.... ....UCC

3,February , 2006

साइकल चिन्हमा भोट दिनुस रे ……

vote for cycle
नगर चुनाबमा उठेर कोही माओवादीको सिकार भइसके, कोही शाहीसेनाको सरणमा बाँचीरहेका छन । कोहीले आफ्नो उम्मेद्दारी फिर्ता लिए , कोही भारतमा गएर बसेका छन ज्यान जोगाउन , भने कोही पुलीस र शेनाको सुरक्षामा मोटरसाइकल र्याली निकालीरहेका छन । तर देवदास अचम्म मान्दै सोच्छ यदी आफ्नै सुरक्षामै खतरा हुँदाहँदै के को लागी चुनावमा उठेका होलान । ल आज त ठिकै छ शेनाले सुरक्षा देला तर चुनावपछि त अवस्यपनि सुरक्षा दिदैन। त्येसवेला फेरी यीनीहरुले आफ्नो पदबाट राजीनामा दिनु त छँदैछ । गजब त देवदासलाइ त्येती बेला लाग्यो जब उस्ले एउटा वेवसाइटमा आफुलाइ भोट दिनु भन्दै एक २३ बषिर्य युवाले आव्हान गरेको देख्यो । भरतपुर नगरपालीकाको मेयर पदका लागी उम्मेद्दारी दिएका अनिल अधिकारीले आफ्नो वेभसाइटलाइ चुनाव प्रचार प्रसार गर्ने माध्यम बनाएका छन । त्येस्मा उनले आफ्नो अन्तर्वार्ता , आफ्नो विबरण , चुनावी घोषण पत्र , आदी इत्यादी राखेका छन । चुनाव चिन्ह साइकल लिएर उठेका अनिलले गफ चाँही बहुत ठुला ठुला दिएका छन मानौ उनि पेसेवर राजनितीज्ञ हुन । उनको बारेमा सम्पूर्ण कुरा जान्नको लागी तपाँइ यो लिंक मा गएर पढ्न सक्नुहुन्छ । २६ गते हुन लागेको राजाको यो नाटकमा सबै कलाकार हरु ब्लगर उमेश श्रेष्ठले भने जस्तै रावडीदेवीहरु जस्तै होलान भन्ठानेको त कोहि अली जोस जाँगर भएका र अध्ययन गरेका पनि रहेछन तर के गर्नु यो जोस जाँगर र बुद्दी लोकतन्त्र ल्याउनतिर लगाएको भए छिटै नेपालमा लोकतन्त्र आउने थियो कि - ल है अनिल जी एक पटक सोच्नु पर्यो ।
घोषणापत्र र अन्तर्वार्ता भित्र छ ।

अन्तर्वार्ता.
तपाई २३ वर्षो युवा हुनुहुन्छ, किन सानै उमेरमा मेयर जस्तो पदमा चुनाव लड्नु भयो ?
- अंग्रेजीमा एउटा भनाइ छ , Age is just a number । अर्थात उमेर भनेको अंक मात्र हो । २३ वर्षो हुदैमा सानो भइने, कपाल फुल्दैमा परिपक्क हुने होइन । यस देशको स्नातक तह शिक्षा हासिल गरेको र आधुनिक चिन्तन वोकेको युवक हुँ । ल्याप्चे बुढाहरु औंठाछाप र म्याटि्रक फेलहरुले यो देश चलाउन खोजीरहेको छ भने मैले किन नसक्ने - मलाई अमेरीकी राष्ट्रपति केनेडीको भनाई याद आयो “If those bastards can, why can’t I?”
२. सात दल, माओवादी र लोकतान्त्रिक शक्तिहरुले वहिष्कार गर्दागदर्ैर्ेेनि तपाई किन उठ्नु भयो ?
- हर्ेर्नुस, युवाहरु भनेको कसैका दास होइनन्, आफ्नो समाजको, नगरको परिवर्तन र विकासको लागी स्वतन्त्र रुपमा पनि हामी धेरै कुराहरु गर्न सक्छौं भन्ने सन्देश दिनको लागी पनि मैले आफ्नो उम्मेदवारी दिएको हुँ । यदि स्वच्छ छवि भएको पवित्र उद्देश्य बोकेको व्यक्तिलाई कुनैै पार्टि वा दलको जरुरी छैन । म पचास लाख भन्दा बढि सदस्य भएको यो देशका सक्षम युवाहरुको पार्टर्ीीे प्रतिनिधि हु । मेरा र्समर्थक हरु देश विदेशमा नेपालको सेना प्रहरी प्रशासन कलेज र समाजको हरेक ठाउमा छन र उनीहरुको भावनाको कदर गर्देै म उठेको हुँ ।

३. तपाइको प्रत्याशी गणेश वहादुर थापा तपाइ भन्दा धेरै अनुभवी हुनुहुन्छ, सरकारी रा. प्र. पा. को पनि उहाँलाई र्समर्थन छ । तपार्ँइ कसरी उहाँलाई चुनौती दिन सक्नुहुन्छ ?
- मेरा प्रत्याशी मेरो पिताको उमेरको मान्छे हुनुहुन्छ । उहाँ पार्टर्ीीे व्यक्ति हुनुहुन्छ । उहाँको राजनीतिक जीवन र अनुभवलाई म सम्मान गर्छर्ुु तर अव परिवर्तन हुनर्ुपर्दछ । अब युवाहरुले शासन सहभागितामा भाग लिनर्ुपर्दछ । यो देशमा युवाहरुले वलिदान दिइरहेका छन , युद्ध भइरहेको छ । युवाहरुको भावना, युवाहरुको रगतको मुल्य युवाहरुले नै बुझदछन, त्यसकारण म यो युवा क्रान्तिको शुरुवात गर्दै उहाँलाई चुनौती दिन आएको हुँ । मलाई जीत र हार भन्दा युवाहरुलाई सन्देश दिनु छ । अव पनि हामी चुप लागेर वस्ने हो भने यो देश सोमालीया, अफगानिस्तान र कंगो जस्तै हुनेछ । नेपाली सेना शान्ती स्थापना गर्न बाहिर होइन की अब विदेशी शान्ती सेना नेपाल आउने छन । यदि युवाहरु युद्ध गर्न सक्छन भने युद्ध रोक्न पनि सक्छन र संगसंगै शासन चलाउन पनि सक्छन । म आफै युवा भएकोले म नै उहाको लागि चुनौती हो ।
४. तपाँइ यदि मेयर पदमा जित्नु भयो भने के गर्नूहुन्छ ?
- न्ययम त्रगभकतष्यल, म युवा उमेद्वार भएकोले युवाहरुको समस्या राम्ररी बुझदछु । युवा रोजगार कार्यक्रमहरु ल्याउने छु । लागु पदार्थमा लागेकाहरुलाई असल वाटोमा ल्याउनको निमित्त खेलकुद र विभिन्न रचनात्मक कार्यक्रमहरु ल्याउने छु । भरतपुर नगरपालिकालाई भ्रष्टाचार मुक्त नगरपालिका वनाउनको लागी कडा भन्दा कडा कार्यक्रम ल्याउने छ । नगर विकासको लागी म प्रत्येक घर घरमा गएर सल्लाह लिइ नगरवासीको सल्लाह वमोजिम काम गर्नेछु । म आश्वासन होइन काम गरेर देखाउने छु ।

५. सात दलले नगरपालिका छिर्न नदिने र माओवादीले कार्वाही गर्ने कार्यक्रमको घोषणा गरेको वेला, तपाई कसरी काम गर्नुहुन्छ ?
- म सात दललाई के भन्न चाहन्छु भने तपाइहरु चुनावमा भाग नलिएका कारण स्थानिय निकायमा गुण्डा, अपराधी, ल्याप्चे, औंठाछापेहरुको कब्जामा जान सक्नेछ । जनता निराश भएका छन् । भ्रष्टाचार मौलाएको छ । तर स्वच्छ छवि भएको र पवित्र उद्देश्य बोकेको म जस्ता युवा उम्मेदवारलाई तपाइहरुले सहयोग गर्नुपर्छ । माओवादी कमरेडहरुलाई पनि म के भन्न चाहन्छु भने तपाइहरु पनि परिवर्तन र क्रान्तिको लागी यत्रो सर्घष्ा गरिरहनु भएको छ । क्रान्ती शान्तीपर्ूण्ा तरीकाले पनि हुन सक्छ । राम्रो काम स्वतन्त्र रुपले पनि गर्न सकिन्छ , त्यसकारण तपाइहरुले पनि मलाई र्समर्थन गर्नुपर्छ । तर यदि म २३ वर्षो युवालाई मारेर वा सफाया गरेर तपाइहरुको क्रान्ती सफल हुन्छ भने म शहिद बन्न तयार छु । तर माओवादीहरुले पनि के बुझनर्ुपर्छ भने ब्यक्त हत्या गरेर समस्याको समाधन हुँदैन । पवित्र विचार मर्दैन । मैले मेरो मानवअधिकार र संबैधानिक अधिकार प्रयोग गरेको हुँ ।

६. तपाइले उमेद्वारी दिंदा तपाइको परिवारलाई कत्तिको चिन्ता छ ?
- हर्ेर्नुस, परिवार भनेको पनि समाजको एउटा इकाइ हो । परिवारलाई पक्कैे पनि मेरो वारेमा चिन्ता छ । तर देश र जनताको लागी, आफ्नो नगरको लागी केही गर्न हिंडे पछि परीवारवाट माथि उठ्नै पर्छ र परिवारले संगसंगै समाजले, राष्ट्रले सम्पर्ूण्ा व्यक्तिहरुले सहयोग गर्नुपर्छ । म पवित्र उद्देश्य लिएर अगाडी हुनालेे मेरो परिवार मलाई बुझदछ । आज प्रत्येक युवाहरुका परिवार भन्दा माथि उठेर देश र जनताको लागी केही गर्नुपर्दछ । हामीले -युवाले) नगरे कस्ले गर्छ ? अहिले नगरे कहिले ?

७. भनिन्छ, तपाईलाई पाच लाख दिएर किनियो रे विदेश जाने प्रलोभनमा तपाइले चुनाव छाडेर चितवनबाट भाग्नु भयो भन्ने हल्ला छ नि जनमानसमा यस बारेमा के भन्नुहुन्छ ?
- हा हा हा………. यो मेरो जित र आफ्नो हार सुनिश्चित देखेर मेरा विपक्षहरुले चलाएको हल्ला हो । मेरो मुल्य त्यति सस्तो छैन । हर्ेर्नुस म त झुक्दै नझुक्ने नेपालको छोरो हुँ । अरुले दिएको पैसाले मलाई कति दिन पुग्छ । म जनताको अगाडी कसरी मुख देखाउन सक्छु । मेरो राजनितिक जिवन त भर्खर सुरुभएको छ । विदेश पठाउने जुन कुरा छ म त D.V. चिट्ठा पनि नभरेको मान्छे । यदि विदेश जानै चाहने हो भने म भोली नै जान सक्छु । म चुनाव प्रचारकै शिलशिलामा काठमाण्डौ आएको हुँ र म अहिले चितवनमा छु । त्यसकारण म आफ्नो मतदाताहरुलाई यस्ता हल्लाहरु वाट वच्न आग्रह गर्दछु । एउटा कानले सुनेर अर्को कानले उर्डाई दिनुस वा हाँसेर टारीदिनुस । निर्धक्क भएर साइकल चुनाव चिन्हमा भोट हाल्न जानुस ।

घोषणपत्र

आदरणीय सम्पर्ूण्ा नगरवासी दिदी वहिनी, दाजु भाई, वुवा मुमा र मेरा प्यारा साथीहरु ।

साइकल चुनाव चिन्ह लिएर यहि माघ २६ गते हुन लागेको नगर निर्वाचनमा मेयर पदको लागी स्वतन्त्र उम्मेदवार म अनिल अधिकारी तपार्ँइहरु सबैलाई हृदय देखीनै हार्दिक नमस्कार र प्रणाम गर्दछु । यदि सहज स्थिती भएको भए म तपाईहरु सवै संग अंगालो मार्दै हात मिलाउने मेरो चाहना थियो ।

हामी सवैलाई थाहा छ, हाम्रो, देश नेपाल अहिले इतिहासकै सवै भन्दा संकटपर्ूण्ा अवस्था बाट गुज्रिरहेको छ । देशमा भएको हत्या, हिंसा र आतंकले गर्दा देशको सवैभन्दा महत्वपर्ूण्ा जनशक्ति युवाहरुमा नैराश्यता छाएको छ । कैयौं विदेश पलायन भएका छन् । म्।ख्। च्ािट्ठामा आफ्नो स्वाभीमान बेचिरहेका छन् । अवसर र सुन्दर भविष्यको लागी भौतारी रहेका छन् । हरेक दिन सरदर १० जना प्रतिभाशाली युवाहरु अनायासमै मरिरहेका छन् । कोही वीरगती प्राप्त गर्दै छन भने कोही शहिद भएका छन् । भनिन्छ “युद्ध भनेको युवाहरु मर्ने र बुढाहरुले कुरा गर्ने हो” त्यसकारण युवाहरु, हामी यदि युद्ध गर्न सक्छौ भने शान्ती स्थापना गर्न पनि सक्छौ, शासन सत्ता चलाउन पनि सक्छौं । शासन सत्ता र एयष्अिथ mबपष्लन भिखभ मिा जव सम्म हामी पुग्दैनौ यो देशको स्थिती सुध्र्रने छैन । हामी चुप लागेर बसेकाले नै यो दशमा म्याटि्रक फेल, ल्याप्चे र औठा छापे हरुको कब्जामा गएको छ । भ्रष्टाचार मौलिएको छ । बेरोजगारि बढेको छ । हामी मरिरहेका छौं र तिनीहरु भाषण गरिरहेका छन । त्यसकारण सम्पर्ूण्ा न्यायपे्रमी र परिवर्तनमा विश्वास गर्ने नगरबासी युवाहरु हामी चुप लागेर नबसौ । एउटा क्रान्तिको शुरुवात हामै्र नगरबाट गरौ, हाम्रै जिल्लाबाट गरौं । औठाछापे ल्याप्चे र भ्रष्टाचारीहरुलाई स्थानिय सरकारबाट निकालांै । हामी अगाडी बढौं । भोट नहाल्नु भन्दा गलत व्यक्तिलाई भोट हाल्नु अपराध हो । त्यसकारण तपाईहरुको भोट नै तपाइहरुको भाग्यको निर्माता हो आउनुहोस अब परिवर्तनको लागी भोट हाल्नुस । युवा क्रान्तिको लागि भोट हाल्नुुस । साइकल चिन्हमा भोट हाल्नुस र युवा उम्मेदवार अनिल अधिकारीलाई जिताउनुस । आफ्नो जिबनको एउटा भोट मलाइ दिनुस म तपाइहरुलाई निराश पार्ने छैन ।
मलाई यदि मेयर पदमा निर्वाचित गर्नु भयो भने 1. म नगरपालिकामा भएका सबै भ्रष्टचार र लापरबाहिको छानबीन गर्ने छु र दोषीलाई कारवाहि गर्नेछु ।
2. नगरपालिकामा सक्षम र शिक्षित युवाहरुलाई रोजगारमा ल्याउने छु ।
3. भरतपुर नगरपालिकालाई एउटा आधुनिक नगरपालिका बनाउन र प्रशासनको काम चुस्त बनाउन एउटा समिति निर्माण गरि कार्य गर्नेछु ।
4. नगरबासीहरुको समस्या नगरबासीहरुबाटै बुझन म साताको एकदिन तपाईहरु समक्ष प्रत्यक्ष रुपमा अन्तरक्रियाको कार्यक्रम राखि काम गर्नेछु ।
5. भरतपुर नगरपालिकालाई Cyber city र Medical city बनाउन विशेष पहल गर्नेछु । ट।नगरपालिका भित्रका सडक निर्माण, मर्मत सम्भार ढल र फोहर व्यवस्थापनको विशेष व्यवस्था गर्नेछु ।
6. मनोरञ्जन पार्क राजनैतिक पार्टिहरुको लागी क्उभबपभचक अयचलभच र युवाहरुको लागि बास्केटबल कोर्ट, क्रिकेट नेट, फुटबल मैदान र अन्य खेलकुदका विभिन्न कार्यक्रमहरु गर्नेछु ।
7. हरेक बर्षसमाजसेवाको लागि योगदान पुर्‍याउने संस्था वा व्यक्तिलाई “Citizen of the Year” घोषित गरि पुरस्कृत गर्नेछु ।

र अन्त्यमा यी माथीका भनाईहरु कुनै आश्वासन वा सपनाहरु होइन । यसलाई पुरा गर्नको लागि मलाई तपाईहरुको साथ सधंै चाहिन्छ ।

2 Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/02/03/140/trackback/

  1. wow great job devdas

    Comment by suman — 4,February , 2006 @ 9:14 am

  2. Anil le chunab chinha ROCKET liyako vaya suhaune thiyo ki!!!!

    Comment by gyanendra — 9,February , 2006 @ 7:43 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here