.... ....UCC

13,October , 2005

होला त चुनाव अर्को बर्षमा ?

रत्नपार्क-अशोज २७ गते

दशैंको उपलक्ष्यमा श्री ५ ज्ञानेन्द्र बाट आदेश भएको छ कि आगामी माघ २६गते नगरपालीकाको चुनाब गर्ने र अर्को बर्ष संसदको चुनाव गर्ने भनेर तर के तपाई विश्वास गर्न
सक्नुहुन्छ यो चुनाव सफल हुन्न्छ भनेर ? तर तपइले मानेपनि नमाने पनि यो चुनाव हुदैछ ।यस अघिनै प्रमुख राजनिती दलहरुले घोषणा गरि सकेका छन कि उनिहरुले चुनावमा भाग लिदैदनन् भनेर । अर्कोकुरा शाहिसरकार ले पहिले भन्दै आएको थियो कि पहिला माओवादी हरुसंग वार्ता गरेर सान्ति स्थापना भएपछि मात्र चुनावमा जाने भनेर तर वार्ताको त कुरै छोडौं माओवादी पक्षबाट युद्दविरामको घोषणा गर्दापनि यो सरकारले आफ्ने तर्फ बाट युद्दविरामको घोषणा गर्न सकेन । अहिले एक्कासी आएर चुनावको घोषणा भएको छ तर यस बिषयमा नत राजनितीक पार्टिसंग कुनै सल्लाह लिइएको छ न त माओवादी संगनै । विश्वस्त सुत्र भन्छ यदि सबैकुरा आफ्ने खुसिले गर्ने हो भने किन चुनावको नाटक गर्नुरु सिधै आफ्ने चाहना अनुसारको ब्यबस्था चलाए भैहाल्योनि । बाँकी भित्र छ
यसपालिको दशैंको परम्परागत सन्देशसंगै श्री ५ महाराजाधिराजबाट २०४७ सालको वर्तमान संविधान खारेज गरी नयाँ संविधान जारी गरिवक्सने अड्कलबाजीको अन्त्य गर्दै श्री ५ बाट आफ्नो सन्देशमा तीन वर्षदेखि हुननसकेको प्रतिनिधि सभाको चुनावको घोषणा गरिवक्सेको छ।आउँदो माघ २६ गते हुने भनिएको नगरपालिकाको चुनावले उपयुक्त अवस्था सृजना हुने विश्वास व्यक्त गरिवक्सदै श्री ५ वाट त्यो अवस्थालाई सुदृढ गर्दै २०६३ सालभित्र प्रतिनिधि सभाको चुनाव गराउन निर्वाचन आयोगलाई निर्देशन वक्स्यो। मौसुफबाट बहुदलवादीहरू सवैलाई चुनावमा भाग लिन आव्हान त गरिवक्स्यो नै माघ १९ गतेको शाही कदमको आलोचना गर्दै प्रजातन्त्रको तत्काल पुनर्वहाली निम्ति दवाव दिइरहेको अन्तर्राष्ट्रिय समुदायलाई पनि चुनावलाई धाँधली रहित तुल्याउन सकृय सहयोगको निम्ति अपिल गरिवक्स्यो।माओवादी हिंसाबाट उत्पन्न सुरक्षा चिन्ताका कारण ३ वर्षदखि स्थानिय र संसदिय चुनावहरू हुन सकेका छैनन्। श्री ५ बाट आफूले प्रत्यक्ष शासन सत्ता लिएको गएको ८ महिनामा शान्ति सुरक्षाको स्थितिमा सुधार आएको दावी गरिवक्स्यो र माओवादीहरूलाई पनि हिंसा त्यागी प्रजातान्त्रिक प्रकृयामा सहभागी हुन आव्हान गरिवक्स्यो।
तर एकातिर माओवादीहरू शाही कदमको विरोधमा आन्दोलनरत दलहरु संग वार्ता र सहकार्यका निम्ति जोड दिइरहेका छन् भने दलहरूले राजासंग सहकार्य र समझदारीका निम्ति राजा नै वाधक भएको टिप्पणी गरेका छन्।दशैंका अवसरमा दिएका सन्देशहरूमा प्रमुख दलहरू नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइराला र नेकपा एमालेका महासचिब माधव कुमार नेपालले माघ १९ गतेको शाही कदम विरुद्ध प्रजातन्त्रको पुनर्वहालीका निम्ति संयुक्त आन्दोलनलाई चर्काउन जोड दिनभएको छ।महासचिव नेपालले भन्नुभयो,'’राजतन्त्रसित संवाद र सहमति खोज्ने प्रयास असफल भैसकेकाले अबको एकमात्र विकल्प वृहत जनआन्दोलन मात्रै हो।'’

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2005/10/13/85/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here