.... ....UCC

21,October , 2005

कान्तिपुर एफ एम मा प्रहरि हस्तक्षेप

::अपडेट:: कान्तिपुर एफएमको राजधानीको पुल्चोकस्थित कार्यालयमा शुक्रबार राति अबेर तीन दर्जन प्रहरी जबर्जस्ती प्रवेश गरी पूर्वाञ्चलमा प्रसारणका लागि प्रयोग हुने उपकरण उठाई लगेपछि त्यहाँको प्रसारण बन्द भएको छ। राति करिब सवा ११ बजे चार वटा भ्यानमा चढी आएका प्रहरीहरुले कार्यालय भवनमा जबर्जस्ती प्रवेश गरी ती सामान उठाई लगेका हुन्। हाल कान्तिपुर एफएमको प्रसारण काठमाडौंमा मात्र सीमित भएको छ। कान्तिपुर एफएमले पाँच वर्ष अगाडिदेखि अपलिंक गरी पूर्वाञ्चलमा प्रसारण गर्दै आएको छ। मघ १९ को शाही कदमपछि सञ्चार माध्यममा हतियारधारी सुरक्षाकर्मी तैनाथ गरिए पनि संकटकाल हटाइसकिएपछि सञ्चार माध्यमको कार्यालयमा सुरक्षाकर्मीहरुले हस्तक्षेप गरेको यो पहिलो घटना हो।

  • पहिलो
  • पत्रकार महासंघको नेतृत्वमा संचार अधयादेश विरुद्ध जुलुश निस्किएको केही बेरमा नै संचार मन्त्रालयका अधिकारीहरु कान्तिपुर एफ एम पुगी अध्यादेशको पालना गर्न निदेशन दिएका छन्। कान्तिपुर टेलिभिजनले पाच बजेपछि कान्तिपुर एफ एमको कार्यालय सुरक्षाकमीद्धारा घेराउ भएको समाचार प्रशारण गरेको छ। तर सरकारी निकायहरुले भने एफ एमलाइ सुरक्षाकर्मीद्धारा घेराउ गरिएको नभइ अध्यादेशको पालना गर्न निदेशन मात्र दिइएको बताएका छन्‍।कान्तिपुर एफ एमका संचालकहरुले भने सुरक्षाकर्मीको पनि एफ एम वरपर उपस्थित रहेको बताएका छन्। परेवा डटकम

    1 Comment »

    The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2005/10/21/kantipur/trackback/

    1. bichara blogger kina devas bhanchhau aafu lai 1 update garna nasakne manchhe pani blogger hunchha timi le hijo k bhaneko kehi samaya pachhi update garchhu bhaneko hoina saddam husain ko barema bichara timi ta lekhna aayena jasto chha ma timi lai sikaidiu …. aba chai yesari jhukaune kosis nagara hai

      Comment by alchhi no 1 — 21,October , 2005 @ 7:11 pm

    RSS feed for comments on this post.

    Leave a comment

    Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























    Get free blog up and running in minutes with Blogsome | Theme designs available here