.... ....UCC

31,January , 2006

सत्ताको शत्रु जनता

महेश्वर श्रेष्ठ
‘कहिं नभएको जात्रा हाँडीगाउमा भन्ने लोकप्रिय उखानलाई सुरक्षाको नाउमा देशका शासकहरुले ‘कहिं नभएको जात्रा नेपालमा’ भन्ने उखानमा परिणत गरेका छन् । देशमा संकटकाल लागु भए लगत्तै सुरक्षा निकायहरुले गाउँवस्ती र शहरबजारका मुख्य मुख्य चौबाटाहरु र राजमार्गका ‘संवेदनशील’ ठाउँहरुमा स्थायी प्रकारको चेकपोष्ट खडा गरी त्यहा“बाट आवत-जावत गर्ने सवारी साधन तथा तिनमा सवार यात्रुहरुको सुरक्षा जाँच गर्दै आएका छन् । उनीहरुको सुरक्षा जाँच गर्ने यो तरिका र अवधारणा देखेर अचम्म लाग्छ,हाँसो पनि उठ्छ । यस्तो पनि कतै सुरक्षा जाँच हुन्छ - व्रिरोहीहरु त्यही बाटो र नाका भएर आउँछन् अनि सुरक्षाकर्मीहरुले थापेको स्थायी दोबाटे चेकपोष्टमा आफ्ना झोला तुम्बा जाँचपास गराएर जान्छन् भन्ने ठानिएको छ भने यो भन्दा हास्याष्पद सुरक्षा जाँच अरु के हुन सक्छ - त्यसैले त यस्ता सुरक्षा जाँचमा अहिलेसम्म एउटा माखो पनि परेको छैन । तर यसबाट र्सवसाधारण यात्रुहरुले जुन असुविधा र तनाव भोग्न परिरहेको छ, सुरक्षाकर्मीहरुको जुन अस्लील दुवाच्य सुन्न (more…)

29,January , 2006

तस्वीर आफै बोल्छ


राजाको नयाँ रुप र चुनाव प्रचारको नयाँ शैली
बाँकी तस्विर भित्र छन (more…)

28,January , 2006

जिल्ला सभापतिहरुलाई चेतावनी

काठमाडौं, माघ १५/ने.क.पा.-माओवादी) उपत्यका व्युरो कार्यालयका तर्फाट क.प्रभाकिरणले एक प्रेस विज्ञप्ति जारी गर्दै कथित चुनावमा उम्मेदवार नहुन, चुनाव प्रचार-प्रसार नगर्न र चुनाव सम्बन्धी कुनै पनि कार्यबाट टाढा रहन सवैमा अनुरोध गर्नुभएको छ । विज्ञप्तिमा उहा“ले आफ्नो अनुरोधलाई वेवास्ता गर्नेलाई गम्भीर परिणाम भोग्न पनि तयार रहन चेतावनी दिनुभएको छ ।
यतिखेर ज्ञानेन्द्रको चुनावी नौटंकीमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा लाग्नु देश र जनताको शत्रु बन्नु हुने उल्लेख गर्दै उहा“ले विज्ञप्तिमा भन्नुभएको छ-”हाम्रो पार्टि ज्ञानेन्द्र शाही द्दारा शाही द्दारा शाहीद्वारा मनोनित काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका कथित जिल्ला सभापतिहरुलाई पनि सो पदबाट यही माघ १९ गतेभित्र राजिनामा दिन अपिल गर्दछ । (more…)

27,January , 2006

च्याट रुम

आफुलाइ अप्जसी बताउने रत्नपार्कका एक पाठकले केहि समय अगाडी आफुले च्याटगर्दा भएको रमाइलो घटनालाइ रत्नपार्कको अविश्मरणिय क्षणमा प्रकाशनका लागी प्रेषण गर्नुभएको हुँदा उहाँको लेखाइलाइ देवदासले जस्ताको तस्तै यहाँ प्रस्तुत गरेको छ । यदी तपाँइका पनि कुनै अविश्मरणीया क्षणहरु छन र रत्नपार्कमा प्रकाशन गर्न चाहनुहुन्छ भने देवदासलाइ प्रेषण गर्न सक्नुहुन्छ - देवदास

कलीयुगका देवताहरुले बिज्ञानको कर्मकाण्डबाट संसारलाई एउटा सुसांख्याक यन्त्रको पर्दामा कैद गरेबाट त्यसको फाईदा उठाउने क्रममा नसोचेको घाटा पनि बेहोर्नु पर्दोरहेछ । घटनाको उठान यसरी हुन्छ । देशको बर्तमान ब्रि्रदो राजनैतिक स्थिति अनि त्यहि माथि आर्थिक संकटको चपेटामा परी हामी कयौं बहादुरहरु विस्थापीतसगैं बादुरमा परिणत भएर झिनो पारश्रमिकको लागि थ्री डी अर्थात डट्टी, डेन्जर अनि डिफिकल्टसंग संर्घष्ा गर्दै विभिन्न अवरोध कठिनाईहरुसंग पौठेजोरी खेल्दै अनेकौं पिडा व्यथा झल्दै परदेशी जीवन वरण गर्न वध्य छौं । म पनि प्रस्तुत छालसंगै छचल्किदै आज एक खाडी मु्लुकमा सुनौलो भविष्यको सपना बोकेर परदेशीको सुचीमा आवद्घ छु । काम गरिरहदां कामकै विषय-वस्तुसंग व्यस्त भएर होला घडिको शुइले
परदेशी जीवनको आयु घटाएको पत्तै हुदैन तर कामको निर्धारित अवधि भित्र पनि प्रायजसो २,३ घण्टा फुसद मिल्ने हुनाले त्यो क्षण ज्यादै पट्यार लाग्दो हुनुको साथै आफ्नो मतृभूमि,घर-परिवारको यादले आक्रमण गर्न हुदां प्रतिकारमा त्यो घडिलाई मनोरोञ्जनको समयमा बिताउन इन्टरनेटसंग मित्रता गँास्दै च्याट रुमबाट साथीसंगीसँग परदेशको कथा व्यथा पोख्दै, गाउँघर , उकाली-ओराली अनि भञ्ज्याङ्ग चौतारीकोे नयाँ नौलो हाल खबर सोध्दै , कतिपय नयाँ वान्किसँग नौलो भावनाहरु आदान-प्रदान गरी बिताउनु मेरो दिनचर्या झैं भएको छ ।एवं रीतले २९ डिसेम्वर,२००५ को दिन पनि त्यसरी नै घडिको शुइ आफ्नै गतिमा घुमिरहेको थियो र साथमा मेरो दिनचर्या पनि त्यसरी नै च्याट गर्ने क्रममा नेपाली पार्टनर पार्टनरनीसँग (more…)

23,January , 2006

मदनकृष्ण र हरिवँशको दोहोरी गीत (भिडीयो ब्लग)

एक अपरिचित साथीको कृपाले आज देवदासलाइ एउटा दोहोरी गीत को भिडीयो प्राप्त भएको छ । अपरिचित साथीभएपनि उहाँले देवदासको नाममा निशुल्क भिडीयो अपलोड गर्ने साइट यु ट्युबमा खाता खोलेर उहाँलेनै भिडीयो अपलोड गराइदिनुभएको छ । गजब लाग्यो जब उहाँले मेल ठेगाना पनि देवदासकै प्रयोग गर्नु भएको देख्दा त्यस्को लागी देवदासले इमेल ठेगाना एप्रुभ गर्नुमात्र पर्ने । जे होस जसरी भएपनि उहाँको दुखको लागी देवदास धेरै धेरै आभारी भएको छ । यो भिडीयो गाइजात्राका अबसरमा नाचघरमा प्रस्तुत गरिएको रहेछ र प्रस्तुत कर्ता चाँही हरिवंस आचार्य मदनकृष्ण श्रेष्ठ हुनुहँुदो रहेछ । यो प्रोग्राम देवदासले पहिला नहेरेको भएर होला पहिलो पटक हेदा देवदास पेटमिची मिची हाँस्न बाध्य भयो । हरिवंश आचार्य बुढीभएर गीत गाँउदै नाचेको र मदनकृष्ण श्रेष्ठ एक नेता भएर दोहोरी खेलेको साँच्चैनै राम्रो छ । दोहोरी को बोल छ , बल्ल पर्यो निर्माया माकुरी जालैमा । लौ त हेर्नुस रत्नपार्कमा पहिले नेपाली कार्यक्रम मह दोहोरी २०६२ ।
विविध कारणले प्रस्तुत भिडीयो यहाँ राख्न नसकेको हुँदा यहाँ क्लिक गरेर सम्बन्धित साइटमा गएर हेन सकिन्छ ।

22,January , 2006

पोखरामा कुकुर उम्मेदवार

vote for dog
पोखरा, माघ ९/ शाही सत्ताले नगरपालिका चुनाव निकट आइसक्दा पनि आफ्नो उम्मेदवार पाएको छैन, तर जनताले भने पोखरामा आफ्नो तर्फाट कुकुर उम्मेदवार खडा गरेर प्रचारप्रसार सुरु गरिसकेका छन । ‘म यसपटकको उम्मेदवार भएको छु, मलाई भोट दिनोस्’ भनेर लेखेको कागज कुकुरको छातीमा टा“सेर कुकुरलाई बजार घुमाइन थालिएको छ । यो ढंगको प्रचारले चुनाव ब्यंग्य भएको मात्र छैन, बजारवासीलाई यसले राम्रै मनोरञ्जन पनि दिएको छ ।

अब रत्नपार्कमा नेपाली फिल्म पनि प्रदर्शन हुने

केही समयको लागी देवदासले रत्नपार्कलाइ टेलीभीजनको रुपमा प्रयोग गर्ने विचार गरेको छ । रत्नपार्कमा अंग्रेजी का साथसाथै नेपाली तथा हिन्दी फिल्मलाइ पनि राख्ने जमर्को गरेको छ । आफुलाइ गोप्य सुत्र बताउने एक अपरिचीत साथीले देवदासलाइ नेपाली फिल्म, टेलिफिल्म, तथा म्युजीक भिडीयो हरुलाइ अनलाइन उपलब्ध गराउने जानकारी दिएकोले देवदासले यो फिल्मराख्ने विचार गरेको हो तर आजको फिल्म चाँही गुगलबाट देवदासले लिएको हो अमीताभ बच्चन,अक्षय कुमार र तेरे नाम गर्ल भुमीका चावला को मुख्य भुमीका रहेको हिन्दी फिल्म फेमीली लाइ आजको पहिलो हिन्दी फिल्मको रुपमा देवदासले प्रस्तुत गरेको छ । यसपछी क्रमश नेपाली चर्चित फिल्म तथा टेलीफिल्म लाइ प्रस्तुत गर्ने छ ।

14,January , 2006

यस्तै रहेछ यहाँको चलन

shahi toilet

11,January , 2006

रत्नपार्कमा अंग्रेजी फिल्म् ( भिडीयो ब्लग )

इन्टरनेट र्सचको दुनियामा एक नम्वरमा रहेको र्सच इन्जिन गुगलले भर्खरै घोषणा गरेको छ कि निकट भबिष्यमा उस्ले टिभी प्रोग्रामहरुलाइ पनि गुगलमा समावेश गर्ने छ र हरकोहीले आफुले चाहेको टेलीभीजन कार्यक्रमलाई इन्टरनेटबाट सिधै हेन सकीने छ अथवा डाउनलोड गरेर हेर्न सकिने छ । गुगलको यो कार्यपश्चात टेलीभीजनका दशर्क पनि कम्प्युटरतीर नै आकर्शित हुने निश्चित छ । गुगलको यो कार्यक्रम सफल भएपछी गुगलले माइक्रोसफ्ट लाइ पनि पछाडी पार्ने अनुमान गरिएको छ । आशा गरौं गुगलमा चाँडैनै टिभी कार्यक्रम हेन पाइयोस । अहीले गुगलले उपलब्ध गराएको एउटा अंग्रेजी फिल्मलाइ देवदास ले याँहा राखेको छ । पानी आपुर्तिमा आतंकवादीहरुको आक्रमणको बिषयलाइ लिएर बनाएको यो फिल्ममा भारतीय कलाकार सवाना आज्मी र अजए नाएडुले पनि अभिनय गरेका छन । एक घण्टा बाइस मीनेटको यो फिल्मलाइ डाउनलोड नगरी सीधै रत्नपार्कको मुख्य पृष्टमा हेर्न सकिन्छ । लौ त हेर्नुहोस रत्नपार्कको पहिलो सो अंग्रेजी फिल्म waterborn .

9,January , 2006

मान्छेको चरित्र र यो तस्विर

what do you think about me ?
मान्छे नजीक बाट जस्तो देखिन्छ टाढाबाटपनि त्यस्तै देखिन्छ भन्ने छैन । हात्तीका देखाउने र चपाउने दुइओटा दाँत हुन्छ भनेजस्तै मान्छेपनि नजीक पर्दा एउटा रुप देखाउँछन र टाढा भएपछी अर्कै रुप देखाउँछन । कसैका सामु उस्को प्रशंसा गर्ने र केही पर पुगेपछी उसैको कुरा काट्ने काम आजभोली जताततै पाइन्छ । प्रस्तुत तस्विर पनि त्यसैको उपज हो भन्दा फरक पर्दैन । हुन त यो तस्विर एउटा दृष्टी भ्रम मात्र हो । दुइटै तस्विर एउटै अनुहारका छन तर नजीक बाट हेदा बाँया तीरको रिसाएको जस्तो देखिन्छ र दाँया तिरको सान्त मुद्रामा देखिन्छ तर त्यही तस्विरलाइ आठ दस फीटको दुरीमा गएर हेर्ने हो भने ठिक उल्टो परिणाम देखिन्छ । दस फिटको दुरी बाट हेदा अब यो तस्विर बाँया तिरको सान्त मुद्रामा आँउछ र दाँया तिरको रिसाएको देखिन्छ । तपाँइ पनि एक पटक प्रयोग गरेर हेर्नुस यो तस्विर र मान्छेको चरित्रमा कती मेल खान्छ ?

2,January , 2006

माओवादीद्वारा युद्धविराम भङ्गको घोषणा

puspa kamal dahal
माओवादीले तीन महिना र पछि एक महिना थप गरी गरेको चार महिने एकपक्षीय युद्धविराम आजदेखि भङ्ग गरेको छ । माओवादीका अध्यक्ष कमरेड प्रचण्डले आजै एक प्रेस वक्तव्य जारी गर्नुहु“दै युद्धविराम भंग गरेको घोषणा गर्नुभएको छ । एकतर्फी युद्धविरामको अवधीमा गरिएको देशव्यापी हत्या, गिरफ्तारी र पछिल्लो समयमा रोल्पामा गरिएको सैन्य अपरेशन नै युद्धविराम भङ्ग गराउने प्रमुख कारक रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डको वक्तव्यमा संकेत गरिएको छ । अहिले युद्धविराम भङ्ग भएपनि शान्ति र अग्रगामी राजनैतिक निकासका लागि आफ्नो पार्टी पुनः युद्धविराम गर्न तयार रहेको बताउ“दै अध्यक्ष प्रचण्डले वक्तव्यमा अगाडि उल्लेख गर्नुभएको छ-”बृहत् राष्ट्रिय राजनैतिक सम्मेलन वा गोलमेच सम्मेलनमार्फ अन्तरिम सरकारको गठन र संविधान(सभाको निर्वाचनमार्फ जनतालाई र्सार्वभौम तुल्याउने प्रक्रिया सुनिश्चित भएमा हाम्रो पार्टी कुनै पनि बिन्दुमा पुन युद्धविराम गरी शान्तिपुर्ण राजनैतिक निकासमा योगदान गर्न हमेशा तयार रहनेछ ।” सो वक्तव्यको पुर्ण पाठ यसप्रकार छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी)
केन्द्रीय समिति
प्रेस वक्तव्य
हाम्रो पार्टी तर्फाट तीन महिनामा थप गरिएको एक महिनाको युद्धविरामको अवधि पनि समाप्त भएको छ । बहुदलीय लोकतन्त्रप्रतिको प्रतिबद्धतासहित गृहयुद्धको शान्तिपुर्ण र अग्रगामी राजनैतिक निकासका लागि जिम्मेवारपर्ण पहल भएकै कारण देश, विदेशका लोकतन्त्र र शान्तिका पक्षधर शक्तिहरुबाट युद्धविरामको पक्षमा व्यापक स्वागत (more…)

1,January , 2006

happy new year 2006

happy new year 2006






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here