.... ....UCC

20,December , 2005

डा बाबुराम भट्टराई सँग पुस्तक वार्ता

baburam
साहित्यमा रुचि राख्ने भट्टराई नेकपा माओवादीको बृहत् राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति एवम् संयुक्त क्रान्तिकारी जनपरिषद्, नेपालका संयोजक हुनुहुन्छ ।

पुस्तक किन पढ्नुहुन्छ ?
संसारलाई बुझ्न र बदल्नका निम्ति ।

अहिले कुन पढ्दै हुनुहुन्छ ?
प्रो रणधीर सिंहद्वारा लिखित क्राइसिस अफ सोसलिज्म ।

पढ्नलाई कुनै निश्चित समय वा स्थान छ ?
फुर्सद मिलेको कुनै पनि समय र पाएसम्म एकान्त स्थान ।

मनपर्ने लेखक/कवि ?
लु स्युन, लक्ष्मीप्रसाद देवकोटा, पारिजात, भूपी शेरचन, विश्वेश्वरप्रसाद कोइराला, महेशचन्द्र रेग्मी, अरुन्धती राय, नोम चोम्स्की आदि ।

सबभन्दा दोहोर्‍याएर कुन पुस्तक पढ्नुभएको छ ?
माक्र्स-एङ्गेल्सद्वारा लिखित कम्युनिस्ट पार्टीको घोषणापत्र, लेनिनको राज्य र क्रान्ति, स्टेफेन हकिङ्को अ बि्रफ हिस्ट्री अफ टाइम ।

तपाईंको जीवनमा साह्रै प्रभाव पारेको पुस्तक ?
स्टेफेन हकिङ्को अ बि्रफ हिस्ट्री अफ टाइम ।

एकदिन बिताउनुपर्दा कुन पुस्तक-पात्रलाई छान्नुहुन्छ ?
लु स्युनको कथा आह-क्यूको साँचो कथा को पात्र आह-क्यू ।

आवश्यकताभन्दा बढी चर्चा पाएको पुस्तक ?
मुनाफामुखी दुनियाँमा चर्चा पाउनुपर्नेले नपाएको र पाउनु नपर्नेले पाएका थुप्रै उदाहरण छन् ।

पढेकामध्ये सबभन्दा हाँसो उठ्दो पुस्तक ?
भैरव अर्यालको जयभुँडी ।

पढेकामध्ये सबभन्दा कामोत्तेजक पुस्तक ?
म कामोत्तेजकभन्दा विचारोत्तेजक पुस्तक नै छान्ने गर्छु ।

पढ्दा साह्रै अल्छी लागेको पुस्तक ?
किताब पढ्दा अल्छी लागेको खासै सम्झना छैन ।

तपाईंलाई पढ्न मन लागेको तर नपाएका कुनै पुस्तक छन् कि ?
पढ्न मन लागेका सायद एक दसांश पुस्तक पनि पढ्न पाएको छैन । खासगरी सौन्दर्यशास्त्र र भौतिक विज्ञानका किताब नगण्य मात्रामा पढ्न पाइरहेको छु ।

आफ्नो आयको कति भाग -प्रतिशत) पुस्तक खरिदमा खर्च गर्नुहुन्छ ?
पुस्तकबाहेक अरू चीज खरिद गर्ने आजसम्म मेरो बानी छैन । अमेरिका जाँदासमेत मैले पुस्तकबाहेक अरू केही किनिन ।

विश्वसाहित्यको हाराहारीमा हाम्रा कुन लेखक वा कृति छन् ?
लक्ष्मीप्रसाद देवकोटा, पारिजात, विश्वेश्वरप्रसाद कोइराला र महेशचन्द्र रेग्मी त्यो कोटीमा पर्छन् कि !

तपाईंको विचारमा पढ्नैपर्ने केही पुस्तकहरू ?
कार्ल वन् क्लाज्विट्जको अन वार, कार्ल माक्र्सको क्यापिटल, प|mेडरिक एङ्गेल्सको एन्टी-डयूरिङ्, लेनिनको स्टेट एन्ड रेभ्युल्युसन, माओको अन कन्ट्राडिक्सन, चे ग्वेभाराको बोलेभियन डायरी, स्टेफेन हकिङ्को अ बि्रफ हिस्ट्री अफ टाइम, हिन्दूहरूको भागवतगीता र पल केनेडीको द राइज एन्ड फल अफ ग्रेट एम्पायर्स सबैले एकपटक पढ्दा राम्रो हुने ठान्छु ।
नेपाल साप्ताहिकबाट

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2005/12/20/baburam/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here