.... ....UCC

25,October , 2005

रेडियो नेपाल बहिष्कार

कार्तिक ८ गते मंगलबार
सरकारलाई सहयोग नगरेको निहु झिकेर निजी सञ्चारमाध्यमहरूलाई निमिटयान्न पार्ने अभियानमा लागेको निरंकुश शाही सरकारमातहतका सञ्चारमाध्यमहरूले झूठो समाचार फुकेर भ्रमको खेती गर्न थालेपछि जनता सरकारी सञ्चारमाध्यमका समाचार नै बहिष्कार गर्न बाध्य बनेका छन् । गतअसोज ३० गते सुनकोशीको ओखलढुंगा, हर्कपुरघाटमा भएको डुंगा दुघटनाको विषयमा रेडियो नेपालले फुकेको झूठो समाचारले पूरै गाउ“ नै तनावग्रस्त बनाएपछि टोक्सेल हर्कपुरवासीहरूले रेडियो नेपालको समाचार बहिष्कार गरेका छन् । ‘झूठो समाचारको खेती गर्ने रेडियो नेपालको समाचार सुन्नुभन्दा त नसुनेकै बेस हुन्छ’, जिविस ओखलढुंगाका पूवसदस्यसमेत रहेका टोक्सेल-२ हर्कपुरका सीताराम श्रेष्ठले बताए । रेडियो नेपालमा समाचारको धून बज्नासाथ हर्कपुरवासीहरू रेडियो बन्द गरिहाल्छन् ।
डुंगा दुघटनामा परी बेपत्ता भएकाहरूमध्ये १० जनाको शव हर्कपुरमा प्राप्त भएको समाचार रेडियो नेपालले ३१ गते बिहान ७ बजेको बुलेटिनमा फुक्यो । सरकारी प्रशासकहरूलाई उदृत गर्दै रेडियो नेपालले त्यसरी समाचार प्रसारण गरेपछि डुंगा दुघटनामा परी बेपत्ता भएकाहरूका परिवारजनहरू ‘शव’ खोज्दै हर्कपुर आइपुगे । हर्कपुरमा शव नपाएपछि हर्कपुरवासी र शव खोज्न आएकाहरूबीच झगडा नै पर्‍यो । डुडेमाले सामुदायिक वन उपभोक्ता समिति टोक्सेल-२ हर्कपुरका अध्यक्ष मदनकुमार गौतम भन्छन्- ‘रेडियो नेपालको समाचारलाई आधार बनाएर हर्कपुरमा शव खोज्न आउनेहरू यहा“ शव नपाएपछि हामीस“ग झगडा गर्छन् । रेडियो नेपालले समाचारमा फुकेझैं हर्कपुरमा एक जनाको पनि शव भेटिएको छैन । सो समाचारले जनतालाई दुःख दिने काम गरेकाले रेडियो नेपालको समाचारलाई बहिष्कार गर्ने निधो गरेका हौं ।’ रेडियो नेपालले मृतकहरूको नामै किटेर असोज ३१ देखि कात्तिक २ गतेसम्म बारम्बार प्रमुखताका साथ हर्कपुरमा १० शव प्राप्त भएको समाचार प्रसारण गरेको थियो । सुरक्षाकर्मीहरूको प्रयासमा हर्कपुरमा लास भेटिएको र बेपत्ता हुनेहरूको खोजी जारी रहेको जनाए पनि डुंगा दुघटना भएको हप्ता दिन बितिसक्दा पनि सुरक्षाकर्मीहरू भने दुघटनास्थल आइपुगेका थिएनन् । बरू हर्कपुरवासी नै रात दिन बेपत्ता हुनेहरूको खोजीमा लागेका थिए । हर्कपुर माविका विद्यालय सञ्चालक समिति अध्यक्ष सागर अधिकारी भन्छन्- ‘रेडियो नेपालको समाचार कपोकल्पित हुन्छ भन्ने सुनेका थियौं, यसपालि त हामीले नै भोग्यौं ।’ हालसम्म गाउ“लेहरूकै प्रयासमा डुंगा दर्ुघटनामा परी बेपत्ता हुनेहरूको दुइ शव मात्रै प्राप्त भएको छ । जसमध्ये एउटा शव टोक्सेल-२ हर्कपुर ओखलढुंगाका भूमिनाथ गौतमकी २० वषर्ीया छोरी हेमा गौतमको भएको र अर्को युवतीको परिचय खुल्न सकेको छैन । दुघटनामा परी बा“चेका यात्रुहरूका अनुसार डुंगामा ४० भन्दा बढी यात्रु सवार थिए भने दर्ुघटनापश्चात् सात जना मात्र सर्म्पर्कमा आएको डुंगा चलाउने घटवारेहरूले बताएका छन् । डुंगा ३० गते बिहान पौने नौ बजे हर्कपुर घाटबाट वारि घुर्मीघाटतर्फल्याइ“दै गर्दा किनारभन्दा करिब ४ मिटरवर ढुंगामा ठक्कर खाई दुघटनाग्रस्त भएको थियो । सुनकोशी किनारका माझीहरू यो डुंगा दुघटनालाई सुनेकोशीमा भएको सबैभन्दा ठूलो दुघटनाका रूपमा लिन्छन् । सन्तोष बराइली/ओखलढुंगा

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2005/10/25/radionepal-ban/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here