.... ....UCC

15,October , 2005

को थिइन त ति युवति ?

अबदेखि देवदासले रत्नपार्कमा तपाँइहरुका अविश्मरणिय क्षणहरुलाइ पनि समेट्ने बिचार गरेको छ । यदि तपाँइसँग पनि कुनै त्यस्ता क्षणहरु छन भने देबदासलाइ लेखि पठाउनुहोला । आजको प्रथम अंकमा ललितपुर सुनाकोठिका श्री कृष्ण गोपाल महर्जनले पठाउनु भएको उहाँको अविश्मरणिय क्षणलाइ देवदासले तपाँइ सामु ल्याएको छ।

त्यसपछि म लम्किएँ लगनखेल बषपार्कतिर ।माघको महिना साँझपर्न लागीसकेको थियो। सबैजना आ आफ्नै बासस्थानतिर लम्किंदै थिए ।म पनि लगनखेल बषपार्कबाट चापागाँउ जाने मिनिबसमा चढें ।मान्छेहरुको भिड अलि बढिनै थियो त्यो दिन तथापी एउटा सिट मेरो भागमा लेखिएको रहेछ तर्सथ बसिहालें । केहिछिन पछि एउटि युबती त्यहि गाडिमा चढिन ,दुइ हातमा सागसब्जीले भरिएको प्लास्टिकको झोला र काखिमा एउटा लेदरको ब्याग भिरेर ।

पकेटमारको अभियोगमा पर्नुहुने श्री कृष्णगोपाल महर्जन
    यसो हेरें हातमा रहेको सब्जिको झोलाले गर्दा उनले कतै समाउन सकिनन्, मेरो मनमा सहयोगको भावना पलायो र मैले अनुमतिका साथ ति दुबै झोला बोकिदिंए तब उनि पनि अलि सन्तोषको सास फेर्दै बसको डण्डिमा समाएर सजिलो सँग उभिइन । बसले लगनखेल बसपार्क लाइ विदाइ गरेर सातदोबाटो तिर लम्किसकेको थियो । तर मलाइ के थाहा सातदोबाटोमा मलाइ सँढेसातको दसाले पर्खिरहेको छ भन्ने ,सातदोबाटो पुग्ने बेलामा तिनै युबती अचानक चिच्याउन लागीन मेरो पैसा चोरिभयो भन्दै सबै छक्क पर्दै उनितिर हर्ेनथाले तर उनि एकोहोरो कराइरहेकि थिइन लौ न मेरो पैसा चोरिभयो पैसा चोरीभयो ।सबै जना एताउति हेर्दै सोध्नथाले खै त पकेटमार कहँ गयो त्यो, म पनि त्यही प्रश्न गर्दैथिए तर अचम्मको कुरा ति युबतीले त पकेटमार भनि म तिर औला देखाइन , म अवाक भएर हेरिरँहे ति युबतिको अनुहार र उनैको तरकारीको झोला जो अझसम्म पनि मेरो हातैमा थियो ।त्यत्रो भिडमा मैले धेरैबोल्नु उचित थिएन ,त्यसमाथि एउटि नारीसँग झगडा गर्नु मेरो नैतिकताले दिएन तर्सथ डाइभरले गाडि चोकमा रहेको पुलिसस्टेशन तिर लग्यो । भित्र गएपछि त्यहाँको असइले मलाइ केरकार गर्न लाग्यो र अलिअलि धम्क्याउन पनि । उ भन्थ्यो कति चोरेको छस खुरुक्क दिइहाल नत्र मैले जानेको छ कसरि हो भन्न लगाउने ।यति भन्दै एउटा रवडको टुक्राले मेरो पैतालामा हान्न थाल्यो । एकपटक त्यो रबड ले पैतालामा हान्दा टाउको सम्म करेन्टको झड्का भएको अनुभब हुन्थ्यो । त्यतिबेला ति युवति भने आफ्नैधुनमा मस्त थिइन र असइको टेवलमा बसेर फोन गरिरहेकि थिइन बहुत मन्द मुस्कान र्छर्दै मानै यो युवती त्यही असइकि श्रीमति हो र त्यो पुलिस स्टेशन उस्को बाबुले दिएको दाइजोको घर ।तर म के नै गर्न सक्थें र तथापि मैले भनिरहें मैले चोरेको हैन ,म पकेटमार हैन भनेर ।यतिबेलासम्म त्याहाँ ठुलैभिड लागीसकेको थियो र कुनै निर्ण्र्नभइपछि त्यहाँबाट मलाइ डि एस पि कार्यालय जावलाखेल लगियो र बनियो एकरातको पाहुना त्यो अन्धकार खोर अर्थात मामाघरमा ।एउटा साँघुरो कोठामा लगभग १२जना अरु भान्जाहरुपनि रहेछन र म कान्छोभान्जा थपिएपछि अब भान्जाहरुको संख्या १३ भएको थियो ।कुनामा एउटा बाल्टि राखिएको थियो सामुहिक मुत्रत्यागको लागी तर दुखको कुरा त्यो बाल्टि पनि पहिलेदेखिनै भरिएको थियो ।म छक्क परें जिन्दगीमा कुनैदिन यस्तो पनि आउंदोरहेछ भनेर र पुन सम्मिझरहें तिनै युबतिलाइ जस्ले मलाइ जिन्दगीको यो स्वाद चखाउने मोका प्रदान गरिन । मलाइ पुन सोधपुछ गरियो र त्यहाँ भएका सबै पकेटमारहरुलाइ लाइनमा राखेर मलाइ देखाउँदै सोधियो यस्लाइ चिनेको छ , यो पकेटमार हो कि हैन आदि इत्यादि तर त्यहाँ चिनेको छ भन्ने कोहि निस्किएन ।भोलिपल्ट मैलेकाम गर्ने ठाउँको मालीक आएर डि एस पि सँग मेरो बारेमा केहि कुरा गर्नुभएछ र म बाट त्यस्तोकाम हुनै सक्दैन भन्ने अडान लिनुभएछ ।यस बिचमा मेरो गाउबाट आएका मान्छेहरुले डि एस पि कार्यालय भरिइसकेको थियो, त्यहाँ मेरा साथिहरु गाउलेहरु, राजनितिक पार्टिका नेता तथा कार्यकर्ताहरु सबै उपस्थित थिए । केहिबेर पछि कसैले मेरो जमानि बसिदिएको जानकारी दिइ मलाइ तारीखमा उपस्थिती हुने आदेश सहित त्यहाँबाट छोडियो । सबैलाइ थाहा छ म चोर हैन भन्ने तर पनि बाहिर निस्कदा सबै मान्छेले मेरो मुखमा हेरेकेा देखेपछि लाजले म कसैसँग आखा जुधाउन नसकि साथीको मोटरसाइकलमा चढि सुनाकोठि तिर लागें।पछि तारिखमा जाँदाखेरि ति युबती तारिखमा आउन छोडेको जनाइ मलाइ पनि अब देखि आउनु पर्दैन भनि मामाघर बाट बिदा दिए र म आँखाभरि दुइजना ब्यक्तिको तस्विर खोज्दै हिडें , एक तिनै युवति जस्को कारण यो सब भयो अर्को त्यो ब्यक्ति जसले मेरो जमानि बसिदियो तर आज सम्म मैले थाहापाउन सकिन आखिर को थिइन त ति युबति अनि त्यो मान्छे ।

2 Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2005/10/15/ko-thien-ta-ti-86/trackback/

  1. मान्छे हेदा त चोर हो जस्तो छैन , यदि चोर भए देखि त ब्लगमा कथा नलेख्नुपर्ने हो ? कि त्यो केटि धोकादिएकि गर्लफ्रेण्ड परि र धोका पाएको रिसमा पाकेटमार बनइदिइ ? जे पनि हुनसक्छ है गोपाल जी .

    Comment by एक इमान्दार चोर — 15,October , 2005 @ 2:48 am

  2. jamana badli sakyo, hijo aja ta tai ra coat lagauneharuko biswash ta shir ko tuppi ma po huncha hai,bishwas nagare hernusna deshkai pradhan mantri bhaisakeka deuba mahasay ra
    kunai belako prajatantrik ladaiko comanderko suputra ujyalomansingh pani Gopal ji kai smritiko tyo charanma kaidh hunubhayeko cha haina ra bhanyaa ???

    Comment by Mingso Hang — 17,October , 2005 @ 8:29 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here