.... ....UCC

27,October , 2005

दरवार राजनीतिक दलहरुलाई निकम्वा बनाउने शुरमा

कात्तिक १० गते बिहीबार
चौध वर्षको बनबासपछि राज्य सञ्चालन गर्न फर्किएका राम, सीता र लक्ष्मणको कथा जस्तै नेपालमा पनि १५ वर्षछि पूव पञ्च र मण्डलेहरुको हातमा डाडु पुन्यु सुम्पने काम ज्ञानेन्द्रले असोजतन्त्र र माघ १९ को शाही कूबाट सम्पन्न गर्न सफल भएका छन् । राजा वीरेन्द्रको बंश नाशपछि अकस्मात राज सत्ता आफ्नो हातमा लिन पुगेका ज्ञानेन्द्रका कृयाकलापहरु राजा भएको शुरुका दिन देखि नै रोचकताका साथ नेपाली समाजमा हेन लायक छन् । राजा ज्ञानेन्द्रद्धारा अहिलेसम्म रचिएका षडयन्त्रहरु विचार गर्दा उनले राजगुरु ज्योतिषीहरुद्धारा साइत जुराएर गर्दा रहेछन् । षडयन्त्र सफल नहोलाकि भनी यसबाट कुनै अनिष्ट पो पर्लाकि भनेर ज्ञानेन्द्रले यज्ञ, होम, मठमन्दिरमा पूजा अर्चना र दान कार्य गर्दै षडयन्त्रका चालहरुलाई अगाडि चाल्दै गरेका देखिन्छन् ।उदाहरणका लागि केही रोचक घटनाहरु जस्तो कि दशैं तिहारको छुट्टिका बेला युवराजको घोषणा । २००१ को राति संसद भंग गर्ने घोषणा, असोजतन्त्रबाट शेरबहादुरको वर्खास्ती र कार्यकारी अधिकार आफैं लिने र एक पछिअर्को घटनाहरु तिनै षडयन्त्रका असफल कडीहरुका रुपमा हेन सकिन्छ । संसारकै हिन्दूहरुको सम्राटको उपाधी हासिल गरी सकेका महाराजाले आफ्नो कूटिल राजनैतिक षडयन्त्रको सफलताका लागि मुसोको बली समेत दिन पछि परेका थिएनन् । तर राजाले हिन्दू देवलाई केको बली चढाए को नि - तर राजाको शाही सन्देशको भिडियो रेकडिङ हेदा पछाडिको भित्तामा हस्तकलाद्धारा निर्मित राजमुकुट, राजदण्ड, कुण्डली आदिबाट के र्छलङ हुन्छ भने दरवारियाका आसेपासे र पण्डितहरु रात भर नसुती राजाको साइत (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here