लौ हेर्नुस आजको नेपाल बन्द (भिडीयो ब्लग)
आज देखी शुरुभएको नेपालको राष्टिय चाड नेपाल बन्दको पहिलो दिनमा देवदास सम्पूर्ण नेपाली हरुलाइ नेपाल बन्द को शुभकामना दिन्छ किनकी चाहे पनि नचाहे पनि बाध्यताबस नेपाली क्यालेण्डरमा यो चाडले राम्रैसँग डेरा जमाइ सकेको छ । अब हाम्रो मुख्य चाडहरुमा दँसे , तिहार पछी तेस्रोमा नेपाल बन्द नै पर्न आँउछ । जस्ले गरे पनि , जैले गरेपनि , कारण जे भएपनि नेपाल बन्द भनेपछि नेपाल बन्द हुन्छनै । नाफा घाटाको हिसाब किताब गर्ने अरुनै छँदैछन । देवदासलाइ पुन अपरिचीत साथीको तर्फाट नेपाल बन्दको भिसीडी प्राप्त भएको छ । केहीबर्षपहिले हरिवंस र मदनकृष्णले नेपाल बन्दको अबसर पारेर प्रस्तुत गरेको स्टेज प्रोग्राम नेपालबन्द लाइ देवदासले रत्नपार्कमा राखेको छ । यो प्रोग्रामलाइ पनि अपरिचीत साथीले अपलोड गराएर मलाइ जानकारी दिनुभएको हो । हुन त उहाँले यो कुरा हिजै इमेल गरेर भन्नुभएको थियो तर समयको अभाबका कारण देवदासले राख्न भ्याएको थिएन । आज अलिकती समय निकालेर रत्नपार्कमा राखेको छ । यसमा हरिवंश ले हाम्रा भुपु प्रधानमन्त्री कृष्णप्रसाद भट्टराइ को भुमीका निभाउनु भएको छ र मदनकृष्ण ले एक साधारण नागरीकको भुमीका निभाउनु भएको छ र उँहा आफ्नी सुत्केरी हुन लागेकी श्रीमतीलाइ अस्पताल लानेक्रमामा जुद्दशमसेरको सालीक अगाडी नयाँ सडकमा पुव प्रधानमन्त्रि किशुन जी सँग भेट हुन्छ जुन दिन नेपाल बन्दको दिन हून्छ । अब किशुन जी र मदनकृष्ण बिचमा के संवाद हुन्छ र मदन कृष्णकी श्रीमतीले के जन्माउँछिन त्यस्कोलागी यो भिडीयो हेर्नुहोस । भिडीयो यदी लगातार प्ले भएन भने केहिबेर पुस बटनमा क्लिक गरेर पुरा डाउनलोड गर्न दिनुस त्यसपछि पुन प्ले गर्नुस अनि आरामले नेपाल बन्द हेर्नुस है त?
विविध कारणले प्रस्तुत भिडीयो यहाँ राख्न नसकेको हुँदा यहाँ क्लिक गरेर सम्बन्धित साइटमा गएर हेन सकिन्छ ।


गएका महिनाहरु:
