.... ....UCC

12,October , 2005

सशस्त्र प्रहरी-सैनिक भिडन्त, ३ सैनिकको मृत्यु

कन्चनपुरमा सशस्त्र प्रहरी र सैनिक टोली बीच मंगलबार राति भएको दोहोरो गोली हानाहानमा ३ सैनिकको मृत्यु भएको छ भने एक सैनिक अधिकृत सहित ७ जना घाइते भएका छन् । साँझ सात वजे भएको घटनामा घाइतेमध्ये २ जना गम्भीर छन् । जिल्लास्थित सुरक्षाश्रोतका अनुसार, मृतकमा महेन्द्रनगरको सूर्य दल गुल्मका सिपाहीहरु राम वहादुर चौधरी, ठाकुरराम चौधरी र टेक वहादुर शाही छन् । घाइतेहरु सोही गुल्मकै क्याप्टेन उदय लामिछाने, अमल्दार केशर वुअे, सिपाही गगन सिं धामी, प्रेम सिं धामी, टोपेन्द्र मल्ल, खगेन्द्र श्रेष्ठ र पदम ओली छन् । सुरक्षाश्रोतले प्रारम्भिक अनुसन्धानबाट घटना आपसी असमझदारीमा हुन गएको दावी गरेको छ । कारागार सुरक्षार्थ भित्र पोष्टमा रहेका सशस्त्र टोली र कारागार परिसर नजिक सडकमा पीक अप भ्यानमा रहेका सैनिक टोलीबीच पटक पटक दोहोरो फायरिङ भएको थियो । फायरिङ शुरु भएपछि आसपासमा त्रास फैलिइ स्थानीय बासिन्दा घरभित्र लुकेका थिए । नजिकका घरहरुमा गोली लागेपनि सर्वसाधरणतर्फ कुनै क्षति नभएको वताइएको छ । प्राप्त परेवा डटकम बाट

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2005/10/12/bhidanta/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here