कान्तिपुर एफ एम मा प्रहरि हस्तक्षेप
::अपडेट:: कान्तिपुर एफएमको राजधानीको पुल्चोकस्थित कार्यालयमा शुक्रबार राति अबेर तीन दर्जन प्रहरी जबर्जस्ती प्रवेश गरी पूर्वाञ्चलमा प्रसारणका लागि प्रयोग हुने उपकरण उठाई लगेपछि त्यहाँको प्रसारण बन्द भएको छ। राति करिब सवा ११ बजे चार वटा भ्यानमा चढी आएका प्रहरीहरुले कार्यालय भवनमा जबर्जस्ती प्रवेश गरी ती सामान उठाई लगेका हुन्। हाल कान्तिपुर एफएमको प्रसारण काठमाडौंमा मात्र सीमित भएको छ। कान्तिपुर एफएमले पाँच वर्ष अगाडिदेखि अपलिंक गरी पूर्वाञ्चलमा प्रसारण गर्दै आएको छ। मघ १९ को शाही कदमपछि सञ्चार माध्यममा हतियारधारी सुरक्षाकर्मी तैनाथ गरिए पनि संकटकाल हटाइसकिएपछि सञ्चार माध्यमको कार्यालयमा सुरक्षाकर्मीहरुले हस्तक्षेप गरेको यो पहिलो घटना हो। (more…)


गएका महिनाहरु:
