.... ....UCC

27,December , 2005

पुजागर्न अब मन्दिर जानु नपर्ने

clik here and seve it then open
आजभोली मान्छेहरु मन्दिर जान त्यती रुचाउँदैनन् । मन्दिर त आजभोली लभर प्वाइन्टको रुपमा परिवर्तन हूदैछ । मूख्यगरी पाटनको वंगलामुखी मन्दिर गएर यस्को प्रत्यक्ष उदाहरण देख्न सकिन्छ ।मन्दिर जाने भनेपछि घरपरिवारबाट पनि सजिलै अनुमती मिल्ने भएकोले पशुपतीको दर्शन सीद्राको ब्यापार जस्तै भएको छ युवायुवतीहरुलाइ । तथापी कुनै चार्डपर्व तथा विषेश तिथी मितीमा मन्दिर जाने हाम्रो परम्परा त छंदैछ तर दुखको कुरा दर्शन गरेर फर्किउनजेल सम्म कि त गलाको सिक्री
गाएव हुन्छ कि त आफ्नो जुत्ता चप्पल अर्कैले उडाइसकेको हुन्छ ।इन्टरनेटको विकाश पछि मान्छेका धेरै कामहरु आजभोली इन्टरनेटबाट हुनथालेको छ । इन्टरनेट बाट हामीहरु आजभोली आफुले चाहेको हरेक चिजहरु खरिदबीक्री गर्न सक्छौ तर हातमा क्रेडिटकार्ड भने हुनुपर्छ । मन्दिर जाने समस्याको समाधान पनि त होला नि इन्टरनेटमा भन्ने खुल्दुली देवदासलाइ लाग्यो र खोज्नथाल्यो कम्प्युटरबाटै निशुल्क देवताको दर्शन र पुजा गर्ने उपाए समय धेरैबेर लागेन एकैछिनको प्रयास पश्चात देवदासले एउटा मन्दिर भेट्टायो जसबाट कम्प्युटरको स्क्रिनमा नै आफुले चाहेको देबताको पुजागर्न मिल्ने । यदी तपाँइ पनि इच्छुक हुनुहुन्छ भने याहाँ क्लिक गरेर यो प्रोग्रामलाइ आफुले चाहेको ठाँउमा तपाँइ सेभ गर्नुस र त्यसपछि त्यस फाइललाइ खोलेर मन्दिरमा प्रवेश गर्नुस । मन्दिरको नाम साइवर टेम्पल राखीएको छ । अब तपाँइ साइवर टेम्पलमा क्लिक गरेर मुख्य मन्दिरमा प्रवेश गर्नुस । त्यस स्थानमा तपाँइ बाँया पटि गणेश र पार्वती को मन्दिर देख्नुहुन्छ र दाँया पटि हनुमान र सुव्रमनियाको मन्दिर देख्नुहुन्छ र बिचमा शिवजी को मन्दिर छ । अब तपाइलाइ कुन मन्दिरमा गएर पुजागर्न मनलाग्यो त्यही मन्दिरको ढोकामा गएर क्लिक गर्नुस ,मन्दिर खुल्छ र भित्र प्रवेश गरेर तपाँइ पुजागर्न सक्नुहुन्छ । पुजागर्नको लागी देवताको वाँया पटि एउटा घण्टी राखीएको छ त्यसलाइ क्लिक गर्नुस घण्टी बज्दछ , त्यसपछि फुलपाती राखेको टोकरिमा क्लिक गर्नुस त्यो फुलपाती देवताको शिरमा खस्दछ ।अनि दाँया पटि रहेको दीयोमा गएर क्लिक गर्नुस दियो बल्दछ र त्यँही छेउमा घैलामा राखेको दुध दहि को गाग्रोमा क्लिक गरेपछि उक्त दुध दहि देवताको शिरवाट खस्नथाल्दछ । यसरी तपाँइ आफुले चाहेको देवताको पुजा गर्न सक्नुहुन्छ । यो मन्दिरमा प्रवेश गर्नु पुव आफ्नो कानमा इयरफोन पनि लगाउनुहोला जस्ले गर्दा मन्दिरमा गुन्जीएको मिठो धुन पनि सुन्न सक्नुहुन्छ । लौ त मन्दिरजान नभ्याएको बेलामा यहि साइवर टेम्पलमा गएर पुजा गर्ने बानी बसालौ । पुजा गरीसकेपछी कमेण्टमा लेख्नुहोला कस्तो लाग्यो त साइवर टेम्पल ।

8 Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2005/12/27/cyber-temple/trackback/

  1. This पुजागर्न अब मन्दिर जानु नपर्ने is very good program. Thank you so much. This is very very good job. Thank you again and you have a grate future.

    Comment by Mahesh Chandra Dhakal — 8,May , 2006 @ 6:32 am

  2. devdasji namaskar ,puja garnka lagi tapaiko paryas ramro lagyo.from south korea.

    Comment by jagat paudel — 9,July , 2006 @ 11:22 am

  3. thanks for this website.

    Comment by prava — 3,September , 2006 @ 4:43 pm

  4. Thank you so much for your publishing

    Comment by Damodar — 26,October , 2006 @ 2:48 am

  5. Namaste! DaiBhai, I am Deapak Sharma from doha Qatar. I am writting this comment for saying thanks. B coz this is important for me. There is not any temple. By help of this site I have got temple with my best god shiva. Therefore, thank you again.

    Comment by Deepak Sharma — 14,December , 2006 @ 5:24 pm

  6. its a very great job.god bless u………..
    sovit from us

    Comment by sovit — 20,January , 2007 @ 8:04 am

  7. this is very good program thankyou very much friend try to bring all god photo in your blog god bless you.

    Comment by kancho — 16,March , 2007 @ 8:04 am

  8. its a very great.god bless u पुजागर्न अब मन्दिर जानु नपर्ने Thank you so much try to do more god bless you

    Comment by kancho — 16,March , 2007 @ 8:09 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here