.... ....UCC

23,October , 2005

चीनमा पनि चन्द्रमा बिक्रिको शुरुवात

कार्तिक ६ गते आइतबार

न्द्रमामा जमिनको टुक्रा बेच्ने पसल अब चीनमा पनि खुलेको छ ।धेरै पहिले देखि चन्द्रमामा प्लट बेच्दै आइरहेको अमेरिकन कंपनी लुनर एम्बेसी ले बेइजीगंमा कार्यालय खोलेर यस्को सुरुवात गरेको कुरा चाइना डेली पत्रीकाले जनाएको छ । पत्रीकाका अनुसार अमेरिकी कंपनीले चन्द्रमामा ३७ डलर प्रति एकडको दरले जमीन बेच्न शुरु गरेको छ ।यस कंपनीले यो भन्दा पहिले अमेरीका ,बेलायत,र ऑस्ट्रेलिया समेत गरी सात देशमा आफ्नो कार्यालय खोलीसकेको छ ।अहिले जब चीनले आफ्ना दुइ बैज्ञानिकलाइ सफलता पुवक अंतरिक्षको यात्रा गराएको देखेपछी यो कंपनीले चीनमा आफ्नो व्यपार बढ्न सक्ने देखेर यो कदम चालेको हो ।चन्द्रमामा जग्गा किनेपछि प्रमाणको लागी एक विशेष किसीमको प्रमाणपत्र दिनेछ र चिनीया गा्हकको लागी चन्द्रमामा २० देखी २४ उत्तरी अक्षांश र ३० देखी ३४डिग्री पश्चिम देशांतरको बिचको भाग मात्र उपलब्ध गराउने जनाएको छ । जग्गा किनेपछि आफुले चाहेको खण्डमा तिन किलोमिटर गहीराइ सम्म खनेर त्यहाँ भएको खनीज निकाल्न अनुमति दिइएको छ ।अमेरिकी व्यबसायी डेनिस होप ले १९८० मा यो कंपनीको स्थापना अमेरिकामा गरेका थिय र आजसम्म दुनियाभरमा हजारौं मानीसहरुले चन्द्रमामा जग्गा किनीसकेका छन । अचम्म के छ भने संसारको कुनै देशको सरकारले चन्द्रमामा जमिन बेच्ने व्यापारको लागी वैधताको ग्यारेण्टी दिनसकेका छैनन तर डेनिस होपले भनेका छन १९६७ को संयुक्त राष्ट्र बाह्य अंतरिक्ष संधि को एक अस्पष्ट प्रपधानको कारण उनको व्यापार कानुनसम्मत छ ।रत्नपार्क बाट नेपाली देवदास

1 Comment »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2005/10/23/chandramama/trackback/

  1. j man lagyo tehi lekhnu .. kam payena jasto chha :P

    Comment by alchhi no 1 — 23,October , 2005 @ 5:43 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here