.... ....UCC

28,January , 2006

जिल्ला सभापतिहरुलाई चेतावनी

काठमाडौं, माघ १५/ने.क.पा.-माओवादी) उपत्यका व्युरो कार्यालयका तर्फाट क.प्रभाकिरणले एक प्रेस विज्ञप्ति जारी गर्दै कथित चुनावमा उम्मेदवार नहुन, चुनाव प्रचार-प्रसार नगर्न र चुनाव सम्बन्धी कुनै पनि कार्यबाट टाढा रहन सवैमा अनुरोध गर्नुभएको छ । विज्ञप्तिमा उहा“ले आफ्नो अनुरोधलाई वेवास्ता गर्नेलाई गम्भीर परिणाम भोग्न पनि तयार रहन चेतावनी दिनुभएको छ ।
यतिखेर ज्ञानेन्द्रको चुनावी नौटंकीमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा लाग्नु देश र जनताको शत्रु बन्नु हुने उल्लेख गर्दै उहा“ले विज्ञप्तिमा भन्नुभएको छ-”हाम्रो पार्टि ज्ञानेन्द्र शाही द्दारा शाही द्दारा शाहीद्वारा मनोनित काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका कथित जिल्ला सभापतिहरुलाई पनि सो पदबाट यही माघ १९ गतेभित्र राजिनामा दिन अपिल गर्दछ । अन्यथा गम्भीर परिणाम भोग्न तयार रहन पनि गम्भीर चेतावनी दिन चाहन्छौं ।”

प्रेस विज्ञप्ति

हाम्रो महान् तथा गौरवशाली पार्टर्ीीेकपा-माओवादी)ले देशमा शान्तिपर्ूण्ा राजनैतिक निकासको लागि अत्यन्त जिम्मेवारीवोधका साथ सवै प्रमुख संसदीय सात दलहरुस“ग छलफल र सहमतिका साथ १२ बु“दे सहमति गर्न सफल भएको छ । देशमा सिर्जित गम्भीर समस्याको जड निरंकुश राजतन्त्र हो भन्ने कुरामा आम सहमति भएको छ । त्यसैले निरंकुश राजतन्त्रको अन्त्य र पर्ूण्ा लोकतन्त्रको स्थापना तथा संविधान-सभामार्फ जनतालाई र्सार्वभौम बनाउने विषय नै आजको र्सवसम्मत राजनैतिक निकास बनेको छ ।
त्यसैले यस दिशामा अगाडि बढ्न हाम्रो पार्टर्ीी सबैको अनुरोधमा एकतर्फी तीन महिने युद्धविराम गरेको र पुनः देशभित्र र बाहिर सवैतिरको अनुरोधमा एक महिने एकतर्फी युद्धविराम लम्बाएको कुरा र्सवविदितै छ । निरंकुश दलाल सामन्ती सत्ताले यसलाई हाम्रो कमजोरी ठानी उल्टै रोल्पा, रुकुमतिर दशौं हजार शाही जल्लादहरुको परिचालन गरेर युद्धविराम भंग गर्न बाध्य बनायो । हाम्रो पार्टर्ीी शाही सत्ताको प्रमुख नाका थानकोट र भक्तपुरको दधिकोट पुलिस चौकीमाथि सफल आक्रमण गरी साथै उपत्यकाभरि सेवोटेज गरेर शाही सत्ताको ढाड भा“च्न सफल भएको छ । उसले प्रचार गर्ने गरेको ‘माओवादीको ढाड भा“चियो’ भन्ने कुराको चोटिलो जवाफ यी फौजी कार्यवाहीहरुले दिएका छन् । यसबाट बहुलाएको शाही सत्ताले सात दलले गर्ने भनिएको जनसभामा प्रतिवन्ध लगाएर, संचार सम्वन्ध विच्छेद गराएर हद् दर्जाको कायरता पर््रदर्शन गरेको छ । शाही सत्ताले एकातिर चुनाव गर्ने ढोंग रच्ने र अर्कोतिर सभा जुलुशमा निषेधाज्ञा जारी गरेर अर्को गाइजात्रा मञ्चन गरिरहेको छ । ज्ञानेन्द्र शाहीले माघ १९ को ‘कू’लाई वैधानिकता दिन नगरपालिकाको चुनावको नौटंकी मञ्चन गरिरहेको छ । राष्ट्रिय र अन्तर्रर्ााट्रय रुपमा भ्रम र्छर्ने नियतले मञ्चन गर्न लागेको चुनावी नौटंकी ध्वस्त गर्नु सवै लोकतान्त्रिक शक्तिको कर्तव्य हो । यतिखेर ज्ञानेन्द्रको कथित चुनावमा भाग लिने काम उसको मुठ्ठीभरका भजनमंडलीबाहेक अरुले गर्न सक्दैन । यतिखेर ज्ञानेन्द्रको चुनावी नौटंकीमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा लाग्नु देश र जनताको ‘शत्रु’ बन्नु हुनेछ ।
त्यसैले हामी कथित चुनावमा उम्मेदवार हुने, चुनाव प्रचार-प्रसार गर्ने कार्यबाट टाढा रहन सवैमा अनुरोध गर्दछौं । हाम्रो अनुरोधलाई वेवास्ता गर्ने सबैलाई गम्भीरभन्दा गम्भीर परिणाम भोग्न पनि तयार रहन हाम्रो पार्टर्ीीम्भीर चेतावनी दिन चाहन्छ । साथै ज्ञानेन्द्र शाहीद्वारा मनोनित काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका कथित जिल्ला सभापतिहरुलाई पनि सो पदबाट यही माघ १९ गतेभित्र राजिनामा दिन अपिल गर्दछ । अन्यथा गम्भीर भन्दा गम्भीर परिणाम भोग्न तयार रहन पनि गम्भीर चेतावनी दिन चाहन्छौं ।
२०६२ माघ १५ गते
……………
-प्रभाकिरण)
ने.क.पा.-माओवादी)
उपत्यका व्युरो कार्यालयको तर्फाट

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/01/28/chetawani/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here