.... ....UCC

8,February , 2006

आज नाटकको अन्तिम भाग

२६ माघ, बुधबार
श्री ५ ज्ञानेन्द्रको निर्देशनमा मन्चन भइरहेको नगर निर्वाचन २०६२ नामक ऐतीहाँशीक नाटकको आज अन्तिम अध्याए मन्चन हुँदैछ । शाही शेना पुलीस र मण्डलेहरुको बिषेश सुरक्षामा हुन लागेको यो अन्तिम अध्याए समापन गर्न शाही सरकारलाइ धौ धौ परेको छ । नेपाली जनता तथा नेताहरुलाइ गोली हान्ने आदेश पहिलेनै पारीत भै सकेको छ । यदी आजको दिनमा काठमाण्डौमा ज्यान जोगाएर हिँड्ने हो भने कि त हामीहरुले मण्डलेको भेष धारण गरेर हिँड्नु पर्छ , कि त भोट हाल्नै आएको हो भन्ने प्रमाणीत गराउनु पर्ने छ , कि त ज्ञानेन्द्रको फोटो निधारमा टाँसेर हिँड्नु पर्छ नत्र ज्यान घर र्फकन्छ कि र्फकंदैन त्यस्को जिम्मेवारी लीने कोहि छैन । नेपालको इतिहाँसमै अनौठो किसीमले हुन लागेको यो नगर(न + गर ) चुनाव हुनुभन्दा पहिले जोकरहरुले हँसाउनु हँसाए नगरका जनताहरुलाइ । कैले कुकुर चुनावमा उठ्ने, कहिले गोरु ,भैँसी । कती ठाँउमा उम्मेद्दारनै नपाउने पाएका ठाँउमा पनि जोगी भिखारी, गुण्डा, स्कुल कलेजका कुचीकार, कतै लोग्ने स्वास्नी दुवैजना निर्वीरोध त कतै आफु निर्विरोध निर्वाचित भएको आँफैले थाहा नपाउने । निर्वाचनको लागी उम्मेद्दारी दिएपछि शाही शैनिक र प्रहरीको घेरामा लुकेर बस्ने , त कोही देशै छोडी भारत तिर गएर बस्ने ,चुनावमा उठेपनि भोटमाग्न नसक्ने आदी इत्यादीले गर्दा यो चुनाव नामक राष्टिय नाटक बहुत चर्चित भयो आज सम्मको लागी । चुनावमा भोट दिन जानेहरुलाइ पनि थाहा छैन को चुनावमा उठेको छ भन्ने । भएभरका पार्टीले,नेताहरुले चुनाव बहिस्कार गरेपछि फेरी को उठेको छ त चुनवमा ? वाँकी रहेका गुण्डा, फटाहा , मण्डले, कुचीकार , सुचीकार , जोगी भीखारी , कुकुर , गोरु, भैसी , लाइ भोट दिनु भन्दा त बरु चुनावको नाममा एकछाक नुन छोड्नुनै राम्रो होलाजस्तो लाग्यो देवदासलाइ । यदी तपाँइपनि यो चुनावलाइ बहिस्कार गर्न चाहनु हुन्छभने आजको दिन एकछाक नुन छोड्नुहोस । यो नाटकमा भएका घटेका बिभिन्न रोचक तथा घोचक घटनाहरुलाइ बिभिन्न पत्रपत्रिका तथा वेभ पत्रीका बाट देवदासले साभार गरेर रत्नपार्कमा एकैठाँउमा राखेको छ यदी तपाँइपनि यी रोचक नाटकको बिभिन्न भागहरु पढ्न चाहनुहुन्छ भने भित्र प्रवेश गर्नुहोला ।
अनौठो हुने भो, मतदान पनि

आधा भन्दा बढि पदमा उम्मेदवार नै भेटिएनन्। उम्मेदवारी परेको धेरैमा निर्विरोध नै भए। नगरका बाँकी पदहरुमा बुधवार मतदान त हुने भयो तर, अनौठो किसिमले। गृहमन्त्रि कमल थापाले बुधवार हुने नगर चुनाव विथोल्न खोज्नेलाई गोलि हान्न सक्ने अधिकार सुरक्षाकर्मीलाई दिइएको बताएका छन्।
मतदानको दिन कैलालीको धनगढी र टीकापुर नगर बाहेक जिल्लाभर विहान ४ बजेदेखी बेलुकी ७ बजेसम्म कर्फ्र्यू घोषणा गरिएको छ। काठमाडौ उपत्यकाका नगरमा सुरक्षाकर्मी, दमकल, एम्बुलेन्स र निर्वाचन कार्यालयबाट अनुमति पाएका बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको छ।

सात प्रमुख दलले मात्र होइन्, पूर्व कट्टर पञ्चहरु सूर्ययबहादुर थापा र पशुपति शसशेर राणाको पार्टी पनि अस्विकार गरेको नगर चुनाव हुन नदिन माओवादीले साता लामो बन्दको घोषणा गरेको छ। र, बन्द सफल बनाउन अनि चुनाव असफल बनाउन माओवादीले हिंसात्मक क्रियाकलापलाई त्रि्र बनाएका छन्। उनीहरुले मंगलवार राती राजधानी नजिकै, काभ्रे जिल्लाको पनौतिमा हमला गरे। मतदानको अघिल्लो साँझ काभ्रेको धुलिखेल, काठमाडौको किर्तिपुर, जोरपाटी र छिमेकी मकवानपुरको हेटौडामा विष्फोट गराएका छन्। यसै क्रममा ललितपुरमा सोमवार साँझ एकजना निशस्त्र ट्याक्सी चालकको संदिग्ध माओवादीले गोली हानी हत्या गरे।

शान्तिपूर्ण वहिष्कारले थलापरेको सरकारलाई निर्वाचन लक्षित माओवादी हिंसाले झन आहत बनाएको बुझन गाह्रो छैन्, चुनाव गराउन उसले अपनाएको उपायहरु देख्दा। सरकारले मुख्य सचिवबाट सम्पूर्ण कर्मचारी र उनिहरुका परिवारले अनिवार्य मतदान गर्नुपर्ने उर्दि जारी गराएर पुगेन, निर्वार्चन आयोगले न्युन मतदानको सम्भावना देखेर हुनसक्छ, मतदानको निम्ति मतदाता परिचयपत्र अनिवार्य नहुने आदेश सुनाएको छ। यस्ता अनौठा प्रावधान र कहिल्यै अभ्यास नभएका सुरक्षाका प्रत्येक उपाए अपनाएको सरकारले मोवाइल लगायतका सञ्चार साधन फेरी विच्छेद गर्ने अनुमान छ।

तैपनि मतदाताहरुले आफुलाई सुरक्षित महसुस गरेका छैनन्। जनकपुर स्थित पत्रकार बृजकुमार यादवका अनुसार, मध्य तर्राईका हजारौ मतदाता सिमावर्ती भारतीय गाउँ पसेका छन्। स्थानिय बासिन्दाका अनुसार, जलेश्वरबाट मात्र करिव ५ हजार मतदाता भारत पसेका छन्। मलंगवा, वीरगञ्ज, जनकपुर लगायतका नगर क्षेत्रबाट कम्तिमा २० हजार भारत पलायन भएको अनुमान गरिएको छ। जनकपुरका सुभाष झाँले आफ्नो जहान परिवार भारतीय गाउँमा छोडेर आएको बताए। र, भने, “चुनावले गर्दा यताको वातावरण ठिक नभएकोले परिवारका सदस्यलाई पारी छोडेको हुँ। चुनाव सकियो भने ल्याउँछु।” ‘त्रास देखाएर मतदातालाई भारततिर भगाएको’ सुनेको बताउँदै जनकपुर अञ्चल प्रशासक जनक जंगलीले मतदानको निम्ति पुरै सुरक्षा प्रवन्ध मिलाइएको बताएका छन्।

मकवानपुर जिल्ला प्रशासन कार्यलयले हेटौडा हुदै पर्ूव पश्चिम राजमार्गमा आवत जावत गर्ने सवारी साधनको ख्याल नगरि चुनावको अघिल्लो साझ छ बजे देखि विहान पाँच वजे सम्म कर्फ्यू जारी गरेको छ। यसरी कर्फ्यू लगाएर, गोलि हान्ने आदेश दिएर वा सवारी आवागमनमा रोक लगाएर बाहिर सुरक्षाको जति सुकै ‘फुइँ’ लगाए पनि आखिर यीनै कदमहरु नै सरकारको अनुहारमा आतंकका रेखा बनेर देखिएका छन्।

कुकुर र गोरु नगर निर्वाचनमा

पाटन संयुक्त क्याम्पसमा कुकुर र गोरुलाई नगर निर्वाचनमा क्रमशः वडाअध्यक्ष र मेयर पदका उम्मेदवारको रुपमा सिंगारेर बुधबार जुलुस निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा कयौं विद्यार्थी घाइते भएका छन्।

क्याम्पसको गेटबाट निस्कनेबित्तिकै प्रहरीले हस्तक्षेप गरी गोरु र कुकुरलाई लखेटेका थिए। उनीहरुले विद्यार्थीहरुमाथि अन्धाधुन्ध लाठी प्रहार गरेका थिए। विद्यार्थीहरुले पनि जवाफमा ढुंगा प्रहार गरेपछि त्यहाँको वातावरण तनावपूर्ण बन्न गएको थियो।

यसअघि चाबहिलमा पनि विद्यार्थीहरुले कुकुरलाई उम्मेदवार बनाई जुलुस निकाल्दा प्रहरीले हस्तक्षेप गरेको थियो। कुकुरलाई उम्मेदवार बनाउने सुरुवात भने पोखराबाट भएको हो।

पोखराबाहेक विराटनगरमा पनि यस्तो जुलुस निस्किसकेको छ।

लोग्ने-स्वास्नी मेयर
काभ्रेपलाञ्चोक जिल्लामा पर्ने बनेपा , धुलिखेल र पनौती नगरपालिकाका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखहरूले मंगलबार शपथग्रहण गरी कार्यभार सम्हालेका छन्।

कार्यभार सम्हाल्नेमा निर्विरोध निर्वाचित भएका बनेपा नगरपालिकाका लोग्ने-स्वास्नी मेयर-उपमेयरको जोडी गणेशलाल श्रेष्ठ र लीलादेवी श्रेष्ठ , धुलिखेल नगरपालिकाका मेयर मनसुमन श्रेष्ठ छन्।
नामी गुण्डा मेयर
मनसुमन श्रेष्ठ त्यहाँका नामी गुण्डाका रुपमा चिनिन्छन्। चिनेजानेकाहरुले त्यस्तो गुण्डा पनि मेयर भयो ? भन्दै खिसि उडाइरहेका छन्।

पदभार सम्हालेपछि रासससँग कुरा गर्दै बनेपा नगरपालिकाका मेयरले आफू कसैको डर , धम्की र त्रासमा नपरी निष्पक्ष र स्वतन्त्रतापूर्वक जनताका काममा लागिपर्ने भन्दै भाषण छाँटे रे।

निर्विरोध निर्वाचित भए पनि लोग्ने-स्वास्नी दुवै बनेपाका स्थायी बासिन्दा नभएको बुझिएको छ।

.चुनाव प्रचार-प्रसारका लागि फोनको प्रयोग
सात दलको बहिस्कार र माअ‍ोवादीको धम्कीका कारण चुनाव प्रचारमा असुरक्षा भएपछि जनकपुर नगरपालिकाका उम्मेदवार र समर्थकहरुले चुनाव प्रचार-प्रसारका लागि फोनको प्रयोग गर्न थालेका छन्।

स्वतन्त्र समाचार सेवाका अनुसार उम्मेदवारहरुले विभिन्न व्यक्तिको घरमा टेलिफोन गरी कुन पदमा लडेको र कुन छाप रहेको भनेर मतदाताहरुलाई टिपाउँदै माघ २६ गतेको निर्वाचनमा मत दिन आग्रह गरिरहेका छन काम समेत उम्मेदवारहरुले गरिरहेका छन्।

जनकपुर नगरपालिका-४ का सुमित साह भन्छन-१२ बजे रातिसम्म उम्मेदवारको फोन आइरहन्छ , सुत्नै दिन छाडे। कतिलाई अहिले फोन नगर्नुस् भन्दापनि उम्मेदवार र त्यसका समर्थकहरुले नमान्ने गरेको सुरज मण्डल बताउँछन ।

मण्डलले उम्मेदवारको हर्कतविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दिने भएका छन्।

राति टेलिफोन गर्दा घरका सबै सदस्य एकै ठाउँमा भेटिने हुनाले फोन प्रचार गरिएको मेयरका स्वतन्त्र उम्मेदवार अरुणकुमार पुर्वेले बताए।

छिमेकी मुलुक भारतमा एसएमएस गरी चुनाव प्रचार हुने गरेको थियो । जनकपुरमा भने मोवाइल सेवा अवरुद्ध पारिएकाले त्यसो हुन सकेको छैन।

आमाले रुँदै भनिन् - ‘छोरा उम्मेदवारी फिर्ता गर’
भरतपुर नगरपालिकाको वडा नं. ९ को वडाध्यक्षमा निर्विरोध मनोनयन दर्ता गराएका कमल जोशीलाई उम्मेदवारी फिर्ता गराउन शनिवार परिवारले निकै करबल गरे । काखमा सानो छोरी लिएर श्रीमतीले धर्ना नै कसिन् । आग्रहका लागि नातागोता मात्र होइन वृद्ध आमा बाबु पनि आए । तर उनले फिर्ता गरेनन् । जति जोड गर्दा पनि कमलले उम्मेदवारी फिर्ता नगरेपछि आफन्तहरुले आक्रोश व्यक्त गर्दै भन्दथे - ँपक्कै पनि यो ठूलो प्रलोभनमा पर्‍यो ।’ कमलकी ५२ वषर्ीय आमा रमा जोशीले छोरालाई रु“दै उम्मेदवारी फिर्ता गर्न आग्रह गरेकी थिइन् । बिहीवार उम्मेदवारी दिएर निर्विरोध भएको छोरो घरमा नआई जिविसमा गएर बसेपछि परिवारलाई चिन्तामाथि चिन्ता थपिएको हो । निर्वाचनका बारेमा अनेक कुरा सुनेपछि आमाबाबुको मन ढुक्क भएन भन्दछिन् रमा । रमा, भेट्न जा“दा उम्मेदवार २६ वषर्ीय छोरा कमल जिविस सभापति र सिडियो क्वाटर परिसरको चौरमा थिए । भित्र जान नपाउने गरेर गेटमा ताला लगाइएको थियो । गेट बाहिरबाटै उनले छोरालाई ँफिर्ता दे बाबु घर हिंड’ भनेर बोलाई रहिन् । कमल मात्र होइन, नगरका सबै उम्मेदवार त्यही परिसरमै थिए । भेट्नलाई परिवारका सदस्यहरु आए पनि सजिलै सबैभित्र पस्न पाइरहेका थिएनन् । कसैले गेटबाटै लुगा र कपडा उम्मेदवारहरुलाई पठाइरहेका थिए । चुनावमा उठ्ने अवस्था नभएकाले नउठ भनेर मनाउ“दा समेत नमानेपछि आफन्तहरुले गुनासो गर्दथे - ँयहा“ हाम्रा मान्छे अडिग लिएर बन्दछन्, सात दलका मान्छे सामाजिक बहिष्कार गर्दछौं भनेर हामीलाई नै हैरान पार्दछन् ।’ उम्मेदवारी फिर्ता गर्नुहोस् भन्ने आग्रह गर्दै गेटमा बस्नेमा उपप्रमुखका उम्मेदवार टंकबहादुर थापाका परिवारहरु पनि रहे । तर टंकबहादुरले पनि उम्मेदवारी फिर्ता गरेनन् । माघ २६ गते हुने निर्वाचनको सात दल र माओवादीले सक्रिय बहिष्कार गर्ने बताउ“दै उम्मेदवार नबन्न, र्समर्थक प्रस्तावक नबस्न र मतदान नगर्न आग्रह गर्दै आएका छन् । यस अपिलका विरुद्ध गए उम्मेदवारहरुलाई सामाजिक बहिष्कार गर्न पनि दलहरुले आग्रह गरेका छन् । निर्वाचनका बारेमा यस्ता कुरा हुन थालेपछि उम्मेदवारका परिवारहरुले चिन्तामा परेका हुन् । ँसाथीभाइ, इष्टमित्र र परिवारलाई रुवाएर के वडाध्यक्ष हुनु त्यसैले त मैले उम्मेदवार नै फिर्ता लिए ।’ वडा नं. ४ मा वडाध्यक्ष पदको निर्विरोध मनोनयन दर्ता गराए पनि फिर्ता लिएका केशवनारायण श्रेष्ठ बताउ“छन् । उनी भन्दछन् - ँउम्मेदवारी त भइयो तर सोच्दै ल्याउ“दा फिर्ता गर्न उत्तम ठाने हिजोको रात त कत्ति बेला बित्ला जस्तो भयो, मलाई । उम्मेदवारी मनोनयन फिर्ता लिने काम शनिवार सकिएको छ । त्यसदिन भरतपुरमा सात जना उम्मेदवारले मनोनयन फिर्ता लिए । ७२ जना निर्वाचित भएर आउनु पर्ने ठाउ“ भरतपुरमा उम्मेदवारी दर्ता गराउने मात्र ३१ जना थिए ।

उपमेयरका उम्मेदवारलाई माग्ने ठानेपछि

- ँहजुर म त माग्न आएको छु।’
- ँअहिले खुजुरा छैन, भोलि आउनू, अहिले जा।’
- ँहजुर, म त पैसा हैन, भोट माग्न आएको।’
भोटको कुरा सुनेपछि व्यापारी छक्क परे र भने- ँकुन पदको उम्मेदवार -’
- ँहजुर, म त उपमेयर पदको उम्मेदवार।’
भोट माग्न जा“दा यस्तै नियति भोग्नुपरेको छ- कमलामाई नगरपालिकाका उपमेयर पदका उम्मेदवार रवि नेपालीले। एमाले र्समर्थक तर कमलामाई-ह मा लुगा सिलाएर गुजारा गर्दै आएका नेपाली नगरक्षेत्रमा कुनै परिचित व्यक्ति होइनन्।

नगरक्षेत्रका व्यापारीलाई उनले उपमेयर पदमा मनोनयन दर्ता गराएकोसमेत थाहा थिएन। मनोनयनपत्र दर्ता गराएको दिनदेखि नेपाली सुरक्षाघेराभित्र बस्दै आएका थिए। उनी अचानक सिभिल ड्रेसका सुरक्षाकर्मीस“ग बजारक्षेत्रमा पसलपसलमा भोट माग्न निस्किएका थिए। ती व्यापारीले पुनः भने- ँकस्ता-कस्ताले त केही गर्न सकेनन्, तिमीले के गर्न सक्छौ र -’ ँहवस् त हजुर, मैले के गर्नु’ भन्दै नेपाली अन्य पसलतिर भोट माग्न लागेका थिए। ँमलाई उम्मेदवार बन्ने सोच नै थिएन। अर्काको र्समर्थक बस्न राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी बोलाएको थियो। उम्मेदवार नै नपाएपछि जबर्जस्ती उम्मेदवार बनाइयो’ -नेपालीले नेपाल समाचारपत्रस“ग भने।

उनी भन्छन्- ँबहुदल आएपछि एमालेको र्सर्ूयछापमा भोट हाल्ने गरेको थिए“, जबर्जस्ती राप्रपाका तर्फाट उम्मेदवारी हाल्न लगाए। उम्मेदवारी फिर्ता लिन खोजें तर निर्वाचन अधिकृतले दिएनन्। चिहन रोज् भने, र्सर्ूय रोज्न खोजें, त्यो पनि दिएनन्।’ हाल नेपाली सुरक्षाघेराभित्रै रहेका र परिवारले उम्मेदवारी फिर्ता लिन दबाब दिइरहेको समेत उनले बताए।

उम्मेदवार अर्थात् बन्दी

- कडा सुरक्षा दिएर राखिएका अधिराज्यभरका नगर पदाधिकारीका उम्मेदवारले राम्ररी खान र आफन्तसँग भेट्न नपाएको गुनासो गरेका छन् ।
उनीहरूले शौचालय जाँदादेखि बजार तथा चुरोट खान यताउता लाग्दा पनि सुरक्षाकर्मीले नछाडेकाले वाक्क लागेको उल्लेख गर्दै सुरक्षाका नाममा बन्दी बनाइएकामा रोष प्रकट गरेका छन् ।

आफूहरूलाई जिताउने आश्वासन दिए पनि सरकार पक्षीय राप्रपाका उम्मेदवारको सबै खर्च बेहोर्ने र प्रशासनले हेरविचार गरी आफूहरूमाथि पक्षपात गरिरहेको आरोप अन्य उम्मेदवारको छ । केही ठाउँका उम्मेदवार भने तीर्थयात्रा वा अन्य बहानामा भारत जान थालेका छन् ।

विराटनगरका उम्मेदवारले आफूहरूलाई थुनामा राखेर खानासमेत नदिएको आरोप लगाएका छन् ।

बिहीबार साँझदेखि थुनेर राखिएका उम्मेदवारलाई शुक्रबार दिउँसोसम्म खाना नदिइएको उनीहरूले बताए । मेयरका स्वतन्त्र उम्मेदवार पुष्प दाहालले भने- ‘सुरक्षाकर्मीले बाहिर निस्कन र साँझदेखि खानासमेत दिएको छैन । पानी र चियासमेत पाइएन ।’

विराटनगर-१५ का निर्विरोध वडाध्यक्ष त्रिवेणी माझीलाई माओवादीले बिहीबार घरमै गोली हानी हत्या गरेका थिए । यो घटनापछि बिहीबार बेलुकीदेखि प्रशासनले यहाँका अधिकांश उम्मेदवारलाई अतिथि सदन, मारवाडी सेवा सदन र रामजानकी सेवा सदनमा सुरक्षार्थ राखेको छ ।

प्रशासनले सुरक्षाका नाममा अत्याचार गरेकाले आफूले शुक्रबार बिहान प्रजिअसमक्ष उम्मेदवारीबाट राजीनामा दिएको दाहालले बताए । ‘सुरक्षाको नाममा बन्दी भइएको छ,’ उनको भनाइ थियो ।

उपमेयरका स्वतन्त्र उम्मेदवारद्वय सचिन पोखरेल र अब्दुल मन्जित मियाँले प्रशासनले नै पक्षपात गरेको जनाए । उनीहरूले आफूहरूलाई थुनामा राखेको तथा सरकारी उम्मेदवारलाई भने सुरक्षा दिएर चुनाव प्रचारमा खुल्ला छाडेको आरोप लगाए ।

दाङको त्रिभुवननगर तथा तुलसीपुरका उम्मेदवारले सुरक्षा घेरामा बस्न बाध्य हुनुपरेकाले चुनाव प्रचारसमेत गर्न पाएका छैनन् ।

वीरेन्द्रननगरका उम्मेदवार तथा निर्विरोधलाई जिल्ला पूर्वाधार कार्यालय तथा नगरपालिकामा राखिएको छ । उनीहरूको खाने र बस्ने खर्च उधारोमा चलाइएको छ ।

‘यो खर्च पछि जिविस तथा नगरपालिकाले भुक्तानी दिने आश्वासन छ,’ व्यवस्थापन पक्षले भन्यो । पोखराका उम्मेदवार सुरक्षा निगरानीमा छन् । घरमै बसेकालाई पनि सुरक्षा निकायले सम्पर्कमा रहिरहन निर्देशन दिएको छ । उनीहरूलाई राष्ट्र बैंकचोक नजिकका होटलबाट खाना खुवाउने गरिएको छ । परिवार रुँदै त्यहाँ भेट्न जाने गरेका छन् ।

कपिलवस्तुका अधिकांश पदाधिकारीलाई नगरपालिकाको गेस्टहाउसमा राखिएको छ । नगरप्रमुख भने आफ्ना भतिजा राज्यमन्त्री बृजेशकुमार गुप्ताको घरमा छन् ।
खानाका लागि गेस्टहाउसमै मेस सञ्चालन गरिएको छ । मेसमा नखानेहरूले भने कारागारमा झैं तीन-चारवटा अलग भान्सा लगाउने गरेका छन् ।

दिपायल सिलगढी नगरमा निर्विरोध भएका प्रमुखसहित १५ जनालाई

कडा सुरक्षा घेराबीच नगरपालिकाकै गेस्ट हाउसमा राखिएको छ । उनीहरूलाई दिउँसो प्रहरी र राति थप ५०-६० जना सेना सुरक्ष्ाार्थ खटाइने गरिएको छ ।

‘अप्ठ्यारो हुनसक्छ भनेर सुरक्षा निकायले घर जान दिएको छैन,’ नगर प्रमुख हिक्मत शाहले भने- ‘यताउता लाग्दा पनि सुरक्षाकर्मी सँगै जाने गरेका छन् ।’

दोलखाको भीमेश्वर नगरमा निर्विरोध मेयर श्याम श्रेष्ठ र उपमेयर नविन लामा सेनाको ब्यारेक नजिकै एक घरमा बस्ने गरेका छन् । मेयर श्रेष्ठ पत्नीका साथै धेरैजसो वडा अध्यक्ष्ा र सदस्य पनि यही घरमा बसेका छन् ।

नुवाकोटको विदुर नगरका उम्मेदवारहरू सिंहबहादुर तामाङको घर, होटल नमस्ते एन्ड गेस्टहाउस, मनकामना लजमा बस्दै आएका छन् भने केहीचाहिँ आफ्नै घरमा बस्दै आएका छन् ।

सिंहबहादुरको घरमा बस्नेले खाएको खानाबापत शुक्रबार ३० हजार रुपैयाँ भुक्तानी पाएको राना भोजनालयले जनाएको छ । बैतडीका उम्मेदवारका लागि नगरपालिकाले ४७ हजार रुपैयाँ तिरेको थाहा भएको छ ।

नेपालगन्जका निर्विरोध प्रमुख र उपप्रमुख राजधानी लागेका छन् । सुरक्षा घेराबाट निर्विरोध गराइएका वीरेन्द्रनगर नगरका पदाधिकारीलाई सैनिक क्याम्पमा राखिएको छ । स्रोतअनुसार प्रमुख र उपप्रमुखलाई क्षेत्रीय प्रशासकको निवास, वडा १ देखि ४ सम्मका ७ जनालाई सशस्त्र प्रहरी गण बांगेसिमल, वडा ५ र ६ का ८ जनालाई मध्यपश्चिम पृतना आर्टीलरी गण मंगलगढीमा, वडा ७, ८ र ९ का ८ जनालाई सैनिक तालिम केन्द्र नेवारेमा र वडा ११ र १२ का १० जनालाई मध्यपश्चिम पृतनामा राखिएको छ ।

चितवनका दुई नगरपालिकाका उम्मेदवारलाई सम्बन्धित नगरपालिकाले पछि खर्च बेहोर्ने गरी मनोनयन गरिएकै दिनदेखि जिविस हलमा राखिएको छ । रत्ननगरमा निर्विरोध भइसकेका मेयर कृष्ण लामा, उपमेयर विक्रम महतो र चार वडाअध्यक्ष्ालाई अघिल्लो बिहीबारदेखि नै जिविस हलमा राखिएको छ । उनीहरूले खानपिनमा दैनिक तीन हजारभन्दा बढी खर्च गरिरहेको स्राेतले जनायो । भरतपुरका मेयर पदका उम्मेदवारद्वय गणेश थापा र उपमेयरका उम्मेदवार त्रयसहित २१ उम्मेदवारलाई जिविस सभापति उपसभापतिको निवास सरकारी र जिविस हलमा राखिएको छ । उनीहरूलाई आफन्त भेट्न दिइए पनि जिविस परिसर बाहिर जान रोक लगाइएको पारिवारिक स्रोतले जनायो ।

उम्मेदवारको खाना र टेलिफोन खर्च नगरपालिकाले पछि भुक्तानी गर्ने गरी व्यवस्था मिलाइएको स्रोतले जनायो ।

मेयर उम्मेदवार अनिल अधिकारी भने मनोनयन दर्ता गरेपछि जिविसको सम्पर्कमा आएका छैनन् ।

हेटौंडा नगरपालिकाका अधिकांश मेयर र उपमेयरका उम्मेदवारहरू सुरक्षा गार्ड लिएर स्थानीय दुई होटलमा बसेका छन् ।

सरकारी राप्रपाका उम्मेदवार भने सुरक्षा गार्ड लिएर आफन्त र पार्टीका साथीहरूको सुरक्षित घरहरूमा बस्दै आएका छन् । ‘अधिकांश समय होटल, जिल्ला विकास समिति र प्रशासन कायर्ालयमा बस्नुपर्ने कारणले दुब्लाएको गुनासो मेयरका स्वतन्त्र उम्मेदवार श्याम घिसिङले गरे । आफूखुसी हिँड्न नपाइएकाले उम्मेदवार भएपछि संकटमा परेको उनले बताए ।

सरकारी राप्रपाका मेयर उम्मेदवार मधु अधिकारीलाई सरकारले खर्च बेहोरेको तर अरूको नबेहारेको भन्दै अन्य उम्मेदवारले असन्तुष्टि व्यक्त गरेका छन् ।

‘सरकारले उसको मात्र खर्च बेहोरेको होला, हाम्राे छैन,’ राष्ट्रवादी मिलन केन्द्रका मेयरका प्रत्याशी भन्छन् । मेयर र उपमेयरका उम्मेदवारहरूको सुरक्ष्ाार्थ सरकारले एक असईसहित दुई प्रहरी दिएको छ ।

नगरमा निर्वाचनको माहौल बनाउनका लागि प्रचारप्रसार गर्न भनी जिविस र नगरपालिकाले ५०/५० हजार रुपैयाँ निकासा गरेका छन् ।

दमकका उम्मेदवारलाई नगर- पालिकामै कडा सुरक्षासाथ राखिएको छ । ‘नमान्दा नमान्दै बन्दी बनाउनसम्म बनाए, यो त अति भइसक्यो,’ असुरक्षा महसुस गरी दमकबाट बिहीबार साँझ सदरमुकाम चन्द्रगढी लगिएका दमकका निर्विरोध मेयर नैनबहादुर भण्डारीले गुनासो

गरे । उनको मोबाइल अधिकांश समय जिविस सभापति राजेन्द्र लिङ्देनसँग हुने भएकाले फोनमा भेट्न पनि मुस्किल पर्छ ।

‘सुरक्षाकर्मीले चन्द्रगढी जाऊँ भने, मैले किन जानु भने?’ छोटो समय बोल्न भ्याएका भण्डारीले भने- ‘थप असुरक्षा हुने सम्भावनाले चन्द्रगढीमा बोलाइएको छ भन्दै लगे ।’ भण्डारीका अनुसार उपमेयर वीरेन्द्र संग्रौला,

वडा ५, ६, ९, १२ का अध्यक्ष र ५ का एक सदस्यसहितको टोलीलाई ल्याइएको छ ।

भक्तपुर र ललितपुरका उम्मेदवारलाई मागअनुसार सुरक्षा प्रदान गरिएको छ । काठमाडौंका अधिकांश उम्मेदवारलाई सशस्त्र प्रहरी मुख्यालयमा राखिएको छ भने केहीलाई घरमा सुरक्षा दिइएको छ । केही उम्मेदवार भने बिहान उठेर सशस्त्र मुख्यालय जाने तथा दिउँसभर त्यहाँ बसेर राति घर र्फकने गरेका छन् । उनीहरूलाई लाने/ल्याउने व्यवस्था भने प्रहरी भ्यानले गर्ने गरेको छ ।

पदाधिकारी धार्मिक पर्यटनमा

बैतडीस्थित दशरथ चन्द नगरपालिकाका निर्विरोध पदाधिकारी झिटीगुन्टा बोकेर ‘तीर्थयात्रा’ मा लागेका छन् ।

निर्विरोध घोषणा भएका १३ जना पश्चिमी नाका झुलाघाट हुँदै सुरक्षित तरिकाले भारतको हरिद्वार तीर्थ गर्न गएका हुन् । मेयर किसनसिंह ठगुन्ना र उपमेयर दानसिंह रावलको नेतृत्वमा गएको यो टोलीले नगरपालिकाबाट ‘तीर्थ खर्च’ पनि लिएको छ । जसबापत मेयरले २०, उपमेयरले १५ तथा वडाध्यक्षहरूले जनही ८ र सदस्यले ३ हजारका दरले पेस्की लिएका स्रोतले बतायो । उनीहरूलाई प्रहरी निरीक्षकको कमान्डले सानो मिनिबसमा हालेर सीमा कटाएको

थियो ।

ठगुन्नाको घरमा माओवादीले बिहीबार राति बम विस्फोट गराएका थिए । घर पनि भत्केको र श्रीमान् पनि हिँडेपछि ठगुन्नाको परिवार पनि चिन्तित भएको छ ।

बर्दियाका नवनिर्वाचत नगर पदाधिकारी तथा जिविसका सभापति, उपसभापति यसअघि नै ‘तीर्थ’ गर्न भारत छिरिसकेका छन् ।

उता इटहरीमा सेना, सशस्त्र, स्थानीय प्रशासन, राष्ट्रिय अनुसन्धान र नेपाल प्रहरीका उच्च अधिकृत सम्मिलित टोलीले शुक्रबार यहाँ पत्रकार सम्मेलन गरी चुनाव प्रचारका क्रममा मतदाताको घरदैलोमा जान चाहने उम्मेदवारलाई सुरक्षाको सम्पूर्ण व्यवस्था गरिएको जानकारी दिइयो ।

इटहरीका उम्मेदवारहरू होटलमा बसेर मतदातासित टेलिफोनमार्फत मत मागिरहेको प्रसंग कोट्याएपछि सेलका अधिकारीले उक्त जानकारी दिएका हुन् ।

‘पूर्वका १४ वटै नगरमा सुरक्षाका सबै अंगलाई परिचालन गरी सुरक्षा व्यवस्था अपनाइएको छ,’ टोलीमा संलग्न शाही नेपाली सेनाका प्रमुख सेनानी सरोज धितालले पत्रकारहरूलाई भने- ‘माओवादीको मात्र नभई सात दलको समेत थ्रेट भएकाले उम्मेदवारलाई सुरक्षाको घेरामा राखिएको हो ।’

आश्रम भयो पशु तालिम केन्द्र

जनकपुरका उम्मेदवारलाई सेनाको क्याम्पनजिकै पशु तालिम केन्द्रमा राखिएको छ । यहाँको उम्मेदवारले आफूहरूलाई सरकार पक्षकाले जबर्जस्ती उठाएको तर खानासमेत नदिएर बेहाल बनाएको सार्वजनिक गरेपछि अहिले राम्रोसँग खान दिइएको छ । उनीहरू सुरक्षा निकायले उपलब्ध गराएको गार्डसँगै बाहिर निस्केर केही उम्मेदवारले प्रचार गर्ने गरेका छन् ।

जिविसमै किरिया
रामग्राम नगरपालिका नवलपरासीमा निर्विरोध वडा अध्यक्ष जीवनसिंह केसीले बाबुको किरिया जिल्ला विकास समितिमै गरेका छन् ।

३ का यी वडाध्यक्ष असुरक्षाका कारण घर जान नसकेपछि जिविसकै टेबुलटेनिस हलमा किरिया बसेका हुन । बुधबार बाबुको मृत्युपछि दाजुभाइ घरमै किरिया बसे पनि आफू सुरक्षाका कारण नगएको उनले बताए ।

मलाई भोट नदेऊ ः वडाध्यक्ष उम्मेदवार
काठमाडौ“, -महानगर)। काठमाडौ“ महानगरपालिका वडा नं. २० का वडाध्यक्षका उम्मेदवार अनेश चित्रकारले आ˚ूलाई भोट नदिन र्सार्वजनिक आग्रह गर्नुभएको छ। उम्मेदवारी दि“दा खासै समस्या नभएको तर, एकाएक विशेष परिस्थिति र घरायसी कारण पर्न आएको हु“दा आ˚ू चुनावमा लड्न नसकिने चित्रकारले बताउनुभएको हो। निर्वाचनबाट अलग रहेर पनि आ˚ू वडावासीको सेवामा सदा तत्पर रहेको उल्लेख गर्दै चित्रकारले आफ्ना सहयोगीस“ग क्षमायाचनासमेत गरेका छन्।

भोट त मलाई दिनोस है ः पोखरा लाई सफा गर्ने म मात्रै हु भन्दै पोखरा उपमहानगर पालिकाका पर्ूब सुइपर पदमा कार्यरत समेत रहेका मेहर पदका पत्यासी हरि कार्की भोट माग्दै । तस्विर सर्ुदर्शन रञ्जित

निर्वाचितद्वारा जिविसमै किरिया
काठमाडौं । नवलपरासीको रामग्राम नगरपालिकामा निर्विरोध भएका एक वडाध्यक्षले सुरक्षाका कारण जिल्ला विकास समितिमै आफ्नो बाबुको किरिया गरेको समाचार छ । नगरपालिकाको वडा नं ३ का वडाध्यक्ष जीवनसिंह केसीले असुरक्षाका कारण जिल्ला विकासको टेबुलटेनिस खेल्ने हलमा किरिया बसेका छन् । बुधबार बुबाको देहावसान भएपछि अन्य दाजुभाइ घरमै किरिया बसेको र आफू सुरक्षाका कारण छुट्टै हलमा बस्दै सम्पर्ूण्ा काजकिरिया गरिरहेको केसीले बताएका छन् ।
यता, निर्विरोध भएका नगरप्रमुख, उपप्रमुख र अन्य पदाधिकारीहरू दिउँसो सुरक्षाका साथ नगरपालिका जाने र साँझ ४ बजेपछि जिल्ला विकास समितिकै हलमा आई खाना खाने र सुत्ने गर्दछन् । १३ वटा वडा रहेको रामग्राम नगरपालिका नवलपरासीमा तीसवटा सदस्य पद भने खाली रहेको छ ।

कुकुर र फोन प्रयोग गर्दै भोट माग्दै
बिर्तामोड । ‘म नगर प्रमुख पदको उम्मेदवार हुँ, मलाई भोट दिनुस्’ लेखिएको कपडा बेरेर अहिले कुकुर टोलटोलमा घुमाइएको छ । आन्दोलनरत सात दलका कार्यकर्ताहरुले बिहीबार मेचीनगर नगरपालिकाको एक मतदान केन्द्रमा नगरपालिकाको मेयर पदको उम्मेदवार बनाई बिल्ला भिराएर कुकुरलाई घुमाएका थिए । स्वससेका लागि युवराज घिमिरेले लेखेको समाचारअनुसार मेची नगरको कवि शिरोमणी मतदान केन्द्रमा चुनाव चिन्ह गमलासहित भोट माग्दै कुकुर टोलटोल घुमेको देख्दा जनसाधारण चकित देखिन्थे । यसअघि पनि दमकमा आन्दोलनकारी दलहरुले सुगुँरलाई यस्तै तरिकाले नगर परिक्रमा गराएका थिए ।
यसैगरी, चुनावी अभियानलाई प्रभावकारी तुल्याउन जनकपुरमा सुरक्षाका कारण घरदैलो कार्यक्रम प्रभावित भएपछि जनकपुर नगरपालिकाका उम्मेदवार र र्समर्थकहरुले टेलिफोनबाट चुनावी प्रचार गर्न थालेका छन । विभिन्न व्यक्तिको घरमा टेलिफोन गरी उम्मेदवारहरुले माघ २६ गतेको निर्वाचनमा मत दिन आग्रह गरिरहेका छन । कुन पदमा लडेको र कुन छाप रहेको भनेर मतदाताहरुलाई टिपाउने काम समेत उम्मेदवारहरुले गरिरहेका छन ।
जनकपुर नगरपालिका-४ का सुमित साह भन्छन-१२ बजे रातिसम्म उम्मेदवार आइरहन्छ, सुत्नै दिन छाडें । कतिलाई अहिले फोन नगर्नुस भन्दापनि उम्मेदवार र त्यसका र्समर्थकहरुले नमान्ने गरेको सुरज मण्डल बताउँछन । मण्डलले उम्मेदवारको हरकत विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दिने भएका छन । राति टेलिफोन गर्दा घरका सबै सदस्य एकै ठाउँमा भेटिने हुनाले फोन प्रचार गरिएको मेयरका स्वतन्त्र उम्मेदवार अरुणकुमार पर्ुर्वेले बताउनुभयो । छिमेकी मुलुक भारतमा एसएमएस गरी चुनाव प्रचार हुने गरेको थियो । नेपालमा भने टेलिफोनबाट मत मागेको यो नै नौलो उदाहरण हो । जनकपुरमा भने मोवाइल सेवा अवरुद्ध पारिएकाले त्यसो हुन सकेको छैन ।

होलिडे… यादव थपलिया
‘बन्दुक चिनुमा एक छाप् हजुर !’
यसपटक होलिडे निकै बिजी टाइममा पर्‍यो । नगरपालिका निर्वाचनमा मतदान गर्नेहरु पनि, मतदान नगरौं भन्ने अभियानकर्ताहरु पनि निकै बिजी छन् । उसै पनि व्यस्त रहन रुचाउने सहरमा होलिडेको कुनै रौनक छैन । सबै आफ्नो-आफ्नो धूनमा व्यस्त छन् । कोही उम्मेदवारलाई भोट माग्न, कोही बिनाउम्मेदवारलाई भोट माग्न ।
बमबहादुर पनि यसपालि झोकैले चुनाउमा उठेको छ । उसले चुनाउ लड्ने टिकेट आफूजस्ता लड्मुखा र निमुखाले पनि पाउलान् भनेर कहिल्यै सपनामा पनि देखेको थिएन । भाग्य पल्टिँदै आयो, यसपटक । उपरवाले देगा तो छप्पर फाड्के देगा भनेको यही हो । उठ्दिन, उठ्दिन भन्दा पनि उसले नउठी सुखै पाएन । त्यो पनि वडा सदस्ये, अदक्षे हो र - मएर हो कि मेयर के जाति पदमा । निर्वाचन आयोगले उसलाई चुनाउको चिनु दिएको छ, बन्दुक । उसका कार्जेकर्ता सबैका हाताँ बन्दुक छन् । विचरा ! यसरी कार्जेकर्ताकै हातमा बन्दुक भएको उसले यसअघिका कुनै चुनावमा देखेको थिएन । मौवादीले बजाइदिन्छन्, म उठ्दिन भन्दा पनि उसलाई गमर्क्याएर ब्यारेकमा राखेर सुरक्षा गरिएको छ । कार्जेकर्ता बन्दुक बोकेर हरबखत उसको सुरक्षार्थ तैनाथ छन् । स्वास्नर्ीर्छछरी रोएको, रोयै छन् रे ! पोइलाई चुनाउ छन्जेल पुलिसले राख्छन् रे, चुनाउ सक्नासाथ मौवादीले खोस्छन् रे ! स्वास्नीको पीर थामिसक्नुछैन । पोइ फर्काइपाऊँ हजुर भनेर पत्रकार र मानववादीलाई हारगुहार गरेकी, तिनले पनि रुवाबासी नसुनेर हो कि, ब्यारेकाँ छेउ पर्नै नसकेर हो, उसको पोइ बमबहादुरलाई फर्काइदेनन् ।
बमबहादुरलाई भोट माग्न एउटा टेलिफुन दिइएको छ । ब्यारेकाँ बसेर फुन घुमाउँदै ऊ भोट माग्दैछ ।
-’हेलो ! काँ परो हजुर -’
-’कानाँ ‘
-’धनुषटंकार नमस्कार हजुर’
-’को बोलेको -’
-’म मियरको उम्मेदवार हजुर, बमबहादुर’
-’कहाँबाट हो -’
-’ब्यारेकबाट हजुर’
-’किन फुन गरेको -’
-’भोट माग्न हजुर, मेरो चिनु बन्दुक । मियर पदमा लडा’छन् मलाई, एक छाप् पाऊँ हजुर !’
-’किन दिनु भोट, तपाईंलाई -
-’किन हुनु नि हजुर, साउको रिन तिर्नु छ । र्छछरी पढाउनु छ । गरिब, निमुखा हुँ हजुर, हजुरको एक छाप् पाऊँ हजुर’
-’मियरमा कसले उठाको -’
-’मालिकले’
-’मालिक के गर्छन्’
-’खै, के हो कुन्नि पाटी छ भन्थे हजुर, चुनाउ नउठे घरखेत खाइदिउँला भने, पिउनको जागिर पनि दागा धरे हजुर !’
बमबहादुरको दिन बित्यो, एक छाप पनि निश्चित भएन । घर न घाटको भएका छन् उनी । घरबाट ल्याएर ब्यारेकाँ राख्या’छन् । बन्दुक चिनु दिएका छन् । जित्ने कन्फम छ भनेका छन् रे । मारिए तेरी स्वास्नीको उद्धार गर्दिउँला भनेर फकाछन् रे । ब्यारेकबाट बाहिर निस्कन पाए पनि उम्मेदवार होइन भनिदिन्थेँ नि भनेर बमबहादुर गन्गनाइरहेको छ ।
एकाएक एक बन्दुके कार्जेकर्ता आएर भने-
-’ए ! बमबहादुर हिँड ।’
-’कहाँ हजुर’
-’छिमक देशमा’
-’किन नि त्यहाँकाले पनि भोट दिने हुन् र हजुर’
-’भोट लिन होइन, यहाँ सुरक्षा पुगेन, त्यहाँ सुरक्षा दिन ।’
-’धिक्कार होस्, कस्तो देशाँ जन्मेछु,’ बमबहादुर आफैंलाई धिक्कार्दै कार्जेकर्ताको पछि लाग्यो ।

भिखारी निर्विरोध निर्वाचित

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/02/08/natak-2062/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here