वफा दुफरको यो रुप

प्रस्तुत तस्विर हेदा कुनै नामुद मोडलको जस्तो लाग्नसक्छ तर यी युवती मोडलिगंको कारणले भन्दापनि आफ्नो काकाको कारणले चर्चित छिन थाहा छ तपाँइलाइ यी युवतीका काका को हुन ? उही हुन जस्ले कुनैदिन सारा अमेरीकाबासीको रातको निन्द्रा र दिनको भोक लुटेका थीए । हजुर उनै अल कायदाका हिरो ओशामा विन लादेन । साउदी अरबको कानुन अनुसार त्यस देशका महिलाहरुले आफ्नो शरिरका कुनैपनि भाग नदेखिने गरी कालो कपडाले छोप्नुपर्छ । अनुहारलाइ पनि बुकाले छोप्नुपर्छ , आफ्नो घरको ढोकाबाट बाहिर निस्कदा उनिहरु पैताला देखी टाउकोसम्म कालो कपडा लगाउँछन । तर वफा दुफर अमेरीकामा बस्दै आएको कारणले उनि अमेरीकाको रहन सहनमा भिजेको प्रस्ट हुन्छ । र उनको तस्वीर हेदा मडोना र व्रिट्नी सँग तुलना गर्दा फरक पर्दैन । दश वर्षन्दा बढी साउदी अरबमा बसेर अमेरीका गएर उतै बस्दै आएकी दुफर आफुलाइ अमेरीकी हुँ भन्छिन र लादेनसँग कुनै सम्बन्ध नरहेको जनाउद छिन। याहाँ सम्म कि लादेन सँग सम्बन्धीत सबै नातेदारहरु देखी उनी टाढा रहेको र अमेरीका आक्रमण पछी उनले आफ्नो नामबाट बाउको नाम हटाएर आमाको नाम जोडेकी छिन ।


गएका महिनाहरु:
