here