मोनालीसाको मुहारमा ८३ प्रतिशत खुसी

पाँच सय बर्षदेखी रहस्यको गर्भमा रहेको लियो नार्दो दा विंची को कृती मोनालिसा को मुस्कानको बारेमा धेरै कुरा भए र हुदै छन अझैपनि । मान्छेहरु भन्नेगर्थे यदी आफु खुसी भएको बेलामा हेर्यो भने मोनालीसकाको तस्विर मुस्कुराएको देखिन्छ , यदी आफु दुखी भएको बेलामा हेर्यो भने उक्त तस्विर रिसाएको जस्तो देखीन्छ भनेर । तर्सथ मोनालीसाको मुस्कानको बारेमा हर समय चर्चा परिचर्चा भइनै रहेका छन । भर्खरै नेदरलैण्डका एम्र्सर्टडम विश्वविद्यालयका नीसु सीबी नामक वैज्ञानिकले मोनालीसको मुस्कानको बारेमा अध्ययन गरेर एक रिर्पोट प्रकाशन गरेका छन जस्लाइ भर्खरै बिज्ञान पत्रीका सन ले प्रकाशन गरेको छ र न्यु साइन्टीस्ट डटकमले यो समाचार आज प्रकाशन गरेको छ । बैज्ञानीक सीबी ले मोनालीसको मुस्कानको रहस्यको कारण पत्ता लगाउन एक विशेष सफ्टवेयर को प्रयोग गरे जुन सफ्टवेयर अनुहारको भाव जान्नको लागी बनाइएको थियो । उनले धेरै युवतिहरुको अनुहार बाट निस्कीएको भावलाइ जम्मा गरेर एक औषत अनुहारको खाका बनाए अनि कम्प्युटर द्दारा मोनालीसाको अनुहार लाइ औषत अनुहार सँग मीसाउँदा उनले पाए कि मोनालीसा साह्रै नै खुसी छिन । उनको खुसीलाइ प्रतीशतमा हेदा यो आँकडा देखीदो रहेछ ।
खुसी ८३ प्रतिशत
वितृष्णा ९ प्रतिशत
भय ६ प्रतिशत
रिस २ प्रतिशत


गएका महिनाहरु:
