दरवार राजनीतिक दलहरुलाई निकम्वा बनाउने शुरमा
कात्तिक १० गते बिहीबार
चौध वर्षको बनबासपछि राज्य सञ्चालन गर्न फर्किएका राम, सीता र लक्ष्मणको कथा जस्तै नेपालमा पनि १५ वर्षछि पूव पञ्च र मण्डलेहरुको हातमा डाडु पुन्यु सुम्पने काम ज्ञानेन्द्रले असोजतन्त्र र माघ १९ को शाही कूबाट सम्पन्न गर्न सफल भएका छन् । राजा वीरेन्द्रको बंश नाशपछि अकस्मात राज सत्ता आफ्नो हातमा लिन पुगेका ज्ञानेन्द्रका कृयाकलापहरु राजा भएको शुरुका दिन देखि नै रोचकताका साथ नेपाली समाजमा हेन लायक छन् । राजा ज्ञानेन्द्रद्धारा अहिलेसम्म रचिएका षडयन्त्रहरु विचार गर्दा उनले राजगुरु ज्योतिषीहरुद्धारा साइत जुराएर गर्दा रहेछन् । षडयन्त्र सफल नहोलाकि भनी यसबाट कुनै अनिष्ट पो पर्लाकि भनेर ज्ञानेन्द्रले यज्ञ, होम, मठमन्दिरमा पूजा अर्चना र दान कार्य गर्दै षडयन्त्रका चालहरुलाई अगाडि चाल्दै गरेका देखिन्छन् ।उदाहरणका लागि केही रोचक घटनाहरु जस्तो कि दशैं तिहारको छुट्टिका बेला युवराजको घोषणा । २००१ को राति संसद भंग गर्ने घोषणा, असोजतन्त्रबाट शेरबहादुरको वर्खास्ती र कार्यकारी अधिकार आफैं लिने र एक पछिअर्को घटनाहरु तिनै षडयन्त्रका असफल कडीहरुका रुपमा हेन सकिन्छ । संसारकै हिन्दूहरुको सम्राटको उपाधी हासिल गरी सकेका महाराजाले आफ्नो कूटिल राजनैतिक षडयन्त्रको सफलताका लागि मुसोको बली समेत दिन पछि परेका थिएनन् । तर राजाले हिन्दू देवलाई केको बली चढाए को नि - तर राजाको शाही सन्देशको भिडियो रेकडिङ हेदा पछाडिको भित्तामा हस्तकलाद्धारा निर्मित राजमुकुट, राजदण्ड, कुण्डली आदिबाट के र्छलङ हुन्छ भने दरवारियाका आसेपासे र पण्डितहरु रात भर नसुती राजाको साइत जुर्राई दिन र षडयन्त्र सफल पार्न लामो समयदेखि कार्य गरिरहेका रहेछन् भन्ने पुष्टी गर्दछ ।ज्ञानेन्द्रको दर्शनभेट पाएर मिठो बोली र आतिथ्य सत्कार पाएर रमाएका राजनीतिक नेताहरु र विदेशी कूटनैतिक नियोगका मानिसहरु राजाबाट ठूलो अनिष्ट र प्रजातन्त्र मास्ने काम पक्कै पनि हुँदैन भनेर ढुक्क बसेका थिए । तर माघ १९ गते विहान दश बजेदेखि जब राजा रातो पीरो हुँदै भ्रष्टचार, सुशासन भनेर कड्किएको टेलिभिजनमा आफ्नै आँखाले देखे अनिमात्र छांगाबाट खसेर यथार्थताको धरातलमा टेक्न पुगे । जब राजनैतिक पार्टि खेताला मन्त्री पद क्षण भरमै सकिएर बाहिर एकछिन अघि गार्ड भएर बसेका प्रहरी र सेनाले हतकडी लगाएर खोरतिर लगे अनि थाहा पाए राजा कति प्रजातन्त्रप्रेमी रहेछन् भनेर । अहिले माघ १९ को वर्षाँठ नजिकिदैछ । राजनैतिक पार्टिले आन्दोलनलाई अगाडि बढाइरहेका छन् । बहुसंख्यक ठूला राजनैतिक पार्टिले आफ्नो विधानबाट राजतन्त्र हटाएर लोकतन्त्रमा प्रवेश गरिसकेका छन् । माओवादीहरुले एकतर्फी युद्धविराम गरेको पनि तीन महिना वित्न लागिसकेको छ तर सकार युद्ध विराम गर्ने त के माओवादीलाई युद्धमै जाउन भनेर हरेक हर्कत गरिरहेको छ । नेपालका सबै राजनैतिक पार्टि नागरिक समाज र अन्तर्रर्ााट्रय जगतले माओवादी युद्ध विरामको स्वागत गर्दै राजाको सरकारलाई पनि युद्ध विराम गर्दै वार्ता गर्न आहृवान गरिरहेका छन् तर राजा भने चरम दक्षिणपन्थी निरंकुशहरुलाई साथ लिएर सेना र प्रहरीको बलमा निरंकुश शासन थुपार्न बाहुला सुर्किएर मैदानमा उत्रिएका छन् । राजाका स्वच्छ छवीका मन्त्रीगण धेरै जसो राष्ट्रको सम्पत्ति हिनामिना गर्ने देखि लिएर कालोधन्दा र तस्करी अनि पत्रकारलाई गोली हान्ने धन्दामा सामेल मानिसहरु छन् । यस्तो जटिल राजनैतिक संकटमा गुज्रिरहेको आजको नेपालमा के राजाबाट सत्ता राजनैतिक पार्टि नागरिक समाजलाई सुम्पिएर सम्बैधानिक दायरामा बस्लान त - अब राजाको अर्को चाल के होला - यस सम्बन्धी चर्चा गर्नु पनि सान्दर्भिक ठहर्ला ।
राजाको अर्को चाल अब यसरी पनि हेन सकिन्छ, भनिन्छ चेस खेलमा जसले घोडालाई अगाडि बडाएर रक्षामा उंठलाई पछाडि पार्दै मध्यभाग कब्जा गर्दछ अन्तत्वगत्वा विजय उसैको हुन्छ ।राजा ज्ञानेन्द्रको असोजतन्त्र पछि उनले त्यही चेसको नियमअनुसार आफ्नो राजनैतिक आधारस्तम्भ खडा गरेका छन् । जस्तो कि नियुक्ति र भर्खरै देशका ७५ रै जिल्लामा जिल्ला सभापतिहरुको नियुक्ति । अब नेपाली पर्व दशैतिहार लगत्तै देशमा नगरपालिकाको चुनावको घोषणाबाट राजनैतिक पार्टिमा विभाजन र फूट ल्याउने उद्देश्यबाट प्रेरित छ । यदी राजनैतिक पार्टि चुनावमा भाग लिन गए भने दुवै बन्दुकेहरुको चेपुवामा उनीहरुका कार्यकर्ता पर्नेछन् । लोकतन्त्रवादी नारामा हिड्नेहरु सरकारको शिकारमा पर्ने पक्का छ भने माओवादीहरु निरंकुश सत्ताको आयु लम्व्याउने तत्वहरु भन्दै उनीहरुको सेनाका अपहरणको शिकार बन्ने सम्भावना रहनेछ ।यही परिस्थितिको फाइदा उठाउने सुरमा छन् राजा ज्ञानेन्द्र । राजनैतिक पार्टिले चुनाव बहिस्कार गरुन् र आन्दोलनमा उत्रिउन् अनि नेताहरुलाई थुनेर माओवादीसँग एक्लै युद्द गर्न सजिलो पर्नेछ । माओवादीहरुलाई संसारको कुनै पनि राष्ट्रबाट सहयोग छैन र उनीहरुलाई सैनिकहरुको प्रयोगबाट कमजोर बनाएर आफू विजयी हुने खेलमा नै राजा उद्दत छन् र त्यही अभिव्यक्ति सेनाका प्रवक्ताबाट पटक पटक दोहोरिएका छन् । “माओवादीलाई सैनिक रुपले कमजोर पारेर वार्तामा ल्याउने ।” तर यसको ठिक विपरित माओवादीहरु झन मजबुत हुँदै गएको कुरा विगतका केही ठूला ठूला आक्रमण र मुठभेठबाट सावित भइसकेका छन् । अकस्मात संयुक्त राष्ट्रसंघको महाधिवेशनको मुखमा एकतर्फी युद्द विराम गरेर माओवादीहरुले नेपालको राजनैतिक समस्यालाई अन्तराष्टियकरण गर्दै विदेशी मुलुकलाई नेपालको समस्यामा ध्यानाकर्षा गर्न विजयी भएका छन् भने उता राजा ज्ञानेन्द्र राष्ट्रपति बुस ब्रिटिस प्रधानमन्त्री टोली ब्लेयर लगायत धेरै राष्ट्रका राष्ट्राध्यक्षले भेट नै नदिने भएपछि आफ्नो भ्रमण रद्द गर्न बाध्य भए । राजालाई आशा थियो कि माघ १९ को कदम नेपालमा राजतन्त्र र प्रजातन्त्र रक्षाको लागि र आतंकवादसँग लड्नलाई लिएको हो र मलाई मद्दत गर भन्छु भन्ने थियो । तर यसपटक राजा नराम्ररी चुक्न बाध्य भए । राजाका भनाई र गर्राईमा प्रशान्त महासागरको गहिर्राई भएको कुरा आफ्ना कूटनैतिक नियोग मार्फ् थाहा पाई राखेका अन्तराष्टिय मुलुकहरुले नेपालका राजालाई भेटघाट त के रात्रि भोजमा समेत निमन्त्रणा नगर्नु सायद यो इतिहासमै पहिलो पटक थियो होला ।हाल राष्ट्रिय र अन्तराष्टिय जगतबाट एक्लिएका राजा संसद व्यँताउने, र्सवदलीय सरकार गठन गर्ने जनतालाई शक्ति हस्तान्तरण गर्ने २०४७ सालको संविधानको मर्म र भावनामा काम गर्लान त - राजाका मन्त्रीहरु भन्छन् “राजापछि र्फकने छैनन् अझ अघि बडी बक्सन्छ ।” २०४७ सालको संविधान राजाको इच्छा पूरा गर्नका लागि बाधा छ ।”
यी भनाइबाट के कुराको आभाष मिल्छ भने कार्यपालिका र व्यवस्थापिकालाई पंगु बनाएको अहिलेको अवस्थामा न्यायपालिकामाथि ठाडो हमलामा प्रतिगामी तत्वहरु लागिरहेका छन् ।
शाही सरकार थुन्ने, छेक्ने, मार्ने आदेश दिन्छ । अदालत हाजिर गरा छाडि दे भन्ने निर्ण्र्ाागर्छ । र, भोलि फेरी राजनैतिक नेताहरुलाई थुनछेक गरे अदालत छाड्ने आदेश दिनेछ त्यसै कारण डा. गिरीहरुलाई २०४७ को संविधान वाधाको रुपमा खडा भएको छ ।
अर्को कुरा दरवार महिनौ अगाडि नै नयाँ संविधान तयार बनाएर मौका हेरी बसेको छ । अब दरबारको खेल भनेको चुनावको घोषणा गर्ने र राजनैतिक दलहरुले चुनाव बहिस्कार गरे जुन जुन दल बहिस्कारमा सामेल हुने छन् तिनका नेताहरुलाई थुनेर अर्को दमन चक्र चलाउन सरकार आफ्नो योजना बनाउँदै छ । त्यसैको तयारीको पूव सूचना हो शाही सेनाले पाँचै विकास क्षेत्रमा बन्दीगृहको निर्माण गर्ने माग । अब भावी दिनहरुमा पार्टि जिल्ला तहदेखि राष्ट्रिय स्तरका चार पाँच सय नेताहरुलाई थुन्ने ठाउँको निर्माण र माओवादीसँगको लडाइँमा पक्राउ परेकालाई पनि राख्ने गृहको निर्माण । जहाँसम्म चुनावको कुरा छ, सरकारको चुनाव आयोग भन्छ १२७ वटा पार्टिनेपालमा दर्ता छन् यसको मतलब सात पार्टिले चुनावमा भाग नलिए पनि १ सय १० भन्दा बढी पार्टिले चुनावमा भाग लिनेछन् ।
हाल चरम दक्षिण पन्थी तत्वहरु जो निरंकुशताको जाल बुनी रहेका छन् उनीहरुको तर्क छ । नेपालमा जनमतसंग्रह ताका विजयी भएको पञ्चायत व्यवस्थामा २४ लाख जुन मत थिए अहिले पनि तिनीहरुबाट भए गरेका भ्रष्टचार, अन्याय अत्याचारबाट निरुत्साही भएका जनताहरु पनि धमाधम राजाका र्समर्थक नै भएका छन् । त्यसमाथि माओवादी आतंकवाद पिडीत गाउँबाट निकालिएका जनताहरु त झनै राजावादी भएका छन् र राजतन्त्रको विजय अवश्य हुनछ भन्ने कोरा तर्क र सपना देखिरहेका छन् । अहिले सडकमा उत्रदैछन् भन्ने । उनीहरु सडकमा दरवारकै इशारामा आउँदैछन् । यदी राप्रपा जस्ता पार्टि सडकमा आएर चर्को सरकार विरोधी नारा लगाएर उत्रे त्यसको तीन वटा उद्देश्य हुनेछ । पहिलो राजाबाट सरकारमा फेरवदल गर्दा तिनै पूव पञ्च जो आफूलाई प्रजातन्त्रको पक्षमा युद्द गरिरहेका छौं भन्नेलाई रोज्न सजिलो बनाउने ।दुइ विभिन्न गुट उपगुटमा फुटेका पूव पञ्चहरुको पार्टिलाई ठूला राजनैतिक पार्टि हुन् भन्ने हौवा राष्ट्रिय तथा अन्तराष्टिय रुपमा पर्चारवाजी गर्ने र तिनै पार्टिबाट भावी मन्त्रिमण्डलमा फेरवदलमा नयाँ अनुहारका रुपमा प्रस्तुत गर्दै नगरपालिकाको चुनावमा भाग लिने वातावरण बनाउने । यसमा राष्ट्रिय अन्तराष्टिय रुपमा एक्लिदै गएको राजतन्त्रको लडाइँमा सडकमा उत्रिएका थियौं भन्दै आफ्नो पिण्ड अर्थात् भाग खोज्ने यी कूटिल चालहरुबाट नै प्रेरित भएर पूव पञ्चहरु सडक संग्रामको धम्की दिइरहेका छन् ।वास्तवमा दरवार विभिन्न योजनाका साथ राजनैतिक पार्टिलाई निकम्वा बनाउँदै अगाडि बढि नै रहेको छ । अबको अर्को चाल आन्दोलित दलका नेताहरुलाई थुनेर पूव पञ्चहरु र राजनैतिक पार्टिबाट सडेगलेका तत्वहरु साथै विभिन्न भाषाभाषी, जातजाति, धर्म आदीको नाममा देशव्यापी रुपमा नयाँ संसदको चयन गर्ने । राजाले बनाउने भावी संसदहरुलाई सुख सुविधा र विलासितामा लिप्त भएका पार्टि कार्यकर्ता नजालान् भन्ने ठाउँ पनि छैन । उदाहरणकै लागि हाल एमालेबाट राधाकृष्ण, गोल्छे सार्की र नेपाली कांग्रेसबाट वीपी पुत्र प्रकाश कोइरालाहरु हेन सकिन्छ । भोलिका दिनमा दरवार पस्नेहरुको संख्या अझ बढ्ने पक्का छ जसमा नागरिक समाजका नामबाट जनतामाझ आएकाहरु पनि कतिपयहरु पद पाएपछि सबै ठिक हो भन्दै दरवार नपस्लान् भन्न सकिदैन ।केही राजनैतिक विश्लेषकहरु भन्छन्, राजा अब जनमत संग्रहमा जाने तयारीमा छन् र नै उनी देश दौडाहामा जनतासँग घुलमिल हुन निस्किएका हुन् । तर राजा जहाँ जहाँ जान्छन् उनले राजनीतिक पार्टिलाई निकम्वा, भ्रष्टहरुको जमात, देशको समस्या समाधान हैन आफ्नो स्वार्थपूर्ति गर्ने तत्वहरुको भीड भन्न छाडेका छैनन् । साथै माओवादी व्रि्रोहीहरुलाई आतंककारी भन्दै आफू आतंकवाद विरुद्दमा लडिरहेको कुरा भनिरहेका छन् ।राजाका नियुक्ति पाएका जिल्ला तथा अंचल प्रशासकहरुलाई निर्देशन दिदैं विदेशी पैसाको देशमा खोलो बगेको र जनताको देशको रक्षाको नाममा युद्ध गर्न आहृवान गरिरहेका छन् ।यी सबै कृयाकलापबाट विश्लेषण गर्दा राजा जनमत संग्रह हैन अझ कठोर कदम चाल्दै राजनीतिक पार्टि नेताहरुलाई विभिन्न आरोप लगाई थुनछेक गर्दै माओवादी व्रि्रोहीहरुसँग मुठभेडकै सम्भावनाहरु बढी देखिन्छन् । हाल राजा भएयता समय परिस्थिति र मौकाको फाइदा उठाउन सफल देखिएका राजा ज्ञानेन्द्रलाई छिमेकी राष्ट्र भारत लगायत युरोपियन युनियन, अमेरिका,अन्तराष्टिय मानवअधिकारवादी संघसंस्थाहरु र राष्ट्रसंघ समेत विपरित ध्रुवमा वाधकको रुपमा भए तापनि पेरुको शैलीमा माओवादी नेताहरु धरपकड या युद्धमा सिध्याएर कमजोर बनाए अन्तराष्टिय र्समर्थन पुनः प्राप्त हुने आशामा दरवार रहेको देखिन्छ । दरवार कतिसम्म कठोर बन्दोरहेछ त्यसको प्रत्यक्ष उदाहरण माघ १९ को कदमबाटै प्रष्ट भइसकेको छ ।त्यसैले राजनैतिक दलका नेताहरुले एकजुट भएर निरंकुश राजतन्त्रको जुनसुकै जन विरोधी चाल चले पनि नेपालमा पर्ूण्ा लोकतन्त्रको स्थापना नेपाली जनतालई पर्ूण्ा र्सार्वभौम सम्पन्न बनाउने न्युनतम साझा र्सतमा आवद्द भएर आन्दोलनलाई जनस्तरमा पुर्याउनु आजको आवश्यकता हो । व्रि्रोही माओवादीहरुले हाल गरेको युद्ध विरामलाई राजनीतिक दलहरुले समेत सकारात्मक रुपले ग्रहण गरी राष्ट्रसंघको मध्यस्तामा संविधान सभाको निर्वाचनमार्फ् समस्या समाधान नभए नेपाली जनताले थप कष्टकर जीवन भोग्न बाध्य हुनुपर्ने देखिन्छ ।
राजेन्द्र वली -भर्जिनिया,
प्रस्तुत लेख नेपाली पोष्ट डटकम मा अक्टोबर २३, २००५मा प्रकाशन भयको थियो जस्का लेखक हुनुहुन्छ राजेन्द्र ज्ञवाली । यसलाइ देवदासले जस्ताको तस्तै यहाँ प्रस्तुत गरेको छ किनकी यो वेभ साइड यहाँ हाम्रो शाही सरकारको कृपाले बन्द गरेको हुँदा यो साइट खोल्न नसक्ने पाठक का लागी देवदासले साभार गरेर रत्नपार्कका राखेको हो। यस लेखप्रती कसैको आपत्ति भए कमेन्टमा लेख्न सक्नुहुन्छ जुन कमेन्ट लेखक सम्म देवदासले पुराउने छ । रत्नपार्क बाट नेपाली देवदास


गएका महिनाहरु:

सबै ठिकैत हो नि के अपत्ति हुनु आखीर सबै सत्य हो क्यारे कि कसो ?
Comment by gyane ko dai — 27,October , 2005 @ 2:58 am