सेनाद्धारा पत्रकार पिटिए
असोज २९ गते शनिवार
-
दैलेख जिल्ला सदरमुकामको उत्तरी मूल प्रवेशद्धारमा बसेको सेनाको सुरक्षा चेकपोष्टका हवल्दारले शुक्रबार अपरान्ह दृष्टि साप्ताहिकका दैलेखस्थित स्थानीय संवाददाता तथा सर्ुर्खेतबाट प्रकाशन हुने फरकबाटो साप्ताहिकका उपसम्पादक जनकप्रसाद न्यौपानेलाई कुटपिट गरेका छन् ।चेकपोष्ट नजिकैको आफनै घरमा बसेका न्यौपानेलाई सेनाका हवल्दारले परिचय तथा घर सोधेपछि न्यौपानेले आफ्नो घर देखाए लगत्तै आफुलाई अकारण पिटेको न्यौपाने बताउँछन् ।जिल्लास्थित सेनाले दुवै पक्षलाई बोलाई आवस्यक कार्वाही तथा स्थिति छानविन गर्ने जनाए पनि वार्ताका लागि अपरान्ह चार बजे गएका पीडितपक्षलाई सेनाले व्यारेर भित्र नेपाल पत्रकार महासंघका सचिव कमल न्यौपानेलाई पस्न दिइएन भने पीडित पक्षका न्यौपाने र युगवाणी साप्ताहिकका जिल्ला संवाददाता सीताराम जैसीलाई भित्र लिई दर्ुइपक्षलाई वार्ता नगर्राई पत्रकारद्धयलाई पत्रकारहरु धेरै स्वतन्त्र भएको बताउंदै हकारेर पछि विना वार्ता टोली फर्केकोछ ।असोज पहिलो साता सेनाले जिल्लास्थित कान्तिपुर दैनिकका उपसम्पादक तथा नेपाल पत्रकार महासंघ सभापति हरिहरसिंह राठौरलाई माओवादीसँगको मिलोमतो रहेको झुठो आरोप लगाई मुद्धा चलाउन खोजेपछि जिल्लाका १६ जना स्थानीय पत्रकारहरु दैलेखलाई स्वतन्त्र पत्रकार बस्न नसक्ने जिल्ला घोषणा गरि एकै पटक विस्थापित भए पछि संयुक्त राष्टू संघीय उच्चायोग सहित स्थानीय प्रशासन र सुरक्षानिकायसँग नेपाल पत्रकार महासंघले व्यापक वहस तथा छलफल गरि असोज दोश्रो साता पत्रकारहरु जिल्ला फर्केका थिए ।साभार नेपालीपोष्ट


गएका महिनाहरु:
