.... ....UCC

2,December , 2005

पारसले ढुंगा खाए , ज्ञानेन्द्रले गाली


आजको शुक्रबारमा पनि केही दुर्घटना हुनसक्ने सम्भावना थियो तर हल्का लाठी चार्ज र अश्रुग्याँसमा दिन बित्यो । एक महिने भ्रमण पश्चात देश भित्रीएका राजा त्यो पनि शुक्रवारको साइत पारेर, त्यहीमाथ एमालेको इज्जत सँग जोडिएको आमसभा, आमसभा भाँड्नलाइ तयार रहेका मण्डले हरु , आमसभा असफल बनाउन लागीपरेको शाहि सरकार ,आदी इत्यादीको विचमा रहेर पनि आजको शुक्रबार सफल भयो नेताहरुको लागी तर सँधै सफल हुदै आएको शुक्रवार दरवारको लागी भने अशुभ भयो । बिचरा पारसको गाडीले जनताका ढुंगा खानुपर्यो , स्वागत गर्न बसेका जनताको बिच बाट “युवाहरु के भन्छ ? गणतन्त्र ले भन्छ” आर्यघाट के भन्छ ? ज्ञाने पारस ले भन्छ, जस्ता दिलनै दुखाउने नारा राजाले श्रवण गर्नु पर्यो । जे होस जनतामा अझै पनि तातो रगत रहेछ भन्ने कुरा आजको एमालेले आयोजना गरेको आमसभा बाट प्रष्ट भयो । धेरै समयपछि देवदासले यो मानवसागर काठमाण्डौमा उर्लिएको आज देख्यो ।जम्मा भएका जनतालाइ नाप्ने यन्त्र नभएपनि असी हजारको हाराहारीमा (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here