.... ....UCC

8,November , 2005

खै के लेखौं त ब्लगमा ????????

विगत केहि दिन देखी देवदास अलि ब्यस्त भएका कारण रत्नपार्कमा आउन पनि भ्याएन आज आएर एकछिन रत्नपार्कमा बसेर सोच्न लाग्यो के लेख्ने त ब्लगमा ? केही लेख्नपनि मन लागेन उस्लाइ त्यै भएर जे पायो त्यही लेख्ने बिचारमा छ आजदेखी उ । समाचार लेखौं त के लेखौं ? हजारौ अनलाइन न्युज एजेन्सीहरु हरपल समाचारको खोजीमा लागीरहेका छन ।लाखौं मान्छेहरु समाचारको ब्यापार गरीरहेका छन । उनिहरुको जीन्दगीनै समाचरमा शुरु भएर समाचारमै सकिन्छ तैपनि समाचार खोज्न छोड्दैनन । एक किसीमले भन्नुपर्दा उनिहरुको हिंउद बर्षो सबै बाली भन्नु नै यही समाचार हो । खेती नै समाचार हो । मान ,मर्यादा इज्जत प्रतिष्टा ,ब्यापार ,ब्यबसाय,सबै समाचारमा निर्भर छन त्यसकारण दिनको बल्लतल्ल एक दुइ घण्टा फुसद निकालेर कम्प्युटरमा बस्ने ब्लगरहरुले कसरी ताजा समाचार लेख्न सक्छन ।बिशेस गरि पत्रकार पेसा भन्दा फरक पेसाका ब्लगरहरुले । भर्खर ब्लग शुरु गरेका ब्लगरहरुले एउटा समाचार युनिकोडमा टाइप गर्दा गर्दै त्यो समाचारको आन्द्रा भुंडी अरुले छापिसेको हुन्छ । तर सबैब्लगर लाइ यसो भन्न त मिल्दैन किनकि नेपाली ब्लगरहरुमा मेरो संसारका ब्लगर उमेश श्रेष्ठले अन्य ठुला लगानीमा चलेका समाचारपत्र तथा अनलाइन समाचार एजेन्सी हरुलाइ पनि पछि पार्नु भएको छ समाचार प्रकाशन र प्रस्तुतिमा त्यै भएर आजभोल्ी मेरो संसार एक ब्लग भन्दापनि अनलाइन न्युज पेपरको रफ्तारमा अघी बढिरहेको छ र देश बिदेशमा धेरै पाठक पनि कमाइ सकेको छ त्यसैगरी अन्य नेपाली ब्लगहरु पनि छन जो कम्मर कसेर अघीबढिरहेका छन आफुलाइ सक्षम देखाउन। जुन जुन ब्लगहरु पत्रकार हरुबाट सन्चालीत छन ति ब्लगहरु निश्चयनै समाचारको सम्प्रेसंणमा सफल ब्लगर गनिने छन किनकी उनिहरुको पेशा र ब्लग को बिषय एउटै हुन्छ तर यसो भन्दैमा ब्लग पत्रकारले मात्र राम्रो सँग सन्चालन गर्छ भन्ने चाँही हैन किनकी ब्लगमा समाचार मात्रै लेख्ने भन्ने चाँही छैन, आफ्नै रुचिको बिषय बस्तुमा वा आफ्नै बारेमा अथवा जे सुकैको विषयमा पनि ब्लग गर्न सकिन्छ तर्सथ देवदासले आज देखि रत्नपार्कमा सम्पुण्ा बिषय वस्तुलाइ समेट्ने छ चाहे त्यो समाचार होस या साहित्य या अन्य कुराहरु त्यैभएर आजदेखी र देवदास ले एक सम्पुण्ा ब्लग रत्नपार्क भनेर रत्नपार्कलाइ अघी बढाउने छ । यसमा प्राप्त भएसम्म हरकोहिका बिचार , समाचार ,रचना , सहित्य, ज्ञान विज्ञान आदि इत्यादी विषयका सामाग्रीहरु प्रकाशन गर्ने छ तपाइ पनि केही लेख्नु हुन्छ भने देवदासलाइ प्रशण गर्न सक्नुहुन्छ है त ?
रत्नपार्क बाट देवदास

2 Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2005/11/08/khai-ke/trackback/

  1. देवदास जी,
    मेरो लागि यति धेरै प‌्रशंसाका शब्द खर्चिनु भएकोमा धन्यवाद। त्यति धेरै प्रशंसा गर्न लायक चाहिँ म पक्कै हैन।

    तपाईँलाई जस्तै ब्लगमा के लेखुँ-के लेखुँ मलाई पनि हुने गर्छ। मलाई मात्र हैन, विश्वका सबै ब्लगरलाई हुने रहेछ। यसलाई “ब्लगर्स बग” भनिँदो रहेछ।

    केही नलेख्नु भन्दा केही लेख्नु पक्कै पनि राम्रो हो। तर लेख्नुको नाममा जे भए पनि लेख्दा फेरि पाठकलाई दिक्क लाग्नसक्छ….यही सोचेर हो, हामीलाई के लेख्ने-के नलेख्ने हुने। तर मेरो विचारमा ब्लगमा आफूलाई सन्तुष्टि हुने, आफूलाई लेख्दा मजा लाग्ने कुरा लेख्नुपर्छ। यसो गर्दा आफूप्रति इमान्दार हुनुपर्छ, अरुको मतलब राख्नुहुँदैन जस्तो मलाई लाग्छ।

    ब्लगमा समाचार मात्र हुनुपर्छ भन्ने छैन। तपाईँ आफ्नो वरपरका घटनालाई आफ्नो पाराले वर्णन गर्नसक्नुहुन्छ। आफ्ना कुरा, अनुभव बाँड्न सक्नुहुन्छ। मलाई त त्यस्तै लाग्छ, तर मेरो विचारमा सबै सहमत हुनुपर्छ भन्ने छैन। आखिर म पनि सिकिरहेको छु…..

    Comment by उमेश — 9,November , 2005 @ 4:25 pm

  2. नमस्कार देवदासजी
    तपाईको व्लग पढे मज्जा लाग्यो । तपाईको कुराहरु सान्दर्भिक भनेर भन्नु भन्दा पनि मन छुने खालको पाए । न्यूज त जो कसैले लेख्छन् । समाचार माध्यमहरु न्यूज कै खोजिमा भौतारिरहन्छन् । भूत, वर्तमान र भविष्य नै समाचार हो चाहे त्यो गलत होस् वा सही भन्नेहरु पनि निकै छन् । आजभोलि त भडकभडक र व्यापार गर्ने न्यूजको खोजि गरिरहन्छन् न्यूज च्यानलहरु । हुनत सवै पत्रकार उस्तै हुन् भन्न खोजेको चाहि मैले होइन । म पनि सामन्य व्लग चलाउने गर्दछु । फिरी सव डोमिनमा केहि वेभ पेजहरु चलाएको छु । तर पनि व्लग चलाउँदाको अनुभव छुट्टै छ । यसमा आफू खुशी, आफ्नो अनुभवलाई डायरीका पानाहरुमा लेखिए सरह लेख्न पनि सकिने हुँदा छुट्टै अनुभवहरु वटुल्न सकिने रहेछ ।
    जेहोस् साथी व्लग चाहि गर्दै गर्नु
    धन्यवाद
    चिज
    मेरो व्लगः प्रवासवाट http://chij.blogsome.com

    Comment by CHij — 15,November , 2005 @ 6:43 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here