.... ....UCC

27,January , 2006

च्याट रुम

आफुलाइ अप्जसी बताउने रत्नपार्कका एक पाठकले केहि समय अगाडी आफुले च्याटगर्दा भएको रमाइलो घटनालाइ रत्नपार्कको अविश्मरणिय क्षणमा प्रकाशनका लागी प्रेषण गर्नुभएको हुँदा उहाँको लेखाइलाइ देवदासले जस्ताको तस्तै यहाँ प्रस्तुत गरेको छ । यदी तपाँइका पनि कुनै अविश्मरणीया क्षणहरु छन र रत्नपार्कमा प्रकाशन गर्न चाहनुहुन्छ भने देवदासलाइ प्रेषण गर्न सक्नुहुन्छ - देवदास

कलीयुगका देवताहरुले बिज्ञानको कर्मकाण्डबाट संसारलाई एउटा सुसांख्याक यन्त्रको पर्दामा कैद गरेबाट त्यसको फाईदा उठाउने क्रममा नसोचेको घाटा पनि बेहोर्नु पर्दोरहेछ । घटनाको उठान यसरी हुन्छ । देशको बर्तमान ब्रि्रदो राजनैतिक स्थिति अनि त्यहि माथि आर्थिक संकटको चपेटामा परी हामी कयौं बहादुरहरु विस्थापीतसगैं बादुरमा परिणत भएर झिनो पारश्रमिकको लागि थ्री डी अर्थात डट्टी, डेन्जर अनि डिफिकल्टसंग संर्घष्ा गर्दै विभिन्न अवरोध कठिनाईहरुसंग पौठेजोरी खेल्दै अनेकौं पिडा व्यथा झल्दै परदेशी जीवन वरण गर्न वध्य छौं । म पनि प्रस्तुत छालसंगै छचल्किदै आज एक खाडी मु्लुकमा सुनौलो भविष्यको सपना बोकेर परदेशीको सुचीमा आवद्घ छु । काम गरिरहदां कामकै विषय-वस्तुसंग व्यस्त भएर होला घडिको शुइले
परदेशी जीवनको आयु घटाएको पत्तै हुदैन तर कामको निर्धारित अवधि भित्र पनि प्रायजसो २,३ घण्टा फुसद मिल्ने हुनाले त्यो क्षण ज्यादै पट्यार लाग्दो हुनुको साथै आफ्नो मतृभूमि,घर-परिवारको यादले आक्रमण गर्न हुदां प्रतिकारमा त्यो घडिलाई मनोरोञ्जनको समयमा बिताउन इन्टरनेटसंग मित्रता गँास्दै च्याट रुमबाट साथीसंगीसँग परदेशको कथा व्यथा पोख्दै, गाउँघर , उकाली-ओराली अनि भञ्ज्याङ्ग चौतारीकोे नयाँ नौलो हाल खबर सोध्दै , कतिपय नयाँ वान्किसँग नौलो भावनाहरु आदान-प्रदान गरी बिताउनु मेरो दिनचर्या झैं भएको छ ।एवं रीतले २९ डिसेम्वर,२००५ को दिन पनि त्यसरी नै घडिको शुइ आफ्नै गतिमा घुमिरहेको थियो र साथमा मेरो दिनचर्या पनि त्यसरी नै च्याट गर्ने क्रममा नेपाली पार्टनर पार्टनरनीसँग निमन्त्रणा बाँड्नमा व्यास्त छु , तर हातको औंलामा गन्न नसकिने संख्यामा सन्देश छोडी सक्दा पनि स्विकृतिको गन्धसम्म पनि नआएपछि निराशाको आकाशमा कालो वादल मडारीन थाल्यो जसको फलस्वरुप झुटको वषर्ाले कसैलाई रुझाउने कुविचार लिएबाट कछुवाको चालमा कुकार्यको यात्रामा कप्टी पाईलाहरु नजानिदो रुपमा अग्रसर भए । प्रथम पटक सुधो जीव भई “मसँग संवाद गर्नु हुन्छ -” भनि अनुमति मागेको थिएं , तर यस पटक केहि हिंस्रक बनि “म यू.के.बाट हूँ के मसँग संवाद गर्नु हुन्छ -” भनि यू.के.लाई वाणको रुपमा प्रयोग गरी संदेश छोडें , च्याट गर्न अनुमति माग्नेको भीड भयो त्यो भीड मध्येबाट एक तरुनीको नामांङ्कीत आई.डी.लाई रोजें । संवाद स-सम्मान निकै चम्कियो , लाग्थ्यो की , म कुनै पवित्र आत्मा , स्वच्छ हृदय, कोमल मन,दयालु स्वभाव , लजालु व्याक्तित्व अनि सून्दर आकर्ष चेहाराकी धनिसँग सामुन्ने जीवनरुपी वसन्तको आगनीमा मुस्कुराएका फूलहरुको सुगन्धमा आफुलाई भुलेका भमरा झैं । अझ स्पष्ट त यो हो की वहांको विस्तृत वर्ण्र्ाागर्न त हजार ज्रि्रको धनि शेष नागले पनि वर नै मग्नु पर्छ । वहांको ती मनमुग्धकारी व्याक्तित्वले आर्कषण गरे झैं आभाषमा लठ्ठ परेछु , मानैं माझी स्यवंलाई जालको माछाले घिसार्दैछ ,मेरो मन भावनाको गहिर्राईमा डुबिरहयो । केहि क्षण अघि मात्रको मिलन पनि सदियौं पुरानो मित्रताको नाता झैं महसुस भईरहयो । वहांले पटक पटक “रात पर्यो घर जान्छु ।” भनि विदाईको सिफारीस गरीरहंदा पनि स्विकृतिको बदला अझ संवादको अंगालो कस्दै संवादको मिठो चुम्बनमा कल्पिरहें जसरी वर्षौं पछिको मिलनमा रमाएका स्वच्छ प्रेममा जीवन आहुती दिएका प्रेमी-प्रेमीका झैं ।च्याट रुम छोड्नै पर्ने बाध्यतासँग हार स्विकार गर्दै , हामी दुइ प्राणी वीचको मित्रताको नातालाई सजीव तुल्याउन दुरसंचारको सहायता लिनुहोला भन्दै विदाइ मनाइयो । जीन्दगीमा पहिलो पटक खुशीको क्षण गुमाउदाको निराशपनसँग परिचित भएं , मिठो संवाद गरिरहदां बटुलेको ओठको हाँसो हावामा चुरोटको धुँवा विलिन भए झैं भयो । सोचें की मैले वहांसँग सत्यको धरातलमा रहेर यथार्थ विषयवस्तुसँग संवाद गर्न निम्तो गरेको भए न, त संवाद नै ह्ुन्थ्यो न , त मैले झुटो हुनुपथ्र्यो । झुटको खेतीको फलस्वरुप भुसको आगो झैं पश्चातापले भित्र-भित्रै जलि अशक्त बनी उपचार्रार्थ वहांले दिनुभएको फोन नम्वरलाई वैशाकीको रुपमा सहारा लिई सत्य ओकेल्दै क्षमा याचनाको लागि यात्रा तय गरी उक्त नम्वर डायल गरें धेरै पटकको प्रयास असफल भयो , पश्चाताप झांगिदो छ , फोन अप्ररेटर अन्तिम प्रयासमा छ । सायद चन्द्रमा दाहिने भएर नै होला यस पटक सर्म्पर्कको संकेतिक घण्टि कानमा ठोकियो भित्रैदेखि अज्ञात सन्त्रास बढेर आयो , केहि क्षणको पर्खाई पछि नै मिठो मधुर स्वरमा हल्लोउ भनि फोन रिसिभ गरेको संकेत पाएं प्रतिउत्तरमा आवज दिएं । वहांले भन्नुभयो “एकैछिन है म उता जान्छु ।”सायद फोन राखेको कोठामा त्यस्तो संवाद गर्न अनुकुल वातावरण थिएन होला । दर्ुभाग्यवश मेरो कर्ण्र्ाामा शुन्यता छायो निकैवेरसम्मको प्रतिक्षा पछि हेल्लो ..हेल्लो को निकै ठुलो आवज निकालेछु । त्याहां उपस्थित अन्य ग्राहकको ध्यान खिचिएछ सबैले हत्तोत्साही नयन म तिर प्रहार गरे , आपसमा खासखुश गर्न थाले ।यत्तिकैमा अपरेटरले संचार विहिन भएको जानकारी दियो मनमा संग्रुमाकेा भन्दा अलिक ठ्लो पहिरो गयो । काटेको घाउमा नुन चुक लागे झैं भयो । ती मधुर स्वरमा प्रस्फुटित शव्दावलीहरु कानमै गुञ्जिरहयो जसलाई बन्द गर्न अफ स्विच नै मसँग उपलब्ध नै कहाँ थियो र । अर्कोतिर थप समय पनि थिएन की म पुनः सर्म्पर्कको लागि प्रयाश गरौं । मनको बाढी पैरो पिडितको भुमिका खेल्नु पर्दाको अनुभवसंग नजिकिने अवसर पाएं । त्यहिं बाढी पैरोको गतिमा वहदै-वहदै कार्यालय तिर मोडिए । कार्यालयमा आसनग्रहण पछिको कायैक्रम ती मंगोलियन तरुनीको विभिन्न पोशाक धारी काल्पनिक छांया प्रदर्शनीबाट अगाडी गइरहयो .. गईरहयो ..। मेरो क्षणिक मनोरोञ्जनको लागि वहांको उच्च शिक्षाको पाना पल्टाउने मन मस्तिष्कमा गहिरो चोट पुर्याएं , स्वच्छ , पवित्र आत्मासंग खेलवाड गरी वेचैन तुल्याएं ,आनन्दकी रानी निन्द्रा देवीको काखबाट तड्पाएर सदा आरामदायी लाग्ने तीनै तकिया र व्रि्रयाउनाले दोषी बन्नु् पर्यो होला । अन्त्यमा, विना कसुर एम्बुस थापी वहांको अमनचैनको हत्या गरेबापत निर्दोष ,पिडित आत्माको उपचार्रथ उचित क्षतिपूर्ति वेहोर्ने शर्तमा हुनसक्छ भने एक अपरिचित , अन्जान अपराधीको दर्जामा राखी माफ गर्नु होला भन्दै यो स्मृतिको पानालाई यत्तिकैमा विट मार्ने जमर्को गर्दछु ।
-अप्जसी
abajashi@yahoo.com

3 Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/01/27/chat-room/trackback/

  1. Birami bhayer upachar garnu bhanda birami nai hun nadinu bes ho, Tesaile Abajashi Ji, Abjos aaune kam nagarnuhola.
    best of luck!
    Genial

    Comment by Genial — 29,January , 2006 @ 8:48 am

  2. Thank u so much ! Genial ji for u r suggestion .

    Comment by abajashi — 31,January , 2006 @ 9:28 am

  3. hi friend how are you? i am pemba lama from Doha qatar

    Comment by pemba lama — 15,December , 2006 @ 6:22 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here