.... ....UCC

11,October , 2005

आज महाअष्टमी

असोज २५ गते मंगलबार

बडादसैँको आठौँ दिन आज अधिराज्यभर दुर्गा भवानीको पूजा आराधना गरी महाष्टमी पर्व मनाइँदैछ। आज दसैँघर र कोतलगायत अधिराज्यका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने गरिन्छ।काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठहरू दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायतका मन्दिरहरूमा पनि बलि चढाउने र पूजा आराधना गर्नेहरूको बिहान सबेरैदेखि घुइँचो लाग्छ। यसैगरी गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डँडेल्धुराको उग्रतारालगायतका मन्दिरहरूमा पनि शान्तिस्वरूपा भगवतीको पूजाअर्चनाका लागि यस उपलक्ष्यमा विशेष भिड लाग्छ।महाष्टमीकै अवसरमा आज दसैँघर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै कलपर्ुजा, हातहतियार र सवारी साधनहरूलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ। पशुबलि नचढाउनेहरू पनि आजको दिन जमराकोठामा घिरौँला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गाभवानीलाई खीर, नरिवल चढाउने गर्छन्।हनुमानढोकाको दसैँघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गाभवानीको पूजाअर्चना र हर्षबढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाइने चलन छ। नेवारहरूमा विशेषगरी बज्राचार्य, शाक्य, मानन्धरलगायतका जातिहरूमा पनि आजको दिन दुर्गाभवानीको पूजाआजा गर्ने चलन छ। यसवर्ष महानवमी र विजयादशमी एकै दिन परेकाले आज बिहानै महाष्टमीको र बेलुका कालरात्रिको पूजा गर्ने, भोलि बिहान महानवमीको पूजा र त्यसपछि ११२५ बजेको साइतमा विजयादशमीको पूजा विर्सजन गर्नुपर्ने नेपाल राजकीय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष नायब बडागुरूज्यू डा. माधवप्रसाद भट्टराईले बताउनुभएको छ। उहाँका अनुसार विजयादशमीका अवसरमा लगाइने टीकाका लागि असोज २६ गते दिउँसो एक बजेर २५ मिनेटको साइत उत्तम रहेको छ।

1 Comment »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2005/10/11/maha-ashtami/trackback/

  1. स्वागत छ नेपाली ब्लगको संसारमा तपाईँलाई….
    नेपाली ब्लग जगतमा एक नयाँ साथीको आगमनले हामी हर्षित भएका छौँ। हामीहरुबीच एकापसमा सहयोग,सद्‍भाव कायम रहोस्….

    धन्यवाद शालोक्य जी -देवदास

    Comment by Salokya — 12,October , 2005 @ 5:03 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here