.... ....UCC

11,October , 2005

आज महाअष्टमी

असोज २५ गते मंगलबार

बडादसैँको आठौँ दिन आज अधिराज्यभर दुर्गा भवानीको पूजा आराधना गरी महाष्टमी पर्व मनाइँदैछ। आज दसैँघर र कोतलगायत अधिराज्यका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने गरिन्छ।काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठहरू दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायतका मन्दिरहरूमा पनि बलि चढाउने र पूजा आराधना गर्नेहरूको बिहान सबेरैदेखि घुइँचो लाग्छ। यसैगरी गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डँडेल्धुराको उग्रतारालगायतका मन्दिरहरूमा पनि शान्तिस्वरूपा भगवतीको पूजाअर्चनाका लागि यस उपलक्ष्यमा विशेष भिड लाग्छ।महाष्टमीकै अवसरमा आज दसैँघर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै कलपर्ुजा, हातहतियार र सवारी साधनहरूलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ। पशुबलि नचढाउनेहरू पनि आजको दिन जमराकोठामा घिरौँला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गाभवानीलाई खीर, नरिवल चढाउने गर्छन्।हनुमानढोकाको दसैँघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गाभवानीको पूजाअर्चना र हर्षबढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाइने चलन छ। नेवारहरूमा विशेषगरी बज्राचार्य, शाक्य, मानन्धरलगायतका जातिहरूमा पनि आजको दिन दुर्गाभवानीको पूजाआजा गर्ने चलन छ। यसवर्ष महानवमी र विजयादशमी एकै दिन परेकाले आज बिहानै महाष्टमीको र बेलुका कालरात्रिको पूजा गर्ने, भोलि बिहान महानवमीको पूजा र त्यसपछि ११२५ बजेको साइतमा विजयादशमीको पूजा विर्सजन गर्नुपर्ने नेपाल राजकीय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष नायब बडागुरूज्यू डा. माधवप्रसाद भट्टराईले बताउनुभएको छ। उहाँका अनुसार विजयादशमीका अवसरमा लगाइने टीकाका लागि असोज २६ गते दिउँसो एक बजेर २५ मिनेटको साइत उत्तम रहेको छ।

तिहारपछि नेपालमा सुनामी आउने

असोज २५ गते मंगलबार
रत्नपार्क । सरकारले चुनावको घोषणा र संचार अध्यादेश जारी गरेर निरंकुशताको परकाष्टा नाघेको टिप्पणी गर्दै दलहरले मंसिर ४ गतेबाट आन्दोलनको सुनामी ल्याउने धम्की दिएका छन् । राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले महासचिव माधवकुमार नेपालले देशमा सिधा मुठभेदकोस्थिति देखा परेको उल्लेख गर्दै राजावादीहरुमा देखा परेको अन्तरविरोधले लोकतान्त्रिक आन्दोलनलाई सहयोग पुगेको बताउनुभयो ।
त्यस्तै, कांग्रेस नेता अर्जुननरसिंह के.सी.ले निर्वाचन सरकारको षडयन्त्र भएको बताउनुभयो । प्रजातान्त्रिका नेता डा. नारायण खड्काले सरकारले चुनाव घोषणा गरेर गाईजात्रा मंचन गरेकेा बताउनुभयो । उता, राप्रपाका नेता पद्मसुन्दर लावतीले सकभर सबैले निर्वाचनमा भाग लिने वातावरण बनाउनु पर्ने बताउनुभयो भने समता पार्टर्ीी अध्यक्ष नारायणसिंह पुनले दलहरुले निर्वाचन बहिष्कार गरे दलहरु कमजोर हुने बताउनुभयो ।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here