.... ....UCC

9,December , 2005

एक मच्छर् आदमीको हिंजडा बनादेता हे


एउटा हिन्दी फिल्ममा अभिनेता नाना पाटेकर उफ्री उफ्री गीत गाँउथे “एक मच्छर आदमीको हिंजडा बनादेता हे” भनेर , अहिले जापानको एक सेक्युरिटीज कम्पनिलाइ पनि त्यस्तै भएको छ । एउटा शब्द गलत टाइप गर्नाले दूइमिनेट भित्र बाइस करोड डलर गुमाउनु परेको छ । कस्तो अभागी होला त्यो कि बोर्ड जुन कि बोर्डमा त्यो उल्टो शब्द टाइप भयो ? अनि कस्तो अभागी होला त्यो टाइप गर्ने मान्छे जस्का हातबाट टाइप भएको एउटा शब्दको कारणले कम्पनिले बाइस करोड डलर नोक्सान सहनु पर्यो ? कुरा के भने जापानको मिजुहो सेक्युरिटीज नामक एक कम्पनिले १ ऐन (जापनी मुद्रा) मा ६१०,०००शेयर बेचिदीयो तर बेच्नुपर्ने चाँही ६१०,०००ऐन मा एक शेयर थियो । ऐनको ठाँउमा शेयर र शेयरको ठाँउमा ऐन लेख्नाले यो घट्ना घट्न पुग्यो । टाइपमा गल्ती भएको कुरा सो कम्पनिले दूइमिनेट भित्र नै थाहापायो तर अनलाइनमा बसेका शेयर क्रेताहरुले उस्को शेयर किन्न थालीसकेका थिए । केहि समय सम्म् आफ्नो गल्ती नस्विकार्ने उक्त कम्पनिले अब उक्त शेयर सकेसम्म सस्तो मोलमा किन्ने कोशिस गरिरहेको छ तथापी बाइस करोड डलर त चुना लागी हाल्यो । यो घटनालाइ लीएर सरकारले पनि जाँच सुरुगरेको छ कि शेयर मार्केटको कम्प्युटरले यस्तो भुल लाइ तत्काल किन पत्ता लगाउन सकेन ?तर जे हुनु भइहाल्यो अब तपाँइनै हिसाब गर्नुस बाइस करोड डलर भनेको कती रुपैंया हो त ? देवदासलाई चाँहि यो करोड अरबको हिसाब गर्न त्यती आँउदैन ।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here