दुइजना ब्लगरलाइ जेल सजाए

शाहि सरकारको आगमन पश्चात नेपालमा सत्ताइस भन्दा बढि इन्टरनेट पत्रिकाहरुलाइ ब्लक गरिएको छ तर अहिले सम्म ब्लग र ब्लगरहरुको बिषयमा कुनै टिप्पणी गरिएको छैन र ब्लगरहरुले समाचारलाइ जस्ताको तस्तै लेख्दैपनि आइरहेका छन । यति खेरसम्म सरकारका आँखा ब्लगहरुमाथी परेपनि ब्लगरहरुमाथी परेका छैनन तर केही समय पहिले ब्लगमा लेखेको कुरालाइ लिएर सिंगापुरमा दुइजना ब्लगरलाइ जेल चलान गरीयो । उनिहरुलाइ राज्यद्रोहको अभियोग लगाएर गिरफ्तार गरिएको थियो जुन कानुन बेलायती शासकले १९४८मा कम्युनिष्ट व्रि्रोहीहरुको बिरुद्दमा बनाएका थिए । ए बि सी अनलाइन न्युजका अनुसार चिनीया मुलका २७ बषीय बेंजामिन कोह र २५ बषीय निकोलस लिम मिल्ने साथीहरु थिए र दुबैजनाले ब्लग लेख्दै आइरहेका थिए जसमध्ये बेंजामिन लाइ एक महिना कैद र निकोलस एक दिनको जेलसजाए र पाँच हजार सिंगापुर डलर को क्षतिपुर्ति तिराइयो ।
कुरा के भएको थियो भने गएको जुन महीनामा बेंजामिन आफ्नो कुकुरलाइ लिएर घुम्दैथिए त्यसैबेला मलाय मुलका मुस्लीम अल्पसंख्यक को एक समुह उनको कुकुरबाट बच्नको लागी यताउता भागदौड गरे जुन कुरालाइ लिएर बेंजामिनले यो घटनालाइ मलय संस्कृति र इस्लाम धर्मको उपज हो भन्दै आफ्नो ब्लगमा मलय संस्कृति र इस्लाम धर्मलाइ बेइज्जत गर्दै धेरैकुरा लेखे र उनका साथी निकोलसले पनि त्यसैगरी मुसलमान र मलय मुलका जनताको बिरुद्दमा साथमा साथ मिलाउदै आफ्नो ब्लगमा लेख लेखे । उनिहरुको ब्लग पढेपछी ब्लगजगतमा उनिहरुको लेखलाइ लिएर तिखो प्रतिकृया हुनथाल्यो र एक मलय ब्लगरले पुलीसमा रिपोर्ट गरेपछी उनिहरुलाइ गिरफ्तार गरीयो । जब मुद्दा अदालथमा पुग्यो तब न्यायधीसले सिंगापुरको बहुसांस्कृतिक समाजमा यी दुइ ब्लगरलाइ नस्लबादीको घोषण गरे र अपराधी प्रमाणीत गरीयो किनकी नस्लबाद सिंगापुरको राजद्रोह संबन्धी कानुन अर्न्तर्गत आउदछ तर अदालथको कृपाले गर्दा उनीहरुले छोटो सजाए पाए नत्र यो आरोप लागेपछि प्रत्येकले तीन तीन बर्षजेल सजाए र पाँच पाँच हजार सिंगापुर डलर क्षतिपुर्ति तिर्नु पर्ने थियो ।


गएका महिनाहरु:
