.... ....UCC

14,February , 2006

देवदासलाइ कृष्टिनाको पत्र


केही वर्षपहिले नेपालको एक दुर्गम गाउँबाट अकस्मात भुमीगत भएकी देवदासकी प्रेमीका कृष्टीले आज अचानक देवदासलाइ एक पत्र पठाएकी छिन । उक्त पत्रलाइ देवदासले जस्ताको तस्तै रत्नपार्कमा र्सार्वजनीक गरेको छ । माफ गर है कृष्टि तिम्रो पत्र र्सार्वजनीक गरेकोमा - देवदास !

डीयर देव उर्फ देवदास

ह्रयाप्पी भ्यालेन्टाइन्स डे ।
यु नो हु आइ एम ? -आफकोर्स आइ एम वन एण्ड वन्ली कृष्टी उर्फ कृष्टिना । धेरै बर्षपहिले त्यो गाँउबाट अचानक भुमीगत भएकी म आज यो पत्र मार्फत र्सार्वजनीक हुँदैछु । तिमीले त्यतीबेला सोच्यौहोला म कि त मरें कि त माओवादीमा गएँ भनेर तर कुरो त्यस्तो थिएन । मैले त्यतीबेला गाउमा घुम्न आयको एउटा खैरे को सहयता ले गाँउलाइ मात्रै विदाइ गरेको हैन देशैलाइ बिदाइ गरेर अमेरिका तिर लम्कीएकी थिँए कसैलाइ जानकारी नदीइ । अमेरीका प्रवेश पश्चात म कृष्टी बाट कृष्टीनामा परिवर्तन भएँ । त्यसपछि बिस्तारै गाइबाख्रा चराउने , घाँस दाउरा खोज्ने कार्यबाट बिस्तारै परिवर्तन भएर गुगलमा सयर गर्ने अनि माउस र किबार्डको सहायताले संसार घुम्न थालें । नाउ आइ एम कम्प्लीट्ली सेटल इन अमेरीका एण्ड दिस इज गुड न्युज द्याट आइ ह्यभ गट अमेरीकन सीटीजनसिप । मैले अब नेपालसँगका सम्पूर्ण नाताहरुलाइ तोडीसकेकि छु । अब मेरो लागी जन्मथलो भनेपनि कर्मथलो भनेपनि अमेरीका नै हो , नेपाल त्रि्रा लागी हो ।तिम्रो देश तिमीलाइ बधाइ होस । अनि के छ त तिम्रो हालखबर आजभोली ? मैले त तिमीसँग जिन्दगी भर अब भेट नहोला भन्ठानेकी थिँए तर गुगलले संसारलाइ साह्रै साने बनाइदिएको हुँदा यती बर्षपछि आज आएर तिमीलाइ भेट्टाएँ । गुगलमा घुम्दैजाँदा नेपाली ब्लगरहरुको सुचीमा देवदासको ब्लग भन्ने देखें र को रहेछ देवदास भनेर रत्नपार्कमा छिरेर ब्लग हेरेको त तिम्रो फोटो देखेपछि म त तिनछक परें । गाउँलाइ छोडेर तिमी पनि काठमाण्डौतिर सिफ्ट भएछौ । हलो को अनौ समात्ने हातहरुले माउस र गाइभैंसीको गोवर सोहोर्ने हातहरुलाइ किबोर्ड माथी नचाउन थालेछौ । बधाइ छ त्यो गाउँबाट निस्किएर रत्नपार्कमा डेरा जमाएकोमा । मैले तिम्रो गाउँ कस्तो भयोहोला भनेर धेरै पटक गुगलको स्याटलाइट म्याप नहेरेको पनि हैन तर पुसको हुस्सु लागेजस्तो तिम्रो गाउँको नक्सा गुगलले पनि धमीलो देखायो । तिमीले बिवाह गर्यौ कि गरेका छैनौ -आफ्नो नाम देव बाट देवदास बनाएछौ , पक्कै पनि कसैले धोका दिएर यसो गरेको हुनुपर्छ । आजभोली म प्राय रत्नपार्कमा आउने गर्छु ठिकै छ तिम्रो ब्लग तर यदी ब्लगिंग नै गर्ने भए अंग्रेजीमा गर न यार हु अन्डरस्ट्यण्ड योर नेपाली युनिकोड -दिस इज ट्वान्टी फस्ट सेन्चुरी यार नट द सेभेन्टिन । यस पालीको चुनाब कस्तो भयो त तिम्रो गाउँमा - माख्लाघरे जड्याहा साइलो , डाँडाबारीको त्यो कुखुराचोर हर्के अनि पीपलबोटे लाटो निर्विरोध निर्वाचीत भए भन्ने हल्ला सुनेको थिंए , के साँचो हो ? अनि पल्ला गाउँको अन्तरेले आफ्नो त्यो बुढो भोटे कुकुरलाइ वडा अध्यक्षमा र बिरालो अनि कुखुरालाइ सदस्यमा उठाएको थियो रे के भयो ? तीनिहरुले जिते कि जितेनन् ? हिजोआज दिनैपिच्छे समाचारमा तिम्रो देशमा प्रजातन्त्र प्राप्तीको लागी भन्दै आन्दोलन गरेको सुन्छु समाचार हरुमा आखीर कस्तो प्रजातन्त्र चाहीएको हो तीमीहरुलाइ -जनवार र मान्छेलाइ समान ब्यबहार हुन लागीसकेछ नेपालमा अब यो भन्दा राम्रो प्रजातन्त्र कस्तो हुन्छ त अनि तिम्रो राजाको काम पनि गजबको छ यार , कि त माहुरीको घारमा हातै नहाल्नु ,कि त हात हाली सकेपछी सम्पूर्ण रस र चाका एकैपटकमा खानुनी । के बिरालो ले मुसा खेलाए जस्तो गरेको । राजा हुनु त हाम्रो जस्तो पो त , तिमीलाइ थाहा छ लादेनलाइ मार्ने भनेर अफगानीस्तान लाइ ध्वस्त बनाइदियो , आणवीक हतियार लुकाएको भनेर इराक लाइ धुलो बनाइदियो तर आज सम्म नत लादेनलाइ मार्यो न त इराकमा आणविक हतियार नै भेट्टायो तर हाम्रो राजाले जे चाहेको थियो त्यो पुरा भइसक्यो । अनि जंगलका दाजु हरु पनि आजभोली त बहुत अन्तर्वार्ता दिंदै हिंड्न थालेका छन । अस्ती बी बी सी मा इन्र्टर्भ्यु हेरेकि थिंए तर मैले त केहि पनि बुझ्न सकिन । अङ्रेजीमा प्रश्न सोधेर नेपालीमा उत्तर दिएको देख्दा अचम्म लाग्यो । इफ हि क्यान नट अन्डर्स्याण्ड इंगलीस हाउ हि क्यान रिप्लाइ यार ? अनि त्यो नेपाली बोलेर कस्लाइ सुनाएको हो को नि ? त्यो बी बी सी इंलीसका पत्रकारहरुले नेपाली भाष बुझ्दा रहेछन कि केहो - गजबको कुरा त यो लाग्यो कि नेपाली पत्रकार हरुलाइ दिएको अन्तर्वार्ता चाँहि अंग्रेजीमा प्रकाशन भएको छ फेरी अंग्रेजहरुलाइ दिएको चाँहि नेपालीमा , आखीर यो सब के नाटक गर्छन यार तिम्रो दाजुहरुले - अंग्रेजी मा दिएपनि नेपालीमा दिएपनि तिम्रो दाजुहरुको डाइलग चाही मलाइ बहुत मन पर्यो । कहिले उनिहरु खलाँस पार्ने भन्छन , कहिले एक फिट छोट्याइदिने त कहिले ढाडमा टेकेर टाउकोमा हान्ने भन्छन । पक्कै तिम्रो दाइहरुमा हिन्दी फिल्मको छाप बसेको हुनुपर्छ यार , काम जस्तो भएपनि यस्तै डाइलग भन्दै गएभने त डाइलग लेखनमा भारतका कादरखान लाइ पनि छेउ लगाउँछन , कि कसो - फेरी राजालाइ त जन अदालतमा उभ्याउने भन्न थालेछन नि त , हन यो कहाँ छ यार नेपालमा जन अदालत - कि साही आयोग बदर भएपछि कमल थापाले सर्वोच्च देखी रिसाएर अर्को जनअदालत भन्ने बेग्लै अदालत खोले - ? oh माइ गड देवदास , इट्स सो लगं लेटर यार , क्यान यु रिड इट अर नट - ?इफ यु रिड दिस प्लिज रिप्लाइ मी ओ के ?- लौ त देवदास मैले पहिलो पत्रमा पोलीटिक्सको कुरा धेरै गरें बट आइ डन्ट नो यु लाइक पोलीटिक्स अर नट ?- ओ के टेक कियर , सि यु अन नेक्स्ट लेटर
कृष्टी उर्फ कृष्टीना
फ्रम अमेरिका

2 Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/02/14/letter-to-devdas/trackback/

  1. if the letter is real, You’d better kept that to yourself mate!! There should something in your life which is better unrevealed. Poor girl!! feel sorry for her!!

    Comment by Na_me — 16,February , 2006 @ 9:33 am

  2. देवदास जी, तपाई कि प्रेमिका ले माया भन्दा राजनीति धेरै जान्दिरहिछिन । यस्सो माया पनि सिकाउनु पर्थ्यो नी वेलैमा…..

    Comment by saroj — 16,February , 2006 @ 4:01 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here