.... ....UCC

30,November , 2005

चोरहरु नांगै समातिए


दक्षिण अमेरीकी देश एल साल्वाडोरमा बैकमा चोर्न गएका दुइ चोरलाइ त्यहाँको पुलीसले बैंक प्रवेश गर्नु पहिलेनै समाते तर गजब के लाग्यो भने ति दुइ चोरले शरिरमा कुनै कपडा लगाएका थिएनन् । सुरुगं खनेर बैकमा जानको लागी लामो समय देखी प्रयत्नरत यी दुइ चोर सुरुगंको माथिल्लो भाग भास्सिनाले गर्दा उनिहरु त्यहिँबाट भाग्न बाध्य भएका थिए । सुरुगं भित्र अत्यधिक गर्मिका कारण यी दुइ चोर पुरै कपडा खोलेर सुरुगं खनिरहेका थिए । मिगुएल क्रिस्पीन र राफ़ाएल एल्बर्टो नाम गरेका यी चोरहरु क्रमश बाइस र अठार बर्षा छन ।उनिहरु सुरुगं खनेर बैकको पैसाराख्ने ढुकुटिको नजिक पुगिसकेका थिए तर लगभग पचहत्तर मीटर पार गरेपछि सुरुगं भासीयो र नागैं भाग्दा भाग्दै पुलीसको हातमा पुगे । बिचरा चोरहरु नत पैसा चोर्न सके नत कपडा लगाउन नै भ्याए……

27,November , 2005

लौ सुन्नुस् प्रचण्डको अन्तर्वार्ता


अपडेट
यदी तल दिएको लिंक खुलेन भने यहाँ क्लिक गरेर आउने अर्को पेजमा डाउनलोड लेखेको ठाँउमा गएर डाउनलोड गरेर यो अन्तर्वार्ता सुन्न सक्नुहहुन्छ ।

आज दिनभर काडमाण्डौमा एउटै कुरा चार्चामा रह्यो त्यो हो
बी बी सी मा प्रचण्डको अन्तर्वार्ता बज्ने भन्ने । तर्सथ शाही सरकार सासै नफेरी लाग्यो त्यो अन्तर्वार्तालाइ नेपालमा भित्रिन बाट रोक्न तर गरिब बुद्दिले भरिएको सरकारको त्यो अन्तर्वार्तालाइ रोक्न केहि सिप नलागे पनि उस्ले छोड्न चाँही कुनै कसर छोडेन । बी बी सी को समाचार रीले प्रसारण गर्दै आएको सगरमाथा एफ एम माथी सरकारका आँखा पहिला गए र त्यहाँ गएर रिले प्रसारणगर्ने केहि उपकरणहरु जफत गर्यो र पछि त्याँहा भएका पाँचजना लाइ समेत गिरफ्तार गर्यो । जसमा एक जना पत्रकार दुर्गा कार्कीलाई छाडिएको छ। बाँकी तीन पत्रकार दीपकबाबु अर्याल, पुण्य भण्डारी, दीपकराज पाण्डे र एक जना टेक्निसियन राजेन्द्र रिजाल अझै जिल्ला प्रहरी कार्यालय, ललितपुरमा नै हिरासतमा रहेका छन्। केहि दिन पहिले कान्तिपुर एफ एम को पुवान्चल प्रसारण बन्द गराएर उक्त प्रसारणको लागी प्रयोग गरिने उपकरण उठाएर लगेको थियो । अहिले आएर दक्षीण एसियकै प्रथम सामुदायीक रेडियो बन्द गर्यो र पत्रकार लाइ समेत गिरफ्तार गरेर लग्यो । त्यतीमात्र कहाँ हो र बी बी सी नेपाली सेवाको वेभ साइट पनि ब्लक गरिदियो । गजबको कुरो त के छ भने सगरमाथा एफ एम ले प्रचण्डको अन्तर्वार्ता प्रसारण गर्नु पुवनै त्यहाँ ताला लगाइदियो अब तपाँइनै भन्नुस अन्तर्वार्ता प्रसारण गरेकै छैन त गल्ती कहाँनिर भयो । देवदासले केहिदिन पहिले देखी सोचीरहेको थियो केहिदिन भित्र केहि न केहि गडबडी हुनेछ भनेर नभन्दै भयो पनि किन थाहा छ , जब जब राजा बिदेश जान्छन तब तब यहाँ कुनै न कुनै दुघटना घटिहाल्छ (more…)

26,November , 2005

को भन्दा को कम……


25,November , 2005

ताजा खबर, ताजा खबर !!

24,November , 2005

मेरो संसार लाइ पुन धम्की

एकदिन बन्दगरेर खोलीएको मेरो संसार लाइ संधैका लागी बन्द गराउन असफल भएपछि तिनै तत्वहरुले ब्लगर उमेश श्रेष्ठलाइ अहिले धम्किले भरिएका इमेलहरु पठाउन थालेका छन सायद यो उनिहरुको अर्को प्रयास होला मेरो संसारलाइ बन्द गराउने तर उनिहरु को हुन के चाहन्छन त्यो भने र्सार्बजनिक भएको छैन । यदि उनिहरुमा अलिकती पनि सोच्ने क्षमता छ र अलीकती आफुलाइ बौद्दिक हुँ भन्ने देखाउन चाहन्छन भने यो धम्किको भाषा सुँहाउदैन उनिहरुलाइ ।जब जब मान्छे कलम सँग डराउन थाल्छन तब तब उनिहरु हतियारको सहारा लिन पुग्छन । आज धम्किले भरिएका जति इमेलहरु जस्ले उमेशलाइ पठाइरहेका छन उनिहरु आफ्ने नाम लेख्न पनि सक्दैनन तर्सथ आफ्ने नाम सम्म लेख्न नसक्ने काँतरले अरुलाइ धम्क्याउन सुहाँउदैन । जो मान्छे सामु पर्न सक्दैन त्यस्ताले पछाडी बाट आक्रमण गर्ने कोशिस पनि गर्नु हुदैन । ब्लगसमले दिएको निशुल्क सेवाको प्रयोग गरेर संचालन गरेको ब्लग आज बन्द भए भोली सयौं त्यस्ता ब्लग खोल्न सकिन्छ । आज एउटा मेरो संसार बन्द गरें भनेर संखघोष नगरौ भोली सयौं मेरो संसार खुल्नेछन । यदि कसैलाइ उमेशको लेखबाट पिडीत बनाएको छ भने उमेशलाइ ब्यक्तिगत रुपमा भेटेर समास्याको समाधान गर्न सकिन्छ ।यदि कसैले इन्टरनेटको गलत फाइदा उठाएर उमेशलाइ ब्लफ गरिरहेको हो भने यो ठुलो भुल हुनेछ उस्कोलागी जस्ले यो निचकार्य गर्ने कोशिस गर्यो ।देवदास आशा गर्छ भोली देखी पुन मेरो संसार सन्चालनमा आउने छ र जस्ले धम्क्यउने कोशिस गर्यो उसलाइ श्री पशुपति नाथले सदबुद्दि दिनेछन भन्ने ।

22,November , 2005

मेरो संसार ब्लग माथी षणयन्त्र

मंसिर ८ गते बुधबार
अपडेट -आजदेखी मेरो संसार पुन सन्चालनमा आएको छ । उमेश श्रेष्ठ र अन्य केही शुभचिन्तकहरुको आग्रह पछि ब्लगसम सन्चालकहरुले उनको ब्लगलाइ पुन खुल्ला गरीदीएका छन र जस्ले उनको बारेमा कम्प्लेन गर्यो उक्त ब्यक्तिले उमेश श्रेष्ठलाइ एक इमेल पनि पठाएका रहेछन । पुरा जानकारीको लागी
यहाँ क्लिक गरेर मेरो संसारमै गएर पढ्न सकिन्छ ।
मंसिर ७ गते मंगलबार
नेपाली भाषाको प्रथम ब्लग मेरो संसार लाइ चाइल्ड प्रोनोग्राफीको आरोप लगाउदै ब्लगसम सन्चालक समक्ष उजुरि गरेर योजनाबद्द रुपमा षडयन्त्र गरी आजदेखी बन्द गरिएको छ । हिजोको अंकमा यौनमा उदारपन र खुलापनका नाममा नेपालका बालबालिकाहरु कति हदसम्म गइसकेका छन् भन्ने पासवर्ड प्रोटेक्ट ब्लग मेरो संसारमा ब्लगर उमेश श्रेष्ठले लेखेका थीए ।
तर कुरा चाइल्ड प्रोनोग्राफीको हैन किनकी केही समए पहीले देखी मेरो संसारमा उमेशले जती समाचार हरु लेखीरहेका थिए ति समाचार हरुले लोकतन्त्रको आवाज उठाइरहेको थिए र अन्य केही पत्रीकाहरुलाइ पनि समाचार प्रकाशनमा च्यालेन्ज दिइरहेका थिए । मुख्यत बिदेशमा बस्नेहरुको लागी उनले ब्लगमा अडियो भिडीयो समेत राखेर जनताहरु शाही सरकारलाइ लडाउन कसरी लागीपरेका छन भनेर प्रत्येक्ष प्रसारण गरीरहेका थिए । हरेक नागरीक सभामा भएका भाषण कबिता वाचन देखी लिएर राजाको बारेमा पनि सकेसम्म समाचार दुनिया सामु पस्कीरहेका थिए । उनको ब्लगबाट साच्चै भन्नुपर्दा लोकतन्त्र बिरोधीहरु , केही अनलाइन पत्रीकाहरु , र केही उनका अतीतमा कामगरेका संस्थाहरु पनि उनको डाहा गरीरहेका थिए । अबसर खोजीरहेका यिनै पक्षहरुले हिजोको समाचार लाइ बहाना बनाएर उनको ब्लगलाइ ब्लक गर्न जुन कोसीस गरे त्यो साह्रै गरीब मानसीकताको उपज हो भन्ने देवदास ठान्दछ । जो आफु केही गर्न सक्दैन उ अरुले केही गरेको पनि देख्न सक्दैन भन्ने नेपाली उखान लाइ प्रमाणीत गरे मेरो संसारलाइ ब्लक गराएर । त्यस्ता जनवारहरुलाइ नेपालीमा बाँदर भनिन्छ र यो जुन कामगरे त्यो अबस्यपनि तिनै बाँदरको समुहले गरेको हो । देवदास चाहन्छ कि ब्लगसम सन्चालकहरु त्यो पासवर्ड प्रोटेक्ट ब्लग लाइ आफ्नै माध्यमबाट अनुबाद गरेर राम्रोसँग अध्ययन गरुन र निर्नय गरुन के साँच्चैनै त्यो समाचारले चाइल्ड प्रोनोग्राफी गरेको छ ? हाम्रो समाजमा आज घटेको यौटा घटनालाइ समाचारका माध्यमबाट प्रकाशन गरेर जनतालाइ सुसुचित गराउनु कहाँ को चाइल्ड प्रोनोग्राफी हो ? जुन कुरा उमेशले लेखे त्यो कुनै काल्पनिक थिएन र ब्यापारका लागी लेखीएको पनि थिएन । भोली हाम्रा अगाडी जुन जुन घटनाहरु घट्छन ती घट्नाहरु हामीले लेख्न, पढ्न पनि नपाउने ? देवदास आशा गर्छ यो समाचारलाइ ब्लगसम संचालकहरुले राम्रो सँग अध्ययन गरुन र छिटो भन्दा छिटो मेरो संसारलाइ पुन खुल्ला गरुन । र ज जस्ले यो दुस्साहस गरे ति तत्वहरुले गरेको यो नित्कृष्ट कार्य प्रती देवदास घोर आपत्ति गर्दछ ।
रत्नपार्क बाट देवदास

अहिले उनको ब्लग बन्द भएपनि उनको वेभसाइड हेन सकिन्छ जहाँ उनले यो जानकारी गराएका छन र छिटै पुन ब्लगसममा आउने जानकारी गराएका छन ।

18,November , 2005

दुइजना ब्लगरलाइ जेल सजाए


शाहि सरकारको आगमन पश्चात नेपालमा सत्ताइस भन्दा बढि इन्टरनेट पत्रिकाहरुलाइ ब्लक गरिएको छ तर अहिले सम्म ब्लग र ब्लगरहरुको बिषयमा कुनै टिप्पणी गरिएको छैन र ब्लगरहरुले समाचारलाइ जस्ताको तस्तै लेख्दैपनि आइरहेका छन । यति खेरसम्म सरकारका आँखा ब्लगहरुमाथी परेपनि ब्लगरहरुमाथी परेका छैनन तर केही समय पहिले ब्लगमा लेखेको कुरालाइ लिएर सिंगापुरमा दुइजना ब्लगरलाइ जेल चलान गरीयो । उनिहरुलाइ राज्यद्रोहको अभियोग लगाएर गिरफ्तार गरिएको थियो जुन कानुन बेलायती शासकले १९४८मा कम्युनिष्ट व्रि्रोहीहरुको बिरुद्दमा बनाएका थिए । ए बि सी अनलाइन न्युजका अनुसार चिनीया मुलका २७ बषीय बेंजामिन कोह र २५ बषीय निकोलस लिम मिल्ने साथीहरु थिए र दुबैजनाले ब्लग लेख्दै आइरहेका थिए जसमध्ये बेंजामिन लाइ एक महिना कैद र निकोलस एक दिनको जेलसजाए र पाँच हजार सिंगापुर डलर को क्षतिपुर्ति तिराइयो ।
कुरा के भएको थियो भने गएको जुन महीनामा बेंजामिन (more…)

14,November , 2005

श्री १० महाराजको जुनाफमा विन्ति पत्र

श्री १० महाराजको जुनाफमा म महाराजभक्त प्रजा श्री १ विष्णुभक्त यो सानो निवेदन चढाइरहेको छु । र्सबप्रथमत महाराजको जय जय जय, कहिल्यै पराजय नहोस् । महाराज आर्श्चर्यमा परिवक्स्यो होला, यो भक्तले किन श्री १० भनेर सम्बोधन गर्यो । हुन त अहिले यी अज्ञानी उत्ताउला जनता भनाउदाहरु महाराजलाई श्री ५ भन्न पनि हिच्किचाइरहेका छन् । यस्तो बेलामा हामी जस्ता भक्तहरुले महाराजको सम्मान बढाउन कुनै पनि कसर बाँकी राख्नु हुन्न भन्ने लागेर मैले ख्वामीतको सम्मानमा अर्को श्री ५ थपेर श्री १० ले सम्बोधन गरेको हुँ । यसको लागि हामीसँग र्सवमान्य आधार छ । ख्वामीत, त्यो के भने, श्री ५ त महाराज जन्मदै होइबक्सन्थ्यो नी, अब त स्वर्गीय माहाराजको श्रीपेज र र्सवस्वसहित श्री ५ महाराजाधिराज पनि त ख्वामीतको गाथमा सारिवक्स्या छ । अब महाराज नै हुकुम होइबक्स्योस् त, आफ्नो जन्मसिद्व श्री ५ र गाथमा सारिबक्सेको श्री ५ जोड्दा श्री १० भएन त - बरु अब महाराज स्वयंले घोषणा गरिवक्सनु पर्छ श्री १० को । नाथे पाङदुरे नेता र जनता भनाउदाहरुले नमानेर हुन्छ - हामी यत्रो प्रजा जो छौं ख्वामीतको र्समर्थनमा लामबद्व । यी जीजुबाका पालादेखिका रैती आजका जनता भनाउदाहरुले त १८ लाई नै कहाँ मानेका थिए र, १९ लाई त झन पटक्कै मानेका थिएनन् । तर महाराजको प्रतापले आजसम्म, साम, दाम, दण्ड, भेद जे जे लगाएर हुन्छ मनाइबक्स्या छ । त्यसरी नै मान्न बाध्य पार्नु पर्छ, श्री १० पनि । आज यो विष्णुभक्तले महाराजको जुनाफमा चढाउन खोजेको मूख्य निवेदन चाहीं चुनाव हो महाराज । ख्वामीतले नगरपालिकाको चुनावको तिथि घोषणा गरिवक्सेको लगतै बडा दशैंको शुभसाइत जुर्राई यी आन्दोलनकारी भनाउँदाहरु दशैं तिहारमा अलमलिएर सडकबाट पन्छिएको मौका पारी, हाम्रो युवराजको घोषणा गरिबक्सेजस्तै चुनावको पनि घोषणा गरिबक्स्यो । यसले हामी महाराजका प्रजाहरुलाई बडो हर्षविभोर बनाएको छ । तर ख्वामीत, सँगसँगै यसले हामीलाई पार्न अप्ठेरोमा पनि पारेको छ । ख्वामीत, नगरपालिकाको चुनावसम्म त केही छैन, कसैले माने पनि नमाने पनि, लाठी मुंग्री लगाएर भए पनि सम्पन्न गराउँला । बाँकी भित्र छ । (more…)

12,November , 2005

ओशामा विन लादेनको यो अनौठो हाँसो

कात्तिक २६ गते शनिबार
आज देवदास रत्नपार्क नजिकैको साइबरमा पसेर केहीबेर भिडीयो ब्लगको बारेमा र्सच गर्दैजाँदा एउटा भिडीयो काटुन देख्नपुग्यो जसमा ओशामा विन लादेन ले अमेरीकालाइ धम्क्याउदै भाषण दिएका छन तर जब भाषण शुरु हन्छ तब जिब्रो लट्पटिएर लादेन हाँसेको र त्यसपछि शुरुभएको हाँस्य संवाद देखेर देवदास पनि पेट मिची मिची हाँस्न बाध्य भयो र त्यस भिडीयो लाइ देवदासले रत्नपार्कका जस्ताको तस्तै राखेको छ । यो काटुन कसले राखेको हो त्यो त नाम खुलाइएको छैन तर अहीले सम्म यो काटुनलाइ पाँच हजार पटक हेरीसकिएको छ र यो भिडीयो २ मीनेट २७ सेकेण्डको छ । देवदासलाइ त राम्रो लाग्यो यो काटुन तपाँइलाइ कस्तोलाग्छ यहाँ क्लिक गरेर हेर्नुहोस अनि देवदासलाइ प्रतिकृया पठाउनुहोस है त ?
रत्नपार्क बाट देवदास

8,November , 2005

खै के लेखौं त ब्लगमा ????????

विगत केहि दिन देखी देवदास अलि ब्यस्त भएका कारण रत्नपार्कमा आउन पनि भ्याएन आज आएर एकछिन रत्नपार्कमा बसेर सोच्न लाग्यो के लेख्ने त ब्लगमा ? केही लेख्नपनि मन लागेन उस्लाइ त्यै भएर जे पायो त्यही लेख्ने बिचारमा छ आजदेखी उ । समाचार लेखौं त के लेखौं ? हजारौ अनलाइन न्युज एजेन्सीहरु हरपल समाचारको खोजीमा लागीरहेका छन ।लाखौं मान्छेहरु समाचारको ब्यापार गरीरहेका छन । उनिहरुको जीन्दगीनै समाचरमा शुरु भएर समाचारमै सकिन्छ तैपनि समाचार खोज्न छोड्दैनन । एक किसीमले भन्नुपर्दा उनिहरुको हिंउद बर्षो सबै बाली भन्नु नै यही समाचार हो । खेती नै समाचार हो । मान ,मर्यादा इज्जत प्रतिष्टा ,ब्यापार ,ब्यबसाय,सबै समाचारमा निर्भर छन त्यसकारण दिनको बल्लतल्ल एक दुइ घण्टा फुसद निकालेर कम्प्युटरमा बस्ने ब्लगरहरुले कसरी ताजा समाचार लेख्न सक्छन ।बिशेस गरि पत्रकार पेसा भन्दा फरक पेसाका ब्लगरहरुले । भर्खर ब्लग शुरु गरेका ब्लगरहरुले एउटा समाचार युनिकोडमा टाइप गर्दा गर्दै त्यो समाचारको आन्द्रा भुंडी अरुले छापिसेको हुन्छ । तर सबैब्लगर लाइ यसो भन्न त मिल्दैन किनकि नेपाली ब्लगरहरुमा मेरो संसारका ब्लगर उमेश श्रेष्ठले अन्य ठुला लगानीमा चलेका समाचारपत्र तथा अनलाइन समाचार एजेन्सी हरुलाइ (more…)

6,November , 2005

जन्मदिनको शुभकामना

बर्लिनको एक चिडियाघरमा आफ्नो पच्चिसौं जन्मोत्सब मनाउँदै एक पाण्डा
जन्मोत्सब भएपछि केक त काट्नै परिहाल्योनि हैन र ?


2,November , 2005

पराजित राजाको अन्ध व्यवहार

माघ १९ को कदमले लोप्पा खाएपछि हतास बनेका राजा र उनको सरकारले आत्मघाती तरिकाले प्रतिक्रिया व्यक्त गर्न थालेका छन् । चारैतिर विरोध र थू-थू भएपछि राजतन्त्रको आयू केही दिन वा केही वर्षबढाउने धुनमा राजाले अत्तालिँदै झन् प्रत्युत्पादक काम गरिरहेका छन् । सत्तामा जमाएको कब्जालाई टिक्ने र शासन गर्ने एकमात्र स्रोत बुझेका राजालाई खुट्टामुनीको आफ्नो धरातल भत्किरहेको भने थाहा छैन । दुइ चार सय मण्डलेहरुको आडमा २३७ वर्षपुरानो राजतन्त्रलाई कायम राख्न सकिन्छ भन्ने भ्रम बोकेर राजा ज्ञानेन्द्रले राजतन्त्रलाई नै धरापमा हालिदिएका छन् ।
सञ्चार अध्यादेश र कान्तिपुर एफएममाथिको हमलाले राजाको पराजित मानसिकतालाई मात्रै प्रतिविम्बित गरेको छ । संविधान र युगको प्रतिकूल हुने अध्यादेश जारी गरेर उनले दरबार, भारदार र स्वयं राजा अझै पनि द्रव्य शाहकालिन सोच र संस्कारबाट मुक्त हुन (more…)

1,November , 2005

शुभ दीपावली
























Get free blog up and running in minutes with Blogsome | Theme designs available here